×

NEPAL TIMES UPDATES

Playing
नेता र कर्मचारीको सम्पत्ति कसरी छानविन हुन्छ ? को को तान्निछन् ?|| Nepal Times
Apr 23, 2026
Playing
को हुन् दीपक भट्ट ? ओलीले हुक्र्याए सुधन गुरूङले पद गुमाए || Nepal Times
Apr 23, 2026
Playing
बालेन सरकारका नायक सुधनको अपत्यारिलो बहिर्गमन || Nepal Times
Apr 22, 2026
Playing
गर्भवती असुरक्षित गर्भपतनबाट मृ त्यु, २ डाक्टर प क्रा उ || Nepal Times
Apr 22, 2026
Playing
Watch Top50 News Of The Day || Baishak-09-2083 || Nepal Times
Apr 22, 2026
Playing
नायक सुधन जसले रिलका नायक अनिल कपुरलाई विर्साए, नैतिकता देखाए || Nepal Times
Apr 22, 2026
Playing
को बन्ला नयाँ गृहमन्त्री ? मनिष, कवीन्द्र वा अरु ? || Nepal Times
Apr 22, 2026
Playing
अल नीनोको आशंका बढ्यो, बैज्ञानिकहरुले दिए विश्वलाई चे ताव नी || Nepal Times
Apr 22, 2026
Playing
बालेनले कसरी कमाए सामाजिक सञ्जालबाट १ करोड ४६ लाख ?|| Nepal Times
Apr 22, 2026
Playing
सुधन गुरुङ २६ दिनमै गृह मन्त्रालयबाट बाहिरिए|| Nepal Times
Apr 22, 2026

भ्रष्ट नेता कहिले जान्छन् जेल ? रामेश्वरपछि कुलमानले खोले उजुरी पेटिका

९ आश्विन २०८२

९ असोज , काठमाण्डौ ।

जेनजीले २८ घण्टाभित्र पूरानो राज्य सत्तालाई भगाएर नागरिकस्तरको नयाँ सरकार त बनाए । तर उनीहरुको मुख्य एजेण्डा भ्रष्टाचारीलाई जेल हाल्नु पर्ने भन्ने विषयमा नागरिक सरकार समेत अन्योलमै रहेको छ ।

Advertisement
Advertisement

सुशीला कार्की नेतृत्वको सरकारको दुई साता पुग्नै लाग्दासम्म सरकारले धेरै महत्वपूर्ण निर्णयहरु गरेपछि भ्रष्टाचार छानविनका विषयमा भने कुनै निर्णय गरेको छैन् ।

जेनजी आन्दोलनको मुख्य एजेण्डा नै पूरा नहुने त होइन भन्ने प्रश्नहरु जेनजीभित्रै बढ्दै गएका बेला सहरी विकास, ऊर्जा, जलस्रोत तथा सिँचाइ र भौतिक पूर्वाधार तथा यातायात मन्त्री कुलमान घिसिङले जेनजीले खोजेको पारदर्शिता, जवाफदेहिता र उत्तरदायी सरकारी संयन्त्र निर्माणमा प्राथमिकताका साथ लागिरहेको बताएका छन्।

बिहीबार बिहान सामाजिक सञ्जालमार्फत उनले आफ्नो जिम्मामा रहेका तीन मन्त्रालयसँग सम्बन्धित गुनासा, समस्या र सुझाव पठाउने शैलीबारे जानकारी दिँदै माथिको प्रतिबद्धता व्यक्त गरेका हुन्।

‘जेनजी पुस्ताले खोजेको पारदर्शिता, जवाफदेहिता र उत्तरदायी सरकारी संयन्त्र निर्माणमा हामी अहिले प्राथमिकताका साथ लागिरहेका छौँ’, उनले भनेका छन्, ‘एकातिर निर्वाचन गराउनुपर्ने प्रमुख दायित्व हाम्रासामु छ भने अर्कातर्फ क्षतिग्रस्त सार्वजनिक संस्थाको पुनर्निर्माण उत्तिकै महत्त्वपूर्ण छ। नेपाली जनताले ठूलो आशा, भरोसा गरेको सरकारले दिगो विकासका लागि बलियो आधार निर्माण गर्नुपर्ने समय पनि यही हो।’

तीनवटा मन्त्रालयका काम÷कारबाहीको जिम्मेवारीका कारण व्यस्तता रहेकाले नागरिकले खोजेको समयमा भौतिक रूपमा वा फोनमा समेत उपलब्ध हुन नसकेको जानकारी पनि उनले गराएका छन्।

‘तीनवटा महत्त्वपूर्ण मन्त्रालयको जिम्मेवारी वहन गरिरहँदा विकास निर्माणका कामहरू सहज र दिगो रूपमा अगाडि बढाउन तीन तहकै सरकार, संरचनागत साझेदार र समुदायसँग लगातार संवादमै समय बिताउनु अनिवार्य हुन्छ। र, यसै सिलसिलामा यहाँहरूले खोजेको समयमा भौतिक रूपमा वा फोनमै पनि उपलब्ध हुन सकिरहेको छैन’, उनले अगाडि लेखेका छन्, तपाईंलाई आश्वस्त पार्न चाहन्छु– तपाईंको कुरा र समस्या मेरो कार्यालयद्वारा अनुगमन भइरहेकै छन् र प्राथमिकताका आधारमा समाधानतर्फ अघि बढाइरहेको जानकारी गराउँदछु।’

मन्त्री घिसिङले आफूले सम्हालिरहेका तीन मन्त्रालयसँग कुनै गुनासा, समस्या वा सुझाव भए पठाउन अनुरोध गर्दै उजुरी पेटिका समेत खोलेका छन्। यसका लागि यस्तो शैली अपनाउन उनले भनेका छन्।

१. आफ्नो पूरा नाम, ठेगाना (गाँँउपालिका÷नगरपालिका÷म​हानगरपालिका) र सम्पर्क नम्बर स्पष्ट लेख्नुहोस्।

२. सन्देशको सार संक्षेपमा (१–२ वाक्य) र आवश्यक सपोर्टिङ कागजात÷फोटो भए संलग्न गर्नुहोस्।

३. अत्यन्त जरुरी भएमा सन्देशको सुरुवातमा अर्जेन्ट÷अत्यन्त जरुरी उल्लेख गर्नुहोस् ताकि सहकर्मीहरूले प्राथमिकता दिन सकून्।

यसअघि अर्थसहित सामान्य प्रशासन मन्त्री रामेश्वर खनालले ६ घण्टामै १६६ गुनासा आएको सार्वजनिक गरेका थिए । अन्तरिम सरकारका अर्थमन्त्री खनालले इमेलबाट अर्थमन्त्रालय मातहतका निकायका काम कार्यबाहीको विषयमा बग्रेल्ती गुनासाहरु प्राप्त भएको बताए् ।

डा. खनालले मंगलबार साँझ एक स्टाटस पोस्ट गर्दै छोटो समयमा निकै धेरै गुनासोहरु इमेलमा आएको बताएका हुन् । ’१६६ वटा इमेलहरू अर्थ मन्त्रालयको गुनासो मेलबक्समा र मेरो आधिकारिक इमेल आईडीमा यस प्रणाली सुरु गरिएको करिब छ घण्टामै प्राप्त भए ।

करिब दुई दर्जन इमेलमा जवाफ दिइयो र अधिकांशमा आवश्यक कारबाही गरियो।’ मन्त्री खनालले भनेका छन् – ’बाँकीलाई सकेसम्म चाँडै जवाफ दिइनेछ । यसले मानिसहरू÷संस्थाहरूले भोगेका समस्याको समाधान खोज्न सिंहदरबारमा व्यक्तिगत रूपमा जानुपर्ने आवश्यकता हटाउनेछ।’

अर्थ मन्त्रालयले आफू मातहतका नियामक निकाय, विभाग, कार्यालय र बैंक तथा बित्तीय संस्थाहरुबाट प्रवाह हुने सेवामा कर्मचारीले गर्नुपर्ने कार्य नगरेको, नगर्नुपर्ने कार्य गरेको वा अनुचित कार्यको लागि दवाब दिएको एवम् घूस तथा रिसवत माग गरेको लगायतका कुनै पनि प्रकारको अनावश्यक ढिलासुस्ती वा सेवा प्रवाहमा कठिनाई सिर्जना भएको अवस्थामा दुईवटा इमेल वा टोल फ्रि नम्बरमा सोझै गुनासो गर्न सकिने व्यवस्था गरेको थियो ।

उता जेनजी आन्दोलनका क्रममा नेताहरूको घर जलाउँदा भेटिएका भनिएका नोटहरूको अनुसन्धान गरेर मुचुल्का उठाइएको छ ।

सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले पूर्वप्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र तत्कालीन ऊर्जामन्त्री दिपक खड्काको निवासमा जलेका भनिएका नोट र जलेको घरको मुचुल्का उठाएर अनुसन्धान थालेको हो ।

विभागलाई सरकारले हालै मात्र प्रधानमन्त्री मातहतबाट अर्थ मन्त्रालय मातहत ल्याएको छ । सम्पत्ति शुद्धीकरण विभागको टोलीले मंगलबार प्रचण्डको तत्कालीन निवास खुमलटार पुगेर जलेका भनिएका नोट र घटनास्थलको विवरण संकलन गरी मुचुल्का तयार पारेको थियो ।

सामाजिक सञ्जालमा भाइरल भइरहेका भिडिओमा प्रचण्ड निवासमा नोट जलेको भनेर देखाइएको घटनास्थलको हो कि होइन भनेर विभागले मुचुल्का उठाएको छ ।

आगजनीपछि घरमा राखिएको भनिएको रकम जलेको अवस्थामा देखिने भिडियो र तस्बिरहरू सार्वजनिक भएका थिए। ती भिडिओहरू समेत विभागले अनुसन्धानका लागि फरेन्सिक ल्याबमा पठाउने भएको छ ।

कतिपय विदेशमा जलेका नोटका भिडिओ समेत भाइरल भइरहेकाले वास्तविकता परीक्षणपछि मात्र थाहा हुने विभागले जनाएको छ । यसअघि विभागले देउवा र खड्का निवासको पनि घटना मुचुल्का तयार पारेको थियो ।

यदि ती रकम जलेको पुष्टि भएमा त्यसको स्रोत, कानूनी अवस्था र सम्पत्ति शुद्धीकरण सम्बन्धी मुद्दा अनुसन्धानमा अघि बढ्नेछ । धेरैजसो नोट जलिसकेका र जलेका नोटका समेत केही मात्र भेटिएका र धेरै रकम लुटपाट भइसकेको अनुमान छ ।

अहिले प्रचण्ड र देउवा निवासमा प्रवेश रोक लगाइएको छ । विभागको टोलीले देउवा र खड्काको जलेको घरमा पुगेर घटना मुचुल्का कागज खडा गरी अनुसन्धान अघि बढाएको थियो ।

टोलीले दुवै घरबाट जलेका नोटका केही टुक्रा र वरपरबाट खरानी संकलन गरेको थियो भने केही जलेका नोट लगेका व्यक्तिहरूले पनि अनुसन्धानमा सघाउन भन्दै प्रहरीलाई बुझाएका छन् ।

Advertisement

यसको वास्तविकता खुलेपछि उनीहरुविरुद्ध कारबाही गर्न सकिने आधार मिल्न सक्ने सुरक्षाअधिकारी बताउँछन् ।

भर्खरको समाचार

नेता र कर्मचारीको सम्पत्ति जाँचबुझ सुरु,एक वर्षको म्याद, उजुरी दिन सक्ने

1d2d790d-b734-4d90-9100-6c1fa4200379

सुधन गुरुङले देखाए नैतिकता, आरोपकै कारण दिए राजीनामा

sudhangurung30320261029351000x0-1775222839

गृहमन्त्री सुधन गुरुङले दिए राजीनामा

b50ca935-e218-4b61-b637-facd118a9d76

बालेनले कसरी कमाए सामाजिक सञ्जालबाट १ करोड ४६ लाख ?

666707698_875077882223921_4422618132601218086_n

काठमाण्डौआएका अमेरिकी मन्त्रीले बालेनलाई भेटेनन्, तीन दिन के गरे ?

0a03b400-ca0e-429c-9985-e9aeed50e92d

इरानसँग अझै घातक हतियारहरू सुरक्षित, भान्सको पाकिस्तान भ्रमण रद्द

iran-flag_TkC5X0MaQr

ट्रम्पले युद्धविराम लम्ब्याए, नाकाबन्दी जारी, ८ महिला रिहा गर्न गुहार

250126-donald-trump-236p-09e14b

इरानयुद्धको विरोध गर्ने ६२ पूर्व अमेरिकी सैनिक परिवारसहित पक्राउ

islamabadtalks-1775911434-1775912162

सुशासनको जगमा बनेको सरकारमाथि नै सुशासनको प्रश्न?

666707698_875077882223921_4422618132601218086_n

‘राज्यले जनतालाई न्याँक्ने र घोक्रयाइमुन्ट्याइ गर्ने होइन’,गृहमन्त्रीको राजीनामा उत्तम

harka-sampang-samsad (1)

सम्बन्धित खबरहरु

Scroll to Top