×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

टीओबी टिसर्टले सुदनलाई तनाव, के भने ?

२६ आश्विन २०८२

२६ असोज , काठमाण्डौ ।

सामाजिक संजालमा ‘फ्रि तिब्बत’ संग आफू र आफ्नो संस्थालाई जोडेर उठाइएका प्रश्नसँगै आलोचना बढेपछि ‘हामी नेपाल’ संस्थाका संयोजक सुदन गुरुङले यसबारे प्रष्टीकरण दिएका छन् ।

Advertisement
Advertisement

उनले आफ्नो समूहलाई विदेशी शक्ति र ‘फ्रि तिब्बत’ आन्दोलनसँग जोडेर बदनाम गर्न खोजिएको भन्दै यस्तो भ्रममा नपर्न आग्रह गरेका छन् । हालैको जेनजी आन्दोलनका क्रममा केही युवाले लगाएको कालो टिसर्टमा ‘टीओबी’ लेखिएको तस्बिर÷भिडिओ सामाजिक सञ्जालमा भाइरल गराइएको छ ।

टीओबीको पूर्ण रूप द ओरिजिनिल ब्रदर्स हो । यो बाइकर्स ग्रुप हो । उनीहरूले विभिन्न स्थानमा दान तथा सामाजिक काम गर्ने गरेका छन् । सुरुमा उनीहरूको नाम ’टिबेटियन ओरिजिनल ब्लड’ थियो ।

त्यो ‘टीओबी’समूहमा आफू र आफ्नो संस्थालाई जोडेर समाजमा भ्रम फैलाउन खोजिएको भन्दै गुरुङले भिडिओ सन्देश जारी गरी स्पष्टीकरण दिएका छन् ।
‘अबचाहिँ अत्ति नै भयो । यो खुट्टा तान्ने प्रवृत्ति हाम्रो नेपाली समाजबाट कहिले हट्ने भएन । अहिले फेरि नयाँ ट्रेन्ड आएको छ । साइबर सेनाको टीओबीसँग हामीलाई बदनाम गर्न । ..फेरि मान्छेहरूले पत्याइरहेका छन् । ए यस्तो रे, उस्तो रे । हामी कतिसँग लड्ने? नेतासँग लड्ने कि भ्रष्टाचारविरुद्ध लड्ने कि? यो यो फेक न्युजविरुद्ध लड्ने कि? हाम्रो टिम मिलाउन लड्ने कि? कति कुरामा चाहिँ हामी लड्नुपर्ने’, उनले भनेका छन्, ‘मलाई देखाउनुप¥यो कि त्यो भिडिओमा मचाहिँ कहाँ छु? मैले बोलाएको हो भने त्यो प्रुफ कहाँ छ?..त्यो भिडिओमा त देखिँदैन त? अनि यसलाई हामीले बोलाएको भनेर साइबर सेनाको नयाँ स्टाइल! हामी फेरि पत्याइदिने! हामी पढेलेखेका छैनौँ? सत्य र असत्य, झुट हामी पहिचान गर्न सक्दैनौँ? यसो बुझ्न सकिन्छ नि हैन? यसमा त यो मान्छे छैन, किन यिनीहरूले यस्तो गरेको होला? भनेर बुझ्न त सक्छौँ नि, हामी त पढेलेखेका मान्छे छौँ’ भन्दै उनले प्रष्टीकरण दिएका हुन् ।

यता जेनजी २.० ले संगठनलाई व्यवस्थित बनाउन विभिन्न विभागहरु सार्वजनिक गरेको छ । शनिबार काठमाडौंमा भएको पत्रकार सम्मेलनमा जेनजीको बदनाम नर्गन पनि उनीहरुले चेतावनीसमेत दिएका छन् ।

जेनजी २.०का प्रवक्ता अविन लिम्बूले जेनजीका नाममा विभिन्न राजदूतावासहरुमा गएर मन्त्री तथा पदहरु मगेर जेनजीको मर्म र भावनालाई बदनाम गरिएको आरोप लगाएका छन् ।

लिम्बुले सार्वजनिक गरेको जेनजी सदस्य सचिवमा कुन्दन कुशवाहा, प्रवक्ता तथा वार्ता समिति प्रमुखमा अविन लिम्बु, विज्ञ टोली प्रमुखमा पूर्व आइजीपी सर्बेन्द्र खनाल, जनसम्पर्क विभागमा त्रिदेव भट्टराई, घाईते योद्धा तथा शहीद परिवार समन्वय विभागमा संजय पौडेल, भ्रष्टाचार निर्मुल तथा नियन्तरण विभागमा प्रज्वल लामा र सिताराम राई, प्रचारप्रसार विभागमा विजय पराजुली, सचिवालय परिचालनमा रविनकुमार साह रहेका छन् ।

जेनजी २.० ले तत्कालीन प्रधानमन्त्री केपी ओली र गृहमन्त्री रमेश लेखकलाई गिरफ्तार गरेर कानूनी दायरामा ल्याउनुपर्ने, भ्रष्टाचारमा शुन्य सहनशीलता, जेनजी पुस्ताहरु एक हुनुपर्ने, प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुखको व्यवस्था, अन्तरिम संविधान जारी गर्नुपर्ने, एनजीओ तथा आइएनजीओहरु खारेज गर्नुपर्ने मुख्य मुद्दाहरु रहेको र सो पूरा नभए फागुन २१ गते घोषित निर्वाचन नै विथोल्ने चेतावनी दिएको छ ।

यता शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले पनि जेनजीसहित राष्ट्रलाई माया गर्ने सम्पूर्ण नेपालीलाई खुट्टा तानातान र गुटबन्दी नगर्न अपिल गरेका छन् । रणबहादुर शाह पालादेखिका इतिहास सुनाउँदै मन्त्री पुनले एकआपसमा झगडा गर्दा देशलाई फाइदा होइन, नोक्सान मात्रै हुने चेतावनी दिएका छन् ।

‘राष्ट्रिय हितको लागि गुटबन्दी र खुट्टा तानातान गरेर फाइदा होइन नि, झनै धेरै नोक्सान हुन्छ’, मन्त्री पुनले आइतबार बिहान सामाजिक सञ्जालमार्फत भनेका छन्, ‘त्यसैले अहिलेको परिप्रेक्ष्यमा देश विकास र सार्वभौमसत्ताको रक्षाको लागि गुटबन्दी नगरौँ भन्ने मेरो अनुरोध जेनजीसहित सम्पूर्ण राष्ट्रलाई माया गर्ने नेपालीहरूलाई अनुरोध छ। गुटबन्दी र खुट्टा तानातान गरÞ्यो भने कसलाई फाइदा हुने रहेछ भन्ने कुरा तलको इतिहासको पानाबाट पनि सिकौँ।’ उनले अगाडि लेखेका छन्, नाबालक राजा रणबहादुर शाहको प्रतिनिधि कसले गर्ने भनेर सुरु भएको गुटबन्दी र खुट्टा तानातान गीर्वाण युद्धविक्रम र राजेन्द्रविक्रम शाहको पालासम्म आइपुग्दा चरम विन्दुमा पुगिसकेको थियो। त्यसैको परिणामस्वरूप नेपाली जनताले १०४ वर्षसम्म निरकुंश राणातन्त्र बेहोर्नुपरÞ्यो ।

राणातन्त्र सुरु भएपछि प्रधानमन्त्री वीरशमशेरकै पालादेखि गुटबन्दी सुरु भयो। उनीहरूले राणा खलकलाई नै क वर्ग, ख वर्ग, ग वर्गका राणाहरूमा वर्गीकरण गरेर गुटबन्दी सुरु गरे र एउटा गुटले अर्को गुटको खुट्टा तानातान गरे।

त्यसरी उनीहरू कमजोर भएर २००७ सालमा जनक्रान्तिद्वारा हटाइए । २००७ सालमा प्रजातन्त्रको घोषणा भए पनि २०१५ सालसम्म संसदीय चुनाव हुन सकेन। त्यसको खास कारण त्यतिबेला जन्मेका र जन्मँदैगरेका राजनैतिक दलहरूको बिचमा खुट्टा तानातान भयो।

फलस्वरूप राजा महेन्द्रले चुनाव नगराउन आलटाल गर्ने आधार पाए। अनि धेरै नै ढिलो भए पनि २०१५ सालमा आम चुनाव गरेर गठन भएको बहुमतको सरकारलाई विघटन गरेर पञ्चायती व्यवस्था ल्याउने अवसर पाए।

त्यो अवसरको सिर्जना त्यति बेलाको राजतैनिक समूहबिचको गुटबन्दी र खुट्टा तानातानको प्रवृत्तिले सिर्जना गरेको थियो । २०१७ सालदेखि २०४६ सालसम्मको इतिहास हेर्ने हो भने पञ्चायती शासनभित्र राजनैतिक दलहरू नभए पनि विभिन्न गुटहरू थिए।

सूर्यबहादुर थापा गुट, लोकेन्द्रबहादुर चन्द गुट, मरिचमान सिंह गुटजस्ता धेरै गुटहरू थिए र आपसमा खुट्टा तानातान गर्थे। अनि राजखलक भित्र पनि भूमिगत गिरोह भनेर चिनिने गुटहरू थिए र राजा वीरेन्द्रको कदमलाई असफल पार्ने चालबाजी खेल्थे।

त्यही कारणले गर्दा पञ्चायती व्यवस्था कमजोर भयो र २०४६ सालको आन्दोलनमा ढल्यो । २०४६ सालदेखि २०८२ सालको अचानक विस्फोटन भएको जेनजी आन्दोलन सुरु भएको दिनसम्मको इतिहास निष्पक्ष भएर विश्लेषण गरौँ र गर्नुहोस्।

लोकतन्त्र आएपछि जेनजी आन्दोलन सुरु हुँदासम्म राजनैतिक पार्टीहरूबिच चरम आन्तरिक गुटबन्दी र खुट्टा तानातान भएको कुरा सबैलाई थाहा छ। त्यसैको परिणामस्वरूप जेनजीहरू र आम जनताहरू मिलेर विस्फोटनस्वरूप आन्दोलन गरेको हो।

आन्दोलन जेनजीहरूले सुरुवात गरेको भए तापनि आम जनताले सहयोग गरेका छन्। किनभने जनता चरम भ्रष्टाचार र राजनैतिक गुटबन्दीले गर्दा देश बर्बाद भएको देख्न नसकेर चरम आक्रोशित भएका थिए ।

उनी लेख्छन्, यो माथिको इतिहास हेरेर जेन–जीहरुले पाठ सिक्न अनुरोध छ। तपाईंहरू भनेको एउटा निश्चित उमेरको युवाहरूको समूह हो। तपाईंहरूको राजनितिक संगठन छैन। तपाईंहरूले देशमा सुशासन ल्याउन चाहनुहुन्छ र भ्रष्टाचार निर्मूल पार्न चाहनुहुन्छ। अनि तपाईंहरूले नेपाललाई एउटा समृद्ध देश बनाउने सपना देख्नुभएको छ। यो सपना पूरा गर्नका लागि तपाईंहरूमा एकताको अत्यन्तै खाँचो देखेको छु। किनभने तपाईंहरूबिचमा पनि गुटबन्दी र खुट्टा तानातान गर्ने प्रवृत्ति हावी हुँदै छ। मातृभूमिको अस्तित्वको लागि म विनम्र अनुरोध गर्दछु कि नेपालमा गुटबन्दी र खुट्टा तानातानको इतिहास नदोहरÞ्याउनुहोस् ।

Advertisement

भर्खरको समाचार

तोडिएको होइन , २०८२ मा बनेको म ,बागमतीको किनारमा पुनर्जन्म

cdf68ebd-07f4-4c70-8984-ee648beb9fe2

इरानले ५ वर्ष आणविक परियोजना रोक्ने, अमेरिका भन्छ २० वर्ष

iran america

पोप लियोलाई गाली गरेपछि ट्रम्प ‘यशु’ बने….

DonaldTrumpimpeached_20191219095801

शिक्षामन्त्रीको २४ करोडको सम्पत्ति इमान्दारको कमाइ, छ्रैन कुनै डर

Screenshot 2026-04-14 083430

आफ्नै रुपमा उत्रिए ट्रपः होर्मुजमा जहाज गए ‘ध्वस्त’ पारिदिने

GettyImages_1191715388

नव वर्ष २०८३ प्रारम्भ, कसरी सुरु भयो नयाँ वर्ष ?

670917966_952821104004574_2755406620104523389_n

हजारौं गीत गाएर अस्थाइन् आशा भोसले

thumb

राष्ट्रपतिले किन रोकिरहेका छन् ओमप्रकाश अर्यालको नियुक्ति ?

823b3005-f7a7-4b8c-b72b-d383aa8b76fc

श्रम मन्त्री बर्खास्तमा परेपछि पत्नीले दिइन स्पष्टीकरण

Shram-Mantri-e1775540134843-768x509

अमेरिकी सेना आराम गरिरहेका छन्, इरानको हात ‘ट्रिगर’ मै छ

donald_trump

सम्बन्धित खबरहरु

Scroll to Top