×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

खराब मौसमले काठमाडौंमा नाकाबन्दी लाग्यो

१८ आश्विन २०८२

१८ असोज , काठमाण्डौ ।
खराब मौसमले काठमाडौंमा नाकाबन्दी लाग्यो
देशका धेरै स्थानमा आरिघोप्टे वर्षा, सडकदेखि उडानसम्म ठप्प

देशका विभिन्न क्षेत्रमा वर्षा सुरु भएको छ । केही दिन अघिको मौसम पुर्वानुमान अनुसार नै देशका विभिन्न क्षेत्रमा भारी देखि अति भारी बर्षा भई रहेको हो ।

Advertisement

यस अवस्थालाई गम्भीरता रुपमा लिदै विगतका बर्षहरु जस्तै ठुलो जनधनको क्षती नहोस भन्नका लागी सरकारले काठमाडौं उपत्यका भित्रिने र बाहिरिने गाडीको आवतजावत तीन दिनका लागि बन्द गरेको छ ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले सूचना निकालेर बाढी र पहिरोको पूर्वानुमान रहेकाले काठमाडौं उपत्यका भित्रिने र बाहिरिने गाडीको आवतजावत आजदेखि सोमवारसम्मका लागि बन्द गरेको जानकारी गराएको हो ।

भारी वर्षा तथा अति धेरै भारी वर्षाका कारण आउनसक्ने वाढी, पहिरो र डुबान तथा त्यसबाट उत्पन्न हुनसक्ने सम्भावित विपद् जोखिम न्यूनीकरण गर्न कोशी, मधेश, वागमती, गण्डकी र लुम्बिनी प्रदेशका सबै जिल्लाबाट चल्ने लामो दूरीका र काठमाडौं उपत्यका भित्रिने र बाहिरिने गाडी आवतजावत असोज १८, १९ र २० गतेका लागि बन्द गरिएको प्राधिकरणको सुचनामा छ।

यस अवधिमा यातायात व्यवसायी लगायत कसैले पनि अत्यावश्यक बाहेकका लामो दूरीका र काठमाडौं उपत्यका भित्रिने र बाहिरिने गाडी नचलाउन आग्रह गरेको छ ।

साथै, सम्बन्धित जिल्लाका प्रमुख जिल्ला अधिकारी र सुरक्षा निकायले पनि गाडी आवतजावत बन्द गर्न प्राधिकरणले आग्रह गरेको छ ।

बिहानैदेखि जारी अविरल वर्षाका कारण काठमाडौँस्थित त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलका आन्तरिकतर्फका उडानहरू स्थगन गरिएका छन्।

खराब मौसमका कारण काठमाडौँ, भरतपुर, जनकपुर, भद्रपुर, पोखरा र तुम्लिङटार विमानस्थलमा उडान स्थगित भएका त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल कार्यालयका महाप्रबन्धक हङ्सराज पाण्डेले बताएका छन् ।

उनले भने, ‘मौसमी अवस्थाको पुनरावलोकन भइरहेको छ । अन्तरराष्ट्रिय उडानहरू भइरहेका छन् । अविरल वर्षाका समयमा उडान गर्न जोखिम हुने भएकाले आन्तरिकतर्फ भने अहिले उडान स्थगन गरिएको छ।’

अविरल वर्षाका कारण आज बिहानदेखि आन्तरिक उडानतर्फका उडानहरू प्रभावित भएका हुन्। विभागका अनुसार आज र भोलि भारीदेखि अति भारीसम्म वर्षा हुने सम्भावना छ भने राति झ धेरै वर्षा हुने अनुमान छ।

विमानस्थलका अनुसार मौसममा सुधार भएसँगै उडान सञ्चालनमा ल्याइने छ। आज दिउँसो र राति कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका पहाडी र तराई भूभागका केही स्थानहरूमा तथा मधेस प्रदेश लगायत लुम्बिनी प्रदेशका तराई भूभागका एक–दुई स्थानमा भारी देखि धेरै भारी वर्षाको सम्भावना रहेकोले यी प्रदेशमा विशेष सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।

गएरातिदेखि निरन्तर वर्षा भएपछि काठमाडौँ महानगरपालिकाले जोखिमयुक्त बस्तीमा सावधानी अपनाउन अनुरोध गरेको छ । महानगरपालिकाका प्रतिनिधिहरू सम्भावित जोखिमयुक्त स्थानहरूको अवलोकनमा खटिएको पनि महानगरले बताएको छ।

’विशेष गरी सोल्टी मोडको पश्चिमतर्फ हनुमन्ते खोलाले बाटो भासिएको छ र खोलाले घर नजिक करिब पाँच फिट मात्र दूरी छाडेको छ। अहिले त्यहाँ थप क्षति रोक्न महानगर प्रहरी बल र विपद् व्यवस्थापन विभागको समन्वयमा नदी कटान त्यहाँ बोरा र ग्राभेल प्रयोग गरेर रोकथाम गर्ने प्रयास भइरहेको छ’, महानगरले भनेको छ ।

कुनै बस्तीमा डुबानको कारण समस्या भयो भने नजिकैको सुरक्षित विद्यालयमा सार्ने तयारी गरिएको बताइएको छ । कुनै समस्या परेमा तुरुन्त सम्पर्क गर्न पनि महानगरले आग्रह गरेको छ ।

यसका साथै विभिन्न जिल्लामा आज भारी वर्षाको सम्भावना रहेकोले बाढीको जोखिम पनि उच्च रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

विभागका अनुसार आज सुनसरी, उदयपुर, सप्तरी, सिराहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा, पर्सा, सिन्धुली, दोलखा, रामेछाप, सिन्धुपाल्चोक, काभ्रेपलान्चोक, काठमाडौँ, ललितपुर, भक्तपुर, मकवानपुर, चितवन र आसपासका जिल्लाहरूमा बाढीको अति उच्च जोखिम रहेको छ ।

यी जिल्लाको नदी किनारमा रहनेहरूले सतर्कता अपनाउन र सुरक्षित स्थानमा बस्न विभागले अनुरोध समेत गरेको छ।काठमाडौँ उपत्यकासहित देशका अधिकांश स्थानमा अहिले वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाका मौसमविद्ले बताएका छन्।

महाशाखाका मौसमविद् प्रतिभा मानन्धरका अनुसार अहिले सुदूरपश्चिम र कर्णालीबाहेक बाँकी सबै प्रदेशमा पानी परिरहेको हो। कोसीका एक–दुई स्थान तथा मधेस, बागमती, गण्डकी र लुम्बिनी धेरै स्थानमा अहिले हल्कादेखि मध्यम वर्षा भइरहेको छ।

मौसम महाशाखाले आज बिहान ६ बजे जारी गरेको बुलेटिनअनुसार, आज दिउँसो देशभर साधारणतया बदली रहने छ। कोसी प्रदेश, मधेस प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका पहाड र तराई भूभाग धेरै स्थान तथा बाँकी प्रदेशका पहाड र तराई भूभागका केही स्थानमा मेघगर्जन÷चट्याङसहित मध्यम वर्षाको सम्भावना छ।

कोसी प्रदेश, मधेस प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाड र तराई भूभागका थोरै स्थान तथा लुम्बिनी प्रदेशको तराई भूभागका एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना छ।

मधेस प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी र तराई भूभागका एक–दुई स्थानमा धेरै भारी वर्षाको समेत सम्भावना छ।

यस्तै आज राति कोशी प्रदेश, मधेस प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशमा अधिकांश बदली रही बाँकी प्रदेशमा साधारणतया बदली रहने छ।

कोसी प्रदेश, मधेस प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाड र तराई भूभागका अधिकांश स्थान, लुम्बिनी प्रदेशका पहाड र तराई भूभाग धेरै स्थान तथा बाँकी प्रदेशका केही स्थानमा मेघगर्जन÷चट्याङसहित मध्यम वर्षाको सम्भावना छ।

कोसी प्रदेश, मधेस प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाड र तराई भूभागका केही स्थान तथा मधेस प्रदेशलगायत लुम्बिनी प्रदेशका तराई भूभागका एक–दुई स्थानमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना छ।

मौसम महाशाखाले यहाँ ’दिउँसो’ शब्द दिनभर अर्थात् साँझ ६ बजे अघिसम्मको समय र ’राति’ शब्द रातभर अर्थात् साँझ ६ बजेदेखि भोलिपल्ट बिहान ६ बजेसम्मको समयका लागि प्रयोग गरेको हो।

जल तथा मौसम विज्ञान विभागका अनुसार बिहान १० बजे विशेषगरी मधेस प्रदेश र बागमती प्रदेशका अधिकांश स्थान तथा कोसी प्रदेशका धेरै स्थानमा मेघगर्जन÷चट्याङसहित वर्षा भइरहेको छ।

वर्षा गराउने प्रणाली पूर्व–उत्तर पूर्व दिशातर्फ सरिरहेको र ती क्षेत्रमा थप वर्षा हुने सम्भावना रहेकाले सतर्कता अपनाउन विभागले सुझाव दिएको छ।

बिहान १० बजे मौसम विभागले चेतावनी दिँदै अगाडि भनेको छ, ‘अब केही घण्टा विशेषगरी कोसी प्रदेश, मधेस प्रदेश र बागमती प्रदेश बढी प्रभावित हुने देखिन्छ।’

मौसमविद्का अनुसार, २४ घण्टाभित्र १० मिलिमिटरभन्दा कम पानी पर्नुलाई हल्का वर्षा, १० देखि ५० मिलिमिटरसम्म पानी पर्नुलाई मध्यम वर्षा भनिन्छ।

अनि ५० देखि माथि १०० मिलिमिटरसम्म पानी पर्नुलाई भारी वर्षा, १०० देखि माथि २०० मिलिमिटरसम्म पानी पर्नुलाई धेरै भारी वर्षा भनिन्छ भने २०० मिलिमिटरभन्दा माथि पानी पर्नुलाई अति भारी वर्षा भनिन्छ।

यस्तै एक–दुई स्थानमा वर्षा भन्नाले सम्बन्धित प्रदेशका जुनसुकै ठाउँमा १० प्रतिशतभन्दा कम क्षेत्रफलमा पानी पर्ने सम्भावना देखिनु हो।

यदि ८० प्रतिशतभन्दा बढी क्षेत्रफलमा पानी पर्ने सम्भावना भयो भने अधिकांश स्थानमा वर्षा हुन सक्छ भनिन्छ।

Advertisement

भर्खरको समाचार

इरानी जनताको अभूतपूर्व एकता, जसले ट्रम्पलाई झुकायो,रातभर जाग्राम

US-Iran-1

देउवा दम्पतीविरूद्ध पक्राउ पुर्जी जारी, हङकङत्रबाट कसरी पक्राउ पर्छन?

deuba-aarju

‘संविधान संशोधन कार्यदल’को पहिलो बैठक आजः को को सहभागी हुँदैछन् ?

Screenshot 2026-04-08 140934

इजरेलमा रहेका नेपालीलाई ‘अत्यन्त जरुरी’ सूचना

Screenshot 2026-04-08 130237

आज सातै प्रदेशमा हावाहुरी र असिनासहित वर्षा  

mausam-2075-12-18-768x388

विश्वयुद्ध टर्याे, पाकिस्तानले गरायो युद्धविराम, इरानमा विजयोत्सव

US-Iran-1

ताइवानको हवाई क्षेत्र ४० दिनलाई बन्द, टापु निल्ने चीनको तयारी

taiwan-flag

अब डाटा सकिँदा नेपाल टेलिकमले स्वतः पैसा नकाट्ने

Nepal-Telecom

हर्कले दार्चुला पुगेर देखाए भारतले लिपुलेक पुग्न बनाएको सडक

harka-sampang-samsad (1)

इरानलाई एकै रातमा ध्वस्त बनाइदिन सक्ने,युद्धविराम अस्वीकार

Trump-Meets-With-Airline-Industry-CEOs-At-The-White-House-GettyImages-634384672-e1531160098739-1024x503

सम्बन्धित खबरहरु

Scroll to Top