×

NEPAL TIMES UPDATES

Playing
चीनको ‘कायाकल्प’ र ‘मेक अमेरिका’ सँगसँगै बढ्ने, सीलाई निम्ता|| Nepal Times
May 14, 2026
Playing
विश्वकप फुटबलको तालिका के छ ?नेपालबाट कति बजे हेर्ने ?|| Nepal Times
May 14, 2026
Playing
Watch Top50 News Of The Day || Baisakh-31-2083 || Nepal Times
May 14, 2026
Playing
नीति तथा कार्यक्रम ः विपक्षी सांसद्ले आलोचना गरे, सत्तारुढले बचाऊ|| Nepal Times
May 14, 2026
Playing
सरकारदेखि आफ्नै पार्टीकालाई गगनको चेतावनी, किन रिसाए ? || Nepal Times
May 14, 2026
Playing
ट्रम्प–सी बैठक २ घन्टामा सकियो, के के भयो छलफल ? || Nepal Times
May 14, 2026
Playing
कर्मचारी र विद्यार्थी राजनीति अन्त्य गर्ने सरकारी निर्णयमा न्यायपालिकाको ब्रेक|| Nepal Times
May 14, 2026
Playing
World News: बेइजिङ वार्ताः सहकार्यसँगै द्व*न्द्वको चेतावनी, नेतन्याहुको UAEमा गोप्य भ्रमण
May 14, 2026
Playing
सुकुम्बासीको मुद्यामा बालेन घेरिए, अब घर भाडा दिने|| Nepal Times
May 14, 2026
Playing
बिरामी हुँदा पनि संसद् पुग्ने प्रधानमन्त्रीको इतिहास || Nepal Times
May 14, 2026

आज एमाले बैठकमा महाधिवेशनको मिति प्रस्ताव होेला ?

२६ आश्विन २०८२

२६ असोज , काठमाण्डौ ।

जेनजी विद्रोहले राजनीतिक उथलपुथल पार्दा नेतृत्व परिवर्तनसहित नयाँ शिराबाट पुनर्गठन, त्यसका लागि यथासिघ्र महाधिवेशन वा विशेष महाधिवेशनको माग अहिले सबै राजनीतिक दलहरुमा बढेको छ ।

Advertisement
Advertisement

खासगरी ठूला राजनीतिक दलमा जति जबर्जस्त यो माग उठिरहेको छ, त्यसको सम्बोधन गर्न शीर्ष नेता वा संस्थापन पक्षलाई त्यति नै सकस परिरहेको देखिएको छ । नेपाली काँग्रेसमा आगामी महाधिवेशन ढिलोचाँडो भएपनि सभापतिमा शेरबहादुर देउवा फेरि नउठ्ने पक्का नै छ ।

यद्यपि माग बमोजिम अहिलेनै नेतृत्व छाड्न वा महाधिवेशनमा जान पनि देउवा केही हिच्किचाई रहेका छन् । यता नेकपा एमालेमा भने केपी शर्मा ओलीले अध्यक्ष अझै नछाड्ने अडान राखिरहेकै छन् ।

उनका जबसम्म सक्छु लड्छु, नसकेका दिन छाड्छु भन्ने अभिब्यक्तिले र उनका निकटतमहरुले पनि अहिले ओलीको विकल्प छैन भन्दै जारी राखेको समर्थनले पार्टी पुनर्गठन हुने सम्भावना कमजोर नै देखिन्छ ।

यद्यपि पार्टीभित्र महाधिवेशनका लागि आवाज घनिभूतरुपमा सुनिन थालेको छ । यसबीच आज एमालेको सचिवालय बैठक बस्दै छ । हिजैका निम्ति निर्धारित बैठक पार्टी अध्यक्ष ओली अस्वस्थ भएको भन्दै स्थगन गरिएको थियो ।

बैठक अहिले ११ बजे बस्ने पार्टी कार्यालयका सचिव डा. भीष्म अधिकारीले जानकारी दिएका छन् । एमाले सचिवालय बैठक शुक्रबार पनि बसेको थियो । भक्तपुरको गुन्डुमा बसेको सचिवालय बैठकको पहिलो दिन नेताहरूले पार्टी पुनर्गठनको विषय उठाउँदै अध्यक्ष ओलीलाई मार्गप्रशस्त गर्न सुझाव दिएका थिए ।

बैठकमा उपाध्यक्ष अष्टलक्ष्मी शाक्य, वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्ष युवराज ज्ञवाली र सुरेन्द्र पाण्डेले ओलीलाई मार्गप्रशस्त गर्न आग्रह गरेका थिए । बैठकमा पार्टी पुनर्गठन, संसद् पुनस्र्थापना कि निर्वाचन भन्ने विषयमा नेताहरूले धारणा राखेका थिए । के गर्ने भन्ने निष्कर्ष निस्किसकेको छैन ।

अब आज सचिवालय बैठकबाट पार्टी महाधिवेशनको मिति प्रस्ताव गरिने बताइएको छ । पार्टीको महाधिवेशन आउँदो मंसिर अन्तिममा वा पुसको सुरुमा गर्नेे गरी प्रस्ताव गरिने सम्भावना छ । महाधिवेशनको मिति केन्द्रीय कमिटीले तोक्नेछ ।

एमालेको केन्द्रीय कमिटी बैठक यही असोज २९ देखि ३१ गतेसम्मका निम्ति बोलाइएको छ । यता सभापति शेरबहादुर देउवालाई हटाउन विशेष महाधिवेशन माग्दै काँग्रेसका इतर पक्षले थालेको हस्ताक्षर अभियानमा ५० प्रतिशत भन्दा धेरै महाधिवेशन प्रतिनिधिले हस्ताक्षर गरेका छन् ।

यद्यपि, संस्थापन पक्षले हस्ताक्षरप्रति केही प्रश्न उठाएको छ । कांग्रेसको १४ औँ महाधिवेशनमा ४७ सय ४३ महाधिवेशन प्रतिनिधि थिए । त्यसमध्ये ५० प्रतिशत भन्दा धेरैले विशेष महाधिवेशनको पक्षमा हस्ताक्षर गरेको केन्द्रीय सदस्य अजयबाबु शिवाकोटीले दाबी गरेका छन् ।

उनले भोलिबाट सुरु हुने केन्द्रीय समिति बैठकले महाधिवेशनको मिति तोक्ने बताए । उनले महाधिवेशन र पार्टीमा रूपान्तरण नचाहेकाहरूले सङ्कलित हस्ताक्षर अभियानको वैधतामाथि प्रश्न उठाएको आरोप पनि लगाएका छन् ।

केन्द्रीय कार्यसमितिले आवश्यक ठानेमा वा केन्द्रीय महाधिवेशनका चालीस प्रतिशत सदस्यहरूले केन्द्रीय महाधिवेशनको बैठक बोलाउन विशेष कारण खुलाई केन्द्र समक्ष लिखित अनुरोध गरेमा निवेदन परेको तीन महिनाभित्रमा विशेष केन्द्रीय महाधिवेशन बोलाउनुपर्ने उल्लेख छ ।

विधानमा भनिएको छ, ‘केन्द्रीय महाधिवेशनको एक महिना अगाडि केन्द्रीय महाधिवेशनका प्रतिनिधिले आ–आफ्नो जिल्लामार्फत केन्द्रीय महाधिवेशनमा प्रस्तुत गरिने प्रस्ताव केन्द्रमा बुझाउनु पर्नेछ ।’

इतर पक्षका नेता गुरुराज घिमिरेसहित १०९ नेताहरूले असोज ६ गतेबाट विशेष महाधिवेशन माग्दै हस्ताक्षर सङ्कलन थालेका थिए । यद्यपि, नेताहरूको जोड नियमित महाधिवेशनमा छ ।

अहिलेको कार्यसमितिको म्याद मंसिरमा नै सकिने भएकाले कार्यकाल नथपी महाधिवेशन गर्नुपर्ने पक्षमा उभिएका अधिकांशको जोड छ । महामन्त्री गगन थापाले पदाधिकारी बैठकमा पनि मंसिरमा नियमित महाधिवेशन सम्भव नभए मात्रै विशेष महाधिवेशन गर्ने ढङ्गले प्रस्ताव राखेका थिए ।

त्यसमा अर्का महामन्त्री विश्वप्रकाश शर्माको पनि साथ छ । त्यसबारे छिनोफानो भोलिबाट सुरु हुने केन्द्रीय कमिटी बैठकले गर्नेछ । ५० प्रतिशत भन्दा बढी महाधिवेशन प्रतिनिधिले पार्टीमा नयाँ नेतृत्व र रूपान्तरण खोजेको इतरपक्षका नेताहरुले बताएका छन् ।

तर, संस्थापन पक्षका नेताहरू विभिन्न विकल्पमा छलफलमा रहेपनि मंसिरमा नियमित महाधिवेशन गर्न नसक्ने पक्षमा उभिँदै गएका छन् । यद्यपि देउवाको सम्मानजनक बिदाइका लागि महाधिवेशन गर्ने, उपसभापति खड्कालाई केन्द्रीय समितिबाटै कार्यवाहक तोक्नेदेखि केन्द्रीय समिति नै भङ्ग गरेर एक जनालाई संयोजक तोक्नेसम्मको विकल्पमा कांग्रेसभित्र छलफल भइरहेको छ ।

देउवा निकट रहेका नेता डा. शशांक कोइरालाले पनि केन्द्रीय समिति भङ्ग गरेर कार्यवाहक तोक्न देउवालाई सुझाइसकेका छन् । उनी संस्थापन पक्षबाट नेतृत्वको दाबेदारमध्येका एक हुन् ।

तर कोइरालाको यो प्रस्ताव महाधिवेशन नगर्ने गरी आएको भन्दै इतर पक्ष रुष्ट छ । संस्थापन पक्षले महाधिवेशन टार्न खोज्ने बुझेरै आफूहरूले दबाब दिनको लागि हस्ताक्षर सङ्कलन गरेको इतर पक्षका नेताहरु बताउँछन् ।

तर, संस्थापन पक्षका नेताहरूले भने महामन्त्रीले नै हस्ताक्षर अभियान चलाएर पार्टी विभाजन गर्न खोजेको आरोप लगाएको छ । यसबीच बैठकमा सभापति शेरबहादुर देउवाको सन्देश उपसभापति खड्काले सुनाएका थिए ।

देउवाको भनाइ उदृत गर्दै उनले भने, ‘पार्टी सभापतिले कसरी हुन्छ सबै मिलेर तपाईंहरू निर्णयमा पुग्नुहोस् । अहिलेको अवस्थामा यहाँहरूले जे निर्णय गर्नुहुन्छ त्यसमा मेरो सहमति छ’ । ‘सबै बसेर निर्णय गर्नुहोस्, म तयार छु । धेरै कुरा गर्न म चाहन्न । मेरो स्वास्थ्यले पनि साथ दिएको छैन । धेरै उठ्दा पनि मलाई रिँगटा चलिरहेको छ । म केन्द्रीय समिति बैठकमा मात्र एकछिन आउँछु होला।’

भन्दै देउवाले भनेको सन्देश खड्काले सुनाएका थिए । अर्थात देउवाले के गर्ने भनेर सबैले एउटा निर्णय गर्नुपर्ने र त्यो निर्णयमा आफू तयार रहने बताएको खड्काले बैठकमा ब्रिफिङ गरेका हुन् ।

‘एकता प्रदर्शन गर्नु भनेर सभापतिले भन्नुभएको छ । बिहान पनि कुरा भएको थियो’, खड्काले देउवाले राखेको कुरा बैठकमा सुनाउँदै भने, ‘उहाँले म अब जे बहुमतले निर्णय गर्छ त्यो मान्छु भन्नुभएको छ । तर हामी साझा धारणा बनाएर जानुपर्छ ।’

Advertisement
Advertisement

खड्काले सभापतिले पठाएको सन्देश बैठकमा राखेसँगै शुक्रबार राष्ट्रपति रामचन्द्र पौडेलले बोलाएको सर्वदलीय बैठकमा भएका कुरा पनि सुनाए । उनले राजनीतिक दलले त्रासपूर्ण तरिकामा निर्वाचनमा भाग लिने वातावरण सरकारले तयार पार्नुपर्ने कुरा राखेको बताएका थिए ।

भर्खरको समाचार

सम्बन्धित खबरहरु

Scroll to Top