×

NEPAL TIMES UPDATES

Playing
संसदमा १२ सभापतिलाई तलब, घरभाडा सहित गाडीको सुविधा || Nepal Times
Apr 17, 2026
Playing
चीनतर्फ भारतको एप्पल पाटपुर्जा निर्यात कीर्तिमानी स्तरमा|| Nepal Times
Apr 17, 2026
Playing
आज महान आमाको मुख हेर्ने दिन
Apr 17, 2026
Playing
लेब*नान–इजरा*यल ऐतिहासिक १० दिने यु*द्धविराम, बेरु*तमा उत्सव|| Nepal Times
Apr 17, 2026
Playing
आज र भोलि तराईमा तातो दिन रहने, सतर्कता अपनाउन आग्रह|| Nepal Times
Apr 17, 2026
Playing
आमाप्रति श्रद्धाभाव गरेर औँसी मनाइँदै, थानकोटको मातातीर्थमा मेला || Nepal Times
Apr 17, 2026
Playing
प्रधानमन्त्रीसँग मुख्यमन्त्रीले गरे गाँ जा खोल्ने प्रस्ताव || Nepal Times
Apr 16, 2026
Playing
दिपक खड्कालाई रिहा गर्न सर्वोच्चको आदेश, विदेश जान अनुमति चाहिने || Nepal Times
Apr 16, 2026
Playing
उर्जाका सबै समस्या समाधान गर्न विराजभक्तले कम्मर कसे,रोजगारी र लगानी सुनिश्चित || Nepal Times
Apr 16, 2026
Playing
के पूरक बयानका लागि ओली र लेखकलाई फेरि बोलाइन्छ ? || Nepal Times
Apr 16, 2026

क्यानमा बसेर देउवाको चाकरी गर्दै चतुरबहादुर,आफ्नै खुट्टामा बन्चरो हाने

९ आश्विन २०८२

९ असोज , काठमाण्डौ ।

चतुरबहादुर चन्द नेपाल क्रिकेट संघ क्यानका अध्यक्ष हुन् । नेपालीको मन र मुटुसँग जोडिएको नेपाल क्रिकेट टिमलाई विश्वस्तरीय बनाउन आवश्यक कदम चाल्नु पर्ने जिम्मेवारी उनकै काँधमा छ ।

Advertisement
Advertisement

क्रिकेटरका समस्या समाधान गर्दै विश्वस्तरी क्रिकेटर नेपालमै उत्पदान गर्ने जिम्मेवारी उनकै काँधमा छ ।

यतिमात्रै होइन नेपालीसहित विश्वभरका क्रिकेट प्रेमीहरुले प्रतिक्षा गरिरहेको नेपाल प्रिमियर लिग एनपिएलको मिति नजिकिरहेका बेला त्यसलाई भव्य बनाउन तयारीमा जुट्नुपर्ने दायित्व उनकै काँधमा छ ।

तर यी सबै आफ्ना जिम्मेवारी विर्सिएर आफू आवद्ध रहेको नेपाली कांगेस पार्टीका सभापति शेरबहादुर देउवाको चाकरीमा उनी लागिपरेका छन् ।

चन्दले गएको संविधान दिवसका अवसरमा आयोजित एक कार्यक्रममा जेनजी आन्दोलनका क्रममा देउवाको बुढानिलकण्डस्थित निवासमा भेटिएको पैसा झुटो हो भन्दै कन्भिन्स गर्न उनले कांग्रेसीहरुलाई आग्रह गरिरहेका छन् ।

चतुरको यो अभिब्यक्तिको भिडियो अहिले भाइरल भएको छ । धेरैले यो भिडियोको प्रतिक्रियाका देउवाको चाकरी गर्ने चतुरबहादुरलाई तत्काल क्यानबाट बर्खास्त गर्न माग गरेका छन् ।

यो सबै खेलमा राजनीतिक हस्तक्षेपको परिणाम भएको भन्दै क्रिकेटसहित हरेक खेलका पदाधिकारी अब राजनीतिक दलसँग आवद्ध नरहेको हुनुपर्ने र खेललाई राजनीतिबाट मुक्त गर्न माग गरिरहेका छन् ।

नेपाली कांग्रेस जिल्ला कार्य समिति बैतडीका सभापति समेत रहेका चन्दले भनिरहेका छन्, “देउवाको घरमा पैसा भेटिएको भन्ने कुरा झुटो हो भनेर कन्भिन्स गर्नुपर्छ” २८ सेकेन्ड लामो भिडिओको क्याप्सनमा लेखिएको छ, “गाउँ गाउँमा गएर जनताहरूलाई देउवाको घरमा भेटिएको पैसा हुँदै होइन भन्नु पर्छः कांग्रेस कार्यकर्ता । नेपाली कांग्रेसका नेता कार्यकर्ता २००७ सालमै छन् अझै, जनतालाई जे भने नि पत्याउँछन् भन्ने सोच राख्छन् । तर ती मानसिक सन्तुलन गुमाएकाहरूलाई के थाहा होस्, न्भल–श् पुस्ता कुन युगमा छन् भनेर ! अझै पनि यिनैको पछि लाग्ने दुई खुट्टे भेडाहरूको उपचार यो दुनियामा सम्भव छैन ।”

यस्ता सयौं प्रतिक्रियाहरु सामाजिक संजालमा लेखिएका छन् । भाइरल उक्त क्लिपको पछाडि ब्यानरमा ‘संविधान दिवस २०८२’ लेखिएको छ भने आयोजकमा नेपाली काँग्रेस जिल्ला कार्य समिति बैतडी देख्न सकिन्छ ।

भाइरल क्लिपमा चन्दले भनेका छन्, “…पर्यो कि पैसा हुँदै होइन भन्ने खालको पुष्टि हुनुपर्यो । कागजको विज्ञप्तिले मात्रै न नेपाली कांग्रेसले मान्छ न नेपाली जनताले मान्छ । हामी गाउँमा सडकमा गल्लीमा गएर जनतालाई चाहिँ यस बारेमा हामीले कन्भिन्स गर्न सक्नु पर्यो कि उहाँहरूको घरमा पैसा पाइएको होइन । यो झुटा कुरा हो । सामाजिक सञ्जालमा झुटा गरेको भन्ने कुरा पुष्ट त्यो विज्ञप्ति मात्रै होइन देखिने गरि बुझ्नु पर्यो ।”

देउवाको घर जलेपछि बनाइएका भिडियो प्रशारण गर्नेहरुमाथि समेत त्यो भिडियो तत्काल हटाउन धम्की आउन थालेको पत्रकारहरुले नै सार्वजनिक गर्न थालेका छन् ।

पत्रकार युवराज कँडेलले नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाको जलेको निवासमा नगद जलेको स्थलगत रिपोर्टिङ पछि सिधाकुरालाई निरन्तर धम्की दिइरहेको भन्दै धम्की दिने ब्यक्तिको पहिचानसहित धम्कीपूर्ण मेसेज पनि सार्वजनिक गरेका छन् ।

उनले लेखेका छन्, उनको माग समाचार हटाइदिनु प¥यो, यो फेक हो भनिदिनु प¥यो रे, नभए भौतिक आक्रमणको धम्की दिइरहेका छन् । सार्वजनिक जानकारीका लागि उनको म्यासेजको स्कृनसट यहाँ राखिएको छ ।

भदौ २४ मा देउवाको घरमा पैसा भेटिएको दाबी सहित सामाजिक सञ्जालमा राखिएको अधिकांश भिडिओहरूलाई आधार मान्दै ती पैसाहरुको अहिले फेरेन्सिक जाँच चलिरहेको छ।

सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले देउवासहित नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र तत्कालीन ऊर्जामन्त्री दिपक खड्काको निवासमा जलेका भनिएका नोट र जलेको घरको मुचुल्का उठाएर अनुसन्धान थालेको हो ।

सम्पत्ति शुद्धीकरण विभागको टोलीले देउवा र दीपकको घरसहित प्रचण्डको तत्कालीन निवास खुमलटार पुगेर जलेका भनिएका नोट र घटनास्थलको विवरण संकलन गरी मुचुल्का तयार पारेको थियो ।

सामाजिक सञ्जालमा भाइरल भइरहेका भिडिओमा नोट जलेको भनेर देखाइएको घटनास्थलको हो कि होइन भनेर विभागले मुचुल्का उठाएको छ ।

आगजनीपछि घरमा राखिएको भनिएको रकम जलेको अवस्थामा देखिने भिडियो र तस्बिरहरू सार्वजनिक भएका थिए। ती भिडिओहरू समेत विभागले अनुसन्धानका लागि फरेन्सिक ल्याबमा पठाउने भएको छ ।

कतिपय विदेशमा जलेका नोटका भिडिओ समेत भाइरल भइरहेकाले वास्तविकता परीक्षणपछि मात्र थाहा हुने विभागले जनाएको छ ।

यदि ती रकम जलेको पुष्टि भएमा त्यसको स्रोत, कानूनी अवस्था र सम्पत्ति शुद्धीकरण सम्बन्धी मुद्दा अनुसन्धानमा अघि बढ्नेछ । धेरैजसो नोट जलिसकेका र जलेका नोटका समेत केही मात्र भेटिएका र धेरै रकम लुटपाट भइसकेको अनुमान छ ।

अहिले देउवा, प्रचण्ड निवासमा प्रवेश रोक लगाइएको छ । विभागको टोलीले देउवा र खड्काको जलेको घरमा पुगेर घटना मुचुल्का कागज खडा गरी अनुसन्धान अघि बढाएको थियो ।

टोलीले दुवै घरबाट जलेका नोटका केही टुक्रा र वरपरबाट खरानी संकलन गरेको थियो भने केही जलेका नोट लगेका व्यक्तिहरूले पनि अनुसन्धानमा सघाउन भन्दै प्रहरीलाई बुझाएका छन् ।

नेपाल क्रिकेट संघ क्यानका अध्यक्ष चतुरबहादुर चन्दले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको चाकरीका लागि घरमा भेटिएको पैसा झुटो हो भन्दै कन्भिन्स गराउनु पर्छ भन्ने भिडियो भाइरल ।

Advertisement

देउवाको घरमा भेटिएको पैसा फरेन्सिक जाँचमा, सम्पत्ति शुद्धीकरण विभाग अनुसन्धान अघि बढाउँदै । भिडियो प्रशारण गर्ने पत्रकारलाई धम्की ।

भर्खरको समाचार

बालेन,रवि, प्रचण्डले आमालाई कसरी सम्झिए ? म नेपाल आमा हाँसेको हेर्न चाहन्छु।

674536346_955343240419027_988202194885674559_n (1)

“आमा”

cdc212c1-c8e6-4838-a4f5-496822c8e048

Lebanon–Israel  १० दिन शान्त,Iranसँग सम्झौता नजिक

thumbs_b_c_28fdaf3eb721532ff51d5afdea914410

आज र भोलि तराईमा तातो दिन रहने, सतर्कता अपनाउन आग्रह

Heat,,Thermometer,Shows,The,Temperature,Is,Hot,In,The,Sky,

जन्मदिने आमा र जन्मभूमि स्वर्गभन्दा पनि महान् हुन्छन्

Screenshot 2026-04-17 100512

गृहमन्त्री सुधनको एक्सनदेखि राजीनामा मागिएकोसम्म

666054673_1250746363833654_2093017393456223042_n

अमेरिकी अखडामा हान्न इरानलाई चीनकोे स्याटलाइट सहयोग

108271690-1772409830437-gettyimages-2204438991-AFP_37287VV

बालेन सरकारको प्रतिरक्षामा कलाकार, धनी भएकाले नै अब भ्रष्टाचार हुँदैन

670200642_880540235011019_6960321166116653165_n

युद्ध अन्त्य हुने दाबी, ट्रम्पलाई रोक्ने प्रस्ताव अमेरिकी सदनमा विफल

Screenshot 2026-04-16 124629

डिजल र मट्टीतेल एकैपटक लिटरको ३० रुपैयाँ महँगियो

petrol-pump-india_AFP

सम्बन्धित खबरहरु

४ बैशाख २०८३
Scroll to Top