×

NEPAL TIMES UPDATES

Playing
इरा*नको ९०% ह*तियार ध्व*स्त भएपनि अमेरिकालाई दि*दैछ चुनौती*|| Nepal Times
Apr 11, 2026
Playing
उपसभामुखको उपहारले हर्कको मुख थुनिएला? || Nepal Times
Apr 11, 2026
Playing
Watch Top15 News Of The Day in 5 Minutes || Nepal Times
Apr 11, 2026
Playing
ह्वाइट हाउसमा प्रथम महिलाको अप्रत्याशित सम्बोधन|| Nepal Times
Apr 11, 2026
Playing
‘संसद्मा प्रधानमन्त्री नबोल्ने, सभामुखको सम्पत्ति विवरण पत्याउन नसकिने’ || Nepal Times
Apr 11, 2026
Playing
रु*स–यु*क्रेनबीच यु*द्ध*विरा*म, अल्टम्यानको घरमा पे*ट्रोल ब*म प्र*हार|| Nepal Times
Apr 11, 2026
Playing
इरानी टोलीलाई तीन घन्टा ’ए*स्कर्ट’! जे*डी भान्सको विमा*नलाई हा*वामा नै एफ–१६ को सुर*क्षा
Apr 11, 2026
Playing
मरिससमा परराष्ट्रमन्त्री खनाल के गर्दैछन् ? || Nepal Times
Apr 11, 2026
Playing
Top 15 Afternoon News || April-11-2026 || Nepal Times
Apr 11, 2026
Playing
को सांसद कुन समितिमा परे ? || Nepal Times
Apr 11, 2026

भागेका कैदीबन्दीले बदला लिन सक्छन्,प्रहरीले नै भन्यो सचेत रहनु 

१२ आश्विन २०८२

१२ असोज, काठमाण्डौ ।

‘जेनजी’ आन्दोलनका क्रममा कारागारबाट भागेका कैदीबन्दीले गाउँमा बदला लिन सक्ने भएकाले उनीहरुबाट सचेत रहन प्रहरीले सुझाएको छ । ती कैदीबन्दीलाई गाउँघरमा देखिए खबर गर्न पनि प्रहरीले नागरिकलाई अनुरोध गरेको छ ।

Advertisement
Advertisement

‘जेनजी’ आन्दोलनको मौकामा देशभरका कारागारबाट भागेका कैदीबन्दीमध्ये ८ हजार जना कैदीबन्दी फर्किए पनि अझै ६ हजार फरार रहेको प्रहरीले जनाएको छ ।

ती यो चाडपर्वको समयमा गाउँघरमा हुन सक्ने भएकाले नागरिकलाई सतर्कता अपनाउन नेपाल प्रहरीले अनुरोध गरेको हो । केन्द्रीय प्रहरी प्रवक्ता एवं प्रहरी नायब महानिरीक्षक विनोद घिमिरेले भने, ‘भागेका कैदीहरूमा कोही चोर–डाकाहरू पनि छन्। कोही आफूलाई लागेको मुद्दाका विषयमा गाउँमा गएर बदलाको भवना लिनसक्ने भएकाले त्यस्ता व्यक्ति गाउँमा देखिए सम्पर्क गर्न हामीले फोन नम्बर पनि दिएका छौँ। सुरक्षाका ममलामा नागरिकले पनि सतर्कता अपनाउन हाम्रो अनुरोध छ।

त्यसैगरी उनले गाउँमा बदलाको भवना लिनसक्नेहरूको विवरणसहित सम्बन्धित जिल्ला प्रहरी कार्यालयमा पत्रचार गरिएको र उनीहरूले सम्भावित घटना घटाउन सक्ने भएकाले त्यसतर्फ प्रहरी सचेत रहेको बताए ।

उनले भने, ‘भागेकामध्येबाट पनि केही कैदीहरू सम्बन्धित जिल्लाका प्रहरीको सम्पर्कमा र केही हाम्रो सम्पर्कमा छन्। जो आपराधिक मानसिकताका छन्, उनीहरूले गाउँमा बदलाको भवना लिनसक्ने भएकाले प्रहरी निकै चनाखो अवस्थामा छ।’

भागेका कैदीबन्दी खोजी अभियान जारी रहेकाले उनीहरूबारे सूचना प्राप्त भएमा नजिकको प्रहरी कार्यालय तथा सुरक्षा निकायमा जानकारी दिन उनले नागरिकलाई अनुरोध गरेका छन् ।

उनले भागेका कैदीबन्दीको प्रहरीले उच्च निगरानी राखेकाले उनीहरू गलत गतिविधिमा संलग्न भएमा जुनसुकै समयमा पनि पक्राउ पर्ने बताए ।

उता कारागार व्यवस्थापन विभागले ‘जेनजी’ प्रदर्शनका क्रममा देशका विभिन्न स्थानमा रहेका कारागारबाट भागेका कैदीबन्दीलाई यही असोज २० गतेभित्र कारागार फर्कन भनेको छ ।

भागेका कतिपय कैदीबन्दीलाई भारत भाग्न लागिरहेको अवस्थामा भारतीय प्रहरीले पक्राउ गरेर फिर्ता गरेका छन् भने कतिपय नेपाली सेना, प्रहरी र सशस्त्र प्रहरीले पक्राउ गरेका तथा कतिपय कैदी आफैँ फिर्ता भएर कारागार आएका प्रवक्ता घिमिरेले बताए ।

यसबीच जेनजी प्रदर्शनमा प्रहरीका युनिटहरूबाट लुटपाट भएको करिब ३५ सय राउन्ड गोली भेटिएको छ । काठमाडौँ उपत्यका र प्रदेशका युनिटहरूबाट प्रदर्शनकारीले लुटेर लगेको करिब ३५ सय राउन्ड गोली फेला परेको हो ।

प्रहरी हेडक्वार्टरले अन्वेषण योजना तथा विकास निर्देशनालयका डीआईजी दिपक रेग्मीको नेतृत्वमा समिति बनाएर प्रदर्शनमा भएको क्षतिको विवरण सङ्कलन गरेको थियो ।

समितिले विवरण सङ्कलन गरेर आईजीपी चन्द्र कुवेर खापुङलाई प्रतिवेदन बुझाएको छ । काठमाडौँ उपत्यकाबाट करिब ६ सय राउन्ड गोली लुटपाट भएको प्रहरीको आन्तरिक प्रतिवेदनमा उल्लेख छ ।

प्रदर्शन स्थलमा हराएको र युनिटहरूबाट लुटिएको करिब २ सय अश्रुग्याँस सेल पनि प्रहरीले बरामद गरेको छ । यसैबीच जेनजी प्रदर्शनमा प्रहरीले ६५ सय राउन्डभन्दा धेरै गोली प्रहार गरेको भेटिएको छ ।

प्रहरीको आन्तरिक रिपोर्ट अनुसार जङ्गी राउन्ड ४ हजार र २५ सय राउन्ड भन्दा धेरै रबर बुलेट प्रहार गरेको भेटिएको हो । भदौ २३ र २४ मा भएको जेनजी प्रदर्शनमा ४ हजार जङ्गी राउन्ड खर्च भएको विवरण समितिको प्रतिवेदनमा उल्लेख गरिएको छ।

प्रहरीका एकजना उच्च अधिकृतका अनुसार काठमाडौँको बानेश्वर सहित देशभर २५ सय राउन्ड भन्दा धेरै रबल बुलेट प्रहार गरेको भेटिएको छ ।

त्यस्तै, भिड नियन्त्रण गर्न प्रहरीले २५ सय भन्दा धेरै ब्ल्यांक राउड फायर गरेको छ । ब्ल्यांक राउन्ड प्रहार गर्दा आवाज मात्र आउँछ । प्रदर्शन नियन्त्रणमा लिन प्रहरीले ८ हजार सेल अश्रुग्याँस प्रहार गरेको छ ।

काठमाडौँ उपत्यकामा मात्र ४ हजार सेल अश्रुग्याँस प्रहार गरिएको प्रहरीको आन्तरिक प्रतिवेदनमा उल्लेख छ । उपत्यकामा प्रहरीले बानेश्वर, माइतिघर, कालीमाटी, थिमी र मालिगाउँ क्षेत्रमा अश्रुग्याँस प्रहार गरेको थियो ।

Advertisement

प्रहरी प्रधान कार्यालय जोगाउने क्रममा प्रहरी कर्मचारीले करिब १३ सय राउन्ड अश्रुग्याँस प्रहार गरेको भेटिएको छ । मधेस प्रदेशमा ६ सय सेल अश्रुग्याँस प्रहार गरिएको आन्तरिक रिपोर्टमा उल्लेख छ ।

भर्खरको समाचार

श्रम मन्त्री बर्खास्तमा परेपछि पत्नीले दिइन स्पष्टीकरण

Shram-Mantri-e1775540134843-768x509

अमेरिकी सेना आराम गरिरहेका छन्, इरानको हात ‘ट्रिगर’ मै छ

donald_trump

फेरि बढ्यो पेट्रोलियम पदार्थको भाउ, पेट्रोल लिटरको २१९

petrol-pump-india_AFP

रविले खोलेको सिंहदरबारको ढोका बालेनले थुनिदिए

singhdarbar

ओली र लेखक रिहा, पत्नीले लिए जिम्मा, ओलीले हिरासत अस्पतालमै कटाए

Sudhan Gurung Grihamantri_NPL (3)

सिंगापुर र हङकङमा देउवा, उपचार कि सम्पत्ति व्यवस्थापन ?

deuba-aarju

ओली–लेखकको हिरासत म्याद आज सकिँदै, रिहा होलान् ?

oli lekhak

आज हावाहुरीसहित वर्षा र हिमपात, ४ जिल्लामा चट्याङसहित वर्षा

Mausam

कुनैपनि बेला युद्धविराम भंग हुन् सक्ने, लेबनानमा २५४ जना मारिए

trump

इरानी जनताको अभूतपूर्व एकता, जसले ट्रम्पलाई झुकायो,रातभर जाग्राम

US-Iran-1

सम्बन्धित खबरहरु

Scroll to Top