×

NEPAL TIMES UPDATES

Playing
इरानले अमेरिकाभित्रै आक्र मण गर्न सक्ने,एफबीआईको सनसनीपूर्ण खुलासा|| Nepal Times
Mar 12, 2026
Playing
साउदीले १८ ड्रोन खसाल्यो, जब साउदीका आकाश ड्रोनले भरिए || Nepal Times
Mar 12, 2026
Playing
Top 15 Afternoon News || March-12-2026 || Nepal Times
Mar 12, 2026
Playing
सुर्खेतकी इनिशाको निर्मला, निरुकै जस्तो नियति, खोई अ प राधी ?|| Nepal Times
Mar 12, 2026
Playing
१६ वर्षसम्म उडान भरेको जहाज बुद्धले थन्क्यायो,ग्राउन्डेड जहाज के हुन्छ ?|| Nepal Times
Mar 12, 2026
Playing
निर्वाचनको हार ओलीले सम्मानका साथ स्वीकारे, अब नसच्याए सकिने || Nepal Times
Mar 12, 2026
Playing
इरान यु द्धको १२ औं दिनः चाडै यु द्ध अन्त्य हुने ट्रम्पको घोषण|| Nepal Times
Mar 12, 2026
Playing
शहबाज शरीफले पनि रवि र बालेनलाई दिए बधाई|| Nepal Times
Mar 12, 2026
Playing
२१ महिनाको आयात धान्ने विदेशी मुद्रा सरकारको ढिकुटीमा|| Nepal Times
Mar 12, 2026
Playing
ट्रम्पको अनुमतिपछि भारतले किन्यो रुसी तेल,अमेरिकाले हर्मुजमा सुरक्षा दिन नसक्ने || Nepal Times
Mar 11, 2026

विश्वकप छनोटः फलामको चिउरा चपाउँदै,यूएई वि रु द्ध खेल्दै नेपाल

२६ आश्विन २०८२

२६ असोज ,काठमाण्डौ ।

आईसीसी विश्वकप एयिसा–प्यासिफिक क्षेत्रीय फाइनलको सुपर–६ का खेल आजबाट ओमानमा सुरु हुँदैछन् । नेपालले आज चिरप्रतिस्पर्धी युनाइटेड अरब इमिरेट्स (यूएई)विरुद्ध प्रतिस्पर्धा गर्दै छ ।

ओमानको अल अमिरेत क्रिकेट रंगशालामा यो खेल नेपाली समयानुसार अपराह्न ४ः१५ बजे सुरु हुनेछ । आजको खेल नै विश्वकप छनोटका लागि नेपालका लागि निजर्णायक मानिएको छ।

जारी छनोटमा यूएई नै नेपालका लागि प्रमुख चुनौती मानिएको छ । प्रतियोगितामा नेपाल समूह ‘बी’का दुवै खेल जित्दै सुपर–६ मा २ अंक जोड्दै आएको हो । नेपालले समूह चरणको पहिलो खेलमा कुवेतलाई ५८ रनले हराएको थियो ।

यस्तै दोस्रो खेलमा जापानविरुद्ध पाँच विकेटको जित निकालेको थियो । यूएईविरुद्ध प्रतिस्पर्धामा उत्रँदा नेपाल लगातार तेस्रो जितको खोजीमा हुनेछ । यस्तै यूएई पनि समूह चरणका दुवै खेलमा जितसहित सुपर–६ मा आएको हो ।

समूह ‘ए’मा यूएईले कतारलाई सात विकेटले हराएको थियो । यूएईले मलेसियाविरुद्ध ६ विकेटको जित निकालेको थियो ।नेपालले सुपर–६ मा रहेका पाँचमध्ये चार टिमसँग प्रतिस्पर्धा गर्नेछ ।

नेपालले प्रतिस्पर्धा गर्ने टिममा यूएईसँगै कतार, ओमान र समाओ छन् । जसमध्ये बलियो टोलीका रुपमा यूएईलाई हेरिएको छ। नेपालले आफ्नै समूहबाट सुपर–६ मा आएको जापानविरुद्ध भने प्रतिस्पर्धा गर्ने छैन ।

सुपर–६ मा नेपालले यी चार टिमविरुद्ध ‘डबल राउन्ड रोबिन’ पद्धतिअनुसार प्रतिस्पर्धा गर्नेछ । विश्वकपको यो छनोट प्रतियोगितामा एसिया र प्यासिफिक क्षेत्रका कुल नौ टिमको सहभागिता थियो ।

यसबाट तीन टिमले मात्र आउँदो वर्ष भारत र श्रीलंकामा हुने विश्वकपमा स्थान बनाउनेछन् । नौलाई प्रत्येकमा तीन टिम रहने गरी तीन समूहमा विभाजन गरिएको थियो । त्यहाँबाट प्रत्येक समूहका शीर्ष दुई टिम सुपर–६ मा छनोट भएका हुन् ।

सुपर–६ को शीर्ष तीनमा रहने टिमले विश्वकपमा स्थान बनाउनेछन् । यसअघि टी–२० विश्वकप खेलिसकेको पपुवा न्यु गिनीसँगै कुवेत र मलेसिया भने पहिलो चरणबाटै बाहिरिएका छन् ।

छनोटअघि नेपालले तयारीस्वरूप टेस्ट राष्ट्र तथा दुईपटकको ट्वान्टी–२० विश्वकप विजेता वेस्ट इन्डिजसँग तीन खेलको शृंखला खेलेको थियो । यूएईमा भएको उक्त शृंखलामा नेपालले २–१ को ऐतिहासिक जित निकालेको थियो ।

ओमानमै भएको छनोटअघिको अभ्यास खेलमा नेपालले शतप्रतिशत जित निकालेको थियो । अभ्यास खेलमा नेपालले ओमानलाई ६ विकेटले हराएको थियो । नेपालले कतारविरुद्ध १६ रनको जित निकालेको थियो ।

नेपाली क्रिकेट टिमले हालसम्म दुईपटक मात्र ट्वान्टी–२० विश्वकपमा प्रतिस्पर्धा गरेको छ । नेपालले पहिलोपटक सन् २०१४ मा बंगलादेशमा आयोजित विश्वकपमा प्रतिस्पर्धा गरेको थियो ।

त्यति बेला नेपाली टिम नेपाल क्रिकेट संघ (क्यान)का हालका सचिव पारस खड्काको कप्तानीमा प्रतिस्पर्धामा उत्रिएको थियो । त्यसपछि नेपालले गत वर्ष अमेरिका र वेस्ट इन्डिजमा आयोजित ट्वान्टी–२० विश्वकपमा प्रतिस्पर्धा गरेको थियो ।

विश्वकपको यो संस्करणमा नेपाली टिमको नेतृत्व रोहित पौडेलले गरेका थिए । गतवर्षको विश्वकपको यात्रा नेपालले यूएईलाई नै पाखा लगाएर तय गरेको थियो । समूह चरणमा सामोआले पपुवा न्यु गिनीलाई हराउनु, कतारले मलेसियालाई हराउनु अनि जापानले कुवेतलाई हराउनु केही सरप्राइज नतिजाको रुपमा आयो ।

त्यसैले सुपर सिक्सका खेलहरु अझ रोमाञ्चक र प्रतिस्पर्धात्मक हुने अपेक्षा गर्न सकिन्छ । नेपालले समूह चरणमा तुलनात्मक रुपमा कमजोर टोलीसँग खेलेको थियो । सुपर सिक्समा अझ बलिया टोली हुने भएकोले पनि अब नेपालका लागि मुख्य चुनौती सुपर सिक्समा हुनेछ ।

समूह चरणमा अपराजित रहेका नेपाल, युएई र ओमानसँग सुपर सिक्समा खेल्नुअघि नै २–२ अंक हुनेछ । बाँकी तीन टिमसँग कुनै अंक हुने छैन । यस्तोमा यी तीन टिमलाई २ अंकको फाइदा छ ।

सुपर सिक्समा नेपालले समूह ए बाट आएका युएई र कतार तथा समूह सी बाट आएका ओमान र सामोअसँग प्रतिस्पर्धा गर्नेछ । युएई र ओमान नेपालका लागि चिरपरचिति प्रतिद्वन्दी हुन् ।

यस्तै कतारसँग पनि नेपालले यसअघि खेलिसकेको छ । यस्तै दोस्रो खेल सोमबार कतारसँग खेल्नेछ । त्यसपछि नेपालले तेस्रो खेल ओमानसँग बुधबार खेल्नेछ भने सुपर सिक्सको अन्तिम खेल शुक्रबार सामोआसँग खेल्नेछ ।

यी चार खेलको नतिजापछि नेपालले टी–२० विश्वकपमा स्थान बनाउने÷नबनाउने टुङ्गो लाग्नेछ । अबको एक साताभित्रै टी–२० विश्वकप पुग्ने तीनवटै टिमको टुङ्गो लाग्नेछ।
आजको खेलमा जित हारको नतिजाले पनि नेपालको आगामी खेलमा प्रभाव पार्न सक्छ ।

त्यसैले सुरुमा नेपाली टिमको पहिलो प्राथमिकता भनेकै युएई विरुद्ध जित निकाल्ने हुनेछ । ओमानी मैदानमा नेपालको नतिजा खासै राम्रो छैन । त्यसमा पनि युएईविरुद्ध नेपालको विगतमा राम्रो छैन ।

नेपालले युएईसँग ओमानमा खेलेको तीनवटै टी–२० अन्तर्राष्ट्रिय खेलमा हार व्यहोरेको छ । सन् २०२२ मा ओमानमै भएको टी–२० विश्वकप छनोटमा नेपाल यूएईसँग पराजित हुँदा विश्वकपमा छनोट हुन असफल भएको थियो ।

त्यस बेला सेमिफाइनलमा नेपाल यूएईसँग ६८ रनले पराजित भएको थियो । त्यसअघि भएको चार देशीय सिरिजमा नेपाल युएईसँग २५ रनले पराजित भएको थियो । यस्तै पछिल्लो पटक सन् २०२४ मा भएको एसीसी प्रिमियर कपको सेमिफाइनलमा पनि नेपाल यूएईसँगै पराजित भएको थियो ।

एसिया कपको छनोटको रुपमा समेत रहेको उक्त सेमिफाइनलमा नेपाल यूएईसँग ६ विकेटले पराजित भएको थियो । जापानलाई हराएपछि कप्तान रोहितले पनि यूएई पनि राम्रो टिम भएको तर एक विपक्षी टिमकै रुपमा लिने बताएका छन् । ।

‘यूएई यो टुर्नामेन्टको बेस्ट टिममध्ये एक हो । हामी विपक्षीको रुपमा हेरेका छौं । यदि हामीले हाम्रो बेसिक र स्ट्यानडर्ड अनुसार खेल्यौं भने हामीले जित्न सक्छौं’ रोहितले भने, ‘मुख्य कुरा हामी विपक्षी को छ भन्दा पनि आफ्नो स्ट्रेन्थमा फोकस गर्नेछौं ।’

यस पटक नेपाली टिमको लय राम्रो रहेको र टिम सन्तुलित रहेकोले यूएईसँग हराउन सक्ने विश्वास छ । तर वास्तविक परिक्षा भने आज ओमानको मैदानमा देखिनेछ ।

भर्खरको समाचार

क्यालिफोर्निया इरानको राडारमा, इरानमा अहिलेसम्म के–के भयो?

MixCollage-12-Mar-2026-08-27-AM-2238

सुर्खेतकी इनिशाको निर्मला, निरुकै जस्तो नियति, खोई अपराधी ?

Untitled design

इतिहासकै सबैभन्दा लज्जास्पद निर्वाचन नतिजापछि बोले ओली

kp oli sad

इरानले होर्मुजमा धराप थाप्यो, कसरी आउँछन् इन्धन जहाज ?

Screenshot 2026-03-12 085015

बालेनको अब हिँड्ने बाटो, अवसरसँगै परीक्षा

balen rabi rasopa team

इरान युद्ध लम्बिएपछि ट्रम्पका सल्लाहकारले मागे युद्धको ‘एक्जिट प्लान’

trump khameni missiel

रेमिट्यान्स १२ खर्ब भित्रिदा वैदेशिक लगानी १०अर्ब, महँगीपनि बढ्यो

Remit

इरान युद्धको १२ औं दिनः चाडै युद्ध अन्त्य हुने ट्रम्पको घोषण

MixCollage-12-Mar-2026-08-27-AM-2238

समानुपातिकमा साढे ४ लाख मत बदर, आज दलहरुलाई पत्राचार गर्ने

adcc99e8-45af-49b9-9154-fa42976a3483

महावीरलाई पोखरेली मेयरले सम्झाए फुटपाथको नियम

4826c3f7-d27f-4efd-88a5-42520205b800

सम्बन्धित खबरहरु

Scroll to Top