×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

नेपाली क्रिकेट टोलीलाई युएईले दिएन भिसा

४ आश्विन २०८२

४ असोज , काठमाण्डौ ।

सेप्टेम्बर २७ देखि ३० सम्मका लागि तय भएको वेस्टइन्डिजविरुद्ध नेपालको तीन खेलको सिरिज अन्यौलमा परेको छ । संयुक्त अरब इमिरेट्स (युएई)ले युनिटी कप टी–२० आई सिरिज खेल्न जाने नेपाली क्रिकेट टोलीलाई भिसा दिन अस्वीकार गरेपछि यस्तो अन्यौलता भएको हो ।

ओमानमा हुने टी–२० विश्वकप छनोटको तयारीका लागि नेपाल वेस्ट इन्डिजसँग युनिटी कप सिरिज खेल्न युएई जाने तयारीमा थियो । टोलीलाई नेपाल क्रिकेट संघ (क्यान)ले बिहीबार नै बिदाइ गरेको थियो । टोली शुक्रबार त्यसतर्फ जाने तयारीमा थियो ।

तर, भिसाको कारण अलपत्र परेको क्यान प्रवक्ता छुम्बी लामाले बताएकाछन् । ‘अहिले सबै नेपालीलाई भिसा दिन रोकेको छ । हामीले पनि अनलाइनमार्फत आबेदन थिएका थियौं। पहिला आजको भोलि नै भिसा पाइन्थ्यो । तर, अहिलेको विषम परिस्थितिका कारण भिसा पाउन सकिएन,’ उनले भने ।

नेपालले शारजाह क्रिकेट स्टेडियममा सेप्टेम्बर २७ देखि ३० सम्म तीन खेलको सिरिज खेल्ने तय छ । तर, युएईले भिसा दिन अस्वीकार गरेपछि सिरिज अन्योलमा परेको छ। यद्यपि, क्यानले युएईको सरकार, त्यहाँको क्रिकेट बोर्ड र अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसीसी)सँग समन्वय भइरहेको लामाले बताए ।

‘अहिलेसम्म भिसा आएको छैन । भिसा आउनेबित्तिकै क्रिकेट टोली युएई उड्नेछ,’ उनले भनेका छन् । तर यो त्यति सहजजस्तो देखिदैन । यता विश्वविजेता समेत रहिसकेको वेस्ट इन्डिजविरुद्ध ३ खेलको टि ट्वान्टी ऐतिहासिक सिरिज खेल्न नेपाली खेलाडीहरु उत्साहित भएकामा अहिले उनीहरु युएईको भिसाको पर्खाइमा छन ।

शुक्रबार बिहान ९ बजेको टिकट काटिएपनि भिसा नआएपछि यात्रा तत्कालको लागि रोकिएको छ । नेपालमा भएको पछिल्लो राजनैतिक घटनापछि युएईले नेपालीलाई भिजिट भिसा रद्द गरेको कारण यो समस्या आएको हो । तर क्यानले युएई सरकार त युएईको इमिरेट्स क्रिकेट बोर्डसँग समन्वय गरिरहेको प्रवक्ता छुम्पी लामाले जानकारी दिए ।

उनले आजसम्म भिसा आउने संभावना रहेको बताएका छन् । उनले भने, ‘भिजा रद्द भएको होइन, इस्यु नै नभएको हो। नेपालमा भएको पछिल्लो घटनाक्रमले समग्र नेपालीलाई नै भिसा रोकेकाले नेपाली खेलाडी पनि त्यसको मारमा परेका हुन्। तर हामीले सबै पक्षबाट प्रयास गरिरहेकाले भिसा आउने विश्वासमा छौँ।’

सिरिज युएईको सारजाह क्रिकेट स्टेडियममा असोज ११, १२ र १४ गते हुनेछ । क्यानले यसलाई युनिटी कप अन्तराष्ट्रिय टि–ट्वान्टी सिरिज भनेर नाम दिएको छ । यसको तयारीको लागि नेपाली टोली एक साता अगाडि युएई जाने तयारीमा रहेको थियो ।

नेपालले टेष्ट मान्यता राष्ट्रसँग कुनै पनि सिरिज खेल्न लागेको यो पहिलो पटक हो । यो सिरिज खेलेर नेपाल टि–ट्वान्टी विश्व कप छनोट खेल्न ओमान जाने तय भएको छ । तर अब नेपाली टोलीको युएई यात्रा प्रक्रिया लम्बिएको छ ।

नेपालमा भएको जेनजी आन्दोलनपछिको राजनीतिक घटनाका कारण युएईले नेपालीलाई भिजिट तथा कामदार दुवै भिसा रद्द गरेको छ । जेनजी आन्दोलनका कारण कारागारबाट भागेका करिब साढे ८ हजार कैदिबन्दी समाजमै रहेको, आगजनी तोडफोडसहितको आपराधिक गतिविधि भएको देखेपछि यूइएले नेपाली कामदारसहितको भिजिट भिसा बन्द गरेको हो ।

यूइएले एक साता अगाडिदेखि नै रोकेको भिटिज भिसापछि अहिले कामदार भिसा पनि दिन बन्द गरेको छ । नेपाल वैदेशिक रोजगार संघका निवर्तमान अध्यक्ष राजेन्द्र भण्डारीका अनुसार औपचारिक रुपमा कुनै सूचना र जानकारी नदिइ यूएईले अनौपचारिक रुपमै नेपालीलाई भिसा दिन बन्द गरिदिएको छ ।

कामदार पठाउने सहमति गरेको कम्पनीले स्वीकृति गरेका कामदारहरुको समेत भिसा दिन रोकेको छ । भिसा रिक्वेस्ट गर्दा सबैको अस्वीकृत भइरहेका छ । यसको अर्थ नेपाली कामदारलाई मात्रै अनौपचारिक रुपमै भिसा बन्द भएको छ भने औपचारिक रुपमा भने कुनै जानकारी नआएको भणडारीले बताए ।

नेपालमा जेनजी आन्दोलनका कारण बाहिरिएका कैदी बन्दी पनि कामदारका रुपमा आउन सक्ने, आन्दोलनमा तोडफोडसहित आपाराधिक गतिविधि गर्नेहरुपनि आउनसक्ने भएकोले बन्द गरेको हुनसक्ने अनुमान वैदेशिक रोजगार व्यवसायीहरुले गरेका छन् ।

यूएईले औपचारिक जानकारी नदिएकोले कारण भने यही हो भनेर भन्न नमिल्ने पनि उनिहरुको तर्क छ । यो अवस्थामा सरकारले अपराधि समाउने, छाानविन गर्ने र कैदीबन्दीलाई कारागार फर्काउनेसहितको अन्तर्राष्ट्रिय समूदायलाई पनि विश्वस्त वातावरण नबनाएम्म सहजै अरु मुलुकले पनि भिसा नदिने अनुमान हुन थालेको छ ।

यसको असर अहिले यूएईबाट देखिएको भएपनि अरु देशबाट पनि भिसा अस्वीकृति समस्या आउन सक्ने अनुमान गर्न थालिएको छ । नेपालबाट सबैभन्दा बढी कामदार जाने गन्तव्य यूएई हो । गत वर्ष करिब डेढ लाख यूएईमा मात्रै नेपाली कामदार गएका थिए ।

यूएईमा मासिक १२ देखि १५ हजार नेपाली जाने गरेकोले पनि यसबाट रोजगारीमा ठूलो समस्या निम्तन सक्छ । श्रम मन्त्रालयका उच्च अधिकारी भने सरकारलाई यूएईले भिसा रोकेको विषयमा कुनै औपचारिक जानकारी छैन ।

परराष्ट मन्त्रालयबाट त्यसको जानकारी आउनुपर्ने भएकोले औपचारिक रुपमा कुनै सूचाना नआएको पनि मन्त्रालयका उच्च अधिकारी बताउँछन् । यसैबीच छिमेकी भारतले भने नेपालमा स्थिति सुधारउन्मुख भएको जनाएको छ । यद्यपि, नेपालस्थित भारतीय दूतावासले भारतीय नागरिकहरूलाई नेपाल भ्रमण गर्दा सावधानी अपनाउन सल्लाह दिएको छ ।

दूतावासले नेपालमा पछिल्लो एक हप्तामा स्थितिमा उल्लेख्य सुधार भएको उल्लेख गरे पनि यात्रीहरूलाई सतर्क रहन र सल्लाह तथा ‘अपडेट’हरूलाई पालना गर्न आग्रह गरेको छ । “नेपाल यात्रा गर्ने भारतीयहरूलाई उचित सावधानी अपनाउन र सल्लाहहरू पालना गर्न आग्रह गरिन्छ,” काठमाडौंस्थित दूतावासले भनेको छ ।

भर्खरको समाचार

बालेन क्याबिनेट कस्तो हुनेछ ? मन्त्री बालेनले छान्ने रविसँग परामर्श

balen rabi rasopa team

आज यी क्षेत्रमा मेघगर्जन र चट्याङसहित वर्षा हुने

mausam

क्यालिफोर्निया इरानको राडारमा, इरानमा अहिलेसम्म के–के भयो?

MixCollage-12-Mar-2026-08-27-AM-2238

सुर्खेतकी इनिशाको निर्मला, निरुकै जस्तो नियति, खोई अपराधी ?

Untitled design

इतिहासकै सबैभन्दा लज्जास्पद निर्वाचन नतिजापछि बोले ओली

kp oli sad

इरानले होर्मुजमा धराप थाप्यो, कसरी आउँछन् इन्धन जहाज ?

Screenshot 2026-03-12 085015

बालेनको अब हिँड्ने बाटो, अवसरसँगै परीक्षा

balen rabi rasopa team

इरान युद्ध लम्बिएपछि ट्रम्पका सल्लाहकारले मागे युद्धको ‘एक्जिट प्लान’

trump khameni missiel

रेमिट्यान्स १२ खर्ब भित्रिदा वैदेशिक लगानी १०अर्ब, महँगीपनि बढ्यो

Remit

इरान युद्धको १२ औं दिनः चाडै युद्ध अन्त्य हुने ट्रम्पको घोषण

MixCollage-12-Mar-2026-08-27-AM-2238

सम्बन्धित खबरहरु

Scroll to Top