×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

बुद्धका सन्तानलाई कहिलेसम्म नरसंहार गर्छौं ?

२८ भाद्र २०८२

२८ भदौ ,काठमाण्डौ ।

नेपालको पवित्र देवस्थल पशुपतिनाथ शुक्रवार आँशुमा डुब्न पुग्यो । सन्तानको बिछोडमा पशुपतिनाथ मन्दिरको पूर्व तिर धेरै आमाहरू छाती पिटीपिटी रोइरहेका थिए । लहरै अन्तिम बिदाइमा राखिएका लाशहरूका अगाडी सबै जना डाको छोडेर रुवावासी गरी रहेका दृश्यहरू सामाजिक सञ्जालमा हेर्नहरुका आँखाबाट पनि आँसु झरी रहेका छन् ।

Advertisement

आर्यघाट मात्र हैन यो दृश्यले देश नै भाव विह्वल बन्न पुगेको छ । यही भदौ २३ र २४ गते भएको प्रदर्शनको क्रममा मृत्यु हुनेहरूको सङ्ख्या ५१ पुगेको छ । तीन प्रहरी, एक भारतीय महिलासहित ५१ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

यद्यपि भग्नावशेषमा शवहरु भेटिएका खबरहरु आइरहदा यो संख्या बढ्न सक्ने देखिन्छ । पहिलो दिनको प्रदर्शनको क्रममा मृत्यु हुनेको सङ्ख्या १९ थियो । मृतकहरुले मारिएको पाँच दिनपछि दाहसंस्कारको काम सुरु भएको छ ।

यी दृश्यहरुले सबै नेपालीका मुटु भक्कानिएको छ । आँखा रसाएका छन् । सारा नेपालीलाई रुवाउँदै आफ्नै भूमिमा आफ्नै दाजु भाइको हातबाट मारिएकाहरूलाई एकपछि अर्को गर्दै अन्तिम बिदाइ गरिँदै छ । दुई दिनमा आफ्नै आँगनमा ५१ जनाको अनाहकमा ज्यान गयो । आखिर यी मृत्युहरूले कसलाई के दिन्छ ?

उनीहरू कसका लागि र किन मारिए ? बुद्ध जन्मेको देशमा किन मारिँदै आएका छन् बुद्धका सन्तानहरू ? अनि कहिले सम्म मारिने छन् नेपाली आमाका सन्तानहरू ? सायद मारिएकाहरूलाई सहिद उपमा थपिन्छ होला । अनि बाचेकाहरू सिंहासनमा बस्छन् होला ।

हिजो पनि यस्तै हुँदै आएको थियो । आज पनि त्यही भएको छ र भोलिपनि यस्तै हुँदैन भन्ने सक्ने अवस्था छैन । दिनहरू बित्ने छन् । मारिएकाहरूलाई बिर्सन थाल्ने छौ । अनि सत्तामा पुगेकाहरू फेरी मातिने छन् । हरेक मृत्युले व्यवस्था फेरी रहेका छन् ।

तर जनताको अवस्था कहिल्यै फेरिन सकेको छैन । यो चक्र बुद्ध भूमिमा सुरु भएको ७५ वर्ष पुरा भए छ तर अहिले सम्म रोकिएको छैन । अब एक पटक बुद्धका सन्तानहरूले सोच्नु पर्ने वेला भएको छ, आखिर नेपाल आमाकै सन्तान मारेर हामीहरुले कस्तो परिवर्तन चाहेको हो ?

के कसैको हत्या नगरी कुनै पनि परिवर्तन सम्भव छैन त ? अनि कहिले सम्म यो चक्रमा हिँडी रहन्छ बुद्ध जन्मेको देश ? नेपालका हरेक परिर्वतनहरु नेपालकै आमा सन्तानका रगतहरूले सिञ्चित भएका छन् ।

राणा शासनदेखि पञ्चायती व्यवस्था विरुद्धको जनआन्दोलन होस् वा माओवादी जनयुद्ध, मधेस आन्दोलनबाट राजावादीको आन्दोलन हुँदै जेनजी पुस्ताको आन्दोलन सम्म आइपुग्दा मारिने नेपालीहरूको सङ्ख्या हजारौँमा छ ।

परिवर्तनका नाममा हुने हरेक आन्दोलनमा मर्ने पनि नेपाली, मार्ने पनि नेपाली नै हुन्छन्। परिणामस्वरूप हजारौँ आमाहरूको काख रित्याइएका छन्, दाजु–भाइबिचको बन्धनमा रगतको खोला बगाइएको छ। हजारौ छोराहरू टुहुरा भएका छन् ।

 

श्रीमतीका सिन्दूर पुछिएका छन् । दाजु बहिनीका डोराहरू चुडिएका छन् । यसको मूल्य कसले र कहिले तिर्छ ? त्यसको उत्तर आज कसै सँग छैन । बुद्ध जन्माएको भूमिमा जन्मिएका हामी नेपाली किन यति क्रूर बन्न पुगेका छौँ? बुद्धले अहिंसा र करुणाको सन्देश दिएको किन हामीले पढ्न भुली रहेका छौ । र

बारम्बार हिंसात्मक बाटो रोज्दै छौँ । हिंसात्मक अवस्थामा पुग्नुपर्ने अवस्था हामी कसरी निम्त्याइरहेका छौं ? बुद्धको अहिंसा र शान्तिपथ, छिमेकी देश भारतका महात्मा गान्धीको सत्याग्रह र अहिंसाको मार्ग हामीले किन अँगाल्न सकिरहेका छैनौँ । हाम्रो विडम्बना यही हो ?

शान्तिको उपदेश दिने भूमिवासी नै बारम्बार रगतको राजनीतिमा डुबुल्कि मारिरहेका छौं । यी मृत्युहरूको मूल्य के हो ? व्यवस्था बदलियो, तर समाजले अपेक्षा गरेको समानता, न्याय र पारदर्शिता कहिले स्थापित हुने ? भ्रष्टाचार, दण्डहीनता र राजनीतिक अस्थिरता निरन्तर कहिलेसम्म बुद्धका सन्तानको मृत्युसँग साटिरहने ?

२००७ सालको क्रान्तिलाई नेपालको प्रजातान्त्रिक आन्दोलन पनि भनिन्छ। देशमा विद्यमान एकतन्त्रीय राणा शासन विरुद्ध सुरु भएको जनताको क्रान्ति २००७ फागुन ७ गते नेपालमा राणा शासनको अन्त्य गरी प्रजातन्त्रको स्थापनामा आएर रोकिएको थियो।

यस बेलाका चार महान् सहिदहरू अहिले पनि अमर छन् । हुन त त्यस बेलाको आन्दोलनमा पनि ५० जना भन्दा बढी नेपाली मारिएको तथ्याङ्क छ । त्यसपछि नेपालमा २०४६ सालमा जनआन्दोलन भयो ।

नेपालमा बहुदलीय व्यवस्थाको लागि भएको शान्तिपूर्ण आन्दोलनले निर्दलीय पञ्चायती व्यवस्थाको अन्त्य गरी संवैधानिक राजतन्त्रात्मक बहुदलीय व्यवस्थाको सुरुवात गरेको थियो। त्यस बेलाको आन्दोलनमापनि करिब ५० जनाको मृत्यु भएको विभिन्न मानवअधिकारवादी संस्थाहरूले प्रकाशन गरेका पुस्तकमा उल्लेख छ ।

२०४६ साल फागुन ७ देखि चैत २६ गते सम्म भएको आन्दोलन उत्कर्षमा पुगेपछि तत्कालीन राजा वीरेन्द्र शाहले आन्दोलनरत पक्ष नेपाली काङ्ग्रेस लगायतका पार्टीका नेताहरूलाई सहमतिका लागि बोलाएका थिए र सोही दिन भएको सम्झौता अनुसार निर्दलीय पञ्चायती व्यवस्थाको अन्त्य र प्रजातन्त्रको पुनर्बहाली गरेका थिए ।

नेपालका व्यवस्था परिवर्तनका लागि सबै भन्दा लामो समय सम्म चलेको र हजारौँ नेपाली आमाहरूका छोराछोरीको ज्यान लिएको आन्दोलन थियो दश बर्से माओवादी जनयुद्ध । माओवादी जनयुद्ध नेपालको सशस्त्र द्वन्द्व हो जुन तत्कालीन नेपाल कम्युनिस्ट पार्टी (माओवादी) र नेपाल सरकार बिच २०५२ साल देखि २०६३ सम्म चलेको थियो।

विद्रोह नेकपा–माओवादीले यस आन्दोलनलाई २०५२ फागुन १ गते जनगणतन्त्र स्थापना गर्ने उद्धेश्यका साथ यसको सुरुवात गरेको थियो। २०६३ साल मङ्सिर ५ गते तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला र नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहालले विस्तृत शान्ति सम्झौतामा हस्ताक्षर गरेसँग यस युद्ध समाप्त भएको थियो।

दश वर्ष सम्म चलेको युद्धमा १७ हजार भन्दा बढी नेपालीहरूको मृत्यु भएको थियो । यसै क्रममा २०६२÷२०६३ वा जनआन्दोलन भाग २ भयो । १९ दिन सम्म चलेको त्यो आन्दोलनमा २५ जना नेपालीको ज्यान गयो ।

यो आन्दोलनले आन्दोलनले नेपालको २ सय ३७ वर्ष पुरानो राजतन्त्र ढालेर देशमा लोकतान्त्रिक गणतन्त्रको जग बसालेको थियो। त्यसपछि भएको थियो मधेस विद्रोह । मधेस आन्दोलनमा ४२ आन्दोलनकारी र ११ सुरक्षाकर्मी गरी ५२ जनाको मृत्यु भएको थियो ।

मधेस आन्दोलन नेपालमा रहेका मधेसी थारु, मुस्लिम र जनजाति समूहको समान अधिकार र पहिचानका लागि विशेष गरी मधेसमा रहेका दलहरूद्वारा सुरु गरिएको राजनीतिक आन्दोलन थियो। गणतन्त्र स्थापना भएको १७ वर्ष पछि फेरी राजतन्त्रको माग गर्दै २०८१ सालमा राजावादीहरूले आन्दोलन गरे ।

यो अन्दोलनमा पनि २ जनाको ज्यान भएको थियो । इतिहासबाट हामीले सिक्न आवश्यक छ । रगत बगाएर आएको परिवर्तन अहिले सम्म स्थायी हुन सकेका छैन् । स्थायित्व तब मात्र सम्भव हुन्छ, जब नागरिक चेतना, अहिंसा र सहकार्यलाई प्राथमिकता दिइन्छ ।

अब नेपालमा व्यवस्था परिवर्तनका लागि हुने आन्दोलनमा आफ्नै दाजुभाइबाट मारिनु पर्ने अवस्थाका लागि यो जेनजी आन्दोलन नै अन्तिम बनोस् । जेनजी आन्दोलनका सम्पूर्ण सहिदहरू प्रति भावपूर्ण श्रद्धाञ्जली ।

Advertisement

भर्खरको समाचार

इरानी जनताको अभूतपूर्व एकता, जसले ट्रम्पलाई झुकायो,रातभर जाग्राम

US-Iran-1

देउवा दम्पतीविरूद्ध पक्राउ पुर्जी जारी, हङकङत्रबाट कसरी पक्राउ पर्छन?

deuba-aarju

‘संविधान संशोधन कार्यदल’को पहिलो बैठक आजः को को सहभागी हुँदैछन् ?

Screenshot 2026-04-08 140934

इजरेलमा रहेका नेपालीलाई ‘अत्यन्त जरुरी’ सूचना

Screenshot 2026-04-08 130237

आज सातै प्रदेशमा हावाहुरी र असिनासहित वर्षा  

mausam-2075-12-18-768x388

विश्वयुद्ध टर्याे, पाकिस्तानले गरायो युद्धविराम, इरानमा विजयोत्सव

US-Iran-1

ताइवानको हवाई क्षेत्र ४० दिनलाई बन्द, टापु निल्ने चीनको तयारी

taiwan-flag

अब डाटा सकिँदा नेपाल टेलिकमले स्वतः पैसा नकाट्ने

Nepal-Telecom

हर्कले दार्चुला पुगेर देखाए भारतले लिपुलेक पुग्न बनाएको सडक

harka-sampang-samsad (1)

इरानलाई एकै रातमा ध्वस्त बनाइदिन सक्ने,युद्धविराम अस्वीकार

Trump-Meets-With-Airline-Industry-CEOs-At-The-White-House-GettyImages-634384672-e1531160098739-1024x503

सम्बन्धित खबरहरु

Scroll to Top