बलात्कारको आरोप लागेपछि रोनाल्डो राष्ट्रिय टोलीबाट बाहिर

१९ असोज ७५, शुक्रबार

एजेन्सी, १९ असोज
फूटबल जगतकै एक दिग्गज खेलाडीका रुपमा चिनिएका पोर्चुगलका क्रिस्टियानो रोनाल्डोलाई पोर्चुगल राष्ट्रिय फुटबल संघले राष्ट्रिय टोलिबाट बाहिर राखेका छन् । यही सिजन इटालियन क्लब युभेन्टसमा आबद्ध भएका रोनाल्डोलाई एक अमेरिकन युवतीमाथि बलात्कारको आरोप लागेको छ ।

Advertisement

अक्टुबर १ देखि सुरु हुने नेसन्स लिगमा उनलाई समाबेस गरिएको छैन । पोर्चुगलका लागि १ सय ५४ खेल खेल्दै ८५ गोल गरिसकेका उनलाई आफ्नो व्यक्तिगत समस्यालाई समाधान गर्न समय दिनुपर्ने पोर्चुगलका तत्कालिन प्रशिक्षक फर्नान्डो सान्तोस र पोर्चुगिज खेलुकुद संघका प्रमुख गोमेजले बताएका छन् ।

क्याथरिन मायोर्गा नाम गरेकी युवतीले २००९मा रोनाल्डोले आफुलाई बलात्कार गरेको आरोपमा मुद्दा हालेकी हुन् । लास वेगासका प्रहरी प्रमुखले यो एउटा जटिल केस भएको भन्दै फेरी उक्त केसलाई खुलाएका छन् ।

Advertisement

स्मरण रहोस, रोनाल्डो यही सिजन रियल मड्रिड क्लबबाट ८ करोड ८३ लाख पाउण्डमा युभेन्टस गएका हुन् । रोनाल्डो युरोपियन देशबाट आफ्नो देशका लागि सबैभन्दा धेरै गोल गर्ने एक्लो खेलाडीसमेत हुन् ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Desktop Popup ImageMobile Popup Image×
Scroll to Top