×

NEPAL TIMES UPDATES

Playing
नेता र कर्मचारीको सम्पत्ति कसरी छानविन हुन्छ ? को को तान्निछन् ?|| Nepal Times
Apr 23, 2026
Playing
को हुन् दीपक भट्ट ? ओलीले हुक्र्याए सुधन गुरूङले पद गुमाए || Nepal Times
Apr 23, 2026
Playing
बालेन सरकारका नायक सुधनको अपत्यारिलो बहिर्गमन || Nepal Times
Apr 22, 2026
Playing
गर्भवती असुरक्षित गर्भपतनबाट मृ त्यु, २ डाक्टर प क्रा उ || Nepal Times
Apr 22, 2026
Playing
Watch Top50 News Of The Day || Baishak-09-2083 || Nepal Times
Apr 22, 2026
Playing
नायक सुधन जसले रिलका नायक अनिल कपुरलाई विर्साए, नैतिकता देखाए || Nepal Times
Apr 22, 2026
Playing
को बन्ला नयाँ गृहमन्त्री ? मनिष, कवीन्द्र वा अरु ? || Nepal Times
Apr 22, 2026
Playing
अल नीनोको आशंका बढ्यो, बैज्ञानिकहरुले दिए विश्वलाई चे ताव नी || Nepal Times
Apr 22, 2026
Playing
बालेनले कसरी कमाए सामाजिक सञ्जालबाट १ करोड ४६ लाख ?|| Nepal Times
Apr 22, 2026
Playing
सुधन गुरुङ २६ दिनमै गृह मन्त्रालयबाट बाहिरिए|| Nepal Times
Apr 22, 2026

ओलीमा अझै गएन घमण्ड, न पश्चाताप न क्षमा याचना

३ आश्विन २०८२

३ असोज , काठमाण्डौ ।

भदौ २३ र २४ को जेनजी आन्दोलनका क्रममा ७४ जना नेपालीको मृत्यु भएको छ । यसमा ५० भन्दा बढी त राज्यको दमनको शिकार भएका छन् । पहिलो दिननै केपी शर्मा ओली नेतृत्वको सरकारले क्रुरताका साथ दमन गरी ताकी ताकी स्कुले विद्याार्थीमाथि गोली बर्साउदा १९ जनाको ज्यान गएको थियो ।

Advertisement
Advertisement

जहाँ अधिकांशमाथि कम्मरभन्दा माथि गोली हानिएको छ । एकैब्यक्तिमाथि ५ वटासम्म गोली लागेको प्रमाण बाहिरिसकेको छ । पूर्व सुरक्षाअधिकारीहरुले समेत प्रहरीले यसरी कम्मरभन्दा माथि गोली हान्नु अघि अनेकौ पटक चेतावनी र वैकल्पिक कारबाहीका उपाय अपनाउनु पर्ने भएपनि प्रहरीले समेत माथिको आदेश भन्दै जिम्मेवारी भुलेको बताइरहेका छन् ।

यी सबैको नैतिक जिम्मेवारी तत्कालीन सरकारको नेतृत्व गरेका एमाले अध्यक्ष ओलीले लिनुपर्नेमा धेरैको धारणा समेत आइसकेको छ । उनकै दलभित्र समै उनीमाथि नैतिक प्रश्न उठाइएको छ। तर राजीनामा दिए १० दिनसम्म लुकेका ओलीले सार्वजनिक भएपछि दिएको पहिलो व्यक्तब्यमा समेत स्कुले युवाहरूको हत्या भएको घटनाप्रति नपश्चाताप छ, न कमजोरीप्रति क्षमायाचना, न जनचाहना अनुसार शासन सञ्चालन गर्न नसकेको स्वीकारोक्ति न गल्ती सच्याउने प्रतिबद्धता ।

अझै युवामाथि आश्वासनको छारो हाल्दै दम्भ, अहङ्कार र मै हुँ भन्ने घमण्ड प्रस्तुत गरेका छन् ।जेनजी आन्दोलनमा षड्यन्त्रकारीले हिंसा मच्चाएको आरोप लगाउदै ओलीले उनले सरकारको तर्फबाट “प्रदर्शनकारीलाई ताकीताकी गोली हान्न आदेश दिएको थिएन” भन्ने दाबी गरेका छन् ।

ओलीका अनुसार, घटनामा प्रयोग भएको गोली प्रहरीसँग नभएका स्वचालित हतियारबाट प्रहार भएको हुनसक्ने भएकाले यसबारे गहिरो छानबिन गर्न आवश्यक रहेको समेत बताएका छन् । उनले यसअघि आफैले प्रतिबन्ध लगाएको र बाध्यताले खोलेको सामाजिक संजाल फेसबुकमार्फत लेखेका छन् ।

दिदीबहिनी तथा दाजुभाइहरू, आज संविधान दिवस। नेपाली जनताले ७० वर्षसम्म संघर्ष गरेर आफैंले निर्वाचित गरेको संविधानसभाले बनाएको संविधान जारी गरेको दिन। लोकतान्त्रिक गणतन्त्र, सङ्घीय समावेशी व्यवस्था र जनताका अधिकार स्थापित भएको दिन।

यो संविधान निर्माण गर्दा हामीले भोगेका चुनौती तपाईँहरूको सम्झनामा ताजै छ। नाकाबन्दी र देशको सार्वभौमसत्तामाथि उत्पन्न चुनौतीलाई समेत परास्त गर्दै संविधान जारी भएको थियो। तसर्थ नेपालको संविधान नेपाली जनताले आफैले आफ्ना निम्ति लेखेको भविष्य रेखा हो।

संविधान जारी भएपछि नेपाललाई कसैले नाकाबन्दी लगाउन नसक्नेगरी भूपरिवेष्ठित देशलाई भूजडित बनाउन उत्तर दक्षिण जोड्ने यातायात संरचनाहरु बनाइरहेका थियौं। उत्तरी छिमेकी देशसँग पनि यातायात पारवहन सम्झौता गरेका थियौं।

हाम्रो सार्वभौमसत्ताको सामथ्र्य विस्तार गरेका थियौं। हाम्रा विकास संरचनाहरूका जग बसालेका थियौं। अर्थतन्त्र तंग्रदै थियो। गत साता जेन जीको शान्तिपूर्ण हुने भनिएको प्रदर्शनका क्रममा घुसपैठ भयो आह्वान कर्ताले भनेझैं। त्यसमा घुसपैठ गर्ने षड्यन्त्रकारीहरूले हिंसा मच्चाए, हाम्रा युवाहरुको ज्यान गयो।

सरकारले प्रदर्शनकारीलाई ताकीताकी गोली हान्ने आदेश दिएको थिएन। प्रहरीसँग नभएका स्वचालित हतियारले गोली हानेको घटनाको छानबिन हुनु पर्दछ। त्यस घटनाप्रति म फेरि दुःख व्यक्त गर्दै दिवंगत युवाहरूप्रति श्रध्दाञ्जली एवं घाइतेहरुको स्वास्थ्यलाभको कामना गर्दछु।

हामी यतिबेला हाम्रो संविधानमाथि ठूलो आक्रमण भएको अवस्थामा छौँ। प्रधानमन्त्रीबाट मेरो राजीनामापछि सिंहदरबार जलाइएको छ ( नेपालको नक्सा जलाइएको छ, देशको निशानी मेटाउन खोजिएको छ। जनप्रतिनिधि संस्था, न्यायालय, व्यापारिक प्रतिष्ठान र राजनीतिक दलका कार्यालय, तिनका नेता कार्यकर्ताको घर, व्यक्तिगत सम्पत्ति छानीछानी खरानी बनाइएको छ।

यसका पछाडिको षड्यन्त्रबारे आज म धेरै कुरा भन्दिनँ, धेरै कुरा समयले आफैं बयान दिनेछ। हाम्रो देश बनिरहेको थियो कि बिग्रेको थियो, वा देश बिग्रेको काल्पनिक भाष्य खडा गरेर आक्रोश विस्तार मात्रै गरिएको थियोरु यी सबै कुरा हाम्रो नयाँ पुस्ताले आफैं महसुस गर्ने छ।

विदेश जानेरआउने एयरपोर्टको भीडलाई नकारात्मक भनिरहेको समाज आज देश बाहिरको अनुमति बन्द हुनुलाई के ठान्ला, यो पनि समयले महसुस गराउने छ। हाम्रो नयाँ पुस्ताले आफैं बुझ्ने छ। तर, यो कुरा समय छँदै बुझ्नु पर्ने छ, नबुझेमा हाम्रो देशको सार्वभौमसत्ता इतिहासमा मात्र रहने छ।

हाम्रा युवाहरुले काजी भीम मल्लको मृत्युदण्डबारेको इतिहास पक्कै पढ्नु भएको छ। देशको सीमाना विस्तार गरेर फर्केका भीम मल्ललाई देश फर्किनासाथ काटिएपछि पछुताउने मात्र विकल्प बाँकी रह्यो। यथार्थ भन्दा बाहिर गएर विस्तार गरिएका असन्तोषका परिणामहरु पछुताउन मात्र काम लाग्छन्, त्यस पछुतोले नै बनिरहेको देशको झन् झन् गाढा सम्झना गराउने छ।

हामी सबै पुस्ताका नेपाली एकजुट हुनु पर्दछ ( सार्वभौमसत्तामाथि गरिएको प्रहार सामना गर्न र हाम्रो संविधानको रक्षा गर्न। सार्वभौमसत्ता हाम्रो अस्तित्व हो भने संविधान हाम्रो स्वतन्त्रताको कवच हो। हाम्रो एकताले नै देशसामु उत्पन्न यो अकल्पनीय सङ्कटबाट फेरि देशलाई उठाउन र जोगाउन सक्छ।

मेरो सबैमा अपील छ

संविधान जोगाऔं, सार्वभौमसत्ताको रक्षा गरौँ।

जबकी भदौ १९ मा २६ सामाजिक संजालमाथि प्रतिबन्ध लगाएर यसको सुरुवात ओलीले नै गरेका छन् । सोही प्रतिबन्धपछि जेनजी युवा सडकमा उत्रिन विवश भएका थिए । सरकारलाई प्रतिबन्ध खोल्न चौतर्फी दबाब दिइरहला समेत सरकार झन कठोर रुपमा प्रस्तुत भयो ।

संचारमन्त्रीले नेपालको संविधान समेत मान्दिन भन्ने फेसबुक कुनैपनि हालतमा नखुल्ने आक्रोशपूर्ण अभिब्यक्ति दिए । सरकारको यो रबैयाको भदौ २३ मा जेनजीहरुले शान्तिपूर्ण विरोध प्रर्दशनको आयोजना गरेका थिए । उनीहरुको आक्रोशमाथि ध्यु थप्ने काम ओलीले नै गरेका थिए ।

सत्तामा बसेका ओलीले दम्भका साथ भदौ २२ गते एमालेको विधानमहाधिवेशन स्थलबाट चेतावनीयुक्त सम्बोधन गरे। जेनजी पुस्ता विधि, कानुनबारे स्पष्ट छन् भन्ने आफूलाई लागेको भन्दै कसैले विधि, कानुन उल्लघंन गर्न नपाउने टिप्पणी गरे । ओली यतिमा मात्रै रोकिएनन् ।

उनले जेनजीलाई विधि, कानुन पढेर आउन पनि भने । सामाजिक सञ्जालमा ‘नेपो बेबी’ ट्रेन्डका बीच जेनजी युवाहरूले सडक प्रदर्शनको घोषणा गरेपछि ओलीले कसैले विधि, कानुन उल्लघंन गर्न नपाउने टिप्पणी गरे । भदौ २३ मा जब जेनजीहरु शान्तिपूर्ण प्रर्दशनमा उत्रिए राज्यले कठोर दमन गर्याे, स्केल विद्यार्थीका टाउको, छाती, कम्मर लगायतका भागमा ताकीताकी गोली बर्सायो ।

सोहीदिननै १९ जना युवाहरुले ज्यान गुमाएका थिए । सरकारले युवा स्कुले विद्यार्थीको रगतको होली खेलिसकेको थियो । देशभर शोक र आक्रोश थियो । अस्पतालहरु घाइतेहरुले भरिएका थिए । बाहिर आफन्त खोज्ने अभिभावहरुको भिड थियो । चिकित्सक भनिरहेका थिए माओवादी युद्धमा समेत नदेखिएको अवस्था अस्पतालमा देखिएको छ ।

केही आशा युवाहरुमा अझै पनि ओली नेतृत्वको सरकारमा थियो । तर ओलीको दम्भ कहाँ कम हुनु उनी त झन जब्बर बनेका थिए । नैतिक जिम्मेवारी लिदै राजीनामा दिन्छु भन्ने गृहमन्त्री रमेश लेखकलाइए समेत ओलीले राजीनामा दिनु नपर्ने बताएका थिए भने सामाजिक संजालमाथिको प्रतिबन्ध खोल्दै नखोल्ने भन्दै उनले क्याविनेट बैठकमा अडान राखेको विषय बाहिरियो।

मन्त्रिपरिषद् बैठक सकियो गृहमन्त्रीको राजीनामा आयो, सरकारले घटनाको छानविन गर्न विगत झै जनताको आँखामा छारो हाल्न छानविन समिति बनायो । संचारमन्त्री उसैगरी दम्भका साथ संचारमाध्याममा प्रस्तुत भए । सरकारको कदमको जनस्तरबाट घोरभर्तसना भयो ।

दलहरुले आलोचना गरे । कांग्रेस सभापति प्रधानमन्त्रीलाई भेटे तर केही फरक परेन । कांग्रेस महामन्त्रीले प्रधानमन्त्रीले नै जिम्मेवारी लिनु पर्ने र सरकार बारे सोच्ने बताए । तर कांग्रेसले समेत ओलीसमक्ष कडा अडान राख्न सकेनन् । माओवादीले सरकारले नरसंहार मच्चाएको टिप्पणी गर्याे ।

तर प्रधानमन्त्रीको राजीनामाको साटो औपचारिकता निभाउन एउटा समान्य वक्तब्य मात्रै आयो । ओलीको यही रबैयाकै कारण जेनजी भदौ २४ गते काठमाडौंसहित देशभरका प्रमुख शहरनै आफ्नो कब्जामा लिन बाध्य भएका थिए ।

Advertisement

भर्खरको समाचार

नेता र कर्मचारीको सम्पत्ति जाँचबुझ सुरु,एक वर्षको म्याद, उजुरी दिन सक्ने

1d2d790d-b734-4d90-9100-6c1fa4200379

सुधन गुरुङले देखाए नैतिकता, आरोपकै कारण दिए राजीनामा

sudhangurung30320261029351000x0-1775222839

गृहमन्त्री सुधन गुरुङले दिए राजीनामा

b50ca935-e218-4b61-b637-facd118a9d76

बालेनले कसरी कमाए सामाजिक सञ्जालबाट १ करोड ४६ लाख ?

666707698_875077882223921_4422618132601218086_n

काठमाण्डौआएका अमेरिकी मन्त्रीले बालेनलाई भेटेनन्, तीन दिन के गरे ?

0a03b400-ca0e-429c-9985-e9aeed50e92d

इरानसँग अझै घातक हतियारहरू सुरक्षित, भान्सको पाकिस्तान भ्रमण रद्द

iran-flag_TkC5X0MaQr

ट्रम्पले युद्धविराम लम्ब्याए, नाकाबन्दी जारी, ८ महिला रिहा गर्न गुहार

250126-donald-trump-236p-09e14b

इरानयुद्धको विरोध गर्ने ६२ पूर्व अमेरिकी सैनिक परिवारसहित पक्राउ

islamabadtalks-1775911434-1775912162

सुशासनको जगमा बनेको सरकारमाथि नै सुशासनको प्रश्न?

666707698_875077882223921_4422618132601218086_n

‘राज्यले जनतालाई न्याँक्ने र घोक्रयाइमुन्ट्याइ गर्ने होइन’,गृहमन्त्रीको राजीनामा उत्तम

harka-sampang-samsad (1)

सम्बन्धित खबरहरु

Scroll to Top