×

NEPAL TIMES UPDATES

Playing
ट्रम्प–पुटिन–नेतन्याहु विश्वकै सबैभन्दा ’ठूला पीडक’ || Nepal Times
Apr 21, 2026
Playing
रविलाई आएकै दिन भेटेका कपुरले बालेनलाई जाने बेलामा भेट्लान् ? || Nepal Times
Apr 21, 2026
Playing
दुई मुद्दामा सरकारको बोली एक, वास्तविकता अनेक || Nepal Times
Apr 21, 2026
Playing
Watch Top50 News Of The Day || Baisakh-07-2083 || Nepal Times
Apr 21, 2026
Playing
के हो रास्वपाको अमेरिकी कनेक्सन ? || Nepal Times
Apr 21, 2026
Playing
६१ केन्द्रीय सदस्य देउवा पक्षलाई दिने भएपछि फुटबाट जोगियो कांग्रेस || Nepal Times
Apr 21, 2026
Playing
रविको अभियोग संशोधनविरूद्धको रिटको पेसी वैशाख १० गते || Nepal Times
Apr 21, 2026
Playing
इरान युद्धमा चीनको एन्ट्रीः अमेरिकाले जफत गरेको जहाजले खोल्यो रहस्य || Nepal Times
Apr 21, 2026
Playing
World News: Cubaसंग Americaको वार्ता, Iranसंग के होला ? Japanले छाड्यो शान्तिको बाटो || Nepal Times
Apr 21, 2026
Playing
रवि र बालेनले सुधनलाई के गर्लान् ? || Nepal Times
Apr 21, 2026

एक्शनमा कुलमान,अलपत्र आयोजनाको ठेक्का तोडिने,सुनकोशी मरिन रद्ध

३ आश्विन २०८२

३ असोज , काठमाण्डौ ।

सही व्यक्ति सही ठाउँमा हुनुले मात्र पनि कति फरक पर्ने रहेछ । देशप्रति केही गर्छु भन्ने भावनाले ओतप्रोत भएको व्यक्ति सही ठाउमा पुग्यो भने गरेर देखाउछ भन्ने दह्रिलो उदाहरण बनेका छन्, कुलमान घिसिङ्ग । मन्त्री भएपछि उनको पहिलो अभिव्यक्ति थियो, ’म जनताको सेवा गर्न आएको व्यक्ति हुँ , मलाई माननीय नभनिदिनोस ।’

Advertisement
Advertisement

जलेका संरचना विदेशी गुहार नमागी देशकै पैसाले बनाउछु भनेर महाअभियान सुरु गर्दैछन् उनी । स्वदेशी र विदेशमा रहेका नेपालीहरुलाई उनले यसका लागि अपिल गरिसकेका छन् । जबकी २२ अर्ब विद्युतको वक्यौता तत्काल असुल्न उनले नेपाल विद्युत प्राधिकरणलाई निर्देशन दिने पहिलो निर्णय नै गरिसकेका छन् ।

आज उनी देशको लागि १८ घण्टासम्म खट्दै छन् । किनकी उनलाई बोध छ, समय थोरै छ तर गर्नु धेरै छ । आज मात्रै कुलमानले ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार र शहरी विकास मन्त्रालयअन्तर्गतका लामो समयदेखि काम नभई अलपत्र पारिएका जीर्ण विकास आयोजनाका ठेक्का तोड्ने तयारी गरेका छन् ।

घिसिङले तीनवटै मन्त्रालयका सचिव र विभागीय प्रमुखहरुलाई जीर्ण आयोजनाहरूको सूची तत्काल तयार गरी पेश गर्न निर्देशन दिएका छन् । तीनवटै मन्त्रालयहरुको कामकारबाहीको जानकारी लिँदै मन्त्री घिसिङले काम नगर्ने निर्माण व्यवसायीको अनुहार हेरेर आयोजनालाई अलपत्र अवस्थामा राख्न नदिने प्रष्ट्याए ।

‘चालू रहेका ठूला पूर्वाधारका आयोजनाहरू तोकिएका समय र गुणस्तरमा निर्माण सम्पन्न हुन नसक्दा एकातर्फ मुलुकले ठूलो आर्थिक क्षति बेहोरिरहेको छ भने अर्कोतर्फ त्यस्ता आयोजनाबाट प्राप्त हुने लाभबाट नागरिक वञ्चित भइरहेको विडम्वनापूर्ण अवस्था छ’,अब कसैको अनुहार हेरेर हुँदैन, त्यस्ता आयोजनाको पहिचान र मूल्याङ्कन गरी तत्काल सूची पेश गर्नुहोस्,’ मन्त्रीले निर्देशन दिए । ‘निर्णय नगरी काम हुँदैन, त्यसैले निर्णय गरी काम गर्छौं, जीर्ण बनेका आयोजनाको ठेक्का तोडी नयाँ ठेक्का प्रक्रियामा जानुपर्छ, आयोजनालाई अलपत्र पारेर राख्न पाइँदैन ।’

सिंचाइअन्तर्गत राष्ट्रिय गौरवको सुनकोशी मरिण बहुउद्देश्यीय, भौतिक पूर्वाधार अन्तर्गत तीन समयभन्दा बढी सडक र एक सयभन्दा पुल निर्माण आयोजना अलपत्र छन् । यस्तै भौतिक पूर्वाधार र शहरी विकासमन्त्री समेत रहेका घिसिङले सिंहदरबार परिसरमा निर्माणाधीन संघीय संसद भवन जसरी पनि आगामी पुसभित्रै सम्पन्न गर्नुपर्ने बताएका छन् ।

शहरी विकास मन्त्रालयका सचिव गोपाल सिग्देल, विशेष भवन निर्माण आयोजना तथा समन्वय कार्यालय, आयोजनाका परामर्शदाता र निर्माण व्यवसायीसँग भवन निर्माणका बारेमा छलफल गरेर पुस आगाडि नै निर्माण सम्पन्न गर्ने गरी बाँकी रहेका काम गर्न निर्देशन दिइसकेका छ्न् ।

‘जेनजी आन्दोलनका क्रममा बानेश्वरस्थित संसद भवनमा ठूलो क्षति पु¥याइएपछि अहिले संसद भवन नै छैन, त्यसैले संसद भवन निर्माण संवेदनशील आयोजना हो, यो या त्यो वाहानामा अब ढिला गर्नुहुँदैन, यसमा सबै पक्ष गम्भीर भएर पूर्ण रुपमा परिचालित भई समय अगावै सक्नुपर्छ’, उनले भनेका छन्।

तीन वर्षभित्र निर्माण सम्पन्न गर्ने गरी २०७६ असोजमा ठेक्का सम्झौता भएको संसद भवन पाँचौपल्ट म्याद थपि आगामी पुससम्मलाई लम्ब्याइएको छ । आयोजनाको भौतिक प्रगति ८६ प्रतिशत छ ।

राष्ट्रिय र प्रतिनिधिसभा हलमा फल्स सिलिङका लागि थप ट्रस तथा दुवै भवनको पहिलो तलामा रहेको मल्टिपरपोज हलमा फल्स सिलिङ लागि थप ट्रसको निर्माण, इलेक्ट्रिकलअन्तर्गत मेन एलटी प्यानल, सब एलटी प्यानल, मेन, सम्पूर्ण स्यानेटरी, इलेक्ट्रिकल फायर फाइटिङ, एचभीएसी परीक्षण तथा सञ्चालनलगायतका काम बाँकी छन् ।

घिसिङले आफ्ना कार्यलयअन्तर्गतका निकायमा हुने अनियमिता रोक्न निर्देशनसहित संलग्नलाई तुरुन्तै कारबाही गर्ने चेतावनी दिए । उनले भने, ‘विगतमा कसिमन खाएर बजेट नै बेच्यो भन्ने आरोप सुन्ने गरिएको छ, जेनजी आन्दोलनको मुख्य एजेण्डानै भ्रष्टाचार नियन्त्रण थियो, भ्रष्टाचार नियन्त्रण गर्न सकिएन भने ठूलो निराशा उत्पन्न हुन्छ त्यसै अनियमिता हुने छिद्रहरुको पहिचान गरी त्यसलाई बन्द गर्नुहोस्, एक रुपैयाँ पनि अनियमिता गरेको फेला परेमा सङ्लग्नलाई छाडिने छैन ।’

यस्तै जेनजी आन्दोलनका क्रममा प्रदर्शनकारीले गरेको आगजनी र तोडफोडबाट क्षतिग्रस्त भएको उर्जा मन्त्रालयको मर्मतसम्भारको जिम्मा निजी क्षेत्रले लिने प्रस्ताव राखेको छ । स्वतन्त्र उर्जा उत्पादक संघका पदाधिकारीहरुले उर्जामन्त्री कुलमान घिसिङलाई भेटेर यस्तो प्रस्ताव राखेका हुन् ।

भेटमा इप्पानका उपाध्यक्ष भरत खत्रीले उर्जा उत्पादकहरु मिलेर मन्त्रालयको मर्मत सम्भार,रंगरोगनलगायत पुर्ववत अवस्थामा लैजाने प्रस्ताव राखेका थिए । इप्पान उपाध्यक्ष खत्रीले आफ्नो तालुक मन्त्रालय जलेकोले संरचना निर्माणमा सघाउनका लागि मन्त्रीलाई निजी क्षेत्रले साथ दिने बताए ।

विषम परिस्थितिमा उर्जा व्यवसायीले मन्त्रालयसहित मातहत कार्यालयहरु पुन निर्माणलगायत आवश्यक सहयोग गर्ने प्रस्ताव मन्त्रीसमक्ष राखेको उर्जा मन्त्रालयका सहसचिव शम्भु मरासिनीले नेपाल प्रेसलाई बताए । मन्त्रालयका २७ वटा गाडी जलेर नष्ट भएको भन्दै उनले निजी क्षेत्रसँग मिलेरै सरकारले काम गर्ने बताए ।

मन्त्रालय ध्वस्त भएर कामै नलाग्ने अवस्थामा नपुगेकाले मर्मत सम्भार,सरसफाइ र रंगरोगन गर्दा सञ्चालनमा आउने देखिन्छ । सरकारको अभियानमा सघाउन उर्जा उत्पादकहरुको तर्फबाट विभागीय मन्त्रालय भवन पुन निर्माणको जिम्मा लिन खोज्नु सकारात्मक रहेको मन्त्री घिसिङले बताएका छन् ।

यसअघि भदौ ३० मा पदभार ग्रहण गर्दै तत्काल अगाडि बढाइने मुख्य कार्यहरू भन्दै ५ बुँदामा प्रस्तुत गरिसकेका छन् । जसमा :

१.सार्वजनिक संरचनामा पुगेको क्षति यकिन गरी पुनर्निर्माण कार्य तत्काल अगाडि बढाइने छ ।

२.पुनःनिर्माणका लागि ‘हाम्रा सार्वजनिक संरचना हामी आफैँ बनाउनेछौँँ’ भन्ने अभियान सञ्चालन गरिने छ । देश विदेशमा रहेका सम्पूर्ण नेपालीलाई पुनर्निर्माणमा सहभागी गराई अपनत्व लिने गरी सबैको साथ र सहयोगबाट पारदर्शी रूपमा पुनर्निर्माण कार्य अगाडि बढाइने छ ।

३.मन्त्रालय र यसअन्तर्गतका निकायभित्र हुने भ्रष्टाचार, अनियमितता र ढिलासुस्तीमा शून्य सहनशीलता अवलम्बन गरिनेछ । यस्ता क्रियाकलाप सह्य हुनेछैन । कसैले त्यस्ता कार्य गरेको फेला परेमा तत्कालै कारबाही गरिनेछ । जेन जीले मुख्य रूपमा उठाएको भ्रष्टाचार नियन्त्रण र सुशासनलाई कडाइका साथ कार्यान्वयन गरिनेछ ।

४.कर्मचारी सरुवा, जिम्मेवारी प्रदान गर्ने लगायतका विगतमा सुनिएका अनियमिततालाई नियन्त्रण गरी सुशासन कायम गर्न उपयुक्त व्यक्तिलाई उपयुक्त जिम्मेवारी (Right Person in Right Place) लाई कडाइका साथ लागू गरिनेछ । कसैप्रति पूर्वाग्रह र प्रतिशोध साँधिने छैन । तर, सुशासन र आफ्नो जिम्मेवारीलाई इमानदारीपूर्वक पूरा गर्न नसक्नेलाई तुरुन्तै जिम्मेवारीबाट हटाइने छ। असल नियत राखी ढुक्क भएर काम गर्न सबैलाई निर्देश गर्दछु ।

५.चालू रहेका ठुला पूर्वाधारका आयोजनाहरू तोकिएका समय र गुणस्तरमा निर्माण सम्पन्न हुन नसक्दा एकातर्फ मुलुकले ठुलो आर्थिक क्षति बेहोरिरहेको छ भने अर्कोतर्फ त्यस्ता आयोजनाबाट प्राप्त हुने लाभबाट नागरिक वञ्चित भइरहेको विडम्बनापूर्ण अवस्था छ । यसलाई चिर्न चालू अवस्थामा रहेका ठुला आयोजना निर्माण कार्यलाई तीव्रता दिइने छ भने रणनीतिक महत्त्व र रूपान्तरणकारी केही ठुला योजनालाई अगाडि बढाइने छ । प्राथमिकताको आधारमा आयोजना छनौट गरी परिणाम निक्लने गरी कार्य अगाडि बढाइनेछ । अहिले हाम्रा लागि हरेक सकेण्ड महत्त्वपूर्ण छ ।

Advertisement

भर्खरको समाचार

इरानयुद्धको विरोध गर्ने ६२ पूर्व अमेरिकी सैनिक परिवारसहित पक्राउ

islamabadtalks-1775911434-1775912162

सुशासनको जगमा बनेको सरकारमाथि नै सुशासनको प्रश्न?

666707698_875077882223921_4422618132601218086_n

‘राज्यले जनतालाई न्याँक्ने र घोक्रयाइमुन्ट्याइ गर्ने होइन’,गृहमन्त्रीको राजीनामा उत्तम

harka-sampang-samsad (1)

३९ विशेषतासहितको नयाँ स्मार्ट लाइसेन्स

Security Printing Press_Driving Licence Printing_ (4).jpg

सुधनले प्रधानमन्त्रीलाई बुझाए स्पष्टीकरण, अब बालेनले के गर्छन ?

37c9de5f-6d1d-42a3-b396-1e69a51fc022

नेपाललाई सिरिज बराबरीमा गर्ने अवसर

677655303_1428216612668048_5155580506335546568_n

युद्धविराम अन्त्य हुँदै, इरान धम्कीसँग कहिल्यै नझुक्ने

trump

गृहमन्त्री सुधनको अठोटः भ्रष्टविरुद्धको कारबाही रोकिदैन, डग्मगाइदैन

b50ca935-e218-4b61-b637-facd118a9d76

शेयर खरिदबारे सुधनको प्रष्टीकरणः शेयर किन्नु कहिलेदेखि अपराध भयो ?

sudhangurung30320261029351000x0-1775222839

भारतको पश्चिम बंगालमा चुनावको मुखैमा ९० लाख मतदाता गायब

eyJrZXkiOiJzdGF0aWMvbWVkaWEvaW1hZ2VzL0dldHR5SW1hZ2VzLTQ2MzM1MzQ0OS5qcGcifQ== (1)

सम्बन्धित खबरहरु

Scroll to Top