×

NEPAL TIMES UPDATES

Playing
World News: शक्तिशाली मिसाइल हा*न्ने Iranको चेतावनी, Trumpसँग वार्ता अस्वीकार || Nepal Times
Mar 10, 2026
Playing
बालेनको वेगले उडायो काँग्रेसको मधेस किल्ला || Nepal Times
Mar 10, 2026
Playing
यसरी अन्त्य भयो काँग्रेस–कम्युनिस्ट युग || Nepal Times
Mar 10, 2026
Playing
जनताले नपत्याएपछि कुलमानले लोडसेडिङ सम्झिए|| Nepal Times
Mar 10, 2026
Playing
Top 15 Afternoon News || Mar-10-2026 || Nepal Times
Mar 10, 2026
Playing
Balen प्रधानमन्त्री बन्न लागेकोमा भारतीय मिडियाहरु के भन्छन् ?|| Nepal Times
Mar 10, 2026
Playing
युद्ध चाँडै सक्ने ट्रम्पको घोषणा, अन्त्य आफूले गर्ने इरानको जवाफ|| Nepal Times
Mar 10, 2026
Playing
३५ वर्षभन्दा मुनिका को–को पुग्दैछन् संसद ? || Nepal Times
Mar 10, 2026
Playing
काठमाडौं बस्नै नसक्ने प्रदूषित शहर बन्यो || Nepal Times
Mar 10, 2026
Playing
कहिले बन्ला बालेन सरकार ? बालेन र रविलाई Modiको फोन || Nepal Times
Mar 10, 2026

ओलीको भ्रमः एमाले सत्ताबाट हटेको अरुलाई भ्रम भएको

२९ आश्विन २०८२

२९ असोज , काठमाण्डौ ।

देशमा यत्रो उथलपुथल आउँदा, आफैले प्रधानमन्त्रीको कुर्सी छाडेर ज्यान बचाउन भाग्नु पर्ने दिन आउँदा पनि एमाले अध्यक्ष केपी शर्मा ओली अझै नसुध्रिएको देखिएको छ ।

उनको दम्भ अझै गएको छैन् ओलीले तत्काल अध्यक्ष छाड्नुपर्छ, सक्रिय राजनीतिबाट विदा लिनुपर्छ भन्दै पार्टीभित्र र बाहिर व्यापक आलोचना भइरहँदा ओलीले आज फेरि यसका लागि शक्तिका साथ सबैलाई चुइकक समेत बोल्न नदिएर एकमुस्ट जवाफ फर्काएका छन् ।

आफूविरुद्ध विरोध बढिरहँदा ओली भने विगतकै अडानमा झनै दृढ देखिएका छन् । उनले आज खुलस्त रुपमा पार्टीबाट पद नछोड्ने घोषणा गरेका छन् । एमालेको आजदेखि केन्द्रीय कमिटी बैठक सुरु भएको छ ।

जसको उद्घाटन समारोहलाई सम्बोधन गर्दै उनले आफूविरुद्ध उठिरहेका आवाजहरुलाई दबाउने प्रयास जारी राखेका छन् । आफू अध्यक्षमा बस्ने कि हट्ने केन्द्रीय कमिटी वा महाधिवेशनले निर्णय गर्ने बताएका छन् ।

‘मैले हट्नुपर्छ कि पर्दैन भन्ने फेसबुकले होइन यो कमिटीले भन्नुपर्छ,’ उनले भने ,’यो कमिटीले भन्छ भने यसको आदेशमा जनुसुकै निर्णय गर्न तयार छु ।’ पार्टीभित्र नेतृत्वबाट राजीनामाको माग पनि उठेकोतर्फ लक्ष्य गर्दै अध्यक्ष ओलीले पार्टी अप्ठ्यारो अवस्थामा रहेकोले एकमना आवश्यक रहेको बताएका छन् ।

ओलीले भने, ‘जहिले पनि अप्ठ्यारो परिस्थिति, राम्रा काम हामी गर्छौं। असहज परिस्थिति भित्रबाटै सामना गर्नुपर्ने, त्यो फाइदा विरोधीहरूले मजाले लिने, यो स्थिति बन्नु हुँदैन।’ उनले ओली सुध्रिएनन् भन्ने हिसाबले आलोचना भइरहेको उल्लेख गर्दै गल्ती र कमजोरी नगरेकोले सुध्रन जरूरी नभएको पनि बताए ।

‘ओली अझै सप्रिएन भन्छन्,’ उनले भने, ‘केपी ओली बिग्रिएको भए पो सप्रिनू। सप्रिनलाई के देशभक्तिको दृष्टिकोण, देश विकास र राष्ट्रिय स्वाधीनताको दृष्टिकोण छोड्नुपर्ने हो? हो भने केपी ओलीले छोड्दैन।’ ‘कतिपय साथीहरूले मलाई भन्नुहुन्छ– तपाईंलाई त बोकेर जानै सकिँदैन,’ उनले भने, ‘किन बोक्नुप¥यो? म आफै हिँड्छु।’

ओलीले यसो भन्दा केन्द्रीय सदस्यहरू हासेका थिए । आफू कुनै पनि परिस्थितिमा विचलित नहुने स्वाभावको भएको बताउँदै ओलीले पार्टीका कतिपय नेताहरू लोकप्रियताको पछि लागेको टिप्पणी गरे ।

एमालेलाई मन नपराउने विरोधीहरूले च्यासलको पार्टी कार्यालय र नेताहरूको घर जलाएको उनको आरोप छ । ओलीले एमाले सधैँका लागि सरकारबाट हट्यो भन्ने भ्रम नपाल्न पनि आग्रह गरेका छन् ।

एमाले देशभक्तिपूर्ण आन्दोलन र सामाजिक आन्दोलनको नायकत्व लिइरहेको पार्टी भएको दाबी गरे । पार्टीभित्रै आफूविरुद्व खुट्टा तान्ने काम भइरहेको र कसरी हुन्छ असफल बनाउन सकिन्छ भनेर लागिरहेको दाबी गरे ।

तर यस्तो काम कसले, कहिले र कसरी ग¥यो भन्ने विवरण भने उनले खुलाएनन् । ओलीले संविधान बनाएपछि एमाले नेतृत्वमा सरकार बनेर तराई–मधेशमा हुलाकी राजमार्ग बनाउनेदेखि उत्तरमा बेनी–जोमसोम–कोरोला नाकाको निर्माणको काम थालेको दाबी गर्दै यस्ता काम गरेपिन सरकारबाट हटाउन पार्टीभित्रकै मान्छेहरु लागेको दाबी दोहो¥याए ।

उनले भने, ’पार्टीमा एकमनाको स्थिति कहिल्यै रहेन । पार्टीमा खुट्टा तान्ने र कसरी हुन्छ असफल बनाउनुपर्छ भन्ने स्थिति भयो।’ एमालेलाइ पहिले अनुचित ढंगले सरकारबाट हटाएपनि तीन वर्षपछि पुन सरकारमा आएको विगत सम्झाउँदै त्यो कुरा प्रतिक्रियाबादी शक्तिहरुलाइ नपचेको दाबी गर्दै यसबारे आफुहरुले बुझ्नुपर्ने पनि तर्क गरे ।

यस्तै आज पनि ओलीले जेनजी आन्दोलनलाई हाइज्याक गरेर मुलुक प्रतिगमनतर्फ लगिएको आरोप लगाए । ‘आजको अवस्था प्रतिगमनको स्थितिको रूपमा बुझ्नुपर्छ । चुनाव हुनेवाला छैन,’ उनले भने, ‘सरकारले चुनाव गराउने बाटोमा छैन । यो अवैध सरकार हो ।’

उनले पूर्वप्रधानन्यायाधीशले के गर्न हुन्छ, के गुर्न हुँदैन भन्ने संविधानमा नै उल्लेख रहेको बताए । ‘असंवैधानिक ढंगले संसद् विघटन गर्न पाइँदैन भन्नेहरू आफैंले संसद् विघटन गर्नुभयो । त्यसले यो योजना अन्तर्गत गरिएको प्रतिगमन हो ।’

लोकतन्त्रको रक्षा जनता बाहेक अरूबाट हुन नसक्ने बताएका उनले भदौ २३ र २४ गतेको घटना लामो प्रयासपछि भएको जिकिर गरे । उनले भने, ‘यत्रो घटनाको कसरी थाहा भएन भन्नुहुन्छ साथीहरू, उहिल्यैदेखि प्रयास भएकै छ त । चैत १५ गते पनि सिंहदरबारमा जान खोजेका होइनन् ? यी सबै कुराहरू भनिएका थिए, थाहा नपाएको भन्ने होइन, तर त्यसै दिन यो स्तरमा पुग्छ भन्ने थियो, त्यो उनीहरूको प्रयास थियो, विगतमा रोक्ने गरिएको थियो, विभिन्न कारणले रोक्न सकिएन ।’

उनले अब त्यस्ता गतिविधिप्रति सचेत रहेर पार्टीले पनि आफ्नो तयारी अवस्थामा बस्नुपर्ने बताए । ओलीले थपे, ‘यस्ता घटना आकस्मिक हुनसक्ने रहेछ, सानो कुरा पनि बढ्ने रहेछ, उनीहरूले प्रयास गरिरहेका थिए, हामीलाई रोक्ने सक्छौँ भन्ने थियो । ठुलो कुरै थिएन, राज्य संयन्त्रकै प्रयोग गरेर सजिलै रोक्न सकिन्थ्यो । तर सकिएन । जनताको प्रयासबाट रोक्नुपथ्र्यो, लोकतन्त्र राज्यले होइन, जनता लडेर ल्याएका हुन् । जनताले नै बचाउने हुन्।’

उनले संविधानमा भएको हमलालाई निस्तेज पारेर रक्षा गर्न केन्द्रित हुनुपर्ने बताए । जेन–जी आन्दोलनपछि अध्यक्ष केपी शर्मा ओली पहिलो पटक निवासबाट निस्केर बैठकमा सहभागी भएका हुन् ।

ओलीले बैठकमा राजनीतिक प्रतिवेदन पेस गरेका छन् । केन्द्रीय सचिवालयले मंसिर अन्तिम साता ११औँ महाधिवेशन गर्ने सिफारिसलाई केन्द्रीय कमिटीले अनुमोदन गरी मिति तोक्ने छ ।

एमालेमा नेतृत्व हस्तान्तरण गर्न दबाब भए पनि ओलीले यसबारे कुनै संकेत गरेका छैनन् । प्रतिवेदनमा ओलीले जेन–जी आन्दोलन, महाधिवेशन र प्रतिनिधिसभा विघटन, फागुन २१ मा घोषणा भएको निर्वाचनबारे पार्टीको प्रस्ताव पेस गर्नेछन् ।

यसअघि ओलीले भक्तपुरमा आयोजित एक कार्यक्रममा शुसिला कार्की नेतृत्वको सरकार नेपालीको प्रतिनिधि नभएको आरोप लगाएका थिए । रामबाग महलमा जारी बैठकका लागि ओलीलाई राष्ट्रिय युवा सङ्घले गुण्डुबाट मोटरसाइकल स्कर्टिङ गरेर जावलाखेलसम्म पुर्याएको थियो ।

जावलाखेल स्थित भनिमण्डलमा रहेको पार्टी प्यालेसमा जारी केन्द्रीय समिति बैठकका लागि सुरक्षाकर्मी परिचालन गरिएको छ ।

भर्खरको समाचार

बालेनको वेगले उडायो काँग्रेसको मधेस किल्ला

adcc99e8-45af-49b9-9154-fa42976a3483

बालेनको उदयले दिल्लीदेखि बेइजिङसम्म हलचल

balennnnnnnnnnnnnnn

स्ट्रेट अफ हर्मुजमा कसरी अट्कियो युद्ध ? IRGCले तोड्यो ट्रम्पको दम्भ

HORMUZ

भारतीय मिडियाभर छाए बालेन्द्र शाह

5179fe76-89a9-462b-b358-00b2118d319e

युद्ध चाँडै सक्ने ट्रम्पको घोषणा, अन्त्य आफूले गर्ने इरानको जवाफ

putin and trump

काठमाडौं बस्नै नसक्ने प्रदूषित शहर बन्यो

pollution-in-kathmandu

इरानको तेलमा ट्रम्पको नजर, द्वीप खर्ग कब्जा गर्ने योजना

91addb65-4236-4612-a246-373a8cbca01b

नेपाली जनताले हेर्न चाहेको अबको नयाँ नेपाल

Balen-Rabi at KTm Valley_NPL (10)

रास्वपालाई सेयर बजारको हरियो कार्पेट, तेश्रो सर्किटपछि कारोबार बन्द

nepal-share

ओली, लेखक र खापुङलाई फौजदारी कसुरमा अनुसन्धान गर्न सिफारिस

15a14063-9de0-4f5c-90bd-ac8cde530ef4

सम्बन्धित खबरहरु

Scroll to Top