×

NEPAL TIMES UPDATES

Playing
प्रहरी मारिएकोदेखि न्यायालय जलाइएको वर्ष २०८२ || Nepal Times
Apr 14, 2026
Playing
Top 15 Afternoon News || April-14-2026 || Nepal Times
Apr 14, 2026
Playing
इरानी सेनाको समर्थनमा सडकमा उत्रिए जनता, पुटिनले दिए साथ || Nepal Times
Apr 14, 2026
Playing
Iranले ५ वर्ष आणविक परियोजना रोक्ने, America भन्छ २० वर्ष || Nepal Times
Apr 14, 2026
Playing
पोप लियोलाई गा ली गरेपछि Trump ‘यशु’ बने.... || Nepal Times
Apr 14, 2026
Playing
शिक्षामन्त्रीको २४ करोडको सम्पत्ति इमान्दारको कमाइ, छैन् कुनै डर|| Nepal Times
Apr 14, 2026
Playing
आफ्नै रौद्र रुपमा उत्रिए ट्रपः होर्मुजमा जहाज गए ‘ध्व*स्त’ पारिदिने|| Nepal Times
Apr 14, 2026
Playing
नयाँ वर्ष २०८३ को हार्दिक शुभकामना,नयाँ सुरुआतको ढोका खुल्यो || Nepal Times
Apr 14, 2026
Playing
अब सबैभन्दा ठूलो मुश्लिम देशमा पनि ट्रम्पको दबदबा || Nepal Times
Apr 13, 2026
Playing
सिंहदरबार छिरे कलाकारःबालेन प्रधानमन्त्री, सुधन गृहमन्त्री बनेको वर्ष || Nepal Times
Apr 13, 2026

फिफा वरियतामा स्पेनको दबदबा, शीर्ष १०मा को छन् ?

३ आश्विन २०८२

३ असोज , काठमाण्डौ ।

फिफा वरियतामा अढाई वर्षयता राज गरिरहेको विश्व च्याम्पियन अर्जेन्टिना तालिकामा तल खस्किएको छ । विश्व फुटबलको सर्वोच्च निकाय फिफाले सार्वजनिक गरेको नयाँ वरियतामा विश्व च्याम्पियन अर्जेन्टिना २ स्थान तल झरेर तेस्रो स्थानमा पुगेको छ ।

Advertisement
Advertisement

सन् २०२२ को जुनमा विश्वकप फुटबलको उपाधि जितेको अर्जेन्टिना फिफा वरियतामा निरन्तर उक्लँदै सन् २०२३ को अप्रिलमा शीर्षस्थानमा पुगेको थियो । त्यसयता लगातार शीर्षमा कायमै रहँदै आएको अर्जेन्टिना साढे २ वर्षपछि अर्थात् बिहीबार सार्वजनिक भएको फिफा वरियतामा तल झरेको हो ।

अर्जेन्टिना २ स्थान तल झरेर तेस्रोमा पुग्दा स्पेन शीर्षमा स्थानमा उक्लिएको छ । स्पेन भने एक दशकपछि फिफा वरियताको शीर्ष स्थानका उक्लिएको हो । नयाँ वरियतामा फ्रान्स एक स्थान माथि उक्लँदै दोस्रो स्थानमा आएको छ ।

अर्जेन्टिना सन् २०२३ को अप्रिल ६ मा सार्वजनिक भएको वरियतामा शीर्षमा पुगेको थियो । त्यसपछि जुन, जुलाई, सेप्टेम्बर, अक्टोबर, नोभेम्बर, डिसेम्बरसम्म शीर्षमा रहेको थियो । त्यसपछि सन् २०२४ को फेब्रुअरी, अप्रिल, जुन, जुलाइ, सेप्टेम्बर, अक्टोबर, नोभेम्बर र डिसेम्बरमा सार्वजनिक भएको वरियतामा पनि अर्जेन्टिना शीर्षमा थियो ।

सन् २०२५ को अप्रिलसम्म शीर्षमा रहेको अर्जेन्टिना यसपटक भने २ स्थान तल झ¥यो । वरियतामा इंग्ल्याण्ड चौथो स्थानमा यथावत् रहँदा पोर्चुगल एक स्थान सुधार गर्दै पाँचौंमा उक्लिएको छ र ब्राजिल छैटौं स्थानमा झरेको छ ।

नेदरल्याण्ड्स सातौं स्थानमा र बेल्जियम आठौं स्थानमा यथावत् छन् । क्रोएसिया नवौं र इटाली १०औं स्थानमा उक्लिएका छन् । उता, फिफा वरियतामा नेपाली पुरुष फुटबल यथास्थानमै कायम रहेको छ । नयाँ वरियता पनि नेपाल १७६औं स्थानमा कायमै छ ।

नेपालले गत २१ भदौमा बंगलादेशसँगको मैत्रीपूर्ण फुटबलमा गोलरहित बराबरी खेलेको थियो । अर्को खेल पनि हुने तय थियो तर नेपालमा उत्पन्न विषम् परिस्थितिले खेल रद्द भएको थियो । दक्षिण एसियाली वरियतामा नेपाल तेस्रो स्थानमा छ ।

दक्षिण एसियाको शीर्षमा रहेको भारतको वरियता भने खस्किएको छ । भारत १ स्थान तल झर्दै १३४औं स्थानमा पुगेको छ भने भुटान, माल्दिभ्स र बंगलादेश यथास्थानमा रहँदा पाकिस्तान २ स्थान उक्लिएर १९९औं स्थानमा पुगेको छ ।

श्रीलंका एक स्थान तल झरेर १९७औं स्थानमा छ । नेपालभन्दा पछि रहेको बंगलादेश १ स्थान तल झर्दै १८४औं स्थानमा पुगेको छ भने भुटान ४ स्थान तल झरेर १८६औं स्थानमा पुगेको छ । नेदरल्याण्ड्स सातौं स्थानमा र बेल्जियम आठौं स्थानमा यथावत् छन् ।

क्रोएसिया नवौं र इटाली १०औं स्थानमा उक्लिएका छन् । एसियाली राष्ट्रहरूमध्ये सबैभन्दा अघि रहेको जापान २ स्थान खस्किएर १९औं स्थानमा छ । इरान पनि १ स्थान खस्किएर २१औं स्थानमा छ ।

यसैविच, गएराती सम्पन्न यूईएफए च्याम्पियन्स लिग फुटबल अन्तगर्तका खेलहरुमा जर्मन क्लब लेभरकुजेन र डेनमार्कको कोपनहेगनले बराबरी खेलेका छन् भने बेल्जियमको क्लब ब्रुगले फ्रान्सेली क्लब मोनाकोमाथि शान्दार जित हात पारेको छ ।

कोपनहेगन र लेभरकुजेनबीचको खेल २–२ गोलको बराबरीमा रोकियो । अर्को खेलमा क्लब ब्रुगले मोनाकोलाई ४–१ ले हरायो । यस्तै, मार्कस रास्फोर्डको दुई गोलको सहयोगमा स्पेनिस क्लब बार्सिलोनाले विजयी सुरुवात गरेको छ ।

प्रिमियर क्लब न्यू क्यासलमाथि बार्सिलोनाले २–१ गोलको जित निकालेको हो । न्यू क्यासलका लागि एन्थोनी गोर्डनले गोल गरेपनि जितका लागि त्यो पर्याप्त भएन । यस्तै, एर्लिङ हालान्डले च्याम्पियन्स लिग फुटबलमा ५० गोल पूरा गरेको खेलमा प्रिमियर लिग क्लब म्यानचेस्टर सिटीले सहज जित दर्ता गर्यो ।

सिटीले इटालियन क्लब नापोलीमाथि २–० गोलको जित निकालेको हो । सिटीका लागि खेलको ५६ औँ मिनेटमा हालाण्डले गोल गर्दै टिमलाई अग्रता दिलाए । उनको यो च्याम्पियन्स लिगमा ५० औँ गोल रह्यो ।

हालाण्डले ४९औँ खेलमा ५० गोल गर्न सफल भएका हुन् । उनी सबैभन्दा कम खेलमा ५० गोल गर्ने खेलाडी बनेका छन् । यस्तै, पोर्चुगिच क्लब स्पोर्टिङ सीपीले पनि सहज जित निकालेको छ । स्पोर्टिङले काजकिस्तानको क्लब एफसी कैराटमाथि ४–१ गोलको जित निकालेको हो ।

Advertisement

अर्को खेलमा जर्मन बुन्डेस लिगा क्लब ईन्ट्रयक्ट फ्रया्ंक्फर्टले टर्किस क्लब गाला तास्रायमाथि ५–१ गोलको जित निकालेको छ । फ्राया्ंक्फर्टले दुई गोल आत्मघाती उपहार पाएको थियो ।

भर्खरको समाचार

तोडिएको होइन , २०८२ मा बनेको म ,बागमतीको किनारमा पुनर्जन्म

cdf68ebd-07f4-4c70-8984-ee648beb9fe2

इरानले ५ वर्ष आणविक परियोजना रोक्ने, अमेरिका भन्छ २० वर्ष

iran america

पोप लियोलाई गाली गरेपछि ट्रम्प ‘यशु’ बने….

DonaldTrumpimpeached_20191219095801

शिक्षामन्त्रीको २४ करोडको सम्पत्ति इमान्दारको कमाइ, छ्रैन कुनै डर

Screenshot 2026-04-14 083430

आफ्नै रुपमा उत्रिए ट्रपः होर्मुजमा जहाज गए ‘ध्वस्त’ पारिदिने

GettyImages_1191715388

नव वर्ष २०८३ प्रारम्भ, कसरी सुरु भयो नयाँ वर्ष ?

670917966_952821104004574_2755406620104523389_n

हजारौं गीत गाएर अस्थाइन् आशा भोसले

thumb

राष्ट्रपतिले किन रोकिरहेका छन् ओमप्रकाश अर्यालको नियुक्ति ?

823b3005-f7a7-4b8c-b72b-d383aa8b76fc

श्रम मन्त्री बर्खास्तमा परेपछि पत्नीले दिइन स्पष्टीकरण

Shram-Mantri-e1775540134843-768x509

अमेरिकी सेना आराम गरिरहेका छन्, इरानको हात ‘ट्रिगर’ मै छ

donald_trump

सम्बन्धित खबरहरु

Scroll to Top