×

NEPAL TIMES UPDATES

Playing
शनिबारदेखि आइतबारसम्ममा थापाथलीको सुकुम्बासी बस्ती खाली हुने || Nepal Times
Apr 23, 2026
Playing
चीनले इरानलाई पठाएको ’उपहार’ ट्रम्पले खोसे || Nepal Times
Apr 23, 2026
Playing
नेता र कर्मचारीको सम्पत्ति कसरी छानविन हुन्छ ? को को तान्निछन् ?|| Nepal Times
Apr 23, 2026
Playing
को हुन् दीपक भट्ट ? ओलीले हुक्र्याए सुधन गुरूङले पद गुमाए || Nepal Times
Apr 23, 2026
Playing
बालेन सरकारका नायक सुधनको अपत्यारिलो बहिर्गमन || Nepal Times
Apr 22, 2026
Playing
गर्भवती असुरक्षित गर्भपतनबाट मृ त्यु, २ डाक्टर प क्रा उ || Nepal Times
Apr 22, 2026
Playing
Watch Top50 News Of The Day || Baishak-09-2083 || Nepal Times
Apr 22, 2026
Playing
नायक सुधन जसले रिलका नायक अनिल कपुरलाई विर्साए, नैतिकता देखाए || Nepal Times
Apr 22, 2026
Playing
को बन्ला नयाँ गृहमन्त्री ? मनिष, कवीन्द्र वा अरु ? || Nepal Times
Apr 22, 2026
Playing
अल नीनोको आशंका बढ्यो, बैज्ञानिकहरुले दिए विश्वलाई चे ताव नी || Nepal Times
Apr 22, 2026

ओलीको वाक्य फुट्यो,‘ताकी ताकी गोली हान्न आदेश दिएको थिइन’

३ आश्विन २०८२

३ असोज , काठमाण्डौ ।

निर्वमान प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले जेनजी आन्दोलनमा षड्यन्त्रकारीले हिंसा मच्चाएको आरोप लगाएका छन् । संविधान दिवसको अवसरमा शुक्रबार शुभकामना सन्देश जारी गर्दै उनले सरकारले प्रदर्शनकारीलाई ताकीताकी गोली हाल्न आदेश नदिएको पनि स्पष्टीकरण दिएका छन्।

Advertisement
Advertisement

जेनजी आन्दोलनपछि विकसिक असामान्य परिरिस्थितिको कारण राजीनामा दिएर सैनिक सुरक्षामा बसेका ओली मंगलबार मात्रै डेरामा सरेका थिए। सत्ताच्युत भएपछि ओलीले पहिलोपटक आज सार्वजनिक अभिव्यक्ति दिएका हुन्।

‘गत साता जेनजीको शान्तिपूर्ण हुने भनिएको प्रदर्शनका क्रममा घुसपैठ भयो आह्वान कर्ताले भनेझैं। त्यसमा घुसपैठ गर्ने षड्यन्त्रकारीहरूले हिंसा मच्चाए, हाम्रा युवाहरुको ज्यान गयो,’ ओलीले सन्देशमा भनिएको छ, ‘सरकारले प्रदर्शनकारीलाई ताकीताकी गोली हान्ने आदेश दिएको थिएन। प्रहरीसँग नभएका स्वचालित हतियारले गोली हानेको घटनाको छानबिन हुनु पर्दछ। त्यस घटनाप्रति म फेरि दुःख व्यक्त गर्दै दिवंगत युवाहरूप्रति श्रध्दाञ्जली एवं घाइतेहरुको स्वास्थ्यलाभको कामना गर्दछु।’

ओलीले जेन–जीको शान्तिपूर्ण प्रदर्शनका क्रममा प्रहरीसँग नभएका स्वचालित हतियारबाट गोली चलेको दाबी गर्दै घटनाको गहिरो छानबिन गर्न माग गरेका छन्। उनले सरकारको तर्फबाट “प्रदर्शनकारीलाई ताकीताकी गोली हान्न आदेश दिएको थिएन” भन्ने दाबी गरेका हुन्।

ओलीका अनुसार, घटनामा प्रयोग भएको गोली प्रहरीसँग नभएका स्वचालित हतियारबाट प्रहार भएको हुनसक्ने भएकाले यसबारे गहिरो छानबिन गर्न आवश्यक छ। उनले भने, “त्यस घटनाप्रति म फेरि दुःख व्यक्त गर्दै दिवङ्गत युवाहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दछु र घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दछु।

जेन–जेड आन्दोलन सुरु भएको यतिबेला सम्म ७४ जना युवाले ज्यान गुमाइसकेका छन्, भने सयौँ घाइते भएका छन्। ओलीले दिवंगतहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै आन्दोलनमा घाइते भएकाहरूको उपचारमा सरकारले गम्भीरता देखाउनुपर्ने आवश्यकता औंल्याए।

ओलीले संविधान जारी भएपछि नेपाललाई भू–परिवेष्ठित अवस्थामा मात्र सीमित नराखी भू–जडित बनाउन विभिन्न पहल गरिएको स्मरण गरे। उनका अनुसार, उत्तर–दक्षिण जोड्ने यातायात संरचना निर्माण, उत्तरी छिमेकीसँग पारवहन सम्झौता, र विकास संरचनाका जग बसाल्ने कार्य मार्फत नेपालले सार्वभौमसत्ताको दायरा बढाएको थियो।

उनले थपे, “हाम्रा विकास संरचनाहरूका जग बसालेका थियौँ। अर्थतन्त्र तङ्ग्रँदै थियो।” संविधान दिवसको अवसरमा सामाजिक सञ्जालमार्फत आफ्नो भनाइ राख्दै उनले प्रदर्शनमा घुसपैठ भएको र षड्यन्त्रकारीहरूले हिंसा मच्चाएको आरोप लगाए ।

ओलीले आफ्नो स्टाटसमा भनेका छन्, ‘सरकारले प्रदर्शनकारीलाई ताकीताकी गोली हान्ने आदेश दिएको थिएन। प्रहरीसँग नभएका स्वचालित हतियारले गोली हानेको घटनाको छानबिन हुनुपर्दछ।’

उनले उक्त घटनामा ज्यान गुमाएका युवाहरूप्रति श्रद्धाञ्जली व्यक्त गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरे।संविधानको रक्षा र देशको सार्वभौमसत्तामाथि भइरहेको आक्रमणविरुद्ध एकजुट हुन आह्वान गरेका छन् ।

ओलीले हालैका घटनाहरूमा सिंहदरबार, नेपालको नक्सा, जनप्रतिनिधि संस्था, न्यायालय, व्यापारिक प्रतिष्ठान र राजनीतिक दलका कार्यालयहरूमा भएको तोडफोड र आगजनीलाई षड्यन्त्रको संज्ञा दिए। उनले यस्ता कार्यहरूले देशको सार्वभौमसत्ता र संविधानमाथि गम्भीर चुनौती खडा भएको बताए।

यस्तै ओलीले इतिहासबाट पाठ सिक्न काजी भीम मल्लको प्रसङ्ग जोड्दै असन्तोषलाई गलत दिशामा लैजाँदा पछुताउनुबाहेक केही हात नलाग्ने चेतावनी दिएका छन् । उनले भनेका छन् , ‘सार्वभौमसत्ता हाम्रो अस्तित्व हो भने संविधान हाम्रो स्वतन्त्रताको कवच हो । हाम्रो एकताले मात्र यो सङ्कटबाट देशलाई जोगाउन सक्छ ।’

उनले सबै नेपालीलाई अपिल गरेका छन्– ‘संविधान जोगाऔँ, सार्वभौमसत्ताको रक्षा गरौँ ।’ संविधान दिवसका अवसरमा संविधान र राष्ट्रिय सार्वभौमसत्ता जोगाउन सबै नेपाली एकजुट हुनुपर्ने उनले बताएका छन् ।

संविधान जारी भएको ऐतिहासिक दिन स्मरण गर्दै ओलीले नेपाली जनताले ७० वर्ष लामो संघर्षपछि आफ्नै प्रतिनिधिहरूमार्फत निर्माण भएको संविधानले लोकतान्त्रिक गणतन्त्र, सङ्घीय समावेशी व्यवस्था र जनअधिकार स्थापित गरेको उल्लेख गरे ।

संविधान जारी गर्ने क्रममा नाकाबन्दी र सार्वभौमसत्तामाथि उत्पन्न चुनौतीलाई परास्त गर्दै अघि बढेको अनुभव अहिले पनि ताजै रहेको उनले बताए । उनका अनुसार संविधान जारी भएपछि नेपाललाई भूजडित बनाउन उत्तर–दक्षिण यातायात संरचना विकास, छिमेकी मुलुकसँग पारवहन सम्झौता र अर्थतन्त्रलाई मजबुत बनाउन थालिएको थियो ।

तर हालैको जेन–जी आन्दोलनमा घुसपैठमार्फत हिंसा मच्चाइएकाले निरपराध युवाको ज्यान गएको भन्दै उनले दुःख व्यक्त गरे । ‘सरकारले प्रदर्शनकारीलाई ताकिताकी गोली हान्ने आदेश दिएको थिएन, प्रहरीसँग नभएका स्वचालित हतियार प्रयोग भएको घटनाको छानबिन आवश्यक छ,’ ओलीले भनेका छन् ।

उनले संविधानमाथि हाल ठूलो आक्रमण भइरहेको उल्लेख गर्दै प्रधानमन्त्रीबाट आफ्नो राजीनामापछि सिंहदरबार, नेपालको नक्सा, न्यायालय, राजनीतिक दलका कार्यालय र सर्वसाधारणको सम्पत्तिमाथि गरिएको आगजनी र तोडफोडलाई राष्ट्रिय अस्तित्वमाथिको प्रहार भने ।

‘देश बनिरहेको थियो कि बिग्रिरहेको थियो भन्ने विषय समयले आफैँ बताउनेछ,’ उनले टिप्पणी गरेका छन् । जेनजी आन्दोलनका कारण भदौ२४ गते राजीनामा दिएर सेनाको सुरक्षा रहेका ओली हिजो मात्रै सेनाको गणबाट बाहिरिए आएका हुन् । उनको बालकोटको घर आगजनी भएपछि ओली भक्तपुरमा डेरामा बसेका छन् ।

ओली नेतृत्वको सरकारले जेनजीको आन्दोलनमा बर्बरतापूर्ण दमन गरेको भन्दै ओलीको भदौ २३ गते नै चौतर्फि रुपमा आलोचना गर्दै राजीनामा मागिएको भएपनि उनले भदौ २४ मा काठमाडौं उपत्यकासहित देशभरमा प्रमुख शहरमा आगोबलेपछि मात्रै राजीनामा दिएका थिए ।

अहिले सेनाको सुरक्षाबाट बाहिरिएपछि आफूलाई नर्दाेष सावित गर्नेगरी आफूले ताकीताकी गोली हान्न हादेश नदिएको प्रष्टिकरण दिएका छन् । घटनापछि तत्कालीन गृहमन्त्री रमेश लेखकले भने भदौ २३ गते नै नैतिक रुपमा जिम्मेवारी लिदै राजीनामा दिएका थिए ।

जतिबेला ओलीले भने लेखकलाई राजीनामा नदिन भनेको खबर बाहिरिएको थियो । अहिले पनि ओलीले आफू नेतृत्वको सरकारले गरेको दमनको कुनै पश्चताप गरेका छैनन् । यसअघि प्रमुख प्रतिपक्ष दलले भदौ २३ मा ओली नेतृत्वको सरकारले नरंसहार गरेको टिप्पणी गरिसकेको छ।

Advertisement

भर्खरको समाचार

रविविरुद्धको मुद्दा सुनुवाइको लागि पूर्ण इजलासमा पेसी तोकियो

rabi

होर्मुजमा बारूदी सुरूङ हटाउन अमेरिकालाई ६ महिना लाग्ने

Ships and tankers in the Strait of Hormuz off the coast of Musandam, Oman, April 18, 2026. REUTERS

रवि र बालेनलाई मिलाउने ’मध्यस्थकर्ता’ को बर्हिगमन

675339936_959607513325933_4791161060987648326_n

इरान युद्धमा एक्लिदै ट्रम्प,अमेरिकी नौसेना प्रमुखको राजीनामा, मृत्युदण्ड रोकियो

Trump-Meets-With-Airline-Industry-CEOs-At-The-White-House-GettyImages-634384672-e1531160098739-1024x503

शनिबारदेखि आइतबारसम्ममा थापाथलीको सुकुम्बासी बस्ती खाली हुने

675179624_957832480170103_1281439396769404877_n

नेता र कर्मचारीको सम्पत्ति जाँचबुझ सुरु,एक वर्षको म्याद, उजुरी दिन सक्ने

1d2d790d-b734-4d90-9100-6c1fa4200379

सुधन गुरुङले देखाए नैतिकता, आरोपकै कारण दिए राजीनामा

sudhangurung30320261029351000x0-1775222839

गृहमन्त्री सुधन गुरुङले दिए राजीनामा

b50ca935-e218-4b61-b637-facd118a9d76

बालेनले कसरी कमाए सामाजिक सञ्जालबाट १ करोड ४६ लाख ?

666707698_875077882223921_4422618132601218086_n

काठमाण्डौआएका अमेरिकी मन्त्रीले बालेनलाई भेटेनन्, तीन दिन के गरे ?

0a03b400-ca0e-429c-9985-e9aeed50e92d

सम्बन्धित खबरहरु

Scroll to Top