×

NEPAL TIMES UPDATES

Playing
को हुन् दीपक भट्ट ? ओलीले हुक्र्याए सुदन गुरूङले पद गुमाए || Nepal Times
Apr 23, 2026
Playing
बालेन सरकारका नायक सुधनको अपत्यारिलो बहिर्गमन || Nepal Times
Apr 22, 2026
Playing
गर्भवती असुरक्षित गर्भपतनबाट मृ त्यु, २ डाक्टर प क्रा उ || Nepal Times
Apr 22, 2026
Playing
Watch Top50 News Of The Day || Baishak-09-2083 || Nepal Times
Apr 22, 2026
Playing
नायक सुधन जसले रिलका नायक अनिल कपुरलाई विर्साए, नैतिकता देखाए || Nepal Times
Apr 22, 2026
Playing
को बन्ला नयाँ गृहमन्त्री ? मनिष, कवीन्द्र वा अरु ? || Nepal Times
Apr 22, 2026
Playing
अल नीनोको आशंका बढ्यो, बैज्ञानिकहरुले दिए विश्वलाई चे ताव नी || Nepal Times
Apr 22, 2026
Playing
बालेनले कसरी कमाए सामाजिक सञ्जालबाट १ करोड ४६ लाख ?|| Nepal Times
Apr 22, 2026
Playing
सुधन गुरुङ २६ दिनमै गृह मन्त्रालयबाट बाहिरिए|| Nepal Times
Apr 22, 2026
Playing
World News: होर्मुजमा जहाजमाथि इरानी आ*क्र*मण, ‘ठूलो क्षति’को आंकलन || Nepal Times
Apr 22, 2026

एमाले भित्रै ओली घे रा ब न्दी मा

२५ आश्विन २०८२

२५ असोज , काठमाण्डौ ।

एक महिना अघि मात्र आफ्नो सम्पूर्ण शक्ति लगाएर पार्टीको सक्रिय राजनीतिमा आउन वाट रोक लगाएकी पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीको सदस्यता नवीकरणको मुद्दाले सचिवालय बैठकमा गरमागरम भएपछि अध्यक्ष केपी शर्मा ओलीलाई अप्ठ्यारो परेको छ ।

Advertisement
Advertisement

विद्यालाई एमालेको सक्रिय राजनीतिमा सहभागी गराउने मात्र हैन अध्यक्ष ओलीले पदबाट राजीनामा समेत दिनु पर्छ भन्ने नेताहरूको सङ्ख्या बढेसँगै ओली राजनीतिक घेराबन्दीमा परेका छन् ।

नेकपा एमालेको सचिवालयमा पूर्व राष्ट्रपति एवं पूर्व केन्द्रीय उपाध्यक्ष विद्या भण्डारीको पक्षमा थप नेता खुलेका छन् । शुक्रवार बोल्ने ८ मध्ये ५ पदाधिकारीले भण्डारीको सदस्यता विवादले पार्टीमा अनावश्यक विवाद निम्तिएको तलसम्मका कार्यकर्ता विभाजित भएको भन्दै सदस्यता नवीकरण गर्न सुझाव दिएका थिए ।

सचिवहरू योगेश भट्टराई, गोकर्ण विष्टलगायतका नेताहरू पनि भण्डारीलाई निषेध गर्न नहुने पक्षमा यसअघिबाटै राय राख्दै आएका छन् । उपाध्यक्ष द्वय विष्णु पौडेल र रामबहादुर थापाले पनि भण्डारीलाई पार्टीमा स्वागत गरेर जानुपर्ने पक्षमा देखिएका छन् ।

उपाध्यक्ष अष्टलक्ष्मी शाक्य, गुरु बराल र प्रदीप ज्ञवालीबाहेक सबैले विद्या भण्डारीलाई पार्टी सदस्यता दिनुपर्ने धारणा राखेका छन् । विद्या भण्डारीको सदस्यता रोक्दा पार्टी पंक्तिमा निराशा छाएको, पार्टीको लोकतान्त्रिक चरित्रमा प्रश्न उठेको बताउँदै एमालेका पदाधिकारीहरूले संविधान, पार्टी विधानले नरोकेको कुरा पार्टी निर्णयबाट रोकेर स्थानीय कमिटीसम्म निराशा बढेको उनीहरूको भनाइ छ ।

जेनजी विद्रोहपछि प्रधानमन्त्री निवास बालुवाटारबाट नेपाली सेनाको हेलिकप्टरमार्फत भागेका नेकपा ९एमाले० अध्यक्ष केपी शर्मा ओली हाल गम्भीर राजनीतिक घेराबन्दीमा परेका छन्।

सात दिनसम्म सेनाको ब्यारेकमा शरण लिएर बसेका ओली त्यसपछि नेता महेश बस्नेतको सहयोगमा भक्तपुरको गुन्डुमा डेरामा बसेका छन्। गुन्डुबाटै उनले पार्टी अध्यक्ष पद नछोड्ने र हालको राजनीतिक परिवर्तनलाई नस्विकार गर्ने अडान सार्वजनिक गरेका थिए ।

तर गुन्डुमा नै जारी एमालेको सचिवालय बैठकमा ओलीलाई अध्यक्ष पद छोड्न मात्र दबाब परेको छैन । पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीको पार्टी सदस्यता नवीकरण गर्नु पर्ने दबाब समेत बढेको छ ।

ओलीले भण्डारीलाई एमालेमा आउने ढोका बन्द गर्दै पार्टीका विधानमा रहेको ७० वर्षको उमेर हद र २ पटक मात्र अध्यक्ष बन्न पाउने प्रावधान समेत हटाएर फेरी आफू अध्यक्ष बन्ने बाटो खुलाएका थिए ।

शुक्रवारदेखि सुरु भएको एमालेको सचिवालय बैठकमा अध्यक्ष ओलीमाथि पार्टीभित्रबाट राजीनामाको माग उठेको छ । झन्डै ६ घन्टा चलेको उक्त बैठकमा वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्षहरू अष्टलक्ष्मी शाक्य, युवराज ज्ञवाली, विष्णु पौडेल, सुरेन्द्र पाण्डे, रामबहादुर थापा ‘बादल’, गुरु बराल, महासचिव शङ्कर पोखरेल, र उपमहासचिव प्रदीप ज्ञवालीले धारणा राखेका थिए।

बैठकमा उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले प्रत्यक्ष रूपमा अध्यक्ष ओलीको राजीनामा माग गरेकी थिइन्। ‘युवाहरूको आन्दोलन र विद्रोहको भावनालाई आत्मसात् गर्दै पार्टी पुनर्गठन र नेतृत्व परिवर्तन गर्नुपर्छ,’ शाक्यको भनाइ उद्धृत गर्दै एक नेताले बताए।

युवराज ज्ञवाली र सुरेन्द्र पाण्डेले पनि प्रत्यक्ष रूपमा राजीनामा शब्द प्रयोग नगरे पनि ओलीले ‘मार्ग प्रशस्त गर्नुपर्छ’ भन्ने धारणा राखेका थिए। अर्कातर्फ, ओलीनिकट समूहले भने उपाध्यक्ष शाक्य बाहेक अरू कसैले राजीनामा माग नगरेको दाबी गरेको छ।

महासचिव शङ्कर पोखरेलले अहिले पार्टी सङ्कटको अवस्थामा रहेको भन्दै “नेतृत्व भाग्न हुँदैन, सामना गर्नुपर्छ” भन्ने अडान लिएका छन्। यसबिच, सचिवालय बैठकमा पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीको पार्टी सदस्यता नवीकरणको विषयले पनि नयाँ बहस निम्त्याएको छ।

वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्ष विष्णु पौडेल र रामबहादुर थापा ‘बादल’ले भण्डारीको सदस्यता नवीकरण गर्नुपर्ने प्रस्ताव राखेका छन्। पौडेलले बैठकमा भने, “पूर्व राष्ट्रपतिले पार्टीमा फर्किएर काम गर्न चाहनुहुन्छ भने स्वागत गरौँ।”

पोखरेल र पौडेल दुवैले आगामी केन्द्रीय समिति बैठकले उनको सदस्यता नवीकरणको निर्णय गर्नुपर्ने बताएका छन्। बादलले पनि भण्डारीको सदस्यता रोक्दा पार्टीभित्र मनोवैज्ञानिक विभाजन सिर्जना भएको बताउँदै “अहिले पार्टीभित्र एकता चाहिएको छ, उहाँलाई काम गर्ने मौका दिनुपर्छ” भनेका थिए।

गत साउन ५ र ६ गते बसेको केन्द्रीय समिति बैठकले विद्यादेवी भण्डारीको सदस्यता नवीकरण नगर्ने निर्णय गरेको थियो। त्यस निर्णयको पुनर्विचार गर्नुपर्ने माग पार्टीभित्र बढ्दै गएको छ।

यता, ओलीमाथि एकातिर अध्यक्ष पद छोड्ने दबाब र अर्कातिर आफ्नी निकट सहयोगी पूर्व राष्ट्रपति भण्डारीको सदस्यता नवीकरणको विवादले दोहोरो सङ्कट सिर्जना भएको छ।

स्रोतहरूका अनुसार, सचिवालयका अधिकांश सदस्यले पार्टी पुनर्गठनका लागि नयाँ नेतृत्व आवश्यक भएको निष्कर्ष निकालिरहेका छन्। केहीले त ईश्वर पोखरेललाई कार्यवाहक अध्यक्ष तोकेर पार्टीलाई महाधिवेशनमा लैजाने विकल्पसमेत सुझाएका छन्।

अब पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीका लागि एमालेको ढोका खुल्ने हो कि हैन भन्ने कुरा हेर्नका लागि केन्द्रीय समितिको बैठक कुर्नु पर्ने हुन्छ । यसका लागि एमालेको आगामी केन्द्रीय समिति बैठक निर्णायक हुने देखिएको छ ।

जहाँ ओलीको राजनीतिक भविष्य र विद्यादेवी भण्डारीको पुनः फिर्ती दुवै विषयमा ठोस निर्णय हुने अपेक्षा गरिएको छ।

Advertisement

भर्खरको समाचार

सुधन गुरुङले देखाए नैतिकता, आरोपकै कारण दिए राजीनामा

sudhangurung30320261029351000x0-1775222839

गृहमन्त्री सुधन गुरुङले दिए राजीनामा

b50ca935-e218-4b61-b637-facd118a9d76

बालेनले कसरी कमाए सामाजिक सञ्जालबाट १ करोड ४६ लाख ?

666707698_875077882223921_4422618132601218086_n

काठमाण्डौआएका अमेरिकी मन्त्रीले बालेनलाई भेटेनन्, तीन दिन के गरे ?

0a03b400-ca0e-429c-9985-e9aeed50e92d

इरानसँग अझै घातक हतियारहरू सुरक्षित, भान्सको पाकिस्तान भ्रमण रद्द

iran-flag_TkC5X0MaQr

ट्रम्पले युद्धविराम लम्ब्याए, नाकाबन्दी जारी, ८ महिला रिहा गर्न गुहार

250126-donald-trump-236p-09e14b

इरानयुद्धको विरोध गर्ने ६२ पूर्व अमेरिकी सैनिक परिवारसहित पक्राउ

islamabadtalks-1775911434-1775912162

सुशासनको जगमा बनेको सरकारमाथि नै सुशासनको प्रश्न?

666707698_875077882223921_4422618132601218086_n

‘राज्यले जनतालाई न्याँक्ने र घोक्रयाइमुन्ट्याइ गर्ने होइन’,गृहमन्त्रीको राजीनामा उत्तम

harka-sampang-samsad (1)

३९ विशेषतासहितको नयाँ स्मार्ट लाइसेन्स

Security Printing Press_Driving Licence Printing_ (4).jpg

सम्बन्धित खबरहरु

Scroll to Top