×

NEPAL TIMES UPDATES

Playing
World News: शक्तिशाली मिसाइल हा*न्ने Iranको चेतावनी, Trumpसँग वार्ता अस्वीकार || Nepal Times
Mar 10, 2026
Playing
बालेनको वेगले उडायो काँग्रेसको मधेस किल्ला || Nepal Times
Mar 10, 2026
Playing
यसरी अन्त्य भयो काँग्रेस–कम्युनिस्ट युग || Nepal Times
Mar 10, 2026
Playing
जनताले नपत्याएपछि कुलमानले लोडसेडिङ सम्झिए|| Nepal Times
Mar 10, 2026
Playing
Top 15 Afternoon News || Mar-10-2026 || Nepal Times
Mar 10, 2026
Playing
Balen प्रधानमन्त्री बन्न लागेकोमा भारतीय मिडियाहरु के भन्छन् ?|| Nepal Times
Mar 10, 2026
Playing
युद्ध चाँडै सक्ने ट्रम्पको घोषणा, अन्त्य आफूले गर्ने इरानको जवाफ|| Nepal Times
Mar 10, 2026
Playing
३५ वर्षभन्दा मुनिका को–को पुग्दैछन् संसद ? || Nepal Times
Mar 10, 2026
Playing
काठमाडौं बस्नै नसक्ने प्रदूषित शहर बन्यो || Nepal Times
Mar 10, 2026
Playing
कहिले बन्ला बालेन सरकार ? बालेन र रविलाई Modiको फोन || Nepal Times
Mar 10, 2026

काँग्रेस र एमालेका बैठक आज पनि बस्तै

२५ आश्विन २०८२

२५ असोज , काठमाण्डौ ।

तिन दिनदेखि चलेको नेपाली काँग्रेसको पदाधिकारी बैठक आज पनि वस्दैछ । यसै गरी नेकपा एमालेको सचिवालय बैठक आज पनि बस्दै छ । दुवै दलमा नेतृत्व परिवर्तन, पार्टीको भावी रणनीति र फागुन २१ गतेको निर्वाचनका बारेमा केन्द्रित रहेर गहन छलफल भई रहेको छ ।

नेपाली काँग्रेसको पदाधिकारी र पूर्वपदाधिकारी बैठक आज दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्नेछ । बैठकले असोज २६ गतेका लागि बोलाइएको केन्द्रीय कार्यसमिति बैठकका एजेन्डा टुङ्गो लगाउने बताएको छ ।

सहमहामन्त्री महालक्ष्मी उपाध्याय ‘डिना’का अनुसार बिहीबार र शुक्रवार बसेका बैठकमा तीन प्रमुख एजेन्डा—पार्टी अधिवेशन, सरकारले घोषणा गरेको निर्वाचन र जेनजी आन्दोलनको जड—उठेका थिए ।

शुक्रवारको बैठकमा कार्यसम्पादन समितिका सदस्यहरू समेत सहभागी थिए । बैठकमा नेताहरूले मङ्सिरमा नियमित महाधिवेशन गर्ने, कार्यसमितिको म्याद थप्न नहुने र अधिवेशनमार्फत नयाँ नेतृत्व चयन गर्नुपर्ने धारणा राखेका छन् ।

वर्तमान सभापति शेरबहादुर देउवा नेतृत्वको कार्यसमितिको चार वर्षे कार्यकाल यही मङ्सिरमा सकिँदै छ । त्यस्तै, सुशीला कार्की नेतृत्वको सरकारले फागुन २१ गतेका लागि घोषणा गरेको प्रतिनिधिसभा निर्वाचन र गत भदौ २३–२४ गतेको जेनजी आन्दोलनको कारण तथा प्रभावबारे पनि केन्द्रीय समिति बैठकमा विस्तृत छलफल हुने तयारी भएको छ ।

बैठकमा पार्टी सभापति शेरबहादुर देउवा उपस्थित छैन । उपाध्यक्ष पूर्णबहादुर खड्काले बैठकको अध्यक्षता गरी रहेका छन् । उता, नेकपा ९एमाले०को सचिवालय बैठक पनि आज बिहान ११ बजे भक्तपुरको गुण्डुस्थित अध्यक्ष केपी शर्मा ओलीको निवासमा बस्नेछ ।

उपमहासचिव प्रदीप ज्ञवालीका अनुसार बैठकमा महाधिवेशनको मिति तोक्ने विषयमा छलफल केन्द्रित हुनेछ । हिजो बसेको सचिवालय बैठकले महाधिवेशनमार्फत उठेका सबै प्रश्नको जवाफ खोज्ने र नयाँ ढङ्गले पार्टीलाई अघि बढाउने निष्कर्ष निकालेको थियो ।

त्यस बैठकमा भदौ २३–२४ को जेनजी आन्दोलनबारे पनि सविस्तार समीक्षा गरिएको थियो । एमालेले राष्ट्रिय एकताको वातावरण बनाउन, सबै राजनीतिक शक्तिलाई निषेध नगरी सहकार्यका साथ अघि बढ्नुपर्ने निष्कर्ष निकालेको बैठकमा सहभागी एक नेताले बताए ।

एमालेको केन्द्रीय कमिटी बैठक असोज २९ देखि ३१ गतेसम्मका लागि तय गरिएको छ । शुक्रवारको बैठकमा पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीलाई पार्टी प्रवेशमा रोक लगाउन नहुने र अध्यक्ष केपी शर्मा ओलीले पदबाट राजीनामा दिनु पर्ने कुराले समेत औपचारिक रूपमा प्रवेश पाएको छ ।

तर ओली पद छोड्न पक्षमा छैनन् भने विद्या भण्डारी प्रति यस अघि निकै आक्रामक रहेका ओलीले पछिल्लो समय केही बोलेका छैनन् ।

भर्खरको समाचार

बालेनको वेगले उडायो काँग्रेसको मधेस किल्ला

adcc99e8-45af-49b9-9154-fa42976a3483

बालेनको उदयले दिल्लीदेखि बेइजिङसम्म हलचल

balennnnnnnnnnnnnnn

स्ट्रेट अफ हर्मुजमा कसरी अट्कियो युद्ध ? IRGCले तोड्यो ट्रम्पको दम्भ

HORMUZ

भारतीय मिडियाभर छाए बालेन्द्र शाह

5179fe76-89a9-462b-b358-00b2118d319e

युद्ध चाँडै सक्ने ट्रम्पको घोषणा, अन्त्य आफूले गर्ने इरानको जवाफ

putin and trump

काठमाडौं बस्नै नसक्ने प्रदूषित शहर बन्यो

pollution-in-kathmandu

इरानको तेलमा ट्रम्पको नजर, द्वीप खर्ग कब्जा गर्ने योजना

91addb65-4236-4612-a246-373a8cbca01b

नेपाली जनताले हेर्न चाहेको अबको नयाँ नेपाल

Balen-Rabi at KTm Valley_NPL (10)

रास्वपालाई सेयर बजारको हरियो कार्पेट, तेश्रो सर्किटपछि कारोबार बन्द

nepal-share

ओली, लेखक र खापुङलाई फौजदारी कसुरमा अनुसन्धान गर्न सिफारिस

15a14063-9de0-4f5c-90bd-ac8cde530ef4

सम्बन्धित खबरहरु

Scroll to Top