×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

यात्रुको साथमा कुलमान, बढी भाडा असुल्नेलाई तत्काल कारबाही

१५ आश्विन २०८२

१५ असोज , काठमाण्डौ ।

वर्षैभरि अतिव्यस्त र चहलपहल हुने काठमाडौँका सडक अहिले सुनसान प्रायः छन् । दशैं लागेसँगै राजधानी उपत्यकाबाट आआफ्नो जन्मस्थान जाने क्रम बढेको थियो ।

Advertisement

यसबीचमा ५ लाख बढीले काठमाडौं छाडेका छन् । जसका कारणले हिजोआज भने दैनिक सवारी चापमा करिब ४० देखि ५० प्रतिशतसम्म कमी आएको जनाइएको छ ।

उपत्यकामा सञ्चालन हुने सार्वजनिक सवारीसाधनमा देखिने यात्रुको भीड कम हुँदै गएको छ । सधैंजसो ट्राफिक जामले भरिने काठमाडौं उपत्यकाका सडक अहिले सुनसान भएका छन् ।

वर्षभरि रोजगारी, अध्ययन, व्यापार तथा अन्य विभिन्न कारणले राजधानीमा रहेकाहरू दशैंका अवसरमा आआफ्नो गाउँ फर्किएका हुन् ।

यता परिवारका सदस्यहरु फर्किएर आएपछि ग्रामीण बस्ती भने जीवन्त र रमाइलो भएको छ । गाउँघरमा दशैंको आगमनसँगै वातावरण उल्लासमय बनेको छ ।

आज बडादशैंको महानवमी हो । हिजोअस्ती घर आउँन नपाएकाहरु आज साँझसम्म भएपनि घर फर्किरहेका छन् । भोली आआफ्ना घरमा टीका जमरा लगाइसकेर नजिक वा टाढा रहेका आफन्तहरुका पनि टीका लगाउन जाने चलन छ ।

यसो हुँदा सवारी चाप कम भएपनि पर्सीदेखि क्रमश बढ्दै जानेछ । यसबीचमा यातायात व्यवसायीले बढी भाडा असुलिरहेका गुनासाहरु पनि आइरहेका छन् ।

यसले सरकारको पनि ध्यानाकर्षण भएको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्री कुलमान घिसिङले तोकिएको वैधानिक भाडादरभन्दा बढी असुल्ने यातायात व्यवसायीलाई तत्कालै कारबाही गरिने बताएका छन् ।

चाडबाडको मौका छोपी स्वीकृत एवम् कानुनको प्रतिकूल हुने गरी निर्धारितभन्दा बढी भाडा लिइरहेको, टिकटको कालोबजारी गरेकोलगायत गुनासा यात्रुबाट निरन्तर आइरहेको उल्लेख गर्दै मन्त्री घिसिङले त्यस्ता यातायात व्यवसायीलाई तत्काल कारबाही गर्न सम्बन्धित निकायलाई निर्देशन दिएका हुन्।

देशको विषम परिस्थितमा यातायात व्यवसायीलगायत सबै पक्ष जिम्मेवार बन्नु पर्नेमा यात्रुलाई अनावश्यक दुःख दिएर चाडबाडलाई कमाउने मौकाका रूपमा प्रयोग नगर्न, स्वीकृत भाडा दरभन्दा बढी असुल नगर्न र टिकटमा कालोबजारी नगर्न मन्त्री घिसिङले सम्बन्धित पक्षलाई आग्रह गरेका छन् ।

यातायात व्यवसायीबाट त्यस्ता क्रियाकलाप गरेको पाइएमा तत्काल स्थानीय सुरक्षा निकाय र प्रशासनलाई खबर गर्न ऊर्जा, जलस्रोत तथा सिँचाइ र सहरी विकास मन्त्रालयको जिम्मेवारी पनि सम्हालिरहेका घिसिङले सर्वसाधारणलाई सुझाव दिएका छन्।

यसैबीच आज नारायणगढ–मुग्लिन सडक र पृथ्वी राजमार्गमा कुनै अवरोध नरहेको प्रहरीले जनाएको छ । दशैं सुरु भएसँगै पहिराका कारण पटकपटक अवरुद्ध हुँदै आएको नारायणगढ मुग्लिन सडकमा आज भने निर्वाद रूपमा सवारीसाधन सञ्चालनमा छन् ।

हिजोअस्तिको तुलनामा सवारीसाधनको चाप कम रहेको र कुनै अवरोध नरहेको इलाका प्रहरी कार्यालय मुग्लिनले जानकारी दिएको छ ।

दशैं अवधिभर राजमार्गमा सुरक्षाकर्मी २४सै घण्टा खटिएका छन् र यात्रुलाई कुनै पनि समस्या हुन नदिनेगरी काम गरिरहेका छन्।

मङ्गलबार साँझ ७ः३० बजे इच्छाकामना गाउँपालिका–५ स्थित तुइन खोलामा लेदोसहितको पहिरो खस्दा सडक दुइतर्फी अवरुद्ध भएको थियो ।

पहिरो पन्छाएसँगै ८ः४० बजेदेखि सडक दुइतर्फी सञ्चालनमा आएको थियो । गएरातिसम्म सवारीसाधनको चाप रहे पनि हाल निकै कम रहेको प्रहरीले जनाएको छ ।

तुइन खोलामा पटकपटक पहिरो खस्दा यात्रुले सास्ती भोग्दै आएका छन् । चाडबाडलाई कमाउने मौकाका रूपमा प्रयोग गरि तोकिएको भाडादरभन्दा बढी असुल्ने यातायात व्यवसायीलाई तत्कालै कारबाही गरिने यातायात मन्त्री कुलमान घिसिङको चेतावनी ।

Advertisement

भर्खरको समाचार

इरानी जनताको अभूतपूर्व एकता, जसले ट्रम्पलाई झुकायो,रातभर जाग्राम

US-Iran-1

देउवा दम्पतीविरूद्ध पक्राउ पुर्जी जारी, हङकङत्रबाट कसरी पक्राउ पर्छन?

deuba-aarju

‘संविधान संशोधन कार्यदल’को पहिलो बैठक आजः को को सहभागी हुँदैछन् ?

Screenshot 2026-04-08 140934

इजरेलमा रहेका नेपालीलाई ‘अत्यन्त जरुरी’ सूचना

Screenshot 2026-04-08 130237

आज सातै प्रदेशमा हावाहुरी र असिनासहित वर्षा  

mausam-2075-12-18-768x388

विश्वयुद्ध टर्याे, पाकिस्तानले गरायो युद्धविराम, इरानमा विजयोत्सव

US-Iran-1

ताइवानको हवाई क्षेत्र ४० दिनलाई बन्द, टापु निल्ने चीनको तयारी

taiwan-flag

अब डाटा सकिँदा नेपाल टेलिकमले स्वतः पैसा नकाट्ने

Nepal-Telecom

हर्कले दार्चुला पुगेर देखाए भारतले लिपुलेक पुग्न बनाएको सडक

harka-sampang-samsad (1)

इरानलाई एकै रातमा ध्वस्त बनाइदिन सक्ने,युद्धविराम अस्वीकार

Trump-Meets-With-Airline-Industry-CEOs-At-The-White-House-GettyImages-634384672-e1531160098739-1024x503

सम्बन्धित खबरहरु

Scroll to Top