×

NEPAL TIMES UPDATES

Playing
इरा*नको ९०% ह*तियार ध्व*स्त भएपनि अमेरिकालाई दि*दैछ चुनौती*|| Nepal Times
Apr 11, 2026
Playing
उपसभामुखको उपहारले हर्कको मुख थुनिएला? || Nepal Times
Apr 11, 2026
Playing
Watch Top15 News Of The Day in 5 Minutes || Nepal Times
Apr 11, 2026
Playing
ह्वाइट हाउसमा प्रथम महिलाको अप्रत्याशित सम्बोधन|| Nepal Times
Apr 11, 2026
Playing
‘संसद्मा प्रधानमन्त्री नबोल्ने, सभामुखको सम्पत्ति विवरण पत्याउन नसकिने’ || Nepal Times
Apr 11, 2026
Playing
रु*स–यु*क्रेनबीच यु*द्ध*विरा*म, अल्टम्यानको घरमा पे*ट्रोल ब*म प्र*हार|| Nepal Times
Apr 11, 2026
Playing
इरानी टोलीलाई तीन घन्टा ’ए*स्कर्ट’! जे*डी भान्सको विमा*नलाई हा*वामा नै एफ–१६ को सुर*क्षा
Apr 11, 2026
Playing
मरिससमा परराष्ट्रमन्त्री खनाल के गर्दैछन् ? || Nepal Times
Apr 11, 2026
Playing
Top 15 Afternoon News || April-11-2026 || Nepal Times
Apr 11, 2026
Playing
को सांसद कुन समितिमा परे ? || Nepal Times
Apr 11, 2026

प्रधानमन्त्रीले खुलाइन् जेन–जी पुस्ताको ज्यान जानुको कारण

१७ आश्विन २०८२

१७ असोज , काठमाण्डौ ।

अन्तरिम सरकारका प्रधानमन्त्री सुशीला कार्कीले भदौ २३ र २४ गते भएको आन्दोलनमा जेनजी पुस्ताका युवाहरुको ज्यान जानुको कारण खुलाएकी छन् ।

Advertisement
Advertisement

उनका अनुसार तत्कालिन सरकारमा हुनेहरूको बुद्धि नपुगेका कारण जेन–जी युवाहरूको ज्यान गएको हो । शुक्रबार बडादशैंको टीकाका दिन जेन–जी युवा आन्दोलनका क्रममा ज्यान गुमाएका सहिद परिवारसँग भेट गर्दै उनले यस्तो बताएकी हुन् ।

नहुनुपर्ने घटना भएको र आन्दोलनका क्रममा निधन भएकाहरूको परिवारलाई कसरी सहयोग गर्ने भन्नेबारे सोचेको पनि उनले बताइन् ।

राज्यले मृतकलाई फर्काएर ल्याउन नसके पनि मद्दत गर्ने प्रतिबद्धता प्रधानमन्त्री कार्कीले जनाइन् । ’दुःखद घटना भयो । सरकारमा हुनेको बुद्धि पुगेन जस कारण यो दुर्घटना भयो । बच्चाहरूले पढ्ने कसरी ? उहाँहरूको पढाइ, कामहरू दिने गरी सोचिरहेका छौं । उहाँहरूले मागेकै केही छैन । उहाँहरूको नोक्सान जे भयो, त्यसको क्षतिपूर्ति त हुनै सक्दैन । राज्यले फर्काएर त ल्याउन सक्दैन । राज्यबाट उठ्नलाई मद्दत गर्ने भन्ने हो।’

प्रधानमन्त्री कार्कीसँगै सहिद परिवार भेट्न पुगेका सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले सहिदहरूको रगतमाथि अन्याय हुन नदिने र उनीहरूको रगतले न्याय पाउने बताएका छन् ।

प्रधानमन्त्रीसँगै आफूले पनि विजया दशमीमा टीका नलगाएको उनले बताएका छन् । गत भदौ २३ र २४ गते भएको जेन–जी पुस्ताको आन्दोलनका क्रममा ७६ जनाको ज्यान गएको छ ।

सयौं मानिस घाइते भएका छन् । यस्तो दुखदको समय भएकाले प्रधानमन्त्री कार्कीले यस वर्ष टीका पनि नलगाएकी हुन् । तर सोही दिन उनी जेनजी आन्दोलनमा ज्यान गुमाएका सहिद परिवारलाई भेटेकी हुन् ।

यसक्रममा प्रधानमन्त्री कार्कीले बागलुङ घर भई काठमाडौंको वनस्थली बस्दै आएका मृतक सौरन किशोर श्रेष्ठको परिवार, नागार्जुन–३ की मृतक कान्छी नगरकोटीको परिवार र कीर्तिपुरस्थित मैत्रीनगरमा बस्ने मृतक बुद्धिबहादुर तामाङको परिवारलाई भेटेकी सचिवालयले जनाएको छ ।

यसअघि अन्तरिम सरकारका अन्य मन्त्रीहरुले पनि अस्पताल पुगेर घाइतेहरुलाई भेटेका थिए । सरकारले जेनजी आन्दोलनका क्रममा मृत्यु भई पहिचान खुलेका नेपाली नागरिकका परिवारलाई प्रतिपरिवार १० लाख र अन्य खर्च ५ लाख रुपैयाँ उपलब्ध गराउने निर्णय गरेको छ ।

तर कारागार छाडेर भाग्ने क्रममा मृत्यु भएका कैदीबन्दी र बालबन्दीले यो राहत पाउने छैनन् । यस्तै जेनजी आन्दोलनका क्रममा घाइते भएका व्यक्तिलाई सरकारले परिचयपत्र वितरण गरेको छ ।

त्यस्तै घाइतेहरुको उपचारका लागि काठमाडौँ उपत्यका र बाहिर अस्पताल तोक्ने र त्यहाँ जेनजी क्लिनिक सञ्चालन गरेको समेत मन्त्रालयले बताएको छ ।

पुनः चेकजाँचका लागि घाइतेहरुलाई एम्बुलेन्स सेवा पनि उपलब्ध गराउने सरकारले निर्णय गरेको छ । हिजो टीकाका दिन प्रधानमन्त्री र संचारमन्त्री मृतक जेनजीका परिवारलाई भेट्न पुग्दा यता भौतिक पुर्वाधार तथा यातायात मन्त्री कुलमान घिसिङ भने बिपी राजमार्ग र मध्यपहाडी राजमार्गसहित आसपासका सडक तथा पुलको निरीक्षण तथा अनुगमनमा निस्किएका थिए।

मन्त्री घिसिङ बडादसैँ पर्वको बिदाका अवसरमा पनि सम्बद्ध मन्त्रालयका प्राविधिक तथा उच्च अधिकारीलाई साथमा लिई स्थलगत निरीक्षणसहित निर्देशन दिएका हुन् ।

उनले काभ्रेपलाञ्चोक, सिन्धुली र रामेछाप जिल्लामा पर्ने महत्वपूर्ण सडक खण्डका बिग्रेभत्केका भौतिक संरचना र अलपत्र अबस्थामा रहेका पुल तथा पूर्वाधारहरूको निरीक्षण गरी सम्बद्ध अधिकारीहरूलाई आवश्यक निर्देशन दिनुभएको भौतिक पूर्वाधार मन्त्रालयले जनाएको छ ।

सङ्घीय राजधानी काठमाडौंबाट विपी राजमार्ग हुँदै गृहजिल्ला रामेछाप आएका मन्त्री घिसिङले विपी राजमार्गसहित खैरेनी घाटको पुल र निर्माणाधिन मध्यपहाडी लोकमार्गको कार्यप्रगतिका वारेमा जानकारी लिएका छन् ।

बाढी–पहिरोलगायतका कारण बिग्रे–भत्केका संरचनाहरुको अस्थायी रुपमा भने पनि जतिसके छिटो मर्मत गर्नुपर्ने बताउँदै उनले भत्केका पक्कीपुलहरुको स्थानमा ‘बेली बृज’ र ‘कल्भटर्’ निर्माण गर्न र सडकमा देखिएका खाल्टाखुल्टी पुरी सहजरुपमा यातायात सञ्चालन तथा व्यवस्थापन गर्न सम्बद्ध अधिकारीहरूलाई निर्देशन दिएको बताए ।

Advertisement

भर्खरको समाचार

श्रम मन्त्री बर्खास्तमा परेपछि पत्नीले दिइन स्पष्टीकरण

Shram-Mantri-e1775540134843-768x509

अमेरिकी सेना आराम गरिरहेका छन्, इरानको हात ‘ट्रिगर’ मै छ

donald_trump

फेरि बढ्यो पेट्रोलियम पदार्थको भाउ, पेट्रोल लिटरको २१९

petrol-pump-india_AFP

रविले खोलेको सिंहदरबारको ढोका बालेनले थुनिदिए

singhdarbar

ओली र लेखक रिहा, पत्नीले लिए जिम्मा, ओलीले हिरासत अस्पतालमै कटाए

Sudhan Gurung Grihamantri_NPL (3)

सिंगापुर र हङकङमा देउवा, उपचार कि सम्पत्ति व्यवस्थापन ?

deuba-aarju

ओली–लेखकको हिरासत म्याद आज सकिँदै, रिहा होलान् ?

oli lekhak

आज हावाहुरीसहित वर्षा र हिमपात, ४ जिल्लामा चट्याङसहित वर्षा

Mausam

कुनैपनि बेला युद्धविराम भंग हुन् सक्ने, लेबनानमा २५४ जना मारिए

trump

इरानी जनताको अभूतपूर्व एकता, जसले ट्रम्पलाई झुकायो,रातभर जाग्राम

US-Iran-1

सम्बन्धित खबरहरु

Scroll to Top