×

NEPAL TIMES UPDATES

Playing
Drone आ क्र मणले दुबई एयरपोर्ट बन्द, कुवेतका नेपालीले साउदी हुँदै फर्किनु पर्ने || Nepal Times
Mar 16, 2026
Playing
‘होर्मुज स्ट्रेट’मा यु*द्धपोत पठाउन ट्रम्पको अपिलमा Chinaले के भन्यो ?|| Nepal Times
Mar 16, 2026
Playing
जेनजी आन्दो लनको बुझाइः मूल कारण, वास्तविकताको प्रतिवेदन सार्वजनिक|| Nepal Times
Mar 16, 2026
Playing
रविविरुद्धको मु द्दा फिर्ताबारे आजआदेश आउने|| Nepal Times
Mar 16, 2026
Playing
पेट्रोल–डिजेलमा भारी मूल्य वृद्धि, प्रतिलिटर कति पुग्यो ?|| Nepal Times
Mar 16, 2026
Playing
प्रधानमन्त्री सुशीलाले जेजे मागिन् त्यही पुग्यो, नपुग्दो केही छैन्|| Nepal Times
Mar 16, 2026
Playing
रास्वपाको एक सिट थपिने संभावना तत्काललाई टर्याे|| Nepal Times
Mar 15, 2026
Playing
Watch Top50 News Of The Day || Chaitra-01-2082 || Nepal Times
Mar 15, 2026
Playing
रविमाथिको मुद्दा अभियोगपत्र फिर्ताविरुद्धको रिट ‘हेर्दाहेर्दै’ मा|| Nepal Times
Mar 15, 2026
Playing
Iran war 10 Updates,इरानको टापु ध्व स्त, नेतन्याहुलाई खोजेर मा र्ने || Nepal Times
Mar 15, 2026

जेन–जीसंग एमालेको पौंठेजोरी किन ?

२३ आश्विन २०८२

२३ असोज , काठमाण्डौ ।

भदौ २३ गते नौजवानहरुको नरसंहारले निम्त्याएको आक्रोशको आगोले आफूलाईसमेत निल्ने देखेपछि २४ गते राजीनामा दिएर सेनासँग भागेका तत्कालिन प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओली ९ दिनपछि सैन्य ब्यारेकबाट बाहिर आए र त्यस दिनदेखि उनी गुण्डुको डेरामा बसिरहेका छन् ।

Advertisement

त्यहीबाट पार्टीका पदाधिकारीदेखि कार्यकर्ता भेटघाट, भर्चुअल बैठकसमेत गर्दै आएका छन् । महेश बस्नेतको सहयोगमा मिडिया बोलाएर वा कार्यकर्ताहरुको सामाजिक संजालबाट आफूमाथि लागेका आरोपहरुको पनि खण्डन गर्दै आएका छन् ।

संगै वर्तमान सरकार र जेनजी समूहमाथि आक्रमक बयानबाजी पनि गर्दै आएका छन् । यसैबीच आज एमालेले गुन्डुमा नै कार्यकर्ता उतारेको हो । जहाँ ओली प्रमुख वक्ता बनेका छन् । २५ गते एमालेले मोटरसाइकल र्यालीको आयोजना समेत गरेको छ।

यसअघि ओली सेनाको ब्यारेकमै रहेकाबेला एमालेसहित काँग्रेस, माओवादी, रास्वपासहितका दलहरुले राष्ट्रपति रामचन्द्र पौडेललाई जेनजीको मागअनुसार अन्तरिम सरकार गठनका लागि सहमति जनाएका थिए ।

अर्थात दलहरुकै सर्वसहमतिमा राष्ट्रपतिले सुशीला कार्कीलाई अन्तरिम सरकारको प्रधानमन्त्री बनाएका थिए र संसद विघटन पनि स्वीकृत गरेका थिए । तर अहिले भने एमाले न संसद विघटनलाई मान्ने पक्षमा छ, न चुनाव गराउन जम्माजम्मी ६ महिनाको आयु लिएर आएको अन्तरिम सरकारलाई मान्ने पक्षमा ।

एमाले अहिले जसरी प्रस्तुत भइरहेको त्यसले चुनावी सरकारलाई अप्ठेरो पार्ने स्थिति देखिदै छ । संसद विघटनविरुद्ध अदलत जाने तयारीमा एमाले छ, यसमा काँग्रेसलाई पनि साथै लैजान चाहेको छ ।

यद्यपि काँग्रेसभित्र अहिलेकै सरकारको नेतृत्वमा चुनावमा जानु पर्ने ठुलै पक्ष छ । तर देउवाले नचाहेको अवस्थामा एमालेले चाहेको पूरा हुने सम्भावना पनि छ । त्यसो भयो भने सरकार गठनको मामिला अदालतमा जाने छ, त्यसपछि कुनरुपमा अगाडि बढ्छ भन्न सकिन्न ।

किनभने न्यायाधीसहरुको विवेकमा पनि भर पर्नसक्न । अहिलेको माहोल र परिस्थितिलाई ध्यानमा राख्दै समय लम्ब्याउँदै चुनाव हुने वातावरण बनाउने वा अग्राधिकार दिएर मुद्या छिन्ने र त्यसमा जस्तो पनि फैसला आउन सक्छ ।

अर्कोतिर अहिले अन्य दलहरु यही सरकारको नेतृत्वमा चुनावको तयारी गर्नु पर्ने धारणा सार्वजनिक गरिरहँदा एमालेका नेताहरु भने सरकारविरुद्ध नै क्याम्पेनहरु चलाउँन थालिसकेका छन् ।

सामाजिक संजाल वा सार्वजनिक धारणा सुन्ने, हेर्ने हो भने एमालेका नेताहरुले अहिलेको सरकार, यसका मन्त्रीहरुप्रति आगो ओकलिरहेका छन् । अध्यक्ष ओलीदेखि अन्य नेताहरुले सुशीला सरकार र जेनजी समूहमाथि धावा बोलिरहेका छन् ।

आरोप र लाञ्छनामात्रै होइन उनीहरुले मुलुकको सम्माननिय भनेर सम्बोधन गरिनु पर्ने प्रधानमन्त्रीलाई जेनजीको हजुरआमा, हाहाहुहुको सरकार, आतंककारी, देशद्रोही, विदेशीहरुको जाजुस लगायतका शब्दहरु प्रयोग गरिरहेका छन् ।

भदौ २३ गतेको नरसंहारको पूर्ण जिम्मेवारी नै नलिएपनि नैतिक जिम्मेवारी लिनुपर्ने, माफी माग्नु पर्नेमा त्यसमा एक शब्द खर्चिएको देखिदैन । बरु उल्टै केपी ओलीले सेनासहित सुरक्षा निकायले धोका दिएको आशय व्यक्त गरिरहेका छन् ।

उनको भनाइअनुसार सुरक्षा निकायले अझै कडाई गर्नु पथ्र्यो, अझै धेरै रगतको खोला बग्नु दिएर भएपनि सिंहदरबार, संसद भवनसहितका भौतिक संरचना जोगाइदिनु पथ्र्यो । आफूले भाग्नु पर्ने स्थिति आएकोमा पनि उनले सुरक्षा संयन्त्रको कमजोरीलाई नै इंकित गरिरहेका छन् ।

यस्तै आन्दोलनकारीहरुले नै स्नापर ल्याएको, उनीहरु आतंककारी भएको, चलेका गोलीहरु नेपाल प्रहरीसंग नभएको जस्ता बेतुकको तर्क गरिरहेका छन् । अर्कातर्फ अहिले नरसंहारको आरोपमा आफूलाई पक्राउ गर्न व्यापक दबाब बढेपछि अब उनी कार्यकर्ताको शक्ति देखाउने रणनीतिमा छन् ।

सिंगो पार्टीलाई प्रयोग गरेर जाहेरीको बदला जाहेरीको लहर चलाउने, सरकारमा रहेकाहरुमाथि नै भ्रष्टाचार र जेनजीहरुलाई भड्काएको आरोप लगाउने, युवासंघलाई जेनजी समूहविरुद्ध खडा गर्ने, जुनसुकै बेला पनि मुठभेठको स्थिति बनाइराख्ने, यता सामाजिक संजालमा पनि फोर्स परिचालन गर्ने जस्ता कार्यमा अहिले एमाले लागेको छ ।

हरेक दिन उसका कोही न कोही नेताहरुले सरकार र जेनजीविरुद्ध आगो ओकलिरहेका छन् । यद्यपि अहिलेसम्म अध्यक्ष ओली र महेश बस्नेतको हाराहारीमा त कसैले बयान दिएका छैनन । तर अब यो लिस्टमा अर्का महेश यानीकी महेश बर्तौला पनि पर्न थालेका छन् ।

आजमात्रै उनले सामाजिक संजालमा लामो स्टाटस लेख्दै गृहमन्त्री ओमप्रकाश अर्याललाई नै पक्राउ गर्नु पर्ने भन्न भ्याएका छन् । सरकारले भदौ २३ र २४मा नरसंहार मच्चाएको आरोपको नैतिक आरोप खेपिरहेका केपी शर्मा ओलीलाई नै पक्राउ गर्ने तयारीमा सरकार जुटिरहेको र उनीविरुद्ध जाहेरी समेत परिसकेको अवस्थामा अत्तालिएका बर्तौलाले राज्यविरुद्धको अपराधमा गृहमन्त्री अर्याललाई गिरफ्तार गरिनुपर्ने बताएका हुन् ।

उनले लेखेका छन्, प्रहरीबाट लुटिएका हतियारहरु (बन्दुक र गोली) कहाँ र कोसँग छ भन्ने सुचना र जानकारी अहिलेका गृहमन्त्रीलाई शतप्रतिसत रहेको हुनुपर्दछ । किनभने भ्रष्टाचारको अन्त्य र सुशासनको जायज मागहरुसहित जेनेरेसन जेडले गरेको शान्तिपुर्ण आन्दोलन भित्र सुनुयोजित घुसपैठ गरि शान्ति भङ्ग गर्ने, हिंसा भड्काउने र विध्वंस मच्चाउने कामको यिनी चौबिसै क्यारेटका स्टेकहोल्डर हुन । हाम्रो इतिहास, सम्पदा र दस्तावेजहरु छानी छानी नष्ट गर्ने, ब्यक्तिका घरहरु, ब्यवसायिक भवनहरु तोडफोड, आगजनी र लुटपाट गर्न लगाउने कामका उनि प्रायोजित उत्प्रेरक समेत हुन । सिंहदरवार, संसद भवन, सर्वोच्च अदालत , अख्तियार भवन र प्रहरी चौकीहरु लगायतमा आगो लगाएर ध्वस्त बनाउन नेपाल राष्ट्रका बिरुद्ध परिचालित र निर्देशित मतियार पनि हुन यिनी । शुद्ध नेपाली जेन जीहरुले पनि यो कुरा बुझुन कि शान्तिपुर्ण आन्दोलन भित्र उनको घुसपैठको यहि नाता सम्बन्ध रहेकै कारण उनले थोरै पनि मिहिनेत नगरिकनै गृहमन्त्री पद सजिलै हत्याउन सफल भए र सफत ग्रहण लगत्तै माथि उल्लेखित फौजदारी अपराध प्रकरणहरुमा संलग्न दोषी र अपराधीहरूलाई प्रयाप्त प्रमाणहरु रहँदारहँदै पनि कानुनी कारवाही नगर्न लिखित निर्देशन नै दिए । जसका कारण अहिले मुलुकमा अराजकता , दण्डहिनता र जघन्य प्रकृतिका आपराधिक घटनाहरु ह्वात्तै बढेर गएको छ । त्यसैले सतहमा उद्घाटित यी सबै गम्भिर तथ्यहरुका आधारमा देशलाई भयानक क्षति र शोकमा डुबाउने योजनाकारका रुपमा रहेका अहिलेका गृहमन्त्री लाई पदबाट बरखास्त गरि राज्य बिरुद्धको अपराधमा तत्काल गिरफ्तार गरि अनुसन्धान प्रकृया अगाडी बढाइनु पर्छ ।

महेश बस्नेतले पनि काठमाडौं महानगरका मेयर बालेन शाह र हामी नेपालका संयोजक सुदन गुरुङलाई पनि पटक पटक आन्दोलनमा हिंसा भड्काएको आरोप लगाएका छन् । बालेन र गुरुङविरुद्ध एमालेले प्रहरीमा जाहेरी पनि दिएको छ ।

बर्तौलाले गृहमन्त्रीमाथि आरोपको फोहोरा छाड्दा बस्नेतले भने हिजो र आज कुलमान घिसिङ र रामेश्वर खनालमाथि भ्रष्टाचारमा सबैभन्दा पहिला अनुशन्धान गर्नु पर्ने बताएका छन् । उनले कुलमानजस्तो भ्रष्टाचारी आफूले जीवनमै नदेखेको दाबीसमेत गरेका छन् ।

यस्तै सुदनसहित जेनजीका अगुवाहरु र हाल क्याबिनेटमा भएकाहरुलाई बारबरा फाउन्डेसन लगायतका विदेशी शक्तिहरुसंग जोडिएका र परिचालित भएका आरोप लगाउँदै आएका छन् । यता एमालेकै कारण माइतीघरसहित राजधानीका क्षेत्रहरुमा सुरक्षा चुनौती बढेको छ ।

जसका कारण माइतीघर–नयाँ बानेश्वर आसपासका क्षेत्रमा सुरक्षा व्यवस्था कडा पारिएको छ । अहिले ती क्षेत्रहरुमा ठूलो मात्रामा नेपाल प्रहरी, सशस्त्र प्रहरीको टोलीहरु परिचालन गरिएको छ । जेन–जी समूहले तत्कालीन प्रधामन्त्री केपी शर्मा, गृहमन्त्री रमेश लेखकविरुद्ध प्रहरीमा जाहेरी दिएको थियो ।

त्यसपछि एमालेको विद्यार्थी संगठन अनेरास्ववियुले पनि काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह र जेन–जी अगुवा सुदन गुरुङविरुद्ध प्रहरीमा जाहेरी दिएको छ। जेन–जीको जाहेरी उच्चस्तरीय जाँचबुझ आयोगमा प्रहरीले पठाएको छ भने बालेन र सुदनविरुद्धको जाहेरी पनि आयोगमा प्रहरीले पठाउने तयारी गरेको छ ।

एक पक्षले अर्को पक्षविरुद्ध जाहेरी दिनेदेखि माइतीमा टाँगिएका ब्यानर हटाएर अर्को ब्यानर राख्ने प्रयास भएपछि सुरक्षा चुनौती बढेको छ । त्यसपछि माइतीघर बानेश्वर क्षेत्रमा अहिले उच्च सुरक्षा सतर्कता अपनाइएको छ ।

भर्खरको समाचार

इजरेलमा ‘सेजिल ब्यालिस्टिक मिसाइल’ प्रहार, कति शक्तिशाली छ?

HORMUZ

होर्मुजमा नेटो उतार्दै ट्रम्प,शक्तिराष्ट्रलाई युद्धमा नहोमिन इरानको चेतावनी

MixCollage-12-Mar-2026-08-27-AM-2238

भारतको नाकाबन्दीले मेयर बनेका बालेन ओलीको अहंकारले प्रधानमन्त्री!

Screenshot 2026-03-06 091716

रविविरुद्धको मुद्दा फिर्ताबारे आजआदेश आउने

rabi lamichhane

पेट्रोलमा १५ र डिजल–मट्टीतेलमा १० रुपैयाँ मूल्य बढ्यो, ग्यासमा कति ?

petrol-pump-india_AFP

उपभोक्ता अधिकार सचेतनाकालागि नेपाल टाइम्सकर्मी संचिता श्रेष्ठ सम्मानित

DSC00141.JPG

इरानको सैन्य क्षमता समाप्त भएको ट्रम्पको दाबी

U.S. President Donald Trump, who is being treated for the coronavirus disease (COVID-19) in a military hospital outside Washington, speaks from his hospital room, in this still image taken from a video supplied by the White House, October 3, 2020. The White House/Handout via REUTERS THIS IMAGE HAS BEEN SUPPLIED BY A THIRD PARTY.

युद्ध अझै चर्कन सक्ने चिन्ता

Screenshot 2026-03-12 085015

सरकार गठनको प्रक्रिया थाल्दै रास्वपा

balen rabi rasopa team

बादल मुछिएको ज्यानमुद्दामा अनुसन्धान गर्न सर्वोच्चको परमादेश

bed81832-fed9-4125-851f-e509c507d70c

सम्बन्धित खबरहरु

Scroll to Top