×

NEPAL TIMES UPDATES

Playing
इरा*नको ९०% ह*तियार ध्व*स्त भएपनि अमेरिकालाई दि*दैछ चुनौती*|| Nepal Times
Apr 11, 2026
Playing
उपसभामुखको उपहारले हर्कको मुख थुनिएला? || Nepal Times
Apr 11, 2026
Playing
Watch Top15 News Of The Day in 5 Minutes || Nepal Times
Apr 11, 2026
Playing
ह्वाइट हाउसमा प्रथम महिलाको अप्रत्याशित सम्बोधन|| Nepal Times
Apr 11, 2026
Playing
‘संसद्मा प्रधानमन्त्री नबोल्ने, सभामुखको सम्पत्ति विवरण पत्याउन नसकिने’ || Nepal Times
Apr 11, 2026
Playing
रु*स–यु*क्रेनबीच यु*द्ध*विरा*म, अल्टम्यानको घरमा पे*ट्रोल ब*म प्र*हार|| Nepal Times
Apr 11, 2026
Playing
इरानी टोलीलाई तीन घन्टा ’ए*स्कर्ट’! जे*डी भान्सको विमा*नलाई हा*वामा नै एफ–१६ को सुर*क्षा
Apr 11, 2026
Playing
मरिससमा परराष्ट्रमन्त्री खनाल के गर्दैछन् ? || Nepal Times
Apr 11, 2026
Playing
Top 15 Afternoon News || April-11-2026 || Nepal Times
Apr 11, 2026
Playing
को सांसद कुन समितिमा परे ? || Nepal Times
Apr 11, 2026

राजनीतिका चतुर खेलाडीको खेल अन्त्य ,६२ वर्षमा ५ पटक प्रधानमन्त्री

२९ आश्विन २०८२

२९ असोज , काठमाण्डौ ।

नेपालको सत्ता राजनीतिमा नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा सधैँ ‘चतुर खेलाडी’ को रूपमा चिनिँदै आएका थिए । तत्कालको लाभ र प्रयोगवादी राजनीतिमा उनीसरह निपूण खेलाडी नेपाली राजनीतिमा कमै रहेको मानिन्छ ।

Advertisement
Advertisement

तर, ६२ वर्ष लामो राजनीतिक यात्रापछि अब उनको सक्रिय राजनीतिक भूमिकामा ‘पूर्णविराम’ लागेको देखिन्छ । उनी यो देशको पाँच पटक प्रधानमन्त्री भएका थिए । तर पाँच पटक प्रधानमन्त्री बन्दा पनि उनले पाँच वर्ष ६ महिना ३ दिन मात्र काम गर्न पाएका छन् ।

२४ भदौको जेन–जी आन्दोलन पछि बढ्दो दबाबबिच मङ्गलवार देउवाले उपसभापति पूर्णबहादुर खड्कालाई कार्यवाहक सभापति तोकेर कार्यकारी जिम्मेवारीबाट सरेका छन् ।

सानेपास्थित पार्टी कार्यालयमा केन्द्रीय कार्यसमितिको बैठकको अध्यक्षता गर्दै उनले आफ्नो राजनीतिक यात्राको अन्त्यको सङ्केत गर्दै भने, “पार्टीको १५औँ महाधिवेशन तोकिएको समयमा गराउनुपर्छ, त्यसकै जिम्मेवारी खड्काले वहन गर्नुहुनेछ ।”

यससँगै नेपाली काँग्रेस र मुलुकको राजनीतिक शक्तिकेन्द्रमा झन्डै तीन दशकसम्म निरन्तर प्रभाव जमाएका देउवाको युग अन्त्यतिर पुगेको स्पष्ट सङ्केत भएको छ । यसैलार्य जोड दिँदै बैठकपछि गगन थापाले भने केन्द्रीय समितिको बैठकमा सभापति देउवाको सम्बोधन अन्तिम हो ।

२००३ सालमा डडेलधुरामा जन्मिएका देउवा १७ वर्षकै उमेरमा नेपाली काँग्रेसमा प्रवेश गरे । २५ वर्षको उमेरमा नेपाल विद्यार्थी सङ्घका अध्यक्ष बनेका उनी त्यसयता कहिल्यै राजनीतिक मुख्य धाराबाट अलग भएनन् ।

पहिलो पटक २०५२ सालमा प्रधानमन्त्री बनेका देउवाले ५ सय ४७ दिन काम गर्ने अवसरका पाएका थिए । दोस्रो पटक २०५८ सालमा ४ सय ३५ दिन प्रधानमन्त्री बने भने तेस्रो पटक २०६१ सालमा २ सय ४३ दिन उनी प्रधानमन्त्रीको कुर्सीमा बसे ।

चौथो पटक २०७४ सालमा २ सय ५३ दिन र पाचौ पटक २०७८ सालमा १ वर्ष १ सय ६५ दिन गरी उनी यो प्रधानमन्त्रीको कुर्सीमा ५ वर्ष ६ महिना ३ दिन बसेका छन् । देउवाले सक्रिय पार्टी कार्यालयमा मङ्गलवार कार्यवाहक दिने क्रममा आफूले पाँच वर्ष मात्र प्रधानमन्त्री भएर काम गर्न पाएको स्मरण गरे ।

२०४६ सालपछि भएका संसदीय निर्वाचनमा अहिले सम्म देउवाले पराजय भोग्नु परेको थिएन । संसद्मा लगातार निर्वाचित हुने देउवा एक्ला नेता हुन् । यसैले उनले भन्ने गरेका छन् जनताले निर्वाचित गराइदिन्छन् त मैले के गरौं ?उनका राजनीतिक दिनहरू सङ्घर्ष, रणनीति, भाग्य र विवादको घेरा भित्र नै सधैँ चली रहे ।

देउवा २०५१ को मध्यावधि निर्वाचनपछि शक्तिशाली रुपमा उदाए । जब तत्कालीन सभापति गिरिजाप्रसाद कोइरालाले उनलाई संसदीय दलको नेता बनाए । त्यसपछि ४९ वर्षकै उमेरमा उनी पहिलो पटक प्रधानमन्त्री बने ।

२०६१ मा राजा ज्ञानेन्द्रले उनलाई दुई पटक बर्खास्त गर्दा पनि देउवाले पुनः सिंहदरबार फर्कने मौका पाए । सधैँ राष्ट्रिय राजनीतिको केन्द्रमा रहेका देउवाको पार्टी र सत्ता राजनीतिमा पनि बलियो पकड थियो ।

८० वर्षको उमेरमा पनि पार्टी नेतृत्व र राष्ट्रिय राजनीतिबाट विश्राम लिन नचाहेका देउवाको शासकीय अन्त्य भने गत भदौको जेन–जी आन्दोलनले गरिदियो । सुरुवाती चरणमा गणेशमान सिंह, गिरिजाप्रसाद र कृष्णप्रसाद भट्टराईबिचको झगडा भित्र खेलेर पटक–पटक प्रधानमन्त्री बन्न सफल देउवाले गिरिजासँग पार्टी सत्ता हत्याउन लामो सङ्घर्ष र जोखिमसमेत मोले ।

तत्कालीन माओवादी युद्ध नियन्त्रणका लागि ०५८ मङ्सिरमा आफ्नै नेतृत्वको सरकारले लगाएको सङ्कटकाल बढाउने कि नबढाउने भन्नेमा पार्टीभित्र तीव्र विवाद बढेपछि देउवाले ०५९ जेठमा पार्टी विभाजित गरेका थिए ।

त्यसपछि उनी सभापति रहेको नेपाली काँग्रेस (प्रजातान्त्रिक) ले २०६४ असोजमा काँग्रेससँग पार्टी एकीकरण गरेपछि देउवाले २०४६ पछिका दुई दशक कोइराला परिवारमा रहेको पार्टी सत्ताको बागडोर आफ्नो कब्जामा पारेका थिए ।

राजनीतिक विश्लेषकहरू देउवाको उदय कुनै विशेष दृष्टिकोण वा नीति नेतृत्वको कारण नभइ पार्टीभित्रका लाचार अवस्था र कमजोर प्रतिस्पर्धीका कारण भएको भन्ने तितो विश्लेषण गर्छन् ।

राजाले घोक्रे ठ्याक लगाएर निकाल्दा पनि पुनः त्यही राजाबाट प्रधानमन्त्री बन्ने उनको व्यवहारले उनको राजनीतिक मूल्य कति थियो भन्ने तौल गर्ने विश्लेषकहरूको तर्क छ । त्यसको विपरीत, काँग्रेसभित्र देउवालाई ‘भाग्यमानी नेता’ मान्नेहरूको पनि कमी छैन ।

गिरिजाको युगपछि उनले कोइराला परिवारको प्रभाव अन्त्य गरेर पार्टी आफ्नो नियन्त्रणमा ल्याए । ०६४ सालमा पार्टी एकीकरणपछि उनले १३ औँ र १४ औँ महाधिवेशन जित्दै सभापति बने । देउवा ‘सत्ताको लागि सधैँ तयार हुने ’ नेताको रूपमा परिचित थिए ।

एक पटक काँग्रेसका दिवङ्गत नेता प्रदीप गिरीसँगको चर्चित संवादले देउवा कतिको खेलाडी हुन भन्ने प्रस्ट हुन्छ । प्रदीप गिरीले देउवालाई लक्षित गर्दै भनेका थिए “तपाईँको बुद्धिले देश चल्दैन ।” देउवाले हाँस्दै गिरीलाई जवाफ फर्काए “म बुद्धि नभएको चार पटक प्रधानमन्त्री भइसकेँ । तपाईँ बुद्धि भएको अहिलेसम्म राज्यमन्त्री हुनसक्नु भएको छैन ।’

त्यही संवादले देउवाको सत्ता–केन्द्रित सोचलाई प्रस्ट पार्छ । उनी जेनजी आन्दोलनको क्रममा घरमा नै कुटाइ खानु अघि सम्म छैटौँ पटक प्रधानमन्त्री बन्नका लागि दिन गनेर बसी रहेका थिए । तर ८० वर्षको उमेरमा पनि पुनः प्रधानमन्त्री बन्ने योजना बनाइरहेका देउवाको आकाङ्क्षा जेन–जी आन्दोलन पछि ढलेको छ ।

आन्दोलनले काँग्रेस–एमाले गठबन्धनलाई भत्कायो ।आन्दोलनपछि देउवामाथि आन्तरिक दबाब बढ्यो । पार्टीभित्र नै महामन्त्री गगन थापा र विश्वप्रकाश शर्माले खुला चुनौती दिए । डाक्टर शेखर पहिला देखिनै विरुद्धमा लागेका थिए ।

५३ प्रतिशत महाधिवेशन प्रतिनिधिले उनको बहिर्गमनको माग गर्दै विशेष महाधिवेशनका लागि हस्ताक्षर गरे । अन्ततः देउवा कार्यकारी भूमिकाबाट हट्न बाध्य भए । उनी जेनजी आन्दोलनका क्रममा कुटाइ खाने र नेतृत्वपनि छाड्ने एक मात्र नेता बनेका छन् ।

उनले केन्द्रीय समितिको बैठकलाई सम्बोधन गर्दै पाँच पटक प्रधानमन्त्री हुँदा गरेका कामको फेहरिस्त सुनाउन पनि भ्याए । “कमैयाँ मुक्ति, छुवाछूत अन्त्य, भूमिसुधार, महिलाको सम्पत्ति अधिकार, मूल्य अभिवृद्धि कर — यी सबै मेरो पालामा सुरु भएका सुधार हुन्,” उनले भने ।

तर उनका शासनकालहरूमा सुशासनभन्दा बढी भ्रष्टाचार, सांसद खरिद–बिक्री र प्रशासनिक बेथितिका लागेका आरोपहरू बारे भने मौन रहे । उनी अन्तिममा जेनजी आन्दोलनका क्रममा उनको घरमा भेटिएका आधा डढेका नोटहरुको भिडियो एआईबाट बनाइएको भन्दै सबैलाई आलोचना र ब्यङगको एजेण्डा दिएर पार्टी नेतृत्व पूर्णबहादुरलाई सुम्पिदै पार्टी कार्यालयबाट बाहिरिए ।

जेन–जी आन्दोलनपछिको नेपालको राजनीतिक परिदृश्यमा अब शेरबहादुर देउवाको भूमिका सीमित हुँदै जाने विश्वास गरिएको छ । तर काँग्रेसभित्र उनको छत्रछाया अझै बलियो छ ।

विगतमा पनि आफ्नो राजनीतिको उत्तरार्धमा तत्कालीन काँग्रेसका सभापति गिरिजा प्रसाद कोइरालालाई पुत्री मोह जागेर निकै बदनामी कमाएका थिए । उनले छोरी सुजता कोइराला लाई कांग्रेसको सक्रिय राजनीतिमा मात्र ल्याएन केन्द्रीय समिति हुँदै यो देशको उपप्रधान तथा परराष्ट्र मन्त्री सम्म बनाए ।

तर कोइरालाको देहवसान पछि सुजताको राजनितिपनि छाँयामा पर्दै गयो । शेरबहादुर देउवालाई लाग्ने धेरै आरोप मध्ये पत्नी आरजु राणा प्रमुखमा पछिर्न । राजनीतिक सेटिङदेखि ठेक्कापट्टा हुँदै पार्टीको सक्रिय राजनीतिबाट परराष्ट्र मन्त्री सम्म बनाउन देउवा सफल भए ।

गएको प्रतिनिधि सभाको निर्वाचनमा देउवाले पत्नी आरजुको नाम समानुपातिक तर्फ एक नम्बरमा राखे । त्यस बेला सबै भन्दा चर्को विरोध मात्र भएन त्यही कारणले काँग्रेसको समानुपातिक तर्फको मत सङ्ख्या समेत धेरै घट्न पुग्यो ।

६ दशकको निरन्तर राजनीतिक जीवनपछि शेरबहादुर देउवा अब सक्रिय पदमा नदेखिने सङ्केत दिइरहेका छन् । तर देउवाको राजनीतिक प्रतिरुप बन्दै पत्नी आरजु कुन रूपमा पार्टीमा आउने प्रयास गर्छिन भन्ने अर्को महत्त्वपूर्ण कुरा छ ।

जेन–जी आन्दोलनले राजनीतिमा उथलपुथल गराएसँगै देउवा आफ्नो उत्तराधिकारी खडा नगरी कार्यवाहक दिएर अलग हुन खोजेका छन् । खासमा उनले खड्कालाई अघि सार्ने हुन् वा अरू कसैलाई अगाडि बढाउने भन्नेमा अझै प्रस्ट भनेका छैनन् ।

जेनजी विद्रोह नभएको भए एमाले–काँग्रेस समीकरणको सहमतिअनुसार २०८३ असारमा आफू प्रधानमन्त्री भएपछि मात्रै पार्टीको महाधिवेशन गराउने दाउमा देउवा थिए । तर सत्ता राजनीतिका ‘चतुर खेलाडी’ का रूपमा चिनिएका देउवाको सक्रिय राजनीतिक जीवन अब इतिहासका पानामा एउटा अध्याय बन्न पुगेको छ ।

Advertisement

भर्खरको समाचार

श्रम मन्त्री बर्खास्तमा परेपछि पत्नीले दिइन स्पष्टीकरण

Shram-Mantri-e1775540134843-768x509

अमेरिकी सेना आराम गरिरहेका छन्, इरानको हात ‘ट्रिगर’ मै छ

donald_trump

फेरि बढ्यो पेट्रोलियम पदार्थको भाउ, पेट्रोल लिटरको २१९

petrol-pump-india_AFP

रविले खोलेको सिंहदरबारको ढोका बालेनले थुनिदिए

singhdarbar

ओली र लेखक रिहा, पत्नीले लिए जिम्मा, ओलीले हिरासत अस्पतालमै कटाए

Sudhan Gurung Grihamantri_NPL (3)

सिंगापुर र हङकङमा देउवा, उपचार कि सम्पत्ति व्यवस्थापन ?

deuba-aarju

ओली–लेखकको हिरासत म्याद आज सकिँदै, रिहा होलान् ?

oli lekhak

आज हावाहुरीसहित वर्षा र हिमपात, ४ जिल्लामा चट्याङसहित वर्षा

Mausam

कुनैपनि बेला युद्धविराम भंग हुन् सक्ने, लेबनानमा २५४ जना मारिए

trump

इरानी जनताको अभूतपूर्व एकता, जसले ट्रम्पलाई झुकायो,रातभर जाग्राम

US-Iran-1

सम्बन्धित खबरहरु

Scroll to Top