Nepal Times
Nepal Times
3
Shares

दसैंमा नारायणगढ–मुग्लिन सडकखण्डमा जाम नहुने

दसैंमा नारायणगढ–मुग्लिन सडकखण्डमा जाम नहुने

विराटनगर ,असोज १९
दसैंमा नारायणगढ–मुग्लिन सडकखण्डमा जाम नहुने नारायणगढ मुग्लिन सडक आयोजनाले दाबी गरेको छ । सडक विस्तारको काम अन्तिम चरणमा पुगेको भन्दै आयोजनाले अब यो सडकखण्डमा लामो जाममा बस्नु नपर्ने दाबी गरेको हो ।

आयोजनाका सूचना अधिकारी इन्जिनियर शिव खनालका अनुसार यो सडकखण्डमा सडक सुरक्षाको थोरै काम बाहेक अरु सबै काम सकिएको छ ।

यस्तै पहिरो गैरहने ठाउँमा पनि पहिरो नखस्ने प्रविधि अपनाइएकाले अब नारायणगढ–मुग्लिन सडकको यात्रा सहज हुने उनको भनाई छ । यो सडकखण्डमा साँघुरा पुलमा केही जोखिम रहेको भन्दै उनले १८ वटा पुलमा पुग्ने वित्तिकै गाडीको गति कम गर्न चालक बाध्य हुने विधि अपनाइएको पनि जानकारी दिए ।

यस्तै सडक भासिएको ठाउँमा मर्मतको काम चाडपर्वपछि हुने पनि आयोजनाका सूचना अधिकारीले बताएका छन् । यो सडकखण्डको १७ किलो, २६ किलोलगायतका केहि ठाउँमा सडकभन्दा तल बनाइएको पर्खाल भत्किएर सडक भासिएको छ ।

तपाईंको प्रतिक्रिया

© copyright 2024 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.