×

NEPAL TIMES UPDATES

Playing
Watch Top15 News Of The Day in 5 Minutes || Nepal Times
Apr 18, 2026
Playing
इस्लामावाद वार्ताका लागि तयार, तर भाँडिने संकेत|| Nepal Times
Apr 18, 2026
Playing
World News: सिरियाबाट १२ वर्षपछि अमेरिकी सेना फिर्ता, राहुल गान्धीविरुद्ध एफआईआर || Nepal Times
Apr 18, 2026
Playing
चीनका चार रहस्यमयी विमान इरान पुगे? || Nepal Times
Apr 18, 2026
Playing
“मुस्ताङको युरेनियम लिन विदेशी से*ना आउँदै?” — Parsaiको सनसनीपूर्ण दाबी
Apr 18, 2026
Playing
देउवा समूह चोईटेला ? पूर्णबहादुरले बोलाए असन्तुष्टहरुको बैठक || Nepal Times
Apr 18, 2026
Playing
एक्लिएका ओलीलाई प्रचण्डको याद आयो, एकता गर्न किन खोज्दै छन् ? || Nepal Times
Apr 18, 2026
Playing
Top 15 Afternoon News || April-18-2026 || Nepal Times
Apr 18, 2026
Playing
इरानको युरेनियम लैजाने ट्रम्पको दाबी सत्य हो? होर्मुज खुलेपनि अमेरिकी नाकाबन्दी जारी|| Nepal Times
Apr 18, 2026
Playing
आईसीसी वुमेन्स च्यालेन्ज ट्रफीः अमेरिका र नेपाल खेल्दै#NEPAL #CRICKET #USA || Nepal Times
Apr 18, 2026

लद्दाखमा कफ्र्यु जारी, ४ को मृत्यु,३० प्रहरीसहित ५९ घाइते

९ आश्विन २०८२

९ असोज , काठमाण्डौ ।

भारतको लद्दाख केन्द्र शासित प्रदेशलाई पूर्ण राज्यको दर्जा दिनुपर्ने माग गर्दै आन्दोलनकारी र प्रहरीबीच झडप हुँदा चार जनाको मृत्यु भएको छ भने कम्तीमा ५९ जना घाइते भएका छन्।

Advertisement
Advertisement

घाइतेमध्ये ३० जना प्रहरी छन्। सन् १९८९ पछि लद्दाखमा यो सबैभन्दा हिंसक दिन मानिएको छ।बुधवार भएको हिंसापछि वातावरण अभियन्ता सोनम वाङचुकले लद्दाखलाई पूर्ण राज्यको दर्जा दिन र छैठौं अनुसूची विस्तारको माग गर्दै १५ दिन लामो अनशन तोडेका छन्।

हिंसालाई मध्यनजर गर्दै प्रशासनले लेहमा कफ्र्यू लगाएको छ।बुधवार राति अबेर जारी एक विज्ञप्तिमा केन्द्रीय गृह मन्त्रालयले बुधवारको हिंसाको लागि सोनम वाङचुकलाई जिम्मेवार ठहराएको छ।

गृह मन्त्रालयको आरोपमा वाङचुकले हालसम्म कुनै प्रतिक्रिया दिएका छैनन्। केन्द्र सरकारले एक विज्ञप्ति जारी गर्दै केही मानिसहरू पूर्ण राज्य र छैठौं अनुसूचीको विस्तारमा लद्दाखका जनतासँग भइरहेको कुराकानीको प्रगतिबाट खुसी नभएको र यसमा बाधा पु¥याइरहेको बताएको छ।

केन्द्र सरकारले आफ्नो विज्ञप्तिमा यी विषयहरूमा उच्चस्तरीय समितिको अक्टोबर ६ मा हुने बैठकलाई आज र भोलि सेप्टेम्बर २५–२६ मा गर्ने तयारी गरेको छ । ताकि आन्दोलनकारी संगठनहरूसँग संवाद गर्न सकियोस्।

गृह मन्त्रालयले आफ्नो विज्ञप्तिमा ’केही मानिसहरूको स्वार्थको राजनीति र सोनम वाङचुकको व्यक्तिगत महत्वाकांक्षाका कारण लद्दाख र यसका युवाहरूले ठूलो मूल्य चुकाइरहेका छन्’ भनेको छ।

बुधवार बिहान युवाहरूको समूहले आगजनी र तोडफोड ग¥यो। यसपछि उनीहरूले बीजेपी मुख्यालयलाई निशाना बनाए र धेरै गाडीहरू जलाए।

अधिकारीहरूले समाचार एजेन्सी पीटीआईलाई बताएका छन् कि ’परिस्थिति नियन्त्रणमा लिनको लागि शहरभरि ठूलो संख्यामा खटाइएका प्रहरी र अर्धसैनिक बलहरूले अश्रुग्यासहरू प्रहार गरे।

’कम्तीमा छ जना घाइतेको अवस्था नाजुक भएकोले मृतकको संख्या बढ्न सक्ने आशंका गरिएको छ।उपराज्यपाल कविन्दर गुप्ताले यी घटनाहरूलाई ’हृदयविदारक’ बताउदै भनेका छन् कि बुधबार जे भयो त्यो स्वतःस्फूर्त नभई एउटा षड्यन्त्रको परिणाम थियो।

उनले भने, “हामी यहाँको माहोल खराब गर्नेहरूलाई छोड्ने छैनौं।“ लद्दाखमा यसअघि अगस्ट २७, १९८९ मा ठूलो हिंसा भएको थियो, जब केन्द्र शासित प्रदेशको दर्जा माग गर्ने आन्दोलनको क्रममा प्रहरीको गोली लागेर तीन जनाको मृत्यु भएको थियो।

बुधवार बिहानै लद्दाखको राजधानी लेहमा बन्दको नाराका साथ सयौं मानिसहरू सडकमा उत्रिए। दिन बित्दै जाँदा, टाढाबाट आगोको लप्का र कालो धुवाँका गुबारहरू देखिन थाले।

लद्दाख एपेक्स बडीको युवा शाखाले सेप्टेम्बर १० देखि आमरण अनसनमामा बसेका १५ जनामध्ये दुई जनाको अवस्था मंगलवार साँझ बिग्रिएपछि बन्दको अपील गरेको थियो।

एक अनलाइन पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै सोनम वाङचुकले भने कि, ७२ वर्षे त्सेरिंग आङचुक र ६० वर्षे ताशी डोल्माको अवस्था बिग्रिएको थियो र उनीहरूलाई अस्पताल लैजानु प¥यो।

सम्भवतः यही हिंसक प्रदर्शनको तात्कालिक कारण बन्यो।’हिंसापछि कांग्रेस नेता र पार्षद फुन्ट्सोग स्तानजिन त्सेपगविरुद्ध हड्ताल स्थलमा उत्तेजक भाषण दिएको आरोपमा मुद्दा दर्ता गरिएको छ।

बीजेपीले आरोप लगाएको छ, कि यो हिंसा कांग्रेसको षड्यन्त्रको हिस्सा हो, जसको माध्यमबाट उसले देशमा बंगलादेश, नेपाल र फिलिपिन्सजस्तो स्थिति सिर्जना गर्न चाहन्छ।’

दिल्लीमा पत्रकारहरूसँग कुराकानी गर्दै बीजेपी सांसद र राष्ट्रिय प्रवक्ता संबित पात्राले भने, “आज लद्दाखमा केही प्रदर्शनहरूलाई ’जेन जी’ को नेतृत्वमा भएको देखाउने प्रयास गरियो, तर अनुसन्धानमा थाहा भयो कि यो जेन जी को विरोध नभई कांग्रेसको प्रदर्शन थियो।“

आन्दोलनकारीका चार मागहरू छन्। यसमा लद्दाखलाई राज्यको दर्जा, छैठौं अनुसूचीको विस्तार, लेह र कारगिलका लागि अलग–अलग लोकसभा सीटहरू निर्धारण गर्ने र रोजगारीमा आरक्षण समावेश छन्।

केन्द्र सरकारले एक प्रेस विज्ञप्ति जारी गर्दै भनेको छ, ’’सोनम वाङचुकले लद्दाखका लागि छैठौं अनुसूची र राज्यको दर्जा दिने मागलाई लिएर भोक हड्ताल सुरु गरेका थिए। यो सबैलाई थाहा छ कि भारत सरकार यी मुद्दाहरूमा एपेक्स बडी लेह र कारगिल डेमोक्रेटिक एलायन्ससँग सक्रिय कुराकानी गर्दै आएको छ। उनीहरूसँग उच्चस्तरीय समिति उप–समितिका औपचारिक च्यानलहरू र नेताहरूमार्फत कुराकानी भएका छन्। यसका उल्लेखनीय परिणामहरू आएका छन्।’’

विज्ञप्तिमा अगाडि भनिएको छ, ’’लद्दाखका अनुसूचित जनजातिहरूका लागि आरक्षण ४५ प्रतिशतबाट बढाएर ८४ प्रतिशत गरिएको छ। वहीं परिषदहरूमा महिलाहरूलाई एक तिहाई आरक्षण दिइएको छ। भोटी र पर्गीलाई आधिकारिक भाषाहरूको दर्जा दिइएको छ। यसै प्रक्रिया अन्तर्गत १८०० पदहरूमा भर्तीको प्रक्रिया पनि सुरु गरिएको छ। ’’तर राजनीतिक स्वार्थबाट प्रेरित केही मानिसहरू यस प्रगतिबाट सन्तुष्ट छैनन् र उनीहरू कुराकानीको प्रक्रियालाई नोक्सान पु¥याउन चाहन्छन्।’’

यस प्रेस विज्ञप्तिमा सोनम वाङचुकमाथि आरोप लगाउँदै भनिएको छ, ’’जुन मागहरूलाई लिएर वाङचुक भोक हड्तालमा बसेका थिए, ती उच्चस्तरीय समितिमा छलफलको अभिन्न हिस्सा हुन्। तर धेरै नेताहरूबाट भोक हड्ताल समाप्त गर्न अपील गरिए पनि उनले यसलाई जारी राखे र मानिसहरूलाई भ्रमित गरिरहे।’’’’उनले भडकाऊ तरिकाले अरब स्प्रिंग जस्ता आन्दोलनहरूको जिक्र गरे र नेपालमा भएका जेन जी प्रदर्शनहरूको हवाला दिए।’’प्रेस विज्ञप्तिमा भनिएको छ, ’’सेप्टेम्बर २४ मा बिहान लगभग साढे ११ बजे वाङचुकका भडकाऊ भाषणहरूबाट उत्तेजित भीडले भोक हड्ताल स्थलबाट निस्केर एक राजनीतिक दलको कार्यालय र सीईसी लेहका सरकारी कार्यालयहरूमा हमला ग¥यो। भीडले यी कार्यालयहरूमा आगो लगायो, सुरक्षाकर्मीहरूमाथि हमला ग¥यो र एक प्रहरी वाहनलाई पनि जलायो।’’

हिंसालाई मध्यनजर गर्दै सोनम वाङचुकले आफ्नो भोक हड्ताल समाप्त गर्ने घोषणा गरे र युवाहरूलाई तोडफोड नगर्न अपील गरेका थिए । उनले भने, ’’युवाहरूले हिंसा बन्द गरून् किनभने यसले हाम्रो आन्दोलनलाई मात्र नोक्सान पु¥याउँछ र स्थिति खराब हुन्छ।’’वाङचुकले भने, ’’यो लद्दाख र मेरो लागि व्यक्तिगत रूपमा सबैभन्दा दुखद दिन हो, किनभने पछिल्ला पाँच वर्षदेखि हामी जुन बाटोमा हिँडिरहेका थियौं, त्यो शान्तिपूर्ण थियो। हामीले पाँच पटक भोक हड्ताल गर्यौं, लेहबाट दिल्लीसम्म पैदल यात्रा गर्यौं, तर आज हिंसा र आगजनीका कारण हाम्रो शान्तिको सन्देश असफल हुँदै गएको देखिन्छ।’’

वाङचुकले युवाहरूमा भएको निराशाको कारण उनीहरूलाई जागिरबाट टाढा राखिएको पनि बताएका छन् । उनको आरोप थियो कि लद्दाखमा “लोकतन्त्र छैन र जनतासँग गरिएको छैठौं अनुसूचीको वाचा पनि पूरा भएन।“

संविधानको छैठौं अनुसूची, पूर्वोत्तरका राज्यहरू त्रिपुरा, मेघालय, मिजोरम र असमको जनजातीय जनसंख्याका लागि बनाइएको हो।

यस अन्तर्गत शासन, राष्ट्रपति र राज्यपालको शक्तिहरू, स्थानीय निकायहरूको स्वरूप, वैकल्पिक न्यायिक व्यवस्था र स्वायत्त परिषदहरूमार्फत वित्तीय अधिकार जस्ता विशेष प्रावधानहरू छन्।

Advertisement

भर्खरको समाचार

इरानको युरेनियम लैजाने ट्रम्पको दाबी सत्य हो? होर्मुज खुलेपनि अमेरिकी नाकाबन्दी जारी

donald_trump

ओली हटाएर एमाले अध्यक्ष बन्न तम्सिदैछिन् विद्या

Bidhya-Bhandati-and-Kp

आजदेखि ‘भेहिकल फ्रि असन’

Places-To-Visit-in-Kathmandu-Ason-Spice-Market-Nepal

कांग्रेस विवादको कानुनी बाटो सकियो, देउवाको रिट खारेज, फैसलामा के छ ?

deuwba and gagan

कांग्रेस प्रति दिलदार रास्वपा ! भ्रष्टचारको फाइल अड्काउने श्रम संस्कृतिलाई डर

harka-and-rabi-2-1711872787

पार्टीमा कुर्सी हल्लिएपछि प्रचण्डको ’त्यो’ र ओलीको ’यो’ स्वार्थ मिल्यो

_126009314_prachanda_oli_

अब अस्पतालमा पनि दुई दिन बिदा, आकस्मिक सेवा सञ्चालन हुने

swasthya-mantralaya

बालेन,रवि, प्रचण्डले आमालाई कसरी सम्झिए ? म नेपाल आमा हाँसेको हेर्न चाहन्छु।

674536346_955343240419027_988202194885674559_n (1)

“आमा”

cdc212c1-c8e6-4838-a4f5-496822c8e048

Lebanon–Israel  १० दिन शान्त,Iranसँग सम्झौता नजिक

thumbs_b_c_28fdaf3eb721532ff51d5afdea914410

सम्बन्धित खबरहरु

Scroll to Top