NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
मधेसका मुख्यमन्त्री सोनलले आज विश्वासको मत लिँदै शनिबार कार्तिक २२ , २०८२
गण्डकी र कोशीमा हल्का वर्षा सहित हिमपातको सम्भावना शनिबार कार्तिक २२ , २०८२
ब्रेन स्ट्रोकपछि स्वास्थ्य बिग्रँदै गएका पूर्वमन्त्री अफताब आलमको निधन शनिबार कार्तिक २२ , २०८२
बिपी र सुवर्णले चलाएको काँग्रेस अब गगन र विश्वको पोल्टामा आउला ? शुक्रबार कार्तिक २१ , २०८२
रविमाथि कसरी प्रतिशोध साधियो ? ६ तथ्य सार्वजनिक शुक्रबार कार्तिक २१ , २०८२
Next
Prev

समाचार

एमाले भित्रै ओली घे रा ब न्दी मा

शनिबार अशोज २५ , २०८२
Reading Time: 1 min read
A A
ओली सार्वजनिक कार्यक्रममा प्रकट, पासपोर्ट रोक्काले आगो
Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X
LS Auto

२५ असोज , काठमाण्डौ ।

एक महिना अघि मात्र आफ्नो सम्पूर्ण शक्ति लगाएर पार्टीको सक्रिय राजनीतिमा आउन वाट रोक लगाएकी पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीको सदस्यता नवीकरणको मुद्दाले सचिवालय बैठकमा गरमागरम भएपछि अध्यक्ष केपी शर्मा ओलीलाई अप्ठ्यारो परेको छ ।

विद्यालाई एमालेको सक्रिय राजनीतिमा सहभागी गराउने मात्र हैन अध्यक्ष ओलीले पदबाट राजीनामा समेत दिनु पर्छ भन्ने नेताहरूको सङ्ख्या बढेसँगै ओली राजनीतिक घेराबन्दीमा परेका छन् ।

नेकपा एमालेको सचिवालयमा पूर्व राष्ट्रपति एवं पूर्व केन्द्रीय उपाध्यक्ष विद्या भण्डारीको पक्षमा थप नेता खुलेका छन् । शुक्रवार बोल्ने ८ मध्ये ५ पदाधिकारीले भण्डारीको सदस्यता विवादले पार्टीमा अनावश्यक विवाद निम्तिएको तलसम्मका कार्यकर्ता विभाजित भएको भन्दै सदस्यता नवीकरण गर्न सुझाव दिएका थिए ।

सचिवहरू योगेश भट्टराई, गोकर्ण विष्टलगायतका नेताहरू पनि भण्डारीलाई निषेध गर्न नहुने पक्षमा यसअघिबाटै राय राख्दै आएका छन् । उपाध्यक्ष द्वय विष्णु पौडेल र रामबहादुर थापाले पनि भण्डारीलाई पार्टीमा स्वागत गरेर जानुपर्ने पक्षमा देखिएका छन् ।

उपाध्यक्ष अष्टलक्ष्मी शाक्य, गुरु बराल र प्रदीप ज्ञवालीबाहेक सबैले विद्या भण्डारीलाई पार्टी सदस्यता दिनुपर्ने धारणा राखेका छन् । विद्या भण्डारीको सदस्यता रोक्दा पार्टी पंक्तिमा निराशा छाएको, पार्टीको लोकतान्त्रिक चरित्रमा प्रश्न उठेको बताउँदै एमालेका पदाधिकारीहरूले संविधान, पार्टी विधानले नरोकेको कुरा पार्टी निर्णयबाट रोकेर स्थानीय कमिटीसम्म निराशा बढेको उनीहरूको भनाइ छ ।

जेनजी विद्रोहपछि प्रधानमन्त्री निवास बालुवाटारबाट नेपाली सेनाको हेलिकप्टरमार्फत भागेका नेकपा ९एमाले० अध्यक्ष केपी शर्मा ओली हाल गम्भीर राजनीतिक घेराबन्दीमा परेका छन्।

सात दिनसम्म सेनाको ब्यारेकमा शरण लिएर बसेका ओली त्यसपछि नेता महेश बस्नेतको सहयोगमा भक्तपुरको गुन्डुमा डेरामा बसेका छन्। गुन्डुबाटै उनले पार्टी अध्यक्ष पद नछोड्ने र हालको राजनीतिक परिवर्तनलाई नस्विकार गर्ने अडान सार्वजनिक गरेका थिए ।

तर गुन्डुमा नै जारी एमालेको सचिवालय बैठकमा ओलीलाई अध्यक्ष पद छोड्न मात्र दबाब परेको छैन । पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीको पार्टी सदस्यता नवीकरण गर्नु पर्ने दबाब समेत बढेको छ ।

ओलीले भण्डारीलाई एमालेमा आउने ढोका बन्द गर्दै पार्टीका विधानमा रहेको ७० वर्षको उमेर हद र २ पटक मात्र अध्यक्ष बन्न पाउने प्रावधान समेत हटाएर फेरी आफू अध्यक्ष बन्ने बाटो खुलाएका थिए ।

शुक्रवारदेखि सुरु भएको एमालेको सचिवालय बैठकमा अध्यक्ष ओलीमाथि पार्टीभित्रबाट राजीनामाको माग उठेको छ । झन्डै ६ घन्टा चलेको उक्त बैठकमा वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्षहरू अष्टलक्ष्मी शाक्य, युवराज ज्ञवाली, विष्णु पौडेल, सुरेन्द्र पाण्डे, रामबहादुर थापा ‘बादल’, गुरु बराल, महासचिव शङ्कर पोखरेल, र उपमहासचिव प्रदीप ज्ञवालीले धारणा राखेका थिए।

बैठकमा उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले प्रत्यक्ष रूपमा अध्यक्ष ओलीको राजीनामा माग गरेकी थिइन्। ‘युवाहरूको आन्दोलन र विद्रोहको भावनालाई आत्मसात् गर्दै पार्टी पुनर्गठन र नेतृत्व परिवर्तन गर्नुपर्छ,’ शाक्यको भनाइ उद्धृत गर्दै एक नेताले बताए।

युवराज ज्ञवाली र सुरेन्द्र पाण्डेले पनि प्रत्यक्ष रूपमा राजीनामा शब्द प्रयोग नगरे पनि ओलीले ‘मार्ग प्रशस्त गर्नुपर्छ’ भन्ने धारणा राखेका थिए। अर्कातर्फ, ओलीनिकट समूहले भने उपाध्यक्ष शाक्य बाहेक अरू कसैले राजीनामा माग नगरेको दाबी गरेको छ।

महासचिव शङ्कर पोखरेलले अहिले पार्टी सङ्कटको अवस्थामा रहेको भन्दै “नेतृत्व भाग्न हुँदैन, सामना गर्नुपर्छ” भन्ने अडान लिएका छन्। यसबिच, सचिवालय बैठकमा पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीको पार्टी सदस्यता नवीकरणको विषयले पनि नयाँ बहस निम्त्याएको छ।

वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्ष विष्णु पौडेल र रामबहादुर थापा ‘बादल’ले भण्डारीको सदस्यता नवीकरण गर्नुपर्ने प्रस्ताव राखेका छन्। पौडेलले बैठकमा भने, “पूर्व राष्ट्रपतिले पार्टीमा फर्किएर काम गर्न चाहनुहुन्छ भने स्वागत गरौँ।”

पोखरेल र पौडेल दुवैले आगामी केन्द्रीय समिति बैठकले उनको सदस्यता नवीकरणको निर्णय गर्नुपर्ने बताएका छन्। बादलले पनि भण्डारीको सदस्यता रोक्दा पार्टीभित्र मनोवैज्ञानिक विभाजन सिर्जना भएको बताउँदै “अहिले पार्टीभित्र एकता चाहिएको छ, उहाँलाई काम गर्ने मौका दिनुपर्छ” भनेका थिए।

गत साउन ५ र ६ गते बसेको केन्द्रीय समिति बैठकले विद्यादेवी भण्डारीको सदस्यता नवीकरण नगर्ने निर्णय गरेको थियो। त्यस निर्णयको पुनर्विचार गर्नुपर्ने माग पार्टीभित्र बढ्दै गएको छ।

यता, ओलीमाथि एकातिर अध्यक्ष पद छोड्ने दबाब र अर्कातिर आफ्नी निकट सहयोगी पूर्व राष्ट्रपति भण्डारीको सदस्यता नवीकरणको विवादले दोहोरो सङ्कट सिर्जना भएको छ।

स्रोतहरूका अनुसार, सचिवालयका अधिकांश सदस्यले पार्टी पुनर्गठनका लागि नयाँ नेतृत्व आवश्यक भएको निष्कर्ष निकालिरहेका छन्। केहीले त ईश्वर पोखरेललाई कार्यवाहक अध्यक्ष तोकेर पार्टीलाई महाधिवेशनमा लैजाने विकल्पसमेत सुझाएका छन्।

अब पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीका लागि एमालेको ढोका खुल्ने हो कि हैन भन्ने कुरा हेर्नका लागि केन्द्रीय समितिको बैठक कुर्नु पर्ने हुन्छ । यसका लागि एमालेको आगामी केन्द्रीय समिति बैठक निर्णायक हुने देखिएको छ ।

जहाँ ओलीको राजनीतिक भविष्य र विद्यादेवी भण्डारीको पुनः फिर्ती दुवै विषयमा ठोस निर्णय हुने अपेक्षा गरिएको छ।

Tags: #एमाले भित्रै ओली घेराबन्दीमा#विद्यालाई स्वागत गर्न दबाब

लोकप्रीय

मधेसका मुख्यमन्त्री सोनलले आज विश्वासको मत लिँदै

मधेसका मुख्यमन्त्री सोनलले आज विश्वासको मत लिँदै

शनिबार कार्तिक २२ , २०८२
देशभर छैन् कुनै पनि मौसम प्रणालीको प्र भाव

गण्डकी र कोशीमा हल्का वर्षा सहित हिमपातको सम्भावना

शनिबार कार्तिक २२ , २०८२
ब्रेन स्ट्रोकपछि स्वास्थ्य बिग्रँदै गएका पूर्वमन्त्री अफताब आलमको निधन

ब्रेन स्ट्रोकपछि स्वास्थ्य बिग्रँदै गएका पूर्वमन्त्री अफताब आलमको निधन

शनिबार कार्तिक २२ , २०८२

विचार

मधेसका मुख्यमन्त्री सोनलले आज विश्वासको मत लिँदै

मधेसका मुख्यमन्त्री सोनलले आज विश्वासको मत लिँदै

शनिबार कार्तिक २२ , २०८२
देशभर छैन् कुनै पनि मौसम प्रणालीको प्र भाव

गण्डकी र कोशीमा हल्का वर्षा सहित हिमपातको सम्भावना

शनिबार कार्तिक २२ , २०८२
ब्रेन स्ट्रोकपछि स्वास्थ्य बिग्रँदै गएका पूर्वमन्त्री अफताब आलमको निधन

ब्रेन स्ट्रोकपछि स्वास्थ्य बिग्रँदै गएका पूर्वमन्त्री अफताब आलमको निधन

शनिबार कार्तिक २२ , २०८२

थप समाचार

मधेसका मुख्यमन्त्री सोनलले आज विश्वासको मत लिँदै
ताजा समाचार

मधेसका मुख्यमन्त्री सोनलले आज विश्वासको मत लिँदै

शनिबार कार्तिक २२ , २०८२
देशभर छैन् कुनै पनि मौसम प्रणालीको प्र भाव
ताजा समाचार

गण्डकी र कोशीमा हल्का वर्षा सहित हिमपातको सम्भावना

शनिबार कार्तिक २२ , २०८२
ब्रेन स्ट्रोकपछि स्वास्थ्य बिग्रँदै गएका पूर्वमन्त्री अफताब आलमको निधन
ताजा समाचार

ब्रेन स्ट्रोकपछि स्वास्थ्य बिग्रँदै गएका पूर्वमन्त्री अफताब आलमको निधन

शनिबार कार्तिक २२ , २०८२
बिपी र सुवर्णले चलाएको काँग्रेस अब गगन र विश्वको पोल्टामा आउला ?
ताजा समाचार

बिपी र सुवर्णले चलाएको काँग्रेस अब गगन र विश्वको पोल्टामा आउला ?

शुक्रबार कार्तिक २१ , २०८२

भिडियो

Currently Playing

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

00:01:21

सरकारको असफलता: महँगी रोक्न नसक्दा उपभोक्तामाथि थप आघात || Nepal Times

00:13:15

काठमाडौं महानगरको राजस्व असमझदारी र गृहमन्त्री लेखकको विवादित निर्णयले सरकारमाथि दबाब।

00:10:28

सहकारी प्रकरणमा लामिछाने निर्दोषको दाबी र संसद् उपेक्षा गरेकोमा विपक्षीले सरकारलाई कठघरामा उभ्याए।

00:10:47

स्वर्णलक्ष्मी विवादले तातेको अदालत, सार्क ठप्प: लामिछानेमाथि दवाब र भारत-पाक तनाबको कूटनीतिक खेल

00:12:15
Currently Playing

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

00:13:34

किन सधैं अशान्त रहन्छ मध्यपूर्व? कारण र द्वन्द्वको चक्रव्यूह || Nepal Times

00:14:58

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

00:14:15

लाइक,कमेन्ट र सेयर गरे जेल,विधेयक हुबहु पास भए के हुन्छ ?|| Nepal Times

00:14:44

चरीदेखि घैंटे सम्म : डनहरूको इन्काउन्टर कथा|| Nepal Times

00:15:42
Currently Playing

World News:चीनको फुजियान सेवामा, रुसमा हे लिकप्टर दुर्घ टना || Nepal Times

World News:चीनको फुजियान सेवामा, रुसमा हे लिकप्टर दुर्घ टना || Nepal Times

00:19:59

World News: अमेरिकी सरकार ३७ दिनदेखि बन्द,भियतनाममा आँधी,५ हजार वर्ष पूराना भाडा || Nepal Times

00:20:10

World News: मेक्सिकोभित्रै पसेर ट्रम्पले कारबाही गर्ने, राष्ट्रपतिमाथि नै यौन दु*व्र्य*वहार

00:18:03

World News: न्युयोर्कमा ममदानीको जित, म्यान्मारका माफियालाई चीनमा मृ*त्युदण्ड || Nepal Times

00:20:11

World News: मेयरसंग ट्रम्पको टसल, भारतीय अदालतमा नेपालको जेनजी प्रदर्शनको चर्चा || Nepal Times

00:16:38

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

आईजीपी खापुङलाई २४घण्टे स्पष्टीकरण, किन किन कारवाही नगर्ने ?

‘बल प्रयोग गर्न नपाउने हो भने देशमा प्रहरी नराखे हुन्छ’ः आईजी

शुक्रबार कार्तिक २१ , २०८२
सुडान टुक्रिने कमाण्डरको चेतावनी, वेस्ट बैंकमा बुलडोजर

सुडानमा भयानक नरसंहारः अन्तरिक्षबाटै देखियो रगतको आहाल

मङ्लबार कार्तिक १८ , २०८२
ओली र लेखकको स्थानहद र पासपोर्ट रोक्का खुलेन

रवि फेरि चक्रब्युमा,फर्जी पत्र थमाएर जेलबाट कसले निकाल्यो ?

मङ्लबार कार्तिक १८ , २०८२

हालका पोस्टहरू

मधेसका मुख्यमन्त्री सोनलले आज विश्वासको मत लिँदै

मधेसका मुख्यमन्त्री सोनलले आज विश्वासको मत लिँदै

शनिबार कार्तिक २२ , २०८२
देशभर छैन् कुनै पनि मौसम प्रणालीको प्र भाव

गण्डकी र कोशीमा हल्का वर्षा सहित हिमपातको सम्भावना

शनिबार कार्तिक २२ , २०८२
ब्रेन स्ट्रोकपछि स्वास्थ्य बिग्रँदै गएका पूर्वमन्त्री अफताब आलमको निधन

ब्रेन स्ट्रोकपछि स्वास्थ्य बिग्रँदै गएका पूर्वमन्त्री अफताब आलमको निधन

शनिबार कार्तिक २२ , २०८२
सम्पादक
हरिहर नेपाल
प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
७२७-०७४-०७५
9820710515
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.