×

NEPAL TIMES UPDATES

Playing
को हुन् दीपक भट्ट ? ओलीले हुक्र्याए सुदन गुरूङले पद गुमाए || Nepal Times
Apr 23, 2026
Playing
बालेन सरकारका नायक सुधनको अपत्यारिलो बहिर्गमन || Nepal Times
Apr 22, 2026
Playing
गर्भवती असुरक्षित गर्भपतनबाट मृ त्यु, २ डाक्टर प क्रा उ || Nepal Times
Apr 22, 2026
Playing
Watch Top50 News Of The Day || Baishak-09-2083 || Nepal Times
Apr 22, 2026
Playing
नायक सुधन जसले रिलका नायक अनिल कपुरलाई विर्साए, नैतिकता देखाए || Nepal Times
Apr 22, 2026
Playing
को बन्ला नयाँ गृहमन्त्री ? मनिष, कवीन्द्र वा अरु ? || Nepal Times
Apr 22, 2026
Playing
अल नीनोको आशंका बढ्यो, बैज्ञानिकहरुले दिए विश्वलाई चे ताव नी || Nepal Times
Apr 22, 2026
Playing
बालेनले कसरी कमाए सामाजिक सञ्जालबाट १ करोड ४६ लाख ?|| Nepal Times
Apr 22, 2026
Playing
सुधन गुरुङ २६ दिनमै गृह मन्त्रालयबाट बाहिरिए|| Nepal Times
Apr 22, 2026
Playing
World News: होर्मुजमा जहाजमाथि इरानी आ*क्र*मण, ‘ठूलो क्षति’को आंकलन || Nepal Times
Apr 22, 2026

पतनको बाटोमा ओली,प्रधानमन्त्री र गृहमन्त्रीलाई दिए धम्की, नेताले दिएनन् साथ

२३ आश्विन २०८२

२३ असोज , काठमाण्डौ ।

देश राजनीतिक तनाबको घेरामा छ। आगामी फागुन २१ गतेका लागि सुशीला कार्की नेतृत्वको सरकारले निर्वाचनको तयारी गरिरहेकै बेला, नेकपा (एमाले)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले संसद् पुनस्र्थापनाको माग गर्दै सरकारमाथि कडा प्रहार गरेका छन्।

Advertisement
Advertisement

जेनजी आन्दोलनमा दमन गरेको भन्दै फौजदारी अभियोगमा मुद्धा दायर गर्दै पक्राउ गर्नुपर्ने भन्दै जाहेरी समेत परेको अवस्थामा भक्तपुरमा आयोजित कार्यक्रममा ओलीले अहिलेको सरकारले संविधान विपरीतका कदम चालेको आरोप लगाउँदै संसद् तत्काल फर्काउने माग राखेर मात्रै देशलाई सही बाटोमा लैजान सकिन्छ भन्ने दाबी गरे।

उनले अहिलेको सरकार समेत नेपालीको नरहेको भन्दै नयाँ नागरिक सरकार बनाउने धम्की दिए ।ओलीले आफ्नो सम्पत्ति छानबिन गर्न सरकारलाई चुनौती दिँदै, चुनावको नाममा नेताहरूलाई जेल हाल्ने र प्रतिशोधपूर्ण राजनीति गर्ने प्रयास भइरहेको आरोप लगाए।

उनले प्रधानमन्त्री सुशीला कार्कीको नेतृत्वमा बनेको सरकारलाई संविधान बाहिरको र “नेपाली जनताको प्रतिनिधि नभएको भन्दै आक्रोश पोखेका छन्। कार्यक्रममा एमाले महासचिव शंकर पोखरेल र पोलिटब्युरो सदस्य महेश बस्नेतले पनि सरकारमाथि तीव्र आलोचना गर्दै, एमालेमाथि हुने षड्यन्त्र असफल हुने चेतावनी दिएका छन्।

बस्नेतले अध्यक्ष ओलीलाई छोए देशभरि आन्दोलन बल्ने धम्की दिएका छन् । सुशीला कार्की नेतृत्वको सरकारले आगामी फागुन २१ म निर्वाचनको तयारी गरिरहेका बेला निवर्तमान प्रधानमन्त्री तथा नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले तत्काल संसद् पुनस्र्थापनाको बाटोमा जानुपर्ने बताएका छन् ।

बिहीबार भक्तपुरमा आयोजित एक कार्यक्रममा उनले संसद् फर्काउने मागमा अघि बढ्नुपर्नेमा जोड दिएका हुन् । “देशलाई सही बाटोमा फर्काउनका लागि असंवैधानिक ढंगले विघटन गरेको संसद् तत्काल फिर्ता गर्ने मागलाई राखेर नै अगाडि बढ्नेबाहेक अर्को विकल्प छैन,” ओलीले भने ।

उनले नेपाली कांग्रेस पनि सोही बाटोमा अघि बढ्ने विश्वास व्यक्त गरे । समयमा नै दृढतापूर्वक कदम चाल्नुपर्ने उनले बताए । आउँदो फागुन २१ गते प्रतिनिधिसभा निर्वाचन नभए मात्र संसद् पुनस्र्थापनाको माग गर्नुपर्ने सुनिएको भन्दै उनले त्यसलाई पर्खनु नपर्ने बताए ।

“संसद् विघटन असंवैधानिक, गलत छ । गैरकानुनी छ । अलोकतान्त्रिक छ, देशको हितको विरुद्धमा छ । हामीलाई थाहा छैन र ? फागुन २१ पर्खनु परेको छैन,” उनले भने । ओलीले आफ्नो सम्पत्ति छानबिन गर्न सरकारलाई चुनौती दिएका छन्।

चुनावको नाटक गरेर यो सरकारले नेताहरूलाई जेल हाल्न खोजेको आशंका व्यक्त गरे। उनले भने, ‘यो सरकारको क्रियाकलाप लोकतान्त्रिक छैन। संविधानसम्वत् छैन, कानुनी राजतर्फ छैन। राज्य आतङ्क सिर्जना गर्न खोजिएको छ। चुनावको एउटा नाटक मञ्चन गरेर नेताहरूलाई जेल हालेर, मुद्दा लगाएर अपमान गर्न खोजिँदै छ। चुनावमा अरूलाई चुनाव लड्न नदिएर बुथ कब्जा गरेर आफू मात्रै जित्ने सपना देखिरहेकाहरूले त्यो सपना नदेख्नू।’

उनले दलका नेताहरूलाई रोक्ने दिवा सपनामा जनताले चिसो पानी खन्याउने जिकिर गरे। उनले थपे, ‘चुनाव गराउनुपर्नेछ, उहाँहरू राजनीतिक दलसँग संवाद गर्नुहुन्न। राजनीतिक दलमाथि दमन र बदनाम गर्न उत्रिनुभएको छ। दललाई बाइपास गरेर चुनाव हुन्छ ?’

उनले गृहमन्त्रीले व्यक्तिको नाम नै तोकेर परिचालित व्यक्तिहरूलाई उजुरी हाल्न लगाएको दाबी गरे। ओलीले अहिलेको सरकार बलमिच्याइँले बनेको टिप्पणी गरेका छन् । उनले सुशीला कार्की नेतृत्वको सरकार संविधान अनुसार नबनेको दाबी गरे ।

उनले भने, ‘अहिलेका प्रधानमन्त्रीले प्रधानमन्त्री बन्नका लागि शर्त राख्नुभयो– संसद् विघटन भएमात्रै बन्छु, नत्र देशमा जेन–जीले आगो बाल्छन् । लोकतन्त्रको जग भत्काउने शर्तमा प्रधानमन्त्री हुनुभयो ।’

संविधानभन्दा बाहिर गएर प्रधानमन्त्री बन्नको लागि कार्की २३ र २४ गते जेन–जी बनेर सडकमा उत्रिएको ओलीले टिप्पणी गरे । राष्ट्रपतिले फागुन २१ चुनाव गर्न भनेर तोकिदिएको बताए ।

उनले थपे, ‘यो सरकार नेपालीको होइन । अरू कसको हो भन्ने थाहा छैन । उहाँहरू एउटा खास उद्देश्यले काम गरिराख्नुभएको छ ? कहिले केपी ओलीलाई पक्राउ गर्न राति ३ बजेसम्म बैठक गर्ने, कहिले केपी ओलीको पासपोर्ट रोक्ने अनि कहिले केपी ओलीलाई उपत्यका बाहिर जान नदिने यस्तो तमासा नगर्नू । यस्ता सडक तमासाले डराउने मान्छे होइन केपी ओली । सुशीला कार्कीको डरले भाग्छ केपी ओली ?’

उनले सुशीला कार्कीको डरले केपी ओली नभाग्ने बताए । अहिलेको गृहमन्त्रीको नाम आफूले गृहमन्त्री भएपछि मात्रै सुनेको भन्दै धेरै नचम्किन चेतावनी दिए । ‘गृहमन्त्रीबारे त मैले भएपछि मात्र थाहा पाएँ । गृहमन्त्री बाबुलाई म धेरै नउत्ताउलिन, नचम्किन सल्लाह दिन चाहन्छु । राजनीति, देश चलाउने कुरा ख्याल ठट्टा होइन । बुझेर चल्न म सुझाव दिन्छु’, ओलीको भनाइ थियो ।

ओलीले आफ्नो सम्पत्ति १० पटक छानबिन गर्न चुनौती दिएका छन् । भक्तपुरमा बिहीबार आयोजित कार्यक्रममा उनले भने, “एकपल्ट होइन । १० पल्ट गर्नुस् ।” उनले सरकारका मन्त्रीहरूको सम्पत्ति छानबिनका लागि तयार हो भनी प्रश्न गर ।

“मन्त्रीजीहरू, तपाईंको सम्पत्ति छानबिन गराऊँ, आँट गर्नुहुन्छ ?,” उनले प्रश्न गरे । ओलीले भदौ २३ र २४ गतेको घटना छानबिन गर्न बनेको गौरी बहादुर कार्की नेतृत्वको आयोगलाई नक्कलीको संज्ञा दिएका छन् ।

‘सम्पत्ति छानबिन गर्ने रे, एक पटक होइन दश पटक गर्नुस् । मन्त्रीज्यूहरु आफ्नै सम्पत्ति छानबिन गर्नुहुन्छ ?’, प्रश्न गर्दै ओलीले गजबको ड्रामा गरिएको बताए । ‘यस्ता नाटक एमालेलाई मन्जुर र स्वीकार छैन’, ओलीको भनाई छ ।

ओलीले आयोगको प्रतिवेदन नमान्ने समेत बताए । ‘के गर्नुस् गर्नुस्’, उनले भने एमाले चिचिपट खेलेर नआएको भन्दै देश विकासको मार्गचित्र प्रस्तुत गरेर आएको बताए ।

ओलीले सुशीला कार्की नेतृत्वको वर्तमान सरकार नेपालीको सरकार नभएको दाबी गरेका छन् ।उनले भने, ‘यो नेपालीको सरकार होइन ।’ ओलीले गृहमन्त्रीलाई आफूले नचिनेको तर सम्हालिन सुझाव दिए । उनले राजनीतिलाई ख्यालठट्टा नठान्न चेतावनी समेत दिए ।

‘अहिलेका प्रधानमन्त्रीले प्रधानमन्त्री बन्नका लागि संसद् भंग गर्न सर्त राख्नुभयो । संसद् भंग गर्ने पूर्वसर्त राखेर जनताको सर्वोच्च सार्वभौम संस्थाको र लोकतन्त्रको जग भत्काउने सर्तमा प्रधानमन्त्री बन्नुभयो’, ओलीले भने, ‘उहाँलाई राम्ररी थाहा छ– संविधानको व्याख्या गरेर आउनुभएको हो । केके गर्नुभयो त्यो उहाँलाई थाहा छ ।’

उनले प्रधानन्यायाधीश र न्यायाधीश भएको व्यक्ति प्रधानमन्त्री र मन्त्रीको कुर्सीमा बस्न मिल्दैन भन्ने संविधानमा रहेको भन्दै यो सरकारलाई चुनाव गराउने म्याण्डेट राष्ट्रपतिले तोकिदिएको तर सरकार चुनाव गराउनेतिर नलागेको बताए ।

ओलीले रातिराति मिटिङ गरेर आफूसहित रमेश लेखकलाई पक्राउ गरेको भन्दै सडकमा समेत सरकार आफैँ तमासा गरिरहेको बताए । उनले आफ्नो पासपोर्ट रोक्का गर्ने र उपत्यका छाड्न नमिल्ने भनेर गरिएको सडक तमासा गरिएपनि सुशीला कार्कीको डरले आफू नभाग्ने बताए ।

पूर्वप्रधानमन्त्री ओलीले जनेजी नामका बालबालिका अगाडि सारेर पेट्रोल फ्याँक्ने र आगो लगाउनेहरूलाई यो सरकारले कारबाही नगरे पनि क्षम्य हुन नसक्ने बताए ।ओलीले आफूूलाई गिरफ्तार गर्न राती ३ बजेसम्म बैठक हुने गरेको बताएका छन्।

उनले आफ्नो पासपोर्ट रद्ध गरेर सरकारले तमासा देखाएको समेत टिप्पणी गरे। ‘केपी ओलीलाई गिरफ्तार गर्नुपर्छ, अहिले राती राती ३ बजेसम्म मिटिङ कसरी केपी ओलीलाई गिरफ्तार गर्न सकिन्छ,’ ओलीले भने, ‘कसरी नेपाली कांग्रेसका रेमश लेखकलाई गिरफ्तार गर्न सकिन्छ। सबभन्दा पहिले उहाँहरुले सडक तमासा देखाउनु भयो। त्यो के हो भने केपी ओली लगायतको पासपोर्ट रद्ध गर्ने।’

ओलीले सुशीला कार्की नेतृत्वको वर्तमान सरकारले सडक तमासा देखाएको टिप्पणी गरे ।सरकारलाई सडक तमासा नदेखाउन, मुलुक चलाउने विषयलाई ख्याल ठट्टाको रूपमा नलिन भनेका छन् ।

‘तमासा के गर्नुभयो भने म काठमाडौंको डाँडो काटेर पर्तिर जान नपाइउने! उ त्यो डाँडोसम्म जान पाउँछ, त्यहाँबाट पल्लापटि हेर्न पाइने कि नपाइने थाहा छैन, पर्तिरपट्टि पानी ढल, काठमाडौं उपत्यका छाड्न नपाएने भनेको त्यही त होला, पानी ढलको सिमाना वाह! यो सडक तमासा नभए के हो?,’ उनले भने।

‘मैले अस्ति पनि भनेँ, यो सरकार जसरी बन्यो,मैले संक्षिप्तमा मात्रै भनेको छु, यो सरकार हाहुबाट बनेको हो। यसको अलिक व्याख्या गरेको छैन, समयमा गरौंला, यो कसैको प्रतिनिधि होइन। नेपालीको चाहिँ होइन। अन्त कतैको भए थाहा छैन। कसैले छानेको सरकार होइन यो। उहाँहरू एउटा खास उद्देश्यले काम गरिरहनुभएको छ,’ उनले भने।

उनले यो सरकारले आफ्नो र पूर्वगृहमन्त्री रमेश लेखकलाई जसरी हुन्छ पक्राउ गर्ने योजना बनाइरहेको, रातिराति मिटिङ बसेको भन्दै तमासा नदेखाउन भने। ‘सुशीला कार्कीको डरले केपी ओली भाग्छ? के सोच्या छ? तपाईंहरू कतिले यो गृहमन्त्रीको नाम सुन्नुभएको थियो? यो गृहमन्त्रीको? मैले त नाम पनि सुनेको थिएनँ। गृहमन्त्री भएपछि थाहा पाएँ। गृहमन्त्रीको सम्बन्धमा मलाई धेरै भन्नुपरेको छैन। गृहमन्त्री बाबुलाई धेरै नउत्तालिन, नचम्किन, सम्हालिन सल्लाह दिन चाहन्छु। राजनीति ख्याल ठट्टा होइन, देश चलाउने ख्याल ठट्टा होइन,’ उनले भने।

सोही कार्यक्रममा नेकपा एमालेका महासचिव शंकर पोखरेलले एमालेलाई जनताको मनबाट कसैले हटाउन नसक्ने दाबी गरेका छन् । षड्यन्त्रकारीहरूको षड्यन्त्रले सरकारबाट बाहिरिन परे पनि जनताको हृदयबाट कसैले हटाउन नसक्ने जिकिर उनले गरे ।

उनले भने, ‘सरकारबाट हामी हट्नुप¥यो, तर हामीले गरेको कामको कारणले जनताको मन मस्तिष्कबाट हामी हट्न सक्दैनौँ। हामी सत्य कुरा लिएर फेरि जनतामा जानेछौँ। जनताको बीचमा गएर हामी राष्ट्रका बीचमा भएका षड्यन्त्रको जानकारी गराउनेछौँ ।’

उनले जनताको बीचमा गएर संविधानवादको युगतर्फ देशलाई फर्काउने बताए। उनले २३ गतेको घटनामा पार्टी अध्यक्ष केपी ओलीले नै बानेश्वरमा गएर हतियार चलाएकोजस्तो कुप्रचार गरिरहेको टिप्पणी गरे ।

पोखरेलले गृहमन्त्री ओमप्रकाश अर्याल राज्य चलाउन कि अपराधीको संरक्षण गर्न खोजेको भन्ने स्पष्ट नभएको भन्दै आलोचना गरेका छन् । पोखरेलले गृहमन्त्रीले प्रतिशोधको राजनीति गरेको र अपराधीको पक्षमा ढाल बनेर उभिएको आरोप लगाए ।

‘अहिलेका गृहमन्त्री राज्यको नेतृत्व गर्दैछन् कि आपराधिक समूहको संरक्षण ?’, उनको प्रश्न थियो, ‘गृहमन्त्री जेलबाट भागेका अपराधी पक्राउ गर्न रोक्छन् । लुटपाट र हत्यामा संलग्नलाई संरक्षण गर्दछन् । यस्ता व्यक्तिबाट कसरी देशको गृहमन्त्रालय सञ्चालन हुन्छ ? शान्ति सुरक्षा कसरी कायम हुन्छ ?’

गृहमन्त्रीले प्रहरीको मनोबल उठाउने भन्दा गिराउने काम गरिरहेको पोखरेलले बताए । सुशीला कार्की नै संविधानविपरीत प्रधानमन्त्री भएको दाबी गर्दै उनले दलहरूको सहमतिमा संविधान संशोधन गरेर उनलाई नै प्रधानमन्त्री बनाउन दलहरू तयार रहेको स्मरण सुनाए ।

महासचिव पोखरेलले वर्तमान सरकारको मुख्य कार्यभार निर्वाचन भएको भन्दै देशमा सुरक्षाको प्रत्याभूति नदिलाई, प्रहरीको मनोबल नउठाइ, लुटिएका हतियार फिर्ता नगराई निष्पक्ष चुनाव हुन नसक्ने बताए ।

‘सरकार दलहरूसँग संवाद, छलफल नगरी निर्वाचनको नाटक गर्दैछ । असोज १८ पछि ज्ञानेन्द्रले पनि यस्तै चुनावको नाटक मञ्चन गरेका थिए । तर, त्यसले वैद्यता पाएन। अहिलेको सरकारले गर्ने निर्वाचन पनि त्यही बाटोमा जाने खतरा छ ।’

सोही कार्यक्रममा नेकपा एमालेका पोलिटब्युरो सदस्य महेश बस्नेतले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई छोएमात्रै देशभरि आगो बल्ने चेतावनी दिए । ‘नेकपा एमाले केपी, अध्यक्ष ओली र महेश बस्नेत छाती फर्काएर हिँड्दैनन्’, बस्नेतले भने, ‘हिजो राणा, पञ्च र शाही शासन माओवादीलाई युथफोर्स बनाएर कान्छी औलाको भरमा लडेको महेश बस्नेतको टोली हो ।’

उनले अहिले हावाभरका जनेजी नामका नौटंकीहरुले च्यालेन्ज गरेर गृहमन्त्री हाहुमा लागे सावधान हुन आग्रह गरे । उनले भ्रष्टचारीलाई छानबिन गर्न एमाले सहयोग गर्न तयार रहेको पनि बताए ।

‘सहयोग गर्न तयार छौ । हाम्रा बारेमा पनि छानबिन गर्नुस्’, उनले भने, ‘तर नेपालको १ नम्बर भ्रष्टाचारी कुलमानबाट थाल्नुस् ।’ उनले अर्थमन्त्री रामेश्वर खनालको पैसा कहाँबाट आयो भन्दै प्रश्न मात्रै गरेनन्, बालेन शाह र सुदन गुरुलाई पहिला छानबिन गर्नुपर्ने बताए ।

उनले भने, ‘केपी ओलीलाई छोए देशभरि आगो बल्नेछ ।’ साथै उनले युवासंघले असोज २५ गते मोटरसाईल र्याली गरेर आफ्नो शक्ति देखाउने चेतावनी दिए । बस्नेतले असोज २३ गते गोली चलाउने आदेश तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले दिएको भए प्रमाण ल्याउन चुनौती दिएका छन् ।

बालेन र सुदन गुरुङले विदेशी सुटर ल्याएर बालबालिकाको हत्या गरेको सम्मको दाबी गरे । उनले त्यसको छानबिनको माग गरे । “कुनै कानुनले प्रधानमन्त्रीले आदेश दिन्छ ? दिँदैन । आदेश कसले दिएको हो ? हाम्रो अध्यक्षले आदेश दिएको भए प्रमाण ल्याउनुस् । हामी छलफल गर्न तयार छौँ,“ उनले भने ।

एमाले नेताहरुका यस्ता उग्र अभिब्यक्तिका बीच सरकारको पक्षबाट भने निर्वाचन तयारी र कानूनको शासनमा अडिग रहेको भनाइ आइरहेका छन्। यस्तो अवस्थामा अर्काे दल कांग्रेस मन्थनमा छ भने , एमालेभित्रै ओलीविरुद्धको समूह ठूलो छ ।

देशको राजनीतिक माहोल थप तातेको छ । अब फागुन २१मा निर्वाचन हुन्छ कि संसद पुर्नस्थापनका लागि दलहरु सडकमा उत्रिन्छन् ? यसो भएमा प्रत्यक्ष कार्यकारी मागिरहेका जेनजीहरुले के गर्लान ? जताततै अनिश्चय र आशंका पैदा भएको छ ।

Advertisement

ओली यसरी सरकार र प्रधानमन्त्री, मन्त्रीमाथि खनिरहदा उनका साथमा एमाले सचिवालय र पदाधिकारीका अधिकांश नेताहरु भने अनुपस्थित थिए । उनका साथमा महासचिव शंकर पोखरेल र उपमहासचिव प्रदीप ज्ञवालीसहित केही केन्द्रीय नेताहरुबाहेक सचिवालयका अन्य सदस्यहरु अनुपस्थित थिए ।

भर्खरको समाचार

सुधन गुरुङले देखाए नैतिकता, आरोपकै कारण दिए राजीनामा

sudhangurung30320261029351000x0-1775222839

गृहमन्त्री सुधन गुरुङले दिए राजीनामा

b50ca935-e218-4b61-b637-facd118a9d76

बालेनले कसरी कमाए सामाजिक सञ्जालबाट १ करोड ४६ लाख ?

666707698_875077882223921_4422618132601218086_n

काठमाण्डौआएका अमेरिकी मन्त्रीले बालेनलाई भेटेनन्, तीन दिन के गरे ?

0a03b400-ca0e-429c-9985-e9aeed50e92d

इरानसँग अझै घातक हतियारहरू सुरक्षित, भान्सको पाकिस्तान भ्रमण रद्द

iran-flag_TkC5X0MaQr

ट्रम्पले युद्धविराम लम्ब्याए, नाकाबन्दी जारी, ८ महिला रिहा गर्न गुहार

250126-donald-trump-236p-09e14b

इरानयुद्धको विरोध गर्ने ६२ पूर्व अमेरिकी सैनिक परिवारसहित पक्राउ

islamabadtalks-1775911434-1775912162

सुशासनको जगमा बनेको सरकारमाथि नै सुशासनको प्रश्न?

666707698_875077882223921_4422618132601218086_n

‘राज्यले जनतालाई न्याँक्ने र घोक्रयाइमुन्ट्याइ गर्ने होइन’,गृहमन्त्रीको राजीनामा उत्तम

harka-sampang-samsad (1)

३९ विशेषतासहितको नयाँ स्मार्ट लाइसेन्स

Security Printing Press_Driving Licence Printing_ (4).jpg

सम्बन्धित खबरहरु

Scroll to Top