मोडल अफ दि विक

१९ असोज ७५, शनिबार

प्रदेश १ को पहिलो अनलाइन टेलिभिजन नेपाल टाइम्सको मोडल अफ दि विक मा यो साता छिन, पहिलो मिस नेवा कोशी बन्न सफल विराटनगरकी मोडल रईसा श्रेष्ठ । उनै पहिलो मिस नेवा कोशी बन्न सफल श्रेष्ठसँग नेपाल टाइम्सका टेकराज बन्जराले गरेको कुराकानी :

यहाँलाई स्वागत छ, प्रदेश १ को पहिलो अनलाइन टेलिभिजनको मोडल अफ दि विकमा । के गर्दैहुनुहुन्छ आजभोलि, के मा ब्यस्त हुनुहुन्छ ?

रईसा : काम सँगसँगै अध्ययन, मोडलिङमा ब्यस्त छु । म अहिले कन्सल्टेन्सीमा काम गर्दैछु ।

Advertisement

मिस नेवा कोशीको पहिलो ताज जित्न सफल हुनुभयो, त्यो दिन कसरी सम्झनुहुन्छ ?

यो प्रतियोगिताको फस्ट विनर बन्दा एकदमै खुसी छु । त्यसमाथि मिस नेवा कोशी त झन आफ्नै कम्युनिटीबाट हो । अहिले दोस्रो संस्करण चलिराखेको छ , खुसी छु भन्नुपर्छ ।

Advertisement

के आधार थियो, जसका कारण तपाईले त्यो टाईटल हात पार्नुभयो ?

सुन्दरता, बौद्धिकता र आफ्नो प्रस्तुतीका कारण मैले जिते जस्तो मलाई लाग्छ ।

अहिले दोस्रो संस्करण चलिराखेको छ नेवाको, यो विशुद्ध नेवारी समाजमा केन्द्रित छ, तपाईको सोसाईटीले यसलाई कसरी लिएको छ ?
मिस नेवालाई हाम्रो समुदायले एकदमै सपोर्ट गर्छ । प्रतियोगिताले नेवार समुदायको विशेष कुराहरु,रहनसहन, भेषभुषा अनि मुल्य मान्यतालाई झल्काउछ । हाम्रा कम्युनिटी मेम्बरहरुले थुप्रै ट्रेनिङ दिनुहुन्छ, आफुलाई सिक्ने मौका पनि हुन्छ ।

यस्ता खालका प्रतियोगितामा किन भाग लिने ?

कतिपय ब्यक्तिहरु चाहनाले जान्छन् म चाहिँ मिस नेवा कोशीमा भाग लिँदा आफ्नो कम्युनिटीको भएर भाग लिएको हो । यस्ता प्रतियोगितामा भाग लिँदा आफ्नो पहिचान बनाउन सकिन्छ , जस्तो अहिले मलाई रईसा भन्दा पनि मिस नेवा भनेर चिन्छन् । नाम भन्दा फरक पहिचान बनाउन सकिन्छ । अर्को कुरा आफ्नो ब्यक्तित्वको विकास हुन्छ , कुन ब्यक्तिसँग कसरी बोल्ने भन्ने कुराहरु सिकिन्छ जस्तो लाग्छ ।

आजभोलि धेरै प्रतियोगिता हुन्छन, यस किसिमका ? यो त एउटा फेसन नै भईसक्यो जस्तो लाग्दैन ?

फेसन भन्दा पनि ठाउँठाउँमा यस्ता प्रतियोगिता हुनु राम्रो कुरा हो । यस्ता प्रतियोगितामा भाग लिँदा अध्ययन भन्दा बाहिरी कुरा सिक्न पाईन्छ ।

मोडलिङ जस्ता क्षेत्रमा शोषण हुन्छ भनिन्छ, हो यस्तो ? तपाईलाई कस्तो लाग्छ ।

हैन, सर्वप्रथम आफू सही भएर हिड्नुपर्यो । आफू सही भयो भने शोषण हुँदैन जस्तो लाग्छ, मलाई आजसम्म यस्तो इफेक्ट परेको छैन ।

तपाई किन लाग्नुभयो मोडलिङ क्षेत्रमा ?

मलाई मोडलिङ क्षेत्रमा पहिले त्यति धेरै इच्छा थिएन,म पढेको पढै गर्ने मान्छे । मिस नेवा कोशीको फाराम खुलेको भनेपछि, मैले आफ्नो कम्युनिटीको प्रतियोगिता भएर भाग लिएको हो । त्यसपछि कन्टिन्यू भयो ।

यहाँले अध्ययन पनि गर्दैछु भन्नुभयो, कुन लेभलमा अध्ययन गर्दै हुनुहुन्छ अहिले ?

महेन्द्र मोरङ क्याम्पस विराटनगरबाट बी.बी.ए सकिएको हो, मेरो ।

कसको प्रेरणाबाट लाग्नुभयो मोडलिङमा ?

कसैको प्रेरणाले भन्दा पनि म आफैँ हो, परिवारबाट सर्पोट गर्नुभएको थियो ।

यस क्षेत्रलाई पहिले कस्तो सोच्नुभएको थियो, कस्तो पाउनुभयो ?

मलाई पहिले यस क्षेत्रमा चाख थिएन, म मिस नेवामा पहिलो पटक भाग लिँदा पनि म सेलेक्ट नभएहुन्थ्यो जस्तो लाग्थ्यो । छिर्नु भन्दा अगाडि पनि जितिन्छ जस्तो लाग्दैनथ्यो, नाम कमाइन्छ जस्तो लाग्दैनथ्यो । तर अबचैं गर्यो भने हुँदो रहेछ जस्तो लाग्छ । पहिलेको सोचाई भन्दा धेरै फरक छ ।

अब तपाईका भविष्यका योजनाहरु के–के छन् ?
पहिले मास्टर्स गर्ने विचारमा छु । त्यसपछि राम्रो कम्पनीमा काम गर्न पाए भने गर्छु ।

मोडलिङ क्षेत्रमा छिर्नुभएको छ, अनि काम गर्ने विचार छ भन्नुहुन्छ, त्यसो गर्दा मोडलिङ आझेलमा पर्दैन र?

हैन मोडलिङ सँधै सबै हुदैन । काम गर्दै फुर्सदको समयमा गर्ने हो । अफर आयो भने फुर्सदको समयमा मोडलिङ गर्छु ।

अन्त्यमा , मोडलिङ क्षेत्रमा लाग्न चाहनेहरुका लागि के भन्न चाहनुहुन्छ ?

कसैलाई देखाउन वा देखेर भन्दा पनि मोडलिङ आफ्नो लागि महत्वपूर्ण छ । यस्तो प्रतियोगिता भाग लिएपछि अघि बढ्नका लागि सहज हुन्छ । कम्फिडेन्स लेभल बढाउन सकिन्छ, एक्स्ट्रा कुराहरु पाउन सकिन्छ । मोडलिङमै करियर बनाउन चाहनेको लागि पनि उपयुक्त हुन्छ ।

यो साताबाट प्रदेश १ को पहिलो अनलाइन टेलिभिजन नेपाल टाइम्सले मोडल अफ दि विक याँहाहरु माझ ल्याएको छ, तपाई पनि यस मोडलिङ क्षेत्रमा हुनुहुन्छ भने हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ । तपाईहरुको सल्लाह सुझावको हामी सधै प्रतिक्षामा रहने छौं ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

निर्मला पन्त प्रकरणको पुरानो फैसलामा पत्रकार भण्डारी पक्राउ

2668d156-d8e8-4076-8f24-d6bcb46d05c1

अमेरिका अन्तिम १६ मा, बोस्निया एन्ड हर्जगोभिना बाहिरियो

722c405b-4265-45bb-aea3-f1ea6f3b04bb

नेपाली प्रतिभाको विश्वभर कदरः दिपेन्द्रलाई क्यानडा तेक्वान्दोको अन्तर्राष्ट्रिय सम्मान

2cf23fc9-11ec-4a50-971d-63826f7093e2

गरिमा विकास बैंक सिल्भर अवार्डबाट सम्मानित

fb33e2d1-fd38-46f2-a34a-820de1a45bd6

इरानले खामेनीको ‘रगतको बदला’ लिने, अन्त्येष्टिअघि गर्यो घोषणा

iran america update

भेनेजुएला भूकम्पःमृतक २२ सय नाघे,मेक्सिकोको प्रख्यात उद्धार टोली पुग्दै

venezueala earthquake

वर्षाले बढायो विपद्को जोखिम, आज कहाँ हुन्छ भारी वर्षा ?

mausam-2075-12-18-768x388

डीआर कंगोको करामत रोक्दै केनले देखाए चमत्कार

78295008-3d7d-4338-8303-e06f9a5c560e

आश्चर्यमय पुनरागमन जितका साथ बेल्जियम अन्तिम १६ मा

79556cb8-5d49-4c40-862a-abeb585f1087

ग्लोबल आइएमई बैंकको खाता अब एपबाटै ब्लक गर्न मिल्ने

d0dd9096-8b59-45bb-98c5-b2538bf4eb36

सम्बन्धित समाचार

Scroll to Top