×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

दिउँसो मन्त्री कुलमानको कडा निर्देशनपछि चल्यो रात भर डोजर

२४ आश्विन २०८२

२४ असोज , काठमाण्डौ ।

असोज १७ गतेदेखि २० गतेसम्म परेको अविरल वर्षासँगै आएको बाढीले क्षति पुर्‍याएको बिपी राजमार्गमा आज दिउँसोबाट एक तर्फ सडक खुल्ने भएको छ । रोशी खोलामा आएको लेदोसहितको बाढीले बिपी राजमार्गको ५३०० मिटर डाइभर्सनमध्ये ३४१० मिटर बगाएको थियो।

Advertisement

दिउँसो ऊर्जा, भौतिक योजना तथा सहरी विकास मन्त्री कुलमान घिसिङले क्षतिग्रस्त सडकको स्थलगत निरीक्षण गरेपछि रातभर मर्मतको काम गरिएको थियो । निरीक्षण क्रममा जति सक्दो चाँडो सडक सञ्चालन गर्न मन्त्री घिसिङले कडा निर्देशन दिएका थिए ।

मन्त्रीको निर्देशन पछि बिहीबार रात भर डोजर सहितका उपकरण प्रयोग गरी सडकको मर्मत गरिएको हो । सङ्घीय सडक सुपरिवेक्षण तथा अनुगमन कार्यालय काठमाडौँका प्रमुख शुभ राज न्यौपानेले बिहीबार रातभरि काम गरेकाले शुक्रवार दिउँसोबाट एकतर्फी राजमार्ग सञ्चालनमा आउने बताए ।

उनका अनुसार पहिलो चरणमा एकतर्फी राजमार्ग सञ्चालनमा आउने र त्यसपछि दुई तर्फी बनाइँदै लगिने छ । बिहीबार राती चारसयबेंसी, चिउरीबास र माथिल्लो माम्तीमा काम भएको थियो ।

सडक डिभिजन कार्यालय भक्तपुरका अनुसार, राजमार्ग पुनः सञ्चालनका लागि काभ्रेतर्फ ५ र सिन्धुलीतर्फ ३ स्थानमा डाइभर्सन निर्माणको काम तीव्र गतिमा भएको थियो । काभ्रे खण्डमा मात्रै १२ वटा एक्स्काभेटर, ४ वटा ह्वील लोडर र ८ वटा टिपर प्रयोग गरिएको छ।

काभ्रेको चौकी डाँडा, कटुञ्जेको चारसयबेसी, डालावेशी र कालढुंगा ९भ्याकुरेखोला० मा डाइभर्सन, रोशी गाउँपालिका–७ घुमाउनेमा डाइभर्सन बनाउने काम भएको थियो । बिहीबार रात भर उक्त क्षेत्रमा काम भएको सडक डिभिजन कार्यालयले जनाएको छ ।

रोशी खोलाको बाढीले काभ्रेको दाप्चा खोलादेखि सिन्धुलीको नेपाल थोकसम्मका विभिन्न १९ स्थानमा यसअघि बनाइएका डाइभर्सन बगाएको थियो । जसले गर्दा राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएका थियो ।

बिपी राजमार्ग गत वर्ष पनि असोज महिनामा नै रोशी खोलाको बाढीले करिब १२ किलोमिटर सडक बगाएको थियो । सडक स्थायी रूपमा निर्माणका लागि ठेक्का प्रक्रिया पूरा भए पनि एक वर्षसम्म अस्थायी मर्मतकै भरमा सवारी सञ्चालन गरिएको थियो ।

बर्खा सकिएर दसैँपछि स्थायी निर्माण थाल्ने तयारीमा ठेक्का लगाउने निकाय थिए । यति बेला बिपी राजमार्ग भएर गुड्ने सवारी साधनलाई सिन्धुलीको खुर्कोटबाट रामेछापतिर डाइभर्ट गरिएको छ ।

Advertisement

रामेछापको मन्थली, दोलखाको चरिकोट, मुडे, सिन्धुपाल्चोकको खाडी चौर, दोलालघाट–काभ्रे हुँदै पूर्वबाट आउने सवारीसाधन राजधानी भित्रिने गरेका छन् । यात्रुले साँघुरो सडकका कारण ट्राफिक जामको सास्ती खेप्नुपर्ने बाध्यता छ ।

भर्खरको समाचार

इरानी जनताको अभूतपूर्व एकता, जसले ट्रम्पलाई झुकायो,रातभर जाग्राम

US-Iran-1

देउवा दम्पतीविरूद्ध पक्राउ पुर्जी जारी, हङकङत्रबाट कसरी पक्राउ पर्छन?

deuba-aarju

‘संविधान संशोधन कार्यदल’को पहिलो बैठक आजः को को सहभागी हुँदैछन् ?

Screenshot 2026-04-08 140934

इजरेलमा रहेका नेपालीलाई ‘अत्यन्त जरुरी’ सूचना

Screenshot 2026-04-08 130237

आज सातै प्रदेशमा हावाहुरी र असिनासहित वर्षा  

mausam-2075-12-18-768x388

विश्वयुद्ध टर्याे, पाकिस्तानले गरायो युद्धविराम, इरानमा विजयोत्सव

US-Iran-1

ताइवानको हवाई क्षेत्र ४० दिनलाई बन्द, टापु निल्ने चीनको तयारी

taiwan-flag

अब डाटा सकिँदा नेपाल टेलिकमले स्वतः पैसा नकाट्ने

Nepal-Telecom

हर्कले दार्चुला पुगेर देखाए भारतले लिपुलेक पुग्न बनाएको सडक

harka-sampang-samsad (1)

इरानलाई एकै रातमा ध्वस्त बनाइदिन सक्ने,युद्धविराम अस्वीकार

Trump-Meets-With-Airline-Industry-CEOs-At-The-White-House-GettyImages-634384672-e1531160098739-1024x503

सम्बन्धित खबरहरु

Scroll to Top