×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

दशैँमा यात्रु नठगिउन, हवाई भाडादर सार्वजनिक, कहाँको कति?

१७ आश्विन २०८२

१७ असोज , काठमाण्डौ ।

चाडबाडका बेला हवाई टिकटको माग अत्यधिक हुँदा महँगोमा बिक्री गर्न सक्ने सम्भावनालाई ध्यान दिँदै नेपाल नागरिक उड्डयन प्राधिकरणले आन्तरिक उडानको हवाई भाडादर सार्वजनिक गरेको छ ।

Advertisement

सरकारबाट स्वीकृत भाडाभन्दा बढी रकम यात्रुबाट नलिन तथा लिए कारबाही हुने चेतावनी पनि प्राधिकरणले वायु सेवा कम्पनी र सरोकारवालाई दिएको छ ।

नागरिक उड्डयन प्राधिकरणले सार्वजनिक गरेको भाडादरअनुसार सबैभन्दा धेरै हवाईभाडा काठमाडौँ–धनगढीको १७ हजार ५७९ रुपैयाँ र सबैभन्दा कम काठमाडौँ–सिमराको ३ हजार ९७८ रुपैयाँ तोकिएका छन् ।

यस्तै काठमाडौँ–विराटनगर ९ हजार ७८५ रुपैयाँ, काठमाडौँ–भरतपुर ४ हजार ६४३ रुपैयाँ, काठमाडौँ–भद्रपुर १२ हजार ११२ रुपैयाँ, काठमाडौँ–जनकपुर ५ हजार ४७० रुपैयाँ, काठमाडौँ–पोखरा ६ हजार ६३५ रुपैयाँ, काठमाडौँ–नेपालगन्ज १३ हजार १०३ रुपैयाँ, काठमाडौँ–भैरहवा ८ हजार ४६१ रुपैयाँ, काठमाडौँ–राजविराज ८ हजार २१० रुपैयाँ, काठमाडौँ–सुर्खेत ९ हजार ३० रुपैयाँ र काठमाडौँ–तुम्लिङटार ७ हजार ६३० रुपैयाँ तोकिएको छ ।

Advertisement

यो उच्चतम हवाई भाडादर भएकाले यसभन्दा बढी मूल्य नलिन प्राधिकरणले वायुसेवा कम्पनी, टिकट बिक्रेताहरूलाई अनुरोध पनि गरेको छ ।

भर्खरको समाचार

इरानी जनताको अभूतपूर्व एकता, जसले ट्रम्पलाई झुकायो,रातभर जाग्राम

US-Iran-1

देउवा दम्पतीविरूद्ध पक्राउ पुर्जी जारी, हङकङत्रबाट कसरी पक्राउ पर्छन?

deuba-aarju

‘संविधान संशोधन कार्यदल’को पहिलो बैठक आजः को को सहभागी हुँदैछन् ?

Screenshot 2026-04-08 140934

इजरेलमा रहेका नेपालीलाई ‘अत्यन्त जरुरी’ सूचना

Screenshot 2026-04-08 130237

आज सातै प्रदेशमा हावाहुरी र असिनासहित वर्षा  

mausam-2075-12-18-768x388

विश्वयुद्ध टर्याे, पाकिस्तानले गरायो युद्धविराम, इरानमा विजयोत्सव

US-Iran-1

ताइवानको हवाई क्षेत्र ४० दिनलाई बन्द, टापु निल्ने चीनको तयारी

taiwan-flag

अब डाटा सकिँदा नेपाल टेलिकमले स्वतः पैसा नकाट्ने

Nepal-Telecom

हर्कले दार्चुला पुगेर देखाए भारतले लिपुलेक पुग्न बनाएको सडक

harka-sampang-samsad (1)

इरानलाई एकै रातमा ध्वस्त बनाइदिन सक्ने,युद्धविराम अस्वीकार

Trump-Meets-With-Airline-Industry-CEOs-At-The-White-House-GettyImages-634384672-e1531160098739-1024x503

सम्बन्धित खबरहरु

Scroll to Top