×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

नेपालमा पोस्ट–मनसुन सिजन सुरु, कोशीमा पानी पर्ने

२५ आश्विन २०८२

२५ असोज , काठमाण्डौ ।

यस वर्षको मनसुन नेपालको सम्पूर्ण भू–भागबाट बाहिरि सकेकाले हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव रहेको छैन । शुक्रबारदेखि नेपालबाट मनसुन नेपालबाट बाहिरिएको हो ।

Advertisement

हिजो अक्टोबर १० नेपालको सम्पूर्ण भू–भागबाट यसवर्षको मनसुन बाहिरिएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। विभागका अनुसार असोज २० गते (अक्टोबर ६) सुदूरपश्चिम, कर्णालीलगायत लुम्बिनी प्रदेशको पश्चिमी भू–भागको धेरै स्थानहरू र गण्डकी प्रदेशको पश्चिमी भू–भागको थोरै स्थानहरूबाट यस वर्ष मनसुन बाहिरिन सुरु भएको थियो।

नेपालमा मनसुन बहिर्गमन हुने सरदर मिति अक्टोबर २ भएता पनि यस वर्ष मनसुन ८ दिन ढिलो गरी बाहिरिएको हो। मनसुनको बहिर्गमन भएता पनि स्थानीय वायू तथा पश्चिमी वायूको प्रभाव रहन सक्ने विभागको भनाइ छ।

योसँगै नेपालमा औपचारिक रूपमा बर्खायामको अन्त्य भएको छ भने पोस्ट–मनसुन सिजन सुरु भएको छ।यस वर्ष नेपालमा मनसुन औसत मिति जुन १३ तारिखभन्दा १५ दिनअगाडि मे २९ तारिखमै प्रवेश गरेको थियो।

यो बाहिरिने सरदर मितिचाहिँ यही अक्टोबर २ तारिख थियो। तर औसत मितिभन्दा ८ दिन ढिला हिजो असोज २४ गते अर्थात् अक्टोबर १० तारिख मनसुन नेपालबाट बाहिरिएको हो।

यसअघि असोज २० गते मनसुन सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेशसहित लुम्बिनी प्रदेशको पश्चिमी क्षेत्रका धेरै स्थान र गण्डकी प्रदेशको पश्चिमी भेगका थोरै स्थानबाट मात्र हटेको थियो।

मौसमविद्का अनुसार पोस्ट–मनसुन लाग्नु भनेको मौसम हिउँदतर्फ ढल्किनु हो। यो सिजन यही अक्टोबर र नोभेम्बर महिनासम्म रहन्छ। डिसेम्बरदेखि भने पूर्ण रूपमा हिउँदयाम अर्थात् विन्टर सिजन लाग्छ।

‘विन्टर’ ३ महिना– डिसेम्बर, जनवरी र फेब्रुअरीसम्म रहन्छ। त्यसपछि प्रि–मनसुन सुरु हुन्छ र यो पनि ३ महिना– मार्च, अप्रिल र मेसम्म रहन्छ । प्रि–मनसुन सकिएपछि फेरि मनसुन सुरु हुन्छ।

आज दिउँसो कोशी प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मुख्यतया सफा रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

Advertisement

कोशी प्रदेशको पहाडी भू–भागका एकदुई स्थान हल्का वर्षाको सम्भावना रहेको छ । महाशाखाका अनुसार आज राति कोशी प्रदेशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मुख्यतया सफा रहनेछ ।

भर्खरको समाचार

इरानी जनताको अभूतपूर्व एकता, जसले ट्रम्पलाई झुकायो,रातभर जाग्राम

US-Iran-1

देउवा दम्पतीविरूद्ध पक्राउ पुर्जी जारी, हङकङत्रबाट कसरी पक्राउ पर्छन?

deuba-aarju

‘संविधान संशोधन कार्यदल’को पहिलो बैठक आजः को को सहभागी हुँदैछन् ?

Screenshot 2026-04-08 140934

इजरेलमा रहेका नेपालीलाई ‘अत्यन्त जरुरी’ सूचना

Screenshot 2026-04-08 130237

आज सातै प्रदेशमा हावाहुरी र असिनासहित वर्षा  

mausam-2075-12-18-768x388

विश्वयुद्ध टर्याे, पाकिस्तानले गरायो युद्धविराम, इरानमा विजयोत्सव

US-Iran-1

ताइवानको हवाई क्षेत्र ४० दिनलाई बन्द, टापु निल्ने चीनको तयारी

taiwan-flag

अब डाटा सकिँदा नेपाल टेलिकमले स्वतः पैसा नकाट्ने

Nepal-Telecom

हर्कले दार्चुला पुगेर देखाए भारतले लिपुलेक पुग्न बनाएको सडक

harka-sampang-samsad (1)

इरानलाई एकै रातमा ध्वस्त बनाइदिन सक्ने,युद्धविराम अस्वीकार

Trump-Meets-With-Airline-Industry-CEOs-At-The-White-House-GettyImages-634384672-e1531160098739-1024x503

सम्बन्धित खबरहरु

Scroll to Top