×

NEPAL TIMES UPDATES

Playing
नेता र कर्मचारीको सम्पत्ति कसरी छानविन हुन्छ ? को को तान्निछन् ?|| Nepal Times
Apr 23, 2026
Playing
को हुन् दीपक भट्ट ? ओलीले हुक्र्याए सुधन गुरूङले पद गुमाए || Nepal Times
Apr 23, 2026
Playing
बालेन सरकारका नायक सुधनको अपत्यारिलो बहिर्गमन || Nepal Times
Apr 22, 2026
Playing
गर्भवती असुरक्षित गर्भपतनबाट मृ त्यु, २ डाक्टर प क्रा उ || Nepal Times
Apr 22, 2026
Playing
Watch Top50 News Of The Day || Baishak-09-2083 || Nepal Times
Apr 22, 2026
Playing
नायक सुधन जसले रिलका नायक अनिल कपुरलाई विर्साए, नैतिकता देखाए || Nepal Times
Apr 22, 2026
Playing
को बन्ला नयाँ गृहमन्त्री ? मनिष, कवीन्द्र वा अरु ? || Nepal Times
Apr 22, 2026
Playing
अल नीनोको आशंका बढ्यो, बैज्ञानिकहरुले दिए विश्वलाई चे ताव नी || Nepal Times
Apr 22, 2026
Playing
बालेनले कसरी कमाए सामाजिक सञ्जालबाट १ करोड ४६ लाख ?|| Nepal Times
Apr 22, 2026
Playing
सुधन गुरुङ २६ दिनमै गृह मन्त्रालयबाट बाहिरिए|| Nepal Times
Apr 22, 2026

’ओली क्रुर, हत्यारा र कायर, देउवाको मौनताले कांग्रेसलाई धिक्कार’

९ आश्विन २०८२

९ असोज ,काठमाण्डौ ।
पूर्व मन्त्री तथा मधेसी जनअधिकार फोरम गणतान्त्रिकका संस्थापक अध्यक्ष जय प्रकाश प्रसाद गुप्ताले सामाजिक सञ्जाल फेसबुकमार्फत पूर्व प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको चर्को आलोचना गरेका छन्।

गुप्ताले ओलीलाई ’क्रूर तथा हत्यारा मानसिकताका कायर व्यक्ति’ को संज्ञा दिँदै तत्कालीन जेनजी आन्दोलनका घटनाक्रम र त्यसपछि विकसित राजनीतिक अवस्थाप्रति गहिरो असन्तुष्टि व्यक्त गरेका छन्।

Advertisement
Advertisement

पूर्व काग्रेस नेता समेत रहेका गुप्ताले देउवाको मौनता र सत्तालिप्साका कारण कांग्रेसले धिक्कार पाउनुपर्ने समेत बताएका छन्।
गुप्ताले आफ्नो फेसबुक पोस्टमा भाद्र २३ गतेको सरकारी संयन्त्रबाट भएको भनिएको ’हत्याकाण्ड’ को प्रत्यक्षदर्शी भएको दाबी गरेका छन्।

उनले लेखेका छन्, “भाद्र २३ गतेको सरकारी संयन्त्रबाट गरिएको हत्याकाण्ड लाखौं लाखले भिपिएनको सहाराले चलेका सामाजिक संजालबाट ‘लाईभ’ हेरेका थिए। मैले पनि । भावावेशमा हैन, सचेत भई त्यही बेला संजाल मै लेखेको थिए (’निःसन्देह प्रम केपी शर्मा ओली क्रुर तथा हत्यारा मानसिकताका कायर व्यक्ति हुन्। धिक्कार छ काँग्रेस!’)“

गुप्ताले ओलीको राजीनामाको प्रसंगलाई उल्लेख गर्दै ’जेनजी आन्दोलनसामु घुँडा टेकेर प्रधानमन्त्रीबाट राजीनामा दिएर सेनाको हेलिमा भागेका’ घटनालाई ’करोडौं मानिसले प्रत्यक्ष हेरेको’ बताएका छन् ।

उनले ओलीले “जीवन रक्षाका लागि सेनासंग याचना गरी एक अछापे कागजमा पदबाट राजीनामा दिई“ भागेको दृश्यलाई ओलीको कायरताको प्रमाणका रूपमा प्रस्तुत गरेका छन्।

यो घटनाले ’लाखौं लाख’ मानिसले ओलीको ’कायरता’ प्रत्यक्ष देखेको उनको भनाइ छ। पूर्व मन्त्री गुप्ताले ओली र देउवाले अँगालेको राजनीतिक शैलीप्रति गहिरो निराशा व्यक्त गरेका छन्।

उनले कलिङ्ग युद्धको दुष्परिणाम देखेर सम्राट अशोकको हृदय परिवर्तन भएको उदाहरण दिँदै हालको राजनीतिक वातावरणले राजनीतिमा लागेका हजारौं युवाहरूलाई मानसिक पलायनको अवस्थामा पु¥याएको बताएका छन्।

उनले भनेका छन्,केपी ओली र देउवाहरूले गरेको यो राजनीतिले राजनीतिमा लागेका असंख्यलाई उदेक लाग्यो। गुप्ताले बीपी कोइरालाको मोदिआईन मा कुरुक्षेत्र युद्धको विनाशकारी परिणामको चर्चा गरिएको अंश उद्धृत गर्दै युद्धले ल्याउने पीडा, विध्वंस र पश्चात्तापलाई जोड दिएका छन्।

उनले बीपीको लेखनले “युद्धको विनाश, मृत्यु, विधवाहरूको पीडा, अनि युद्धपछि मानवीय असहायता र भावना–विस्थापनको भावनात्मक चित्रण“ गरेको बताएका छन्।

यस सन्दर्भमा उनले शेरबहादुर देउवामाथि प्रश्न उठाएका छन् कि उनले उन्मत्त ओलीलाई जानाजान किन रोकेनन् र ओलीको पतनको प्रतिक्षामा किन बसे।

यसले गर्दा कांग्रेसमा हजारौं प्रबल सम्भावना भएका नव युवाहरू राजनीतिमा लाग्नबाट बिमुख चिन्तन तिर डोरिएको गुप्ताको विश्लेषण छ । गुप्ताले देउवाको पछिल्लो गतिविधिलाई पनि व्यंग्य गरेका छन्।

उनले देउवाको निवासमा जलेका नोटहरूका बारेमा उनको कथित सचिवालयले निकालेको वक्तव्यले नै धेरै कुरा संकेत गरेको बताएका छन्। उनले ओलीको हालको अवस्थाबारे टिप्पणी गर्दै भनेका छन्, “केपी ओली बाहिर आए।

अब दिनैपिच्छे हामी उनका अझ बिग्रेका थुतुनोको बोलीहरू सुन्न बाध्य छौँ । दण्ड दुरूत्साहनको अद्यावधि कायम राज्यव्यवस्था जहाँ अपराधीको मनोबल खस्कन नदिन दण्डबाट उन्मुक्ति राज्यको चरित्र भएको छ, त्यहाँ अब हामी ओलीका बिग्रेका बोली सुनिनेरहन्छौँ।

गुप्ताले ओली कारणमा जान नचाहेको र परिणामलाई टिपेर कथ्य बनाई रहेको आरोप लगाएका छन्। उनले व्यंग्यात्मक शैलीमा भनेका छन्, “मानौं देशमा यी सब घटित भइरहँदा उनि झापाको सुरूङ्गातिर कतै धान गोडेर बसी ५–७ दिनपछि मात्र सब कुरा सुनेका हुन्।“
गुप्ताले आफ्नो पोस्टको सुरुवातमा संस्कृतको एक श्लोक उद्धृत गरेका छन्, “दुष्टस्य दण्डः शास्त्रस्य निबन्धो न शृणोति च । स्वभावो दुरतिक्रम्यः स्वभावेन विनश्यति ।“ जसको अर्थ उनले आफैं स्पष्ट पारेका छन्, “दुष्ट मानिस न त दण्डबाट सुध्रिन्छ, न त शास्त्रबाट; किनभने उसको स्वभाव नै दुर्गुणमय हुन्छ, र अन्ततः त्यही स्वभावले ऊ नष्ट हुन्छ । “

जय प्रकाश प्रसाद गुप्ता पूर्व कांग्रेस नेता हुन् । उनी मधेसी जनअधिकार फोरम गणतान्त्रिकका संस्थापक अध्यक्ष समेत हुन् ।

Advertisement

भ्रष्टाचारको कसुरमा १३ महिनाको जेल सजाय भुक्तान गरी २०६९ चैतमा जेलमुक्त भएपछि उनी राजनीतिबाट टाढा छन्। तथापि,उनले देशको समसामयिक राजनीतिबारे टिकाटिप्पणी गर्दै आएका छन् ।

भर्खरको समाचार

नेता र कर्मचारीको सम्पत्ति जाँचबुझ सुरु,एक वर्षको म्याद, उजुरी दिन सक्ने

1d2d790d-b734-4d90-9100-6c1fa4200379

सुधन गुरुङले देखाए नैतिकता, आरोपकै कारण दिए राजीनामा

sudhangurung30320261029351000x0-1775222839

गृहमन्त्री सुधन गुरुङले दिए राजीनामा

b50ca935-e218-4b61-b637-facd118a9d76

बालेनले कसरी कमाए सामाजिक सञ्जालबाट १ करोड ४६ लाख ?

666707698_875077882223921_4422618132601218086_n

काठमाण्डौआएका अमेरिकी मन्त्रीले बालेनलाई भेटेनन्, तीन दिन के गरे ?

0a03b400-ca0e-429c-9985-e9aeed50e92d

इरानसँग अझै घातक हतियारहरू सुरक्षित, भान्सको पाकिस्तान भ्रमण रद्द

iran-flag_TkC5X0MaQr

ट्रम्पले युद्धविराम लम्ब्याए, नाकाबन्दी जारी, ८ महिला रिहा गर्न गुहार

250126-donald-trump-236p-09e14b

इरानयुद्धको विरोध गर्ने ६२ पूर्व अमेरिकी सैनिक परिवारसहित पक्राउ

islamabadtalks-1775911434-1775912162

सुशासनको जगमा बनेको सरकारमाथि नै सुशासनको प्रश्न?

666707698_875077882223921_4422618132601218086_n

‘राज्यले जनतालाई न्याँक्ने र घोक्रयाइमुन्ट्याइ गर्ने होइन’,गृहमन्त्रीको राजीनामा उत्तम

harka-sampang-samsad (1)

सम्बन्धित खबरहरु

Scroll to Top