×

NEPAL TIMES UPDATES

Playing
Top 15 Afternoon News || Mar-06-2026 || Nepal Times
Mar 06, 2026
Playing
रास्वपाले देशभर आँधी ल्यायो, जनताको अपार समर्थन || Nepal Times
Mar 06, 2026
Playing
रास्वपाको जितको खाता खुल्यो, रञ्जुले भत्काइन् कांग्रेसको किल्ला || Nepal Times
Mar 06, 2026
Playing
प्रचण्ड र उदयशम्शेरले छम्किदैंछन् काँग्रेस र नेकपालाई पानी, एमालेको के छ ? || Nepal Times
Mar 06, 2026
Playing
रास्वपाको ३० स्थानमा अग्रता, प्रतिस्पर्धी कांग्रेस ४, एमाले ३ || Nepal Times
Mar 06, 2026
Playing
रास्वपा ३२, कांग्रेस ४, एमाले ३ र नेकपा १ सिटमा अघि || Nepal Times
Mar 06, 2026
Playing
मतगणना अपडेटःदेशभर रास्वपाको अग्रता,कांग्रेस र एमाले पछाडि || Nepal Times
Mar 06, 2026
Playing
झापा ५ मा बालेनले केपी ओलीलाई सुरुवातमै पछि पारे
Mar 06, 2026
Playing
नेपालको चुनावमा विदेशी मिडियाका अधिक चासो, कसले के लेखे ? || Nepal Times
Mar 05, 2026
Playing
आमा सुशीला तिमीले “जे भन्यौ, त्यो पूरा गर्‍यौ” !|| Nepal Times
Mar 05, 2026
Playing
US-Israel-Iran यु द्धः आजका १० हेडलाइन || Nepal Times
Mar 05, 2026
Playing
Watch Top50 News Of The Day || Falgun-21-2082 || Nepal Times
Mar 05, 2026
Playing
कतारबाट नेपालीको गुहार, “हामी डराएका छौँ, देशले बेवास्ता नगरोस् ” || Nepal Times
Mar 05, 2026
Playing
Iran-US यु*द्धका कारण चीनदेखि जापानसम्म हा*हा*कार || Nepal Times
Mar 05, 2026
Playing
इ रानले अ जरबैजानमा हान्यो ड्रो न, प्रतिकार गर्ने चे तावनी|| Nepal Times
Mar 05, 2026
Playing
अमेरिकामा पर माणु मिसाइल टेस्ट, यु द्धकै बीच लन्च भयो मिनेटम्यान–३ मिसाइल|| Nepal Times
Mar 05, 2026
Playing
के दोलखामा मतपत्र लुटिएको हो ? कांग्रेसमाथि आ रोप|| Nepal Times
Mar 05, 2026
Playing
फाइनल प्रवेशका लागि भारत र इङ्ल्याण्ड खेल्दै || Nepal Times
Mar 05, 2026
Playing
Iranमा हम ला गरेर फसे America–Israel, हरेक दिन १ अर्ब डलर स्‍वाहा || Nepal Times
Mar 05, 2026
Playing
अहिलेसम्म कति मत खस्यो ? || Nepal Times
Mar 05, 2026
Playing
कतारको सबैभन्दा ठूलो अमेरिकी राडार ध्वस्त,मिसाइल ट्रयाकिङ बन्द|| Nepal Times
Mar 05, 2026
Playing
World News: Trumpको ह*त्या गर्ने इरानी प्रयास! अमेरिकी संसदमा यु*द्ध रोक्ने प्रस्ताव फेल
Mar 05, 2026
Playing
अर्कैको नाममा भोट हाल्न जाने प क्रा उ, धनुषामा सेनाले जफत गर्यो पर्चा || Nepal Times
Mar 05, 2026
Playing
प्रचण्ड, गगन हेलिबाट निर्वाचन क्षेत्र पुग्दा रवि गाडीबाटै, बालेन र ओली रोकिए|| Nepal Times
Mar 05, 2026
Playing
Top 15 Afternoon News || Mar-05-2026 || Nepal Times
Mar 05, 2026

महेश बस्नेतः नेता हुन कि गुन्डा ? पत्रकारदेखि सुदनसम्मलाई धम्की

३ आश्विन २०८२

३ असोज , काठमाण्डौ ।

केपी बा राष्ट्रपिता हो केपी बा को घर जलाएर स्वाहा पार्नेको एक एक हिसाब गरिन्छ । हामी तरबार लिने मान्छे होइन । तर आवश्यक पर्याे भने हामी तरबार लिन समेत तयार छौं । यो अभिब्यक्ति हो, संघीय मन्त्री समेत भइसकेका नेकपा एमालेका केन्द्रीय नेता महेश बस्नेतको ।

उनको यो अभिब्यक्ति बाहिरिएसँगै उनले अंगालेको प्रतिशोध र हिंसाको मार्ग , उनको भाषा, शैली र धम्कीलाई लिएर चौतर्फी आलोचना भएको छ ।बस्नेतको यही अभिब्यक्तिपछि सामाजिक संजालमा संचारकर्मी समेत रहेकी अभिनेत्री रिमा विश्वकर्माले प्रश्न गरेकी छन् , महेश बस्नेत नेता हुन् कि गुन्डा ? भदौ २३ र २४ गतेको जेनजी विद्रोहले नेपालको राजनीतिक वृत्तमा एउटा तरङ्ग पैदा गर्यो ।

भ्रष्टचारी र हत्यारालाई कारबाहीको मागसहित उठेको यो आन्दोलनले केही समयका लागि स्थापित राजनीतिक शक्तिहरूलाई भूमिगत बन्दै दुलोभित्र पस्न बाध्य बनायो। तर, यसको राप सेलाउन नपाउँदै, संविधान दिवसको बहानामा परिवर्तनलाई तोडमोड गर्ने प्रयासहरू पुनः सतहमा आएका छन्। यसै सन्दर्भमा, बस्नेतका बेलगाम अभिव्यक्ति, भाषा र शैलीले अर्काे तरंग पैदा गरेको छ ।

बस्नेतको पछिल्लो अभिव्यक्ति श्रृङ्खला समाजका लागि अपाच्य मात्र छैन, यसले लोकतान्त्रिक मूल्य र मान्यतामाथि नै प्रहार गरेको देखिन्छ। केपी ओलीको घर जलाएर ’स्वाहा पार्नेको एक–एक हिसाब’ गरिने धम्की दिँदै उनले भनेका छन्, “हामी तरबार लिने मान्छे होइन। तर आवश्यक पर्यो भने हामी तरबार लिन समेत तयार छौं।“

यो अभिव्यक्ति सार्वजनिक भएपछि चौतर्फी आलोचना हुनु स्वाभाविक थियो। यसैले रिमाले सामाजिक सञ्जालमा सोधेको प्रश्न “महेश बस्नेत नेता हुन् कि गुन्डा?“ ले आम मानिसको मनमा उब्जेको संशयलाई प्रतिनिधित्व गरेको छ।

बस्नेतको लगामविनाको अभिव्यक्ति यतिमा मात्र सीमित छैन। उनको निशानामा पत्रकारहरू समेत परेका छन्। उनले लेखेका छन्, यो कुकुरको छाउरो मेरो विरुद्ध सँधै निरन्तर गतिछाडा हिसाबले लागरिराछ । धेरै पटक मैले सहेको छु। तलाई मैले कानुनी दायरामा ल्याउने देखि आबास्यक र उचित कदम चाल्न पर्ने नै हो त ? अति गरेपछि खति हुन्छ है गधा बिचार गर्। युवा साथीहरू यसलाई कहीँ कतै भेटियो भने उचित कारबाहीको निमित्त प्रहरीकोमा दाखिला गर्नुहोला ।

पत्रकारलाई लक्षित गर्दै उनले प्रयोग गरेका शब्दहरू ’कुकुरको छाउरो’, ’गधा’ र ’उचित कारबाहीको निमित्त प्रहरीकोमा दाखिला गर्नुहोला’ जस्ता भाषाले एक जिम्मेवार नेताको भन्दा बढी गुण्डागर्दीको झल्को दिन्छ।

पत्रकारका बारेमा उनले लेखेका छन्, रवि लामिछानेलाई जेलबाट भगाई १४ हजार कैदीलाई मुक्त गराई, समाजमा चोरी र लुटपाटका घटना गराउने मुख्य दोषी राजिव खत्री र ज्वाला संगौलालाई तुरुन्त पक्राउ गरी कारबाही प्रक्रिया अघि बढाउन प्रहरीलाई आग्रह गरेका छन् ।

उनीहरुले बस्नेतविरूद्ध लाग्दै आएको भ्रुण हत्या र बलात्कारको विषय उठान गर्दै आएका छन् । जसलाई उनीविरुद्ध मुद्दा नचलाउने जिल्ला सरकारी वकिल कार्यालय काठमाडौँको निर्णय विरूद्धको रिट निवेदन दर्ता गर्न उच्च अदालत पाटनले गएको असारमा नै आदेश दिएको छ ।

२०८० चैतमा बस्नेतविरुद्ध भ्रुण हत्या, बलात्कार र डाँका चोरी मुद्दामा जिल्ला प्रहरी परिसर काठमाडौँमा ३१ वर्षीय महिलाले जाहेरी दिएकी थिइन् । तर, उनको जाहेरीको दाबी नपुग्ने भन्दै प्रहरीले मुद्दा नचल्ने सिफारिस सरकारी वकिलको कार्यालयलाई गरेको थियो ।

जेनजी आन्दोलनप्रति बस्नेतको दृष्टिकोण पनि उत्तेजनापूर्ण र द्वन्द्व बढाउने खालको छ। उनले जेनजी पुस्तालाई ’विदेशी जासुस संस्था र अन्तर्राष्ट्रिय शक्ति समूहको योजना अनुसार ब्ल्याक कलर रिभोलुशनमा प्रयोग भएको आरोप लगाएका छन्।

यदि यो सफल भएमा नेपाल ’साम्राज्यवादीहरूको उपनिवेश बन्ने खतरा’ रहेको उनको तर्क छ। यस्ता भ्रामक आरोप लगाएर युवाहरूलाई विभाजन गर्ने र आन्दोलनको मर्मलाई कमजोर बनाउने प्रयास उनले लगातार गरिरहेका छन् ।

उनले डिस्कोर्ड जस्ता युवाहरूको नेटवर्कमा ’अपराधीहरूको घुसपैठ’ भएको र ’व्यक्तिलाई मार्ने गोली हान्ने लगायतका छलफल र योजना खुल्लम खुल्ला भैरहेको’ भन्दै प्रधानमन्त्री र गृहमन्त्रीलाई प्रश्न उठाएका छन्।

तर यस्ता गम्भीर आरोप लगाउँदा पनि त्यसको ठोस प्रमाण पेश नगर्नुले उनको नियतमाथि प्रश्न उठ्छ। अझ विवादास्पद कुरा त, बस्नेतले जेनजी अगुवा सुदन गुरुङ एमालेमा प्रवेश गर्ने संकेत दिएका छन्। उनले सुदन गुरुङको ’हालको सुरक्षा चुनौती’ भएको उल्लेख गर्दै ’यदि एमालेमा प्रवेश गर्छन् भने अचम्म नमान्नु होला’ भनेका छन्।

यसअघि गुरुङले आफूलाई कार र मोटरसाइकलबाट पिछा गरिएको भन्दै महेश बस्नेतको नाम उल्लेख गरेका थिए। यो घटनाक्रमले बस्नेतले गुरुङलाई दबाब दिएर पार्टीमा भित्र्याउन खोजेको वा जेनजी आन्दोलनलाई कमजोर बनाउन खोजेको आशंका जन्माउँछ।

प्रहरीको हतियार चोर्न लगाउने र आतंक फिजाउने जस्ता कार्यहरूमा संलग्नलाई कारबाही गर्न प्रधानमन्त्री र गृहमन्त्रीलाई प्रश्न तेर्साउँदै उनले ’जेनजी आतंककारीहरूले घर जलाएर दिएको पीडा र दुःखको घडीमा’ सहानुभूति प्रकट गर्न आएकाहरूलाई धन्यवाद दिएका छन्। बस्नेतले आन्दोलनकारीहरूलाई आतंककारीको संज्ञा दिएका छन् ।

बस्नेतले जेनजी आन्दोलनका योजनाकार भन्दै भाग्य न्यौपाने, कैलाश कटुवाल, हेमराज थापा, दिपक बिक लगायतका नाम लिएर उनीहरूलाई कारबाहीको दायरामा ल्याउन आग्रह गरेका छन्। उनले ’जेनजीको नाममा भएको आतंकवादी आगजनी र लुटपाटका योजनाकारहरूमध्ये एउटा मुख्य योजनाकार भाग्य न्यौपानेबाटै कारबाही सुरु गरियोस’ भन्नुले उनको व्यक्तिगत प्रतिशोध र बदलाको भावना झल्किएको छ ।

सन्दुक रुहित जस्ता इमानदार व्यक्तिलाई समेत बदनाम गरेको आरोप लगाउँदै सुदन गुरुङलाई लक्षित गरी ’ओरिजिनल बाउको छोरा होस् भने, आमा को दुध खाको छस् गरेर देखाउ’ जस्ता अशिष्ट भाषाको प्रयोग समेत बस्नेतले गरेका छन् ।

बस्नेत सामाजिक संजालमार्फत रास्वपाविरुद्ध पनि खनिएका छन् । रास्वपाले भदौ २४ गतेको हिंसात्मक प्रदर्शनमा संलग्न कार्यकर्ताको जिम्मेवारी नलिने र अनुसन्धानमा सहयोग गर्नुपर्ने बताएकोमा बस्नेतले कटाक्ष गर्दै ’यदि यस्तै स्पष्ट बोध र बुद्धि पहिल्यै आएको भए न त यस्तो अराजक गतिविधि हुन्थ्यो, न रास्वपाको आजको अवस्था यसरी खस्कन्थ्यो’ उनले लेखेका छन्।

यति मात्रै होइन बस्नेतले प्रतिकारका लागि फोर्स समेत बनाएका छन् । जेन्जी आन्दोलनपछि सरसफाइ र सुरक्षाको चासो राख्दै युवा सङ्घका अगुवा नेताहरूको सहभागितामा ‘डिजी फोर्स’ डिजिटलल जेनेरेशन फोर्स निर्माण गरिएको छ भन्दै उनले लेखेका छन्, यस फोर्समार्फत अपराधीहरूलाई कानुनी दायरामा ल्याउने तथा क्षतिग्रस्त पार्टी कार्यालय, प्रहरी चौकीलगायतका राष्ट्रिय संरचनाको पुनर्निर्माण गर्न आह्वान गरिएको छ।

यसै सन्दर्भमा पहिलो पटक र्याली तथा जुलुस प्रदर्शन गरिएको छ। महेश बस्नेतका यी सबै अभिव्यक्तिहरूलाई एकसाथ हेर्दा, उनको भाषा शैली, धम्कीपूर्ण व्यवहार र सार्वजनिक पद धारण गरेको व्यक्तिका लागि अनुपयुक्त शब्दहरूको प्रयोगले सामाजिक संजालमा प्रश्न उठेजस्तै उनलाई एक ’नेता’ भन्दा ’गुण्डा’ को नजिक पुर्याएको  छ।

लोकतन्त्रमा विचारको प्रतिवाद विचारले नै गर्नुपर्छ, तर बस्नेतले व्यक्तिगत आक्रमण, धम्की र गैरजिम्मेवार आरोपहरूको सहारा लिएका छन्। यो भन्दा विडम्बना के हुन सक्छ भने, जेनजी आन्दोलनमा दमन गर्ने सरकारका निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओली बस्नेतकै पछि लागेर उनकै छिमेकी भई भक्तपुरको गुण्डुमा पुगेका छन्।

यसले ओली र बस्नेतको विचार र शैलीमा समानता रहेको र उनीहरू द्वन्द्वको बाटोमा नै अघि बढ्न चाहेका हुन् त भन्दै कतिपयले सामाजिक संजालमै प्रश्न उठाएका छन् ।

मन्त्री र सांसद समेत भइसकेका बस्नेतले एक जिम्मेवार युवा नेताको रूपमा समाजमा सद्भाव, एकता र लोकतान्त्रिक मूल्यको प्रवद्र्धन गर्नुपर्नेमा, उल्टो उत्तेजना, धम्की र विभाजनको राजनीति गरिरहेका छन्। उनको यो शैलीले समाजमा थप द्वन्द्व र अस्थिरता निम्त्याउन सक्ने खतरा रहेको छ।

भर्खरको समाचार

प्रचण्ड बहुमतको बाटोमा रास्वपा, विश्वप्रकाशले स्वीकारे, कसले के भने ?

adcc99e8-45af-49b9-9154-fa42976a3483

रास्वपाको जितको खाता खुल्यो, रञ्जुले भत्काइन् कांग्रेसको किल्ला

Screenshot 2026-03-06 114343

प्रचण्ड र उदयशम्शेरले छम्किदैंछन् काँग्रेस र नेकपालाई पानी, एमालेको के छ ?

Screenshot 2026-03-06 110033

बालेनले ओलीलाई पछि पारे, रवि र सोविता पनि अघि , कुलमान पछि

Screenshot 2026-03-06 091716

रास्वपाको ३२ स्थानमा अग्रता, प्रतिस्पर्धी कांग्रेस ४, एमाले ३

MixCollage-06-Mar-2026-09-00-AM-865

रास्वपा ३२, कांग्रेस ४, एमाले ३ र नेकपा १ सिटमा अघि

Vote counting kathmandu 1-Nepal photo library-9

के दोलखामा मतपत्र लुटिएको हो ? कांग्रेसमाथि आरोप

10caf7ff-beed-4f31-ae64-f76da54f97a7

फाइनल प्रवेशका लागि भारत र इङ्ल्याण्ड खेल्दै

f98bc703-9037-4ebe-8a64-0a00ad80f8f8

राष्ट्रपति र उपराष्ट्रपतिले गरेनन् मतदानः पूर्वराष्ट्रपतिहरु के भन्छन् ?

Screenshot 2026-03-05 155551

बालेनको हेलि रोकिएपछि ओलीपनि झापा नजाने

Screenshot 2026-03-05 131333

सम्बन्धित खबरहरु

Scroll to Top