×

NEPAL TIMES UPDATES

Playing
पिताको अनुपस्थितिले जिन्दगीमा रित्तोपन ल्याउँछः बालेन
Mar 13, 2026
Playing
पुटिनसँग किन लम्पसार परे ट्रम्प, हरेक दाउ ट्रम्पका लागि घातक|| Nepal Times
Mar 13, 2026
Playing
कम्बोडियामा अनलाईन स्क्यामिङमा फसेका नेपालीको उद्धार || Nepal Times
Mar 13, 2026
Playing
रास्वपा,कांग्रेस र एमालेबाट को–को बन्दैछन् समानुपातिक सांसद ? || Nepal Times
Mar 13, 2026
Playing
कहाँ बस्छन् बालेन सरकारका मन्त्री, यस्तो छ मन्त्री निवासको अवस्था || Nepal Times
Mar 13, 2026
Playing
World News: दुबईमा खस्यो ड्रो*न,Americaलाई UAEले पनि पत्याएन, हर्मुज नखुल्ने|| Nepal Times
Mar 13, 2026
Playing
बालेनका लागि रास्वपाले विधान नै फेर्ने, के छ अवरोध ? || Nepal Times
Mar 13, 2026
Playing
लौरो टेकेका बालेनको घण्टी बजाउँदै सिंहदरबार यात्राःआशाको अग्निप रीक्षा|| Nepal Times
Mar 13, 2026
Playing
इरानले दियो जवाफ, अमेरिकी यूएसएस अब्राहम लिंकनमाथि ह म ला || Nepal Times
Mar 13, 2026
Playing
Top 15 Afternoon News || March-13-2026 || Nepal Times
Mar 13, 2026

पेनाल्टीमा फेरि चुके रोनाल्डो, बनाए पेनाल्टी मिस गर्ने नयाँ रेकर्ड

२६ आश्विन २०८२

२६ असोज , काठमाण्डौ ।

दुई महिनाअघि भएको दुर्घटनामा डिएगो जोटाको निधन भएपछि पहिलो पटक आफ्नै घरेलु मैदानमा खेलेको पोर्चुगलले शनिबार राति आयरल्यान्डलाई १–० ले हराउँदै भावनात्मक जित हासिल गरेको छ ।

विश्वकप छनोटको युरोपेली क्षेत्र समूह ‘एफ’को खेलमा पोर्चुगलले सुरुदेखि अन्त्यसम्म खेलमा प्रभुत्व जमायो । ७० प्रतिशत बल पजेसन राख्दै ३० वटा शट हाने, जसमा ६ लक्षित थिए । तर, गोलको बाटो खुल्न निकै ढिलो भयो ।

खेलमा धेरै अवसर सिर्जना भए पनि पोर्चुगलले गोल गर्न सकेन । कप्तान क्रिस्टियानो रोनाल्डो पनि खासै प्रभावशाली देखिएनन् । उल्टै दोस्रो हाफमा पाएको पेनाल्टी मिस गरेर उनी केही समयका लागि खलनायक बने ।

७५औं मिनेटमा पोर्चुगलले पेनाल्टी पायो । रोनाल्डोले गोलरक्षक कोइभिन केलेहरलाई विपरीत दिशामा पठाएका थिए । तर, आयरिस गोलरक्षकले अन्तिम क्षणमा खुट्टा उठाएर बल रोक्दै सानदार बचाउ गरे ।

यो पेनाल्टी मिससँगै रोनाल्डोले फुटबल इतिहासमा सबैभन्दा धेरै पेनाल्टी मिस गर्ने नयाँ रेकर्ड बनाए । यद्यपि, सबैभन्दा धेरै पेनाल्टी लिनेको कीर्तिमान पनि उनको नाममै छ ।

खेल निर्धारित ९० मिनेटसम्म गोलरहित रह्यो । तर, इन्जुरी समयको पहिलो मिनेटमा रुबेन नेभेस नायक बने । दिवंगत साथी जोटाको २१ नम्बरको जर्सी लगाएर मैदानमा उत्रिएका अल हिलालका यी मिडफिल्डरले हेडरमार्फत निर्णायक गोल गरे ।

यस जितसँगै पोर्चुगलले विश्वकप छनोटको तीनै खेल जित्दै पूर्ण ९ अंकसहित समूह ‘एफ’को शीर्ष स्थान कायम राखेको छ । दोस्रो स्थानमा रहेको हंगेरीले समान खेलबाट ४ अंक जोडेको छ ।

यता रोनाल्डोले पेनाल्टी मिस गर्दा धेरैलाई सन् २०२५ मा अर्जेन्टिनी कप्तान लिओनेल मेसीसँगको तुलना गर्न बाध्य बनायो । यो रोनाल्डो यस वर्षको तेस्रो पेनाल्टी मिस हो। यसका विपरीत मेसीले सन् २०२५ मा एक मात्र पेनाल्टी मिस गरेका छन् ।

साउदी क्लब अल– नसारका कप्तानसमेत रहेका रोनाल्डोले यसअघि साउदी प्रो–लिगमा रेद ओजायबीविरुद्ध २–० जितमा पेनाल्टीमा गोल गर्न असफल भएका थिए । युइएफए नेसन्स लिगमा डेनमार्कविरुद्धको ५–२ जितमा पनि गोल गर्न सकेनन् ।

मेसीको एक मात्र पेनाल्टी मिस भने इन्टर मायामीको चार्लट एफसीविरुद्धको ३–० हारमा भएको थियो । यस वर्ष मेसीले तीनमध्ये दुई पेनाल्टीमा सफलतापूर्वक गोल गरेका छन् ।

रोनाल्डोले ११ पेनाल्टीमध्ये ८ मा गोल गरेका छन् । यता इन्टर मायामीका कप्तान लिओनल मेसीले दुई गोल र एक असिस्ट गर्दै आइतबार बिहान एटलान्टा युनाइटेडमाथि ४–० को फराकिलो जित दिलाएका छन् ।

यस जितसँगै इन्टर मायामीले प्लेअफको पहिलो चरणका लागि होम–फिल्ड एडभान्टेज सुनिश्चित गरेको छ । खेलको ३९औं मिनेटमा बाल्तासार रोड्रिग्वेजको पासमा मेसीले पहिलो गोल गर्दै मायामीलाई अग्रता दिलाए ।

त्यसपछि दोस्रो हाफ सुरु भएको सात मिनेटमै जोर्डी आल्बाले दोस्रो गोल गरे । ३६ वर्षीय स्पेनी डिफेन्डर आल्बाले यसअघि नै सिजनको अन्त्यसँगै सन्न्यास लिने घोषणा गरेका छन् ।

क्लबले उनको अन्तिम घरेलु खेलमा बिदाई समारोहको आयोजना पनि ग¥यो । मेसीले आल्बाको गोलमा असिस्ट दिँदै आफ्नो १८औं असिस्ट पूरा गरे । योसँगै उनले सान डिएगो एफसीका एन्डर्स ड्रेयरसँग लिगको असिस्ट सूचीमा बराबरीमा गरेका छन् ।

६१औं मिनेटमा लुइस सुआरेजले गोल गर्दै स्कोरलाई ३–० पु¥याए । त्यसपछि खेलको ८१औं मिनेटमा आल्बाको पासमा मेसीले दोस्रोपटक जाली चुमाउँदै स्कोरलाई ४–० बनाए ।

यो मेसीको सिजनको २६औं गोल हो, जसले उनलाई लस एन्जलस एफसीका डेनिस बुआङ्गा भन्दा दुई गोल र न्यासभिलका स्याम सर्जभन्दा तीन गोलले अघि राखेको छ। नियमित सिजनमा अब एक मात्र खेल बाँकी छ ।

मेसीको यस सिजनमा कुल ४४ गोल योगदान (२६ गोल र १८ असिस्ट) पुगेको छ, जुन मेजर लिग सकर लिग इतिहासमा दोस्रो सर्वाधिक हो । यसअघि २०१९ मा एलएएफसीका कार्लोस भेलाले ४९ योगदान (३४ गोल र १५ असिस्ट) गर्दै रेकर्ड बनाएका थिए ।

इन्टर मायामीका गोलकिपर रोको रियस नोभोले तीन बचाउ गर्दै यस सिजनको तेस्रो क्लिन सिट कायम गरे। यस जितपछि इन्टर मायामी र एफसी सिनसिनाटी दुवैको अंक संख्या ६२ पुगेको छ, जसले पूर्वी सम्मेलनको दोस्रो स्थानका लागि प्रतिस्पर्धा अझ रोचक बनाएको छ ।

मायामीले अब नियमित सिजनको अन्तिम खेल न्यासभिल एससीविरुद्ध खेल्नेछ ।

भर्खरको समाचार

बादल मुछिएको ज्यानमुद्दामा अनुसन्धान गर्न सर्वोच्चको परमादेश

bed81832-fed9-4125-851f-e509c507d70c

कोमामा रहेका भनिएका खामेनीले रगतको बदला लिने,होर्मुज’को अवरोध नखुल्ने

trump khameni missiel

बालेन क्याबिनेट कस्तो हुनेछ ? मन्त्री बालेनले छान्ने रविसँग परामर्श

balen rabi rasopa team

आज यी क्षेत्रमा मेघगर्जन र चट्याङसहित वर्षा हुने

mausam

क्यालिफोर्निया इरानको राडारमा, इरानमा अहिलेसम्म के–के भयो?

MixCollage-12-Mar-2026-08-27-AM-2238

सुर्खेतकी इनिशाको निर्मला, निरुकै जस्तो नियति, खोई अपराधी ?

Untitled design

इतिहासकै सबैभन्दा लज्जास्पद निर्वाचन नतिजापछि बोले ओली

kp oli sad

इरानले होर्मुजमा धराप थाप्यो, कसरी आउँछन् इन्धन जहाज ?

Screenshot 2026-03-12 085015

बालेनको अब हिँड्ने बाटो, अवसरसँगै परीक्षा

balen rabi rasopa team

इरान युद्ध लम्बिएपछि ट्रम्पका सल्लाहकारले मागे युद्धको ‘एक्जिट प्लान’

trump khameni missiel

सम्बन्धित खबरहरु

Scroll to Top