प्रदेश १ को पहिलो अनलाइन टेलिभिजन नेपाल टाइम्सको मोडल अफ दि विक मा यो साता छिन, पहिलो मिस नेवा कोशी बन्न सफल विराटनगरकी मोडल रईसा श्रेष्ठ । उनै पहिलो मिस नेवा कोशी बन्न सफल श्रेष्ठसँग नेपाल टाइम्सका टेकराज बन्जराले गरेको कुराकानी :
यहाँलाई स्वागत छ, प्रदेश १ को पहिलो अनलाइन टेलिभिजनको मोडल अफ दि विकमा । के गर्दैहुनुहुन्छ आजभोलि, के मा ब्यस्त हुनुहुन्छ ?
रईसा : काम सँगसँगै अध्ययन, मोडलिङमा ब्यस्त छु । म अहिले कन्सल्टेन्सीमा काम गर्दैछु ।
मिस नेवा कोशीको पहिलो ताज जित्न सफल हुनुभयो, त्यो दिन कसरी सम्झनुहुन्छ ?
यो प्रतियोगिताको फस्ट विनर बन्दा एकदमै खुसी छु । त्यसमाथि मिस नेवा कोशी त झन आफ्नै कम्युनिटीबाट हो । अहिले दोस्रो संस्करण चलिराखेको छ , खुसी छु भन्नुपर्छ ।
के आधार थियो, जसका कारण तपाईले त्यो टाईटल हात पार्नुभयो ?
सुन्दरता, बौद्धिकता र आफ्नो प्रस्तुतीका कारण मैले जिते जस्तो मलाई लाग्छ ।
अहिले दोस्रो संस्करण चलिराखेको छ नेवाको, यो विशुद्ध नेवारी समाजमा केन्द्रित छ, तपाईको सोसाईटीले यसलाई कसरी लिएको छ ?
मिस नेवालाई हाम्रो समुदायले एकदमै सपोर्ट गर्छ । प्रतियोगिताले नेवार समुदायको विशेष कुराहरु,रहनसहन, भेषभुषा अनि मुल्य मान्यतालाई झल्काउछ । हाम्रा कम्युनिटी मेम्बरहरुले थुप्रै ट्रेनिङ दिनुहुन्छ, आफुलाई सिक्ने मौका पनि हुन्छ ।
यस्ता खालका प्रतियोगितामा किन भाग लिने ?
कतिपय ब्यक्तिहरु चाहनाले जान्छन् म चाहिँ मिस नेवा कोशीमा भाग लिँदा आफ्नो कम्युनिटीको भएर भाग लिएको हो । यस्ता प्रतियोगितामा भाग लिँदा आफ्नो पहिचान बनाउन सकिन्छ , जस्तो अहिले मलाई रईसा भन्दा पनि मिस नेवा भनेर चिन्छन् । नाम भन्दा फरक पहिचान बनाउन सकिन्छ । अर्को कुरा आफ्नो ब्यक्तित्वको विकास हुन्छ , कुन ब्यक्तिसँग कसरी बोल्ने भन्ने कुराहरु सिकिन्छ जस्तो लाग्छ ।
आजभोलि धेरै प्रतियोगिता हुन्छन, यस किसिमका ? यो त एउटा फेसन नै भईसक्यो जस्तो लाग्दैन ?
फेसन भन्दा पनि ठाउँठाउँमा यस्ता प्रतियोगिता हुनु राम्रो कुरा हो । यस्ता प्रतियोगितामा भाग लिँदा अध्ययन भन्दा बाहिरी कुरा सिक्न पाईन्छ ।
मोडलिङ जस्ता क्षेत्रमा शोषण हुन्छ भनिन्छ, हो यस्तो ? तपाईलाई कस्तो लाग्छ ।
हैन, सर्वप्रथम आफू सही भएर हिड्नुपर्यो । आफू सही भयो भने शोषण हुँदैन जस्तो लाग्छ, मलाई आजसम्म यस्तो इफेक्ट परेको छैन ।
तपाई किन लाग्नुभयो मोडलिङ क्षेत्रमा ?
मलाई मोडलिङ क्षेत्रमा पहिले त्यति धेरै इच्छा थिएन,म पढेको पढै गर्ने मान्छे । मिस नेवा कोशीको फाराम खुलेको भनेपछि, मैले आफ्नो कम्युनिटीको प्रतियोगिता भएर भाग लिएको हो । त्यसपछि कन्टिन्यू भयो ।
यहाँले अध्ययन पनि गर्दैछु भन्नुभयो, कुन लेभलमा अध्ययन गर्दै हुनुहुन्छ अहिले ?
महेन्द्र मोरङ क्याम्पस विराटनगरबाट बी.बी.ए सकिएको हो, मेरो ।
कसको प्रेरणाबाट लाग्नुभयो मोडलिङमा ?
कसैको प्रेरणाले भन्दा पनि म आफैँ हो, परिवारबाट सर्पोट गर्नुभएको थियो ।
यस क्षेत्रलाई पहिले कस्तो सोच्नुभएको थियो, कस्तो पाउनुभयो ?
मलाई पहिले यस क्षेत्रमा चाख थिएन, म मिस नेवामा पहिलो पटक भाग लिँदा पनि म सेलेक्ट नभएहुन्थ्यो जस्तो लाग्थ्यो । छिर्नु भन्दा अगाडि पनि जितिन्छ जस्तो लाग्दैनथ्यो, नाम कमाइन्छ जस्तो लाग्दैनथ्यो । तर अबचैं गर्यो भने हुँदो रहेछ जस्तो लाग्छ । पहिलेको सोचाई भन्दा धेरै फरक छ ।
अब तपाईका भविष्यका योजनाहरु के–के छन् ?
पहिले मास्टर्स गर्ने विचारमा छु । त्यसपछि राम्रो कम्पनीमा काम गर्न पाए भने गर्छु ।
मोडलिङ क्षेत्रमा छिर्नुभएको छ, अनि काम गर्ने विचार छ भन्नुहुन्छ, त्यसो गर्दा मोडलिङ आझेलमा पर्दैन र?
हैन मोडलिङ सँधै सबै हुदैन । काम गर्दै फुर्सदको समयमा गर्ने हो । अफर आयो भने फुर्सदको समयमा मोडलिङ गर्छु ।
अन्त्यमा , मोडलिङ क्षेत्रमा लाग्न चाहनेहरुका लागि के भन्न चाहनुहुन्छ ?
कसैलाई देखाउन वा देखेर भन्दा पनि मोडलिङ आफ्नो लागि महत्वपूर्ण छ । यस्तो प्रतियोगिता भाग लिएपछि अघि बढ्नका लागि सहज हुन्छ । कम्फिडेन्स लेभल बढाउन सकिन्छ, एक्स्ट्रा कुराहरु पाउन सकिन्छ । मोडलिङमै करियर बनाउन चाहनेको लागि पनि उपयुक्त हुन्छ ।
यो साताबाट प्रदेश १ को पहिलो अनलाइन टेलिभिजन नेपाल टाइम्सले मोडल अफ दि विक याँहाहरु माझ ल्याएको छ, तपाई पनि यस मोडलिङ क्षेत्रमा हुनुहुन्छ भने हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ । तपाईहरुको सल्लाह सुझावको हामी सधै प्रतिक्षामा रहने छौं ।