दशैैंमा बसले जुन रुटमा पनि यात्रु बोक्न पाउने, मोटरसाइकल दर्ता सोमबारदेखि खुल्ने

Share this
769shares

काठमाडौं,असोज १८
दशैं अवधिभर सार्वजनिक यातायातले जुनसुकै रुटमा पनि यात्रु ओसार पोसार गर्न पाउने भएका छन् । यातायात व्यवस्था विभागले असोज २४ देखि ३१ सम्म देशभर रुटपरमिट खुल्ला गरेको हो ।

Advertisement

दशैंको समयमा उपत्यका बाहिरिने यात्रुको चाप उच्च हुने भएकोले यातायात सेवा प्रभावकारी बनाउन रुट परमिट खुल्ला गरेको विभागका प्रवक्ता गोकर्णप्रसाद उपाध्यायले बताए । उनका अनुसार ३१ गतेसम्म सार्वजनिक बसले जुनसुकै रुटमा यात्रु लिएर हिड्न पाउनेछ ।

दशैं मनाउन उपत्यकाबाट २० लाख भन्दा बढी यात्रु उपत्यका बाहिरिने भएकाले यात्रु सहजताको लागि विभागले रुटपरमिट खुल्ला गरेको हो । अब उपत्यकाभित्र चल्ने यात्रुवाहक सवारीलाई बाहिर यात्रु बोक्ने बाटो खुलेको छ ।

Advertisement

यसैगरी विभागले मोटरसाइकल कार लगायत सवारी बोक्ने मल्टिएक्ली ट्रायक्टर टेलरलाई नारायणघाटदेखि काठमाडौंसम्म प्रवेशमा रोक लगाएको छ । अब ती टेलरहरु असोज ३१ गते पछि मात्रै काठमाडौं प्रवेश गर्न पाउनेछन् ।

सोमबारदेखि बाग्मतिमा मोटरसाइकल दर्ता

Advertisement

विभागले सोमबारबाट पुनः मोटरसाइकल दर्ता सुरु गर्ने भएको छ । मोटसाइकलमा प्रयोग गरिने लट नम्बर १०० पुगेपछि बाग्मतिमा मोटरसाइकल दर्ता रोकिएको थियो ।

विभागका प्रवक्ता उपाध्ययायका अनुसार नयाँ दर्ता गर्नका लागि मन्त्रिपरिषदको निर्णयको आवश्यक पर्नेछ । विभागले कुन मोडलमा नयाँ दर्ता भन्ने विषय छलफल गरि मन्त्रिपरिषदमा पेस गरिसकेको छ ।

मन्त्रिपरिषदको बैठक २१ गते राख्ने सरकारको तयारी रहेको छ । २१ गते मन्त्रिपरिषदले निर्णय गरेपछि २२ गतेबाट पुन नयाँ मोटरसाइकल दर्ताको प्रक्रिया सुरु हुनेछ ।

विभागको अनुसार हाल देशभर सवारीसाधनको संख्या ३२ लाख पुगेका छन् । त्यसमध्ये २५ लाख भन्दा बढी मोटरसाइकल रहेका छन् । बाग्मतिमा मात्रै मोटरसाइकलको संख्या १० लाख पुगेको छ ।(विकास न्युजबाट)

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top