×

NEPAL TIMES UPDATES

Playing
नेपाल ’बफर स्टेट’ कि ’सार्वभौम राष्ट्र’ ?|| Nepal Times
Apr 17, 2026
Playing
World News: अडानी एशियाकै धनी,टाइटानिकको ज्याकेट लिलामी,बुढ्यौली रोक्ने औषधि बन्यो || Nepal Times
Apr 17, 2026
Playing
अब अस्पतालमा पनि दुई दिन बिदा, आकस्मिक सेवा सञ्चालन हुने || Nepal Times
Apr 17, 2026
Playing
एमाले–नेकपा एकताः ओली र प्रचण्डबीच अस्पतालको बेडमा निर्णायक वार्ता
Apr 17, 2026
Playing
मातातीर्थ औँसीमा प्रधानमन्त्रीदेखि कलाकारहरुको मार्मिक शब्द|| Nepal Times
Apr 17, 2026
Playing
के अमेरिकाले चिनियाँमाथि भिसा प्रतिबन्ध लगाएको हो ?विरोधीलाई साथ दिनेलाई प्रवेश निषेध|| Nepal Times
Apr 17, 2026
Playing
यूएईविरुद्धको टी– २० सिरिजमा दीपेन्द्र बने कप्तान, रोहित आउट || Nepal Times
Apr 17, 2026
Playing
Top 15 Afternoon News || April-17-2026 || Nepal Times
Apr 17, 2026
Playing
संसदमा १२ सभापतिलाई तलब, घरभाडा सहित गाडीको सुविधा || Nepal Times
Apr 17, 2026
Playing
चीनतर्फ भारतको एप्पल पाटपुर्जा निर्यात कीर्तिमानी स्तरमा|| Nepal Times
Apr 17, 2026

नेताले गरे संविधान दिवस समारोह बहिष्कार,कुन नेताले के रटान लगाए ?

३ आश्विन २०८२

३ असोज , काठमाण्डौ ।

जेनजी पुस्तानको ऐतिहासिक आन्दोलनपछिको परिवर्तित राजनीतिक अवस्थामा १० औं संविधान दिवस तथा राष्ट्रिय दिवस, २०८२ यस वर्ष विगतमा झैँ विविध कार्यक्रमको आयोजना गरी मनाइएको छ । राष्ट्रपति रामचन्द्र पौडेलको प्रमुख आतिथ्यतामा सैनिक मञ्च, टुँडिखेलमा दिवसको मूल कार्यक्रम आयोजना गरी दिवस मनाइएको हो ।

Advertisement
Advertisement

समारोहमा उपराष्ट्रपति रामसहायप्रसाद यादव, अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्की, पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराई लगायत सहभागी थिए । संविधान दिवस तथा राष्ट्रिय दिवस समारोहमा अन्य पूर्वप्रधानमन्त्रीहरु सहभागि भएका थिएनन् ।

नयाँ प्रधानमन्त्री सुशीला कार्की र मन्त्रीहरुको सपथग्रहण समारोहमा सहभागी नभएका सभामुख देवराज घिमिरे भने आजको संविधान दिवस समारोहमा सहभागी भएका थिए । नेपाली जनताको लामो बलिदानीपूर्ण र लामो सङ्घर्षको उपलब्धिस्वरुप संविधानसभाबाट नेपालको संविधान २०७२ असोज ३ गते घोषणा भएको थियो ।

मुलुकमा भएको दोस्रो संविधानसभाको निर्वाचनपछि गठित संविधानसभाले अथक मेहेनत र लामो विवादपछि ‘नेपालको संविधान, २०७२’ जारी गरेको थियो । समारोहमा अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्कीले लोकतन्त्र जनताको आवाज सुन्ने, संवाद गर्ने र समाधान खोज्ने प्रणाली भएको बताएकी छन् ।

संविधान दिवसको अवसरमा आयोजित मूल समारोह समितिको कार्यक्रमलाई सम्बोधन गर्दै उनले जेन जी पुस्ताको आन्दोलन गरिएका प्रतिवद्धता, संघीय गणतान्त्रिक शासन प्रणाली, नागरिक स्वतन्त्रता, मौलिक अधिकार, मानव अधिकार, पूर्ण प्रेस स्वतन्त्रता, स्वतन्त्र, निष्पक्ष, सक्षम न्यायपालिका, कानूनी राज्य, सुशासन लगायतका लोकतान्त्रिक मूल्य, मान्यतामा हामी खरो उत्रिन नसक्नुको परिणाम भएको बताइन ।

अन्तर्राष्ट्रिय स्तरमा देखिएको नागरिकमैत्री शासन प्रणाली, खुला सरकार र भर्चुअल शासनको बारेमा जानकार रहेका युवापुस्ताले उठाएको रोजगारीको अवसर, गुणस्तरीय जीवनस्तर, सरकारका काम कारबाहीमा पारदर्शिता, कानूनी समानता, भ्रष्टाचारको अन्त्य, सुशासन र विकास जस्ता सवालहरु यथार्थमै हामी सबै पुस्ताका साझा अपेक्षा र राष्ट्रिय एजेण्डा भएको बताइन ।

यि एजेण्डालाई आत्मसाथ गर्दै जनअपेक्षा बमोजिम काम गर्न यो सरकार प्रतिवद्ध रहेको पनि उनले बताइन । आफू कुनै शाशकीय आकांक्षा बोकेर, कुनै पदको लालसा लिएर प्रधानमन्त्री भएको नभइ देश संकटमा रहेको बेलामा परिवर्तनगामी युवा पुस्ताको अनुरोधका आधारमा चुप लागेर बस्न नसकी संक्रमणको व्यवस्थापन गर्दै नेपालको संविधान बमोजिम ६ महिनाभित्र प्रतिनिधि सभाको निर्वाचनमार्फत जनप्रतिनिधि सरकारलाई जिम्मेवार हस्तान्तरण गर्नेगरी वर्तमान अन्तरिम सरकारको प्रधानमन्त्री भएको बताइन ।

यसैबीच जेनजी आन्दोलनका क्रममा घरमै आक्रमणमा परेका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेपालको संविधान नेपाली जनताले पटकपटक गरेकोे क्रान्ति, सङ्घर्ष र लोकतान्त्रिक आन्दोलनको एउटा महत्त्वपूर्ण उपलब्धि भएको बताएका छन् ।

सैन्य सुरक्षामा अस्पतालमा उपचाररत देउवाले संविधान दिवसका अवसरमा आज जारी गरेको सन्देशमा मुलुकमा लोकतन्त्रको स्थापना र पुनःस्थापनाका लागि भएका ऐतिहासिक क्रान्ति, सङ्घर्ष र जनआन्दोलनको उपलब्धिस्वरुप संविधानसभाबाट संविधान जारी भएको उल्लेख गरेका हुन् ।

यस अवसरमा सभापति देउवाले आफ्नो जीवन उत्सर्ग गनेै सम्पूर्ण ज्ञातअज्ञात वीर सहिदहरूको समर्पण र बलिदानको उच्च कदर गर्दै संविधान दिवसका अवसरमा उनीहरूप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गरेका छन् ।

सन्देशमा सभापति देउवाले कांग्रेसको नेतृत्वमा, जनताका निर्वाचित प्रतिनिधिद्वारा असोज ३, २०७२ मा संविधानसभाबाट पारित भई संविधान घोषणा भएको बताएका छन् । यो संविधानले लोकतन्त्र, मानवअधिकार र सामाजिक न्यायका विश्वव्यापी मान्यतालाई आत्मसात् गर्दै सबैको हक र अधिकार सुनिश्चित गरेको छ ।

संविधान जारी भएको एक दशक पूरा भएको यो ऐतिहासिक दिनलाई सबैले गौरवसाथ स्मरण गर्दै हरेक नागरिकले आफू स्वतन्त्र र समान भएको महसुस गर्दै प्रत्येक वर्ष हर्सोउल्लासका साथ संविधान दिवस मनाउँदै आएको उनको सन्देशमा उल्लेख छ ।

उनले न्याय, समानता र स्वतन्त्रता एवं बहुलवादमा आधारित बहुदलीय संसदीय लोकतान्त्रिक व्यवस्था स्थापना गर्न पटकपटक भएका राजनीतिक एवं सामाजिक क्रान्ति, सङ्घर्ष र आन्दोलनमा आफ्नो प्राण उत्सर्ग गर्ने महान् सपुतहरूप्रति संविधान दिवसको यस पावन अवसरमा उच्च सम्मानका साथ हार्दिक श्रद्धासुमन अर्पण गर्दै संविधान दिवसको शुभकामना व्यक्त गरेको सन्देशमा उल्लेख छ ।

उनले जेनजी आन्दोलन यसमा भएका शहीद , क्षति र उनीहरुका एजेण्डाका बारेमा मौनता साधेका छन् । आन्दोलनपछि पार्टी भित्रैबाट सभापतिबाट राजीनामा माग भएपनि देउवाले यस विषयमा कुनै विषय उल्लेख नगरी पद नछाड्ने संकेत गरेका छन् ।

यस्तै नेकपा एमाले अध्यक्ष तथा निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले इतिहासबाट पाठ सिक्न काजी भीम मल्लको प्रसङ्ग जोड्दै असन्तोषलाई गलत दिशामा लैजाँदा पछुताउनुबाहेक केही हात नलाग्ने चेतावनी दिए का छन् ।

संविधान दिवसमा शुभकामना सन्देश जारी गर्दै उनले भने, ‘सार्वभौमसत्ता हाम्रो अस्तित्व हो भने संविधान हाम्रो स्वतन्त्रताको कवच हो । हाम्रो एकताले मात्र यो सङ्कटबाट देशलाई जोगाउन सक्छ।’ उनले सबै नेपालीलाई अपिल गरेका छन्, ‘संविधान जोगाऔँ, सार्वभौमसत्ताको रक्षा गरौँ ।’

संविधान दिवसका अवसरमा संविधान र राष्ट्रिय सार्वभौमसत्ता जोगाउन सबै नेपाली एकजुट हुनुपर्ने उनले बताएका छन् । संविधान जारी भएको ऐतिहासिक दिन स्मरण गर्दै ओलीले नेपाली जनताले ७० वर्ष लामो संघर्षपछि आफ्नै प्रतिनिधिहरूमार्फत निर्माण भएको संविधानले लोकतान्त्रिक गणतन्त्र, सङ्घीय समावेशी व्यवस्था र जनअधिकार स्थापित गरेको उल्लेख गरे ।

संविधान जारी गर्ने क्रममा नाकाबन्दी र सार्वभौमसत्तामाथि उत्पन्न चुनौतीलाई परास्त गर्दै अघि बढेको अनुभव अहिले पनि ताजै रहेको उनले बताएका छन् । उनका अनुसार संविधान जारी भएपछि नेपाललाई भूजडित बनाउन उत्तर–दक्षिण यातायात संरचना विकास, छिमेकी मुलुकसँग पारवहन सम्झौता र अर्थतन्त्रलाई मजबुत बनाउन थालिएको थियो ।

तर हालैको जेन–जी आन्दोलनमा घुसपैठमार्फत हिंसा मच्चाइएकाले निरपराध युवाको ज्यान गएको भन्दै उनले दुःख व्यक्त गरे । उनले संविधानमाथि हाल ठूलो आक्रमण भइरहेको उल्लेख गर्दै प्रधानमन्त्रीबाट आफ्नो राजीनामापछि सिंहदरबार, नेपालको नक्सा, न्यायालय, राजनीतिक दलका कार्यालय र सर्वसाधारणको सम्पत्तिमाथि गरिएको आगजनी र तोडफोडलाई राष्ट्रिय अस्तित्वमाथिको प्रहार भने ।

‘देश बनिरहेको थियो कि बिग्रिरहेको थियो भन्ने विषय समयले आफैँ बताउनेछ,’ उनले टिप्पणी गरेका छन् । यसैगरी नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशले सबै लोकतन्त्रवादी, गणतन्त्रवादी, परिवर्तनप्रेमी शक्तिबीच दह्रो एकताको आवश्यकता औँल्याएका छन् ।

संविधान दिवसका अवसरमा आज शुभकामना व्यक्त गर्दै उनले लोकतन्त्रको विकल्प अझ उन्नत लोकतन्त्र नै हुने उल्लेख गर्दै संविधान र लोकतन्त्रको रक्षामार्फत राष्ट्रको स्वतन्त्रताको रक्षा गुर्न सबै नेपालीको साझा कर्तव्य भएको बताएका छन् ।

उनले भर्खरैको जेनजी आन्दोलनसम्म आइपुग्दा समयले संविधानको निरन्तरतामा अझ विस्तार र परिमार्जन मागेको उल्लेख गर्दै अहिले सबैभन्दा उच्च प्राथमिकताका साथ देशव्यापी पुनर्निर्माणमा लाग्न म सम्पूर्ण पार्टी पङ्क्ति र जनसमुदायलाई आह्वान गरेका छन् ।

यही भदौ २३ र २४ गतेका घटनाहरूको स्वतन्त्र, निष्पक्ष र उच्चस्तरीय छानबिन आयोग गठन गरी दोषीलाई कारबाहीको दायरमा ल्याउन सरकारसँग माओवादीको माग छ । यस्तै प्रचण्डले जेनजी आन्दोलनपछि संसद् विघटन, संविधान खारेज र राष्ट्रपतिलाई हटाउने कसरत भएको बताएका छन् ।

संविधान दिवसका अवसरमा पार्टी कार्यालय पेरिसडाँडामा भएको कार्यक्रममा उनले यस्तो बताएका हुन् । कार्यक्रममा बोल्दै अध्यक्ष प्रचण्डले भने, ‘इतिहासले, घटनाक्रमले र संयोगले मलाई फेरि यो प्रक्रियामा पनि कुनै न कुनै रूपले सहजीकरण गर्ने अवसर दिया । मैले संसद् विघटन गर्ने मात्रै होइन संविधान खारेज गर्ने र राष्ट्रपतिलाई त्यो पदबाट हटाउन के कस्ता कसरत भयो भन्ने नजिकबाट हेर्ने र नजिकबाट बुझ्ने मौका पाएँ । यसको हुनसक्ने सहजीकरणबारे रातभर बसेर राष्ट्रपति, सेनापति र नेताहरूसँग कुरा गरेर संविधान बचाउन आग्रह गरे ।’

राष्ट्रपति रामचन्द्र पौडेलसहित सेनापति र अन्य दलका नेताहरूसँग संवाद गरेर अन्तरिम सरकार बनाएर संविधान बचाउन भूमिका खेलेको उनको भनाई छ । उनले जेनजीले उठाएका मागहरू आफूहरूले १० वर्ष अगाडी नै उठाएको बताए ।

पूर्वप्रधानमन्त्री तथा नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजबादी)का अध्यक्ष माधवकुमार नेपालले संविधानको कार्यान्वयनमा देखिएका कमजोरीको वस्तुनिष्ट समीक्षा गरेर अगाडि बढ्नुपर्ने बताएका छन् ।

संविधान दिवसका अबसरमा आज शुभकामना व्यक्त गर्दै उनले भनेका छन्, “शान्ति, स्थिरता र विकाससहित भ्रष्टाचारको अन्त्य, सुशासनको सुनिश्चितता र व्यापक रोजगारीको सिर्जना गरेर मुलुकलाई आर्थिक सामाजिक रुपान्तरण गर्न आवश्यक छ ।”

अध्यक्ष नेपालले सङ्घीय लोकतान्त्रिक गणतन्त्रको स्थापनाको आन्दोलन, अन्य न्यायप्रेमी आन्दोलनहरु साथै भर्खरै मात्र भएको जेनजीको प्रदर्शन समेतमा आफ्नो अमूल्य जीवन बलिदान गर्ने सम्पूर्ण सहिदहरूप्रति श्रद्धाञ्जली अर्पण गरेका छन् ।

यता नेकपा एमालेका उपाध्यक्ष तथा निवर्तमान उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले संविधान दिवसको अवसरमा आत्मसमीक्षा गर्दै आफूबाट भएका गल्ती कमजोरीका लागि क्षमायाचना गरेका छन् ।

उनले विज्ञप्ति जारी गर्दै जनताको र विशेषगरी नयाँ पुस्ताको आकांक्षा, असन्तुष्टि र आक्रोशलाई बुझ्न र सम्बोधन गर्न नसक्नु, भ्रष्टाचार नियन्त्रण, सुशासन र सेवा प्रवाहमा अपेक्षित सुधार हुन नसक्नु जेन्जी आन्दोलनका मुख्य कारण भएको स्वीकार गरेका छन् ।

तर उनले आन्दोलनका क्रममा भएको हत्या, हिंसा, तोडफोड र आगजनीलाई त्यत्तिकै निन्दनीय भनेका छन् । उनले प्रधानमन्त्री सुशीला कार्कीको नेतृत्वमा गठित मन्त्रिपरिषद्ले शान्ति, अमनचैन कायम गर्ने, भ्रष्टाचार नियन्त्रण गर्ने, सुशासन स्थापन गर्ने, तोडफोड तथा आगजनीबाट क्षतिग्रस्त सार्वजनिक तथा निजी संरचनाको पुनर्निर्माण गर्ने र तोकिएको मितिमा प्रतिनिधि सभाको निर्वाचन सम्पन्न गर्ने अपेक्षा व्यक्त गरेका छन् ।

नेकपा (एमाले)का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल कार्यालय डढेर खरानी भए पनि हाम्रो इच्छाशक्ति नमरेको बताएका छन् । संविधान दिवसको अवसरमा पार्टी केन्द्रीय कार्यालय च्यासलमा शुक्रवार आयोजना गरिएको कार्यक्रमलाई सम्बोधन गर्दै उनले भनेका छन्, ‘यो चुनौती देखेर आत्तिनु र हताश हुनुपर्दैन । यो चुनौती सामना गरेर नेकपा एमाले फेरि अगाडी बढ्छ’, वरिष्ठ उपाध्यक्ष पोखरेलले भने, ‘हाम्रो कार्यालय डढेर खरानी भयो । तर हाम्रो इच्छाशक्ति मरेको छैन । हाम्रो इच्छाशक्ति कहिले मर्ने छैन ।’

साथै उनले एउटा दुर्भाग्यपूर्ण घटना मुलुकले व्यहोर्नु परेकोमा दुख व्यक्त गरे । एमालेका नेतादेखि कार्यकर्तासम्म कहिले पनि विचलित नहुने उनले जिकिर गरेका छन् । यस्तै नेकपा एमालेका महासचिव शंकर पोखरेलले नव युवाहरूसँग हातेमालो गरेर मूलधारको राजनीतिमा जोड्नुपर्ने आजको आवश्यकता रहेको बताएका छन् ।

कार्यक्रममा पोखरेलले भने, ‘युवाहरूको असन्तोष राज्य र राजनीतिक दलहरूको विरुद्धमा देखा परेको छ । तिनै युवाहरूलाई राजनीतिको मूल धारमा जोड्न हामीले खोजिरहेका छौँ । उनीहरूलाई नेकपा एमाले नै युवा र जनताको भाव बोक्ने पार्टी हो भनेर अगाडी बढ्नेछौँ ।

नव युवाहरूसँग हातेमालो गरेर मूलधारको राजनीतिमा जोड्नु पर्ने आजको आवश्यकता छ । हामी उनीहरूलाई जोड्नेछौँ ।’ हरेक पटक आफ्नो पार्टीले कामको समीक्षा गरेको बताउँदै महासचिव पोखरेलले अगाडी भने, ‘हरेक पटक हामीले कामको समीक्षा गरेका छौँ । समीक्षाको जगमा रहेर पार्टीलाई अगाडी बढाएका छौँ । युवाहरू पार्टीप्रति रुचि घट्दै गएको समीक्षा गरेर हरेक वडाहरूबाट युवाहरूलाई समेटिरहेका छौँ ।’

Advertisement

भर्खरको समाचार

कांग्रेस प्रति दिलदार रास्वपा ! भ्रष्टचारको फाइल अड्काउने श्रम संस्कृतिलाई डर

harka-and-rabi-2-1711872787

पार्टीमा कुर्सी हल्लिएपछि प्रचण्डको ’त्यो’ र ओलीको ’यो’ स्वार्थ मिल्यो

_126009314_prachanda_oli_

अब अस्पतालमा पनि दुई दिन बिदा, आकस्मिक सेवा सञ्चालन हुने

swasthya-mantralaya

बालेन,रवि, प्रचण्डले आमालाई कसरी सम्झिए ? म नेपाल आमा हाँसेको हेर्न चाहन्छु।

674536346_955343240419027_988202194885674559_n (1)

“आमा”

cdc212c1-c8e6-4838-a4f5-496822c8e048

Lebanon–Israel  १० दिन शान्त,Iranसँग सम्झौता नजिक

thumbs_b_c_28fdaf3eb721532ff51d5afdea914410

आज र भोलि तराईमा तातो दिन रहने, सतर्कता अपनाउन आग्रह

Heat,,Thermometer,Shows,The,Temperature,Is,Hot,In,The,Sky,

जन्मदिने आमा र जन्मभूमि स्वर्गभन्दा पनि महान् हुन्छन्

Screenshot 2026-04-17 100512

गृहमन्त्री सुधनको एक्सनदेखि राजीनामा मागिएकोसम्म

666054673_1250746363833654_2093017393456223042_n

अमेरिकी अखडामा हान्न इरानलाई चीनकोे स्याटलाइट सहयोग

108271690-1772409830437-gettyimages-2204438991-AFP_37287VV

सम्बन्धित खबरहरु

४ बैशाख २०८३
Scroll to Top