×

NEPAL TIMES UPDATES

Playing
ट्रम्प–पुटिन–नेतन्याहु विश्वकै सबैभन्दा ’ठूला पीडक’ || Nepal Times
Apr 21, 2026
Playing
रविलाई आएकै दिन भेटेका कपुरले बालेनलाई जाने बेलामा भेट्लान् ? || Nepal Times
Apr 21, 2026
Playing
दुई मुद्दामा सरकारको बोली एक, वास्तविकता अनेक || Nepal Times
Apr 21, 2026
Playing
Watch Top50 News Of The Day || Baisakh-07-2083 || Nepal Times
Apr 21, 2026
Playing
के हो रास्वपाको अमेरिकी कनेक्सन ? || Nepal Times
Apr 21, 2026
Playing
६१ केन्द्रीय सदस्य देउवा पक्षलाई दिने भएपछि फुटबाट जोगियो कांग्रेस || Nepal Times
Apr 21, 2026
Playing
रविको अभियोग संशोधनविरूद्धको रिटको पेसी वैशाख १० गते || Nepal Times
Apr 21, 2026
Playing
इरान युद्धमा चीनको एन्ट्रीः अमेरिकाले जफत गरेको जहाजले खोल्यो रहस्य || Nepal Times
Apr 21, 2026
Playing
World News: Cubaसंग Americaको वार्ता, Iranसंग के होला ? Japanले छाड्यो शान्तिको बाटो || Nepal Times
Apr 21, 2026
Playing
रवि र बालेनले सुधनलाई के गर्लान् ? || Nepal Times
Apr 21, 2026

युएईले अचानक किन रोक्यो नेपालीलाई भिसिट भिसा ?

३१ भाद्र २०८२

३१ भदौ , काठमाण्डौ ।

नेपालमा भएको युवापुस्ताको आन्दोलन र त्यसपछि बनेको नागरिक सरकारलाई छिमेकीहरु भारत–चीनसहित बंगलादेश, पाकिस्तान, अमेरिका, जापान, बेलायतसहित संयुक्त राष्ट्रसंघ लगायतले सम्बोधन गर्दै स्वागत गर्दा र नयाँ सरकारसंग आगामी दिनमा पनि सहकार्य जारी राख्ने भन्दै शुभकामना व्यक्त गरिरहँदा संयुक्त अरब इमिरेट्स (युएई)ले यही बेला नेपालीहरुलाई प्रतिबन्ध लगाएको छ ।

Advertisement
Advertisement

युएईले नेपालीलाई भिजिट भिसा जारी गर्न सोमबारदेखि अस्थायी रूपमा रोक लगाएको छ । युएईले यसबारे सार्वजनिक सूचना जारी गरेको छैन । तर भिसा सेवा प्रदान गर्ने प्रदायक संस्थाहरूले दिइएको आवेदन लिन छाडेको छ ।

आवेदन पेस गर्ने बेला युएईले नेपालीको लागि अस्थायी रूपमा आवेदन लिन रोकेको सूचना दिन थालेको हो । भदौ २४ गतेको प्रदर्शनमा तोडफोड,आगजनी र लुटपाट गर्नेमाथि सरकारले अनुसन्धान गरी कारबाही गर्ने र जेलबाट फरार भएको खबर सार्वजनिक भएपछि युएईले भिजिट भिसाको निवेदन लिन छाडेको हो ।

नेपालबाट सबैभन्दा बढी भिजिट भिसा लिई जाने देश युएई हो । युएईको लागि नेपाली राजदूत तेजबहादुर क्षेत्रीले भिसा बन्द गरेको सूचना औपचारिक रूपमा आइनसकेको बताए । ‘भिसा बन्द गरेको सूचना नेपालीबाट पाएका छौँ । तर, औपचारिक रूपमा आइसकेको छैन । हामी यसबारे सोधखोज गर्नेछौँ,’ उनले भने ।

पछिल्लो समयमा भिजिट भिसा लिई रोजगारी खोज्न जाने नेपालीको संख्या निकै छ । भिजिट भिसामा गई रोजगारी नपाउने र ओभरस्टे हुनेको संख्या बढ्न थालेको विषयलाई युएईले आफ्नो नोटिसमा राखेको थियो ।

युएईमा भिजिट भिसामार्फत रोजगारी भिसामा परिवर्तन गर्ने नेपालीको संख्या तीन लाख रहेको नेपाली दूतावासले जनाएको छ । हाल युएईमा ८ लाख नेपाली कार्यरत छन् । तीमध्ये करिब ७० हजार नेपाली नेपालबाट भिजिट भिसामा त्यहाँ पुगेर अहिले वर्किङ भिसामा रूपान्तरित भई कार्यरत रहेको आबुधाबीस्थित नेपाली दूतावासको अनुमान छ ।

यस बाहेक कैयन नेपाली भिजिट भिसा मार्फत दुबईलाई ट्रान्जिट बनाएर त्यहाँबाटै सेटिङमा अन्य मुलुकमा पनि पुग्ने गर्छन् । अहिले भने भिसासम्बन्धी काम गर्ने नेपाली ट्राभल्स एजेन्सीहरूले सोमबार बिहानदेखि सबैजसो भिसा आवेदन अस्वीकृत हुन थालेको पुष्टि गरेका छन् ।

यूएई सरकारले अनलाइनमार्फत नै भिसा जारी गर्दै आएको छ । ट्राभल एजेन्सीहरुका अनुसार युएईको दुबई इमिरेट्सले केही पहिलादेखि नै भिजिट भिसामा कडाइ गरेको थियो । दुबई इमिरेट्सले कडाइ गरेपछि नेपालीहरूले शारजाह इमिरेट्सबाट भिसाका लागि आवेदन दिने गरेका थिए ।

शारजाहले १ हजार ३० दिराम डिपोजिट राखेर एक महिनाको म्याद भएको भिसा ५५० र दुई महिनाको भ्याद भएको भिसा ६५० दिराममा बेचिरहेको थियो । तर सोमबार बिहानदेखि अचानक नेपालीहरूको भिसा एसेप्ट नहुनुलाई अस्थायी प्रतिबन्धका रूपमा सरोकारवालाले बुझेका छन् ।

हाल यूएईको भिसासम्बन्धी काम ट्राभल्स एजेन्सीले अनुमति लिएर गर्दै आएका छन् । त्यस्तो सेवा दिने ट्राभल्स एजेन्सीहरु नेपाल र दुबईमा सञ्चालित छन् । दुबई इमिरेट्सले गत जनवरीदेखि नै भिसामा कडाइ गरेको थियो ।

दुबईले सेप्टेम्बरदेखि डिसेम्बरसम्म एम्नेस्टी (आममाफी) दिएको थियो । एम्नेस्टीलगत्तै दुबईको भिसा टाइट भएको, आबुधाबीले पहिले नै बन्द गरेको र अहिले शारजाहले पनि रोकेपछि नेपालीलाई यूएई यात्रामा असहज हुने भएको सरोकारवालाले बताएका छन् ।

जबकि नेपालीहरु भिजिट भिसामार्फत ठुलो सङ्ख्यामा यूएई जाने गरेका थिए । यतिमात्रै होइन भिटिज भिसामै गएर नेपालीहरूले त्यहाँ काम खोजेर वर्किङ भिसामा समेत परिवर्तन हुने गरेका थिए ।

यूएईमै रहेका नेपाली अभियन्ताले नेपालमा विकसित राजनीतिक घटनाक्रम र यूएईमा बढ्दो नेपालीको समस्यालाई मध्यनजर गरेर भिसामा अस्थायी प्रतिबन्ध लगाएको हुनसक्ने बताएका छन् । त्यसमाथि पनि नेपालीको संख्या बढ्दै गर्दा ओभरस्टे बस्ने, लागुपदार्थ दुव्र्यसनमा संलग्न हुने र अन्य आपराधिक गतिविधिमा संलग्नता बढ्दै गएको अवस्था थियो ।

Advertisement

यस्ता गतिविधि बढ्दै गएमा नेपालीलाई रोजगारीमा अप्ठ्यारो पनि हुनसक्ने भनेर यूएई पक्षले जानकारी समेत गराएको थियो ।

भर्खरको समाचार

इरानयुद्धको विरोध गर्ने ६२ पूर्व अमेरिकी सैनिक परिवारसहित पक्राउ

islamabadtalks-1775911434-1775912162

सुशासनको जगमा बनेको सरकारमाथि नै सुशासनको प्रश्न?

666707698_875077882223921_4422618132601218086_n

‘राज्यले जनतालाई न्याँक्ने र घोक्रयाइमुन्ट्याइ गर्ने होइन’,गृहमन्त्रीको राजीनामा उत्तम

harka-sampang-samsad (1)

३९ विशेषतासहितको नयाँ स्मार्ट लाइसेन्स

Security Printing Press_Driving Licence Printing_ (4).jpg

सुधनले प्रधानमन्त्रीलाई बुझाए स्पष्टीकरण, अब बालेनले के गर्छन ?

37c9de5f-6d1d-42a3-b396-1e69a51fc022

नेपाललाई सिरिज बराबरीमा गर्ने अवसर

677655303_1428216612668048_5155580506335546568_n

युद्धविराम अन्त्य हुँदै, इरान धम्कीसँग कहिल्यै नझुक्ने

trump

गृहमन्त्री सुधनको अठोटः भ्रष्टविरुद्धको कारबाही रोकिदैन, डग्मगाइदैन

b50ca935-e218-4b61-b637-facd118a9d76

शेयर खरिदबारे सुधनको प्रष्टीकरणः शेयर किन्नु कहिलेदेखि अपराध भयो ?

sudhangurung30320261029351000x0-1775222839

भारतको पश्चिम बंगालमा चुनावको मुखैमा ९० लाख मतदाता गायब

eyJrZXkiOiJzdGF0aWMvbWVkaWEvaW1hZ2VzL0dldHR5SW1hZ2VzLTQ2MzM1MzQ0OS5qcGcifQ== (1)

सम्बन्धित खबरहरु

Scroll to Top