×

NEPAL TIMES UPDATES

Playing
पदका लागि कोही पनि घरघर नधाउनुहोलाः रवि लामिछाने || Nepal Times
Mar 15, 2026
Playing
पूर्वबाट उदाएको हर्कवाद || Nepal Times
Mar 15, 2026
Playing
World News: अमेरिकीलाई मध्यपूर्व छाड्न सूचना, हर्मुजमा यो*द्धपोत पठाउन Trumpको अपिल || Nepal Times
Mar 15, 2026
Playing
कार्की आयोगको प्रतिवेदनबारे आज निर्णय ? मन्त्रिपरिषद् बैठक बस्दै || Nepal Times
Mar 15, 2026
Playing
इरानले ज्या नको बदला ज्या न लि ने, Netanyahu लाई मा र्ने ध म्की, कहाँ छन् ‘Bibi’? || Nepal Times
Mar 15, 2026
Playing
Iranले खार्गको बदला लिने, मोज्तावाको सूचना दिनेलाई १ करोड डलर पुरस्कार|| Nepal Times
Mar 15, 2026
Playing
मोज्ताबा जिवित कि मृत ?अमेरिकालाई स्विट्जरल्यान्डले हवाईक्षेत्र नदिने || Nepal Times
Mar 15, 2026
Playing
काठमाडौंमा आयोजित कार्यक्रममा नेपाल टाइम्सकी पत्रकार संचिताश्रेष्ठ सम्मानित, मन्त्री दिए प्रशंसापत्र
Mar 15, 2026
Playing
Top 15 Afternoon News || Mar-15-2026 || Nepal Times
Mar 15, 2026
Playing
रास्वपाका समानुपातिक सांसद आज फाइनल, मन्त्री बालेनले रोज्ने ? || Nepal Times
Mar 15, 2026

कुलमानका पदाधिकारी को–को ? हर्कको पार्टीमा पुण्य गौतमलाई स्वागत

१७ आश्विन २०८२

१७ असोज , काठमाण्डौ ।

जेनजी आन्दोलनका कारण प्रतिनिधि सभा विघटन भएर फागुन २१ गतेका लागि निर्वाचनको मिति तोकिएपछि केही व्यक्ति र समूह नयाँ दल दर्ताको गृहकार्यमा लागेका छन् ।

काँग्रेस, एमाले, माओवादी केन्द्र जस्ता ठूला र पुराना पार्टीप्रति नागरिकमा चर्को आक्रोश रहेका बेला नयाँ पार्टी गठनको होड सुरु भएको हो ।

केही चर्चित व्यक्ति तथा विभिन्न राजनीतिक दलबाट राजीनामा दिएका नेताहरुले समेत जेनजीका मुद्या समेट्ने भन्दै नयाँ दल दर्ताको गृहकार्यमा जुटेका छन् ।

अहिले दैनिक ३, ४ वटा समूहले नयाँ दल दर्ताका लागि आयोगमा पुगेर प्रक्रियाबारे जानकारी लिने काम गरिरहेका छन् । यसबीच धरान उपमहानगरपालिकाका मेयर हर्कराज राईले दल दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिइसकेका छन् ।

असोज ७ गते नै ‘श्रम संस्कृति पार्टी’ नाम प्रस्ताव गरेर साम्पाङले निर्वाचन आयोगमा निवेदन दिएका हुन् । उनले चुनाव चिन्ह–माटो मागेका छन् । हर्कले आफ्नो पार्टीमा अभियन्ता पुण्य गौतमलाई पनि आबद्ध गराउने बताएका छन् ।

साम्पाङले सामाजिक सञ्जालमार्फत गौतमलाई आफ्नो पार्टीमा स्वागत गरेका हुन् । तर यस विषयमा गौतमको प्रतिक्रिया आइसकेको छैन ।

साम्पाङले जेन–जी आन्दोलनअघि काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहसँग मिलेर पार्टी खोल्ने आशय दिइरहेका थिए । तर, आन्दोलनपछि दुवै जनाको सम्बन्ध बिग्रिएको छ ।

यसबीच बालेन साहमाथि पनि जेनजीको भावनालाई समेटेर दल दर्र्ताका लागि दबाब बढिरहेको छ । जेनजीले अन्तरिम सरकारमा बालेनलाई नै प्रधानमन्त्री बन्न अफर गरेका थिए ।

तर बालेनले अस्वीकार गरे । बालेनले अब नयाँ दल गठन गर्ने धेरैको अनुमान छ । यता अहिले सरकारमा रहेर तीन वटा मन्त्रालय सम्हालिरहेका कुलमान घिसिङको पनि नयाँ दलको चर्चा चुलिएको छ ।

निर्वाचन आयोगमा दल दर्ताका लागि निवेदन दिइसकेको उज्यालो नेपाल पार्टी (उनेपा)ले मन्त्री घिसिङसँग छलफल गरिरहेको खुलेको छ ।

हाल उनेपाका अध्यक्ष रहेका ज्ञानेन्द्र कुमार तामाङले आफूहरू पार्टी विस्तारको क्रममा रहेकाले मन्त्री कुलमान घिसिङ लगायतसँग छलफल गर्न लागिएको बताएका छन् ।

‘कसरी, कुन तरिकाले जाने ? कसरी नयाँ सदस्यलाई समेट्ने भनेर छलफल चलिराखेको छ’ अध्यक्ष तामाङले भने, यही क्रममा मन्त्री कुलमान घिसिङ लगायतसँग छलफल गर्ने तय भएको उनले बताए ।

तामाङमाले भोली शनिबार साँझ ७ बजेदेखि ९ बजेसम्म भर्चुअल रुपमा छलफल गर्ने तय भएको पनि जानकारी दिए । त्यसमा उनेपाका पदाधिकारीहरू र कुलमानसहित कुलमानका तर्फबाट अन्य केही सदस्यहरू र विज्ञहरू सहभागी रहने अध्यक्ष तामाङले जानकारी दिए ।

उनका अनुसार दल निर्माणका लागि देश÷विदेशमा रहेका विज्ञहरूसँग छलफल चलिरहेको छ । यसक्रममा कुलमान घिसिङको समेत उपस्थितिमा ‘जुम मिटिङ’ गर्न लागिएको हो ।

छलफलमा पार्टीको घोषणापत्रको मस्यौदाका सम्बन्धमा समेत छलफल हुने अध्यक्ष तामाङले बताए । उनका अनुसार उज्यालो नेपाल अभियान, पार्टीको अवधारणा पत्रको पहिलो ड्राफ्ट तयार भएको छ ।

छलफलका क्रममा आएका सुझाव समेट्दै संशोधन, व्याख्या एवं पार्टीका एजेन्डा र कार्यक्रमहरू थप्दै जाने तयारी छ । उनेपाको अध्यक्षमा ज्ञानेन्द्र कुमार तामाङ छन् ।

यसअघि उनी प्रभु साह नेतृत्वको आम जनता पार्टी (आजपा)को कार्यालय सदस्य थिए । पछि उनले गत साउन ३१ गते विज्ञप्ति जारी गरी आम जनता पार्टी परित्याग गरेको र ‘उज्यालो नेपाल अभियान’ गठन गरेको घोषणा गरेका थिए ।

यस्तै केही समयअघि मध्यपूर्वका विभिन्न देशहरुमा रहेका नेपालीहरुसँग भेटघाट गरेका कुलमान त्यहाँबाट फर्किएर अमेरिका पुगेका थिए ।

करिब २ सातामा अमेरिकामा रहेका नेपालीहरुसँग छलफल गरेपछि उनी इंग्ल्याण्ड, स्कटल्याण्ड, पोर्चुगललगायतका युरोपेली देश पुगेका थिए ।

उनी विदेशमा रहेका नेपालीहरुसँग आफूले पार्टी खोल्न उपयुक्त हुन्छ कि हुँदैन र पार्टी खोलेमा उनीहरुको सहयोगका लागि सुझाव माग्न त्यहाँ पुगेका थिए ।

सो क्रममा धेरैले उनलाई अरु पार्टीमा नलागी आफै पार्टी खोल्न सुझाव दिएका थिए । नेपाललाई लोडसेडिङमुक्त गराएको श्रेय पाएर ‘उज्यालोको नायक’को बिम्ब बनाएका घिसिङ नयाँ पार्टी निर्माणको लाागि मतदाताहरुको मनोविज्ञान बुझ्न ‘उज्यालो नेपाल’ नामक अभियान लिएर यात्रामा निस्किएका थिए ।

घिसिङ देश तथा विदेशमा रहेका नेपालीहरुको सकरात्मक प्रतिक्रियाले उत्साहित छन् । ‘उज्यालो नेपाल’ अभियान नामक विभिन्न वडा कमिटीहरु पनि धमाधम निर्माण भइरहेको छन् ।

काठमाडौं लगायत मुलुकका विभिन्न शहरमा गरेर चार दर्जन बढी वडा कमिटीहरु निर्माण भइसकेको छ । कुलमानले पनि यसअघि डा. सन्दुक रुइत, महावीर पुन, बालेन, हर्क साम्पाङदेखि डा. मुकुल ढकाललगायतका व्यक्तिहरुसँग पटक पटक छलफल गरेका थिए ।

रुइत र पुनले आफूहरु पार्टीमा नलाग्ने तर आवश्यक परे आन्तरिक रुपमा सहयोग गर्न तयार रहेको आश्वासन दिएका छन् । आफै पार्टी खोल्ने प्रयासमा लागेका बालेन र हर्कले भने आफ्नै नेतृत्वमा आउन कुलमानलाई प्रस्ताव गरेको बताइएको छ ।

यता, आफै पार्टी खोल्ने सोँचमा पुगेका कुलमानलाई यसअघि रुपन्देही ३ को उप निर्वाचनमा आफ्नो पार्टीको तर्फबाट उम्मेदवार भइ दिन माओवादी केन्द्र, नागरिक उन्मुक्ति पार्टी र राष्ट्रिय स्वतन्त्र पार्टीले पटक पटक प्रस्ताव गरेका थिए ।

तर कुलमानले पनि निधो दिएका थिएनन् र अब परिस्थिति पनि बदलिसकेको छ, फागुन २१ म प्रतिनिधि सभाको चुनावको मिति तय भइसकेको छ ।

जसमा नयाँ दल मात्रै होइन त्यसको नेतृत्व नै आफूले लिने गरी कुलमान घिसिङले तयारी गरिरहेको बुझिएको छ ।

भर्खरको समाचार

उपभोक्ता अधिकार सचेतनाकालागि नेपाल टाइम्सकर्मी संचिता श्रेष्ठ सम्मानित

DSC00141.JPG

इरानको सैन्य क्षमता समाप्त भएको ट्रम्पको दाबी

U.S. President Donald Trump, who is being treated for the coronavirus disease (COVID-19) in a military hospital outside Washington, speaks from his hospital room, in this still image taken from a video supplied by the White House, October 3, 2020. The White House/Handout via REUTERS THIS IMAGE HAS BEEN SUPPLIED BY A THIRD PARTY.

युद्ध अझै चर्कन सक्ने चिन्ता

Screenshot 2026-03-12 085015

सरकार गठनको प्रक्रिया थाल्दै रास्वपा

balen rabi rasopa team

बादल मुछिएको ज्यानमुद्दामा अनुसन्धान गर्न सर्वोच्चको परमादेश

bed81832-fed9-4125-851f-e509c507d70c

कोमामा रहेका भनिएका खामेनीले रगतको बदला लिने,होर्मुज’को अवरोध नखुल्ने

trump khameni missiel

बालेन क्याबिनेट कस्तो हुनेछ ? मन्त्री बालेनले छान्ने रविसँग परामर्श

balen rabi rasopa team

आज यी क्षेत्रमा मेघगर्जन र चट्याङसहित वर्षा हुने

mausam

क्यालिफोर्निया इरानको राडारमा, इरानमा अहिलेसम्म के–के भयो?

MixCollage-12-Mar-2026-08-27-AM-2238

सुर्खेतकी इनिशाको निर्मला, निरुकै जस्तो नियति, खोई अपराधी ?

Untitled design

सम्बन्धित खबरहरु

Scroll to Top