×

NEPAL TIMES UPDATES

Playing
Islamabadमा हुने वार्ता हल्ला, अब के हुन्छ ? || Nepal Times
Apr 20, 2026
Playing
Top 15 Afternoon News || April-20-2026 || Nepal Times
Apr 20, 2026
Playing
अब सरकारी तलब १५ दिनमै आउने || Nepal Times
Apr 20, 2026
Playing
सुधनले कानूनी दायरमा ल्याउन खोजे तर… आफै प्रश्नले घेरिए || Nepal Times
Apr 20, 2026
Playing
अमेरिकाको प्राथमिकतामा नेपाल, ट्रम्पले किन पठाए सहायक विदेश मन्त्री ?|| Nepal Times
Apr 20, 2026
Playing
सुधनले रविलाई भेटे,सुधनको विषयमा रास्वपामा छलफल होला ?|| Nepal Times
Apr 20, 2026
Playing
पाकि*स्तानमा अ*मेरिका–इरा*न वार्ता, सवारी प्रतिब*न्ध,सुर*क्षा क*डा|| Nepal Times
Apr 20, 2026
Playing
जेनजी आन्दो*लनपछि सुधनको ५० लाखको शेयर, दीपक भट्टको कम्पनी शेयर साझेदार || Nepal Times
Apr 20, 2026
Playing
क्याम्पसबाट विद्यार्थी संगठन निकाल्ने अभियान सुरु,आवश्यक परे प्रहरी राखिने || Nepal Times
Apr 19, 2026
Playing
नयाँ खेलाडीलाई मौका, दबाब होइन अवसरः स्टुअर्ट ल|| Nepal Times
Apr 19, 2026

के बालेन लुसिफर हुन् ? आफै देखाए लुसिफर अबतार

१ कार्तिक २०८२

३१ असोज , काठमाण्डौ ।

जेनजी आन्दोलन अघि न पछि देशको राजनीतिकको केन्द्र र सामाजिक संजालमा युवादेखि बृद्धसम्मको हर्टबिट बनेका काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाह बालेन सामाजिक सञ्जालमा ‘लुसिफर’ बनेर तस्बिर पोस्ट गरेका छन् ।

Advertisement
Advertisement

इन्टाग्रामका फलोअर्सको आग्रह अनुसार उनले लुसिफरको हेयरस्टाइलमा तस्बिर पोस्ट गरेका हुन् । उनले लेखेका छन्, ‘दाइ, लुसिफरको जस्तो हेयरस्टाइल बनाएर एउटा फोटो हाल्नु न । हस बाबु, यदि यसले तिमीलाई खुसी दिन्छ भने, मलाई थाहा छैन त्यो स्टाइल मिल्छ कि मिल्दैन ।’

सोही पोस्टको कमेन्टमा शाहकी पत्नी सविना काफ्लेले लेखेकी छन्, ‘हे भगवान् १ अब दुई–तीन दिनलाई पुग्यो ।’ केही दिनअघि लेखक तथा राजनीतिक विश्लेषक सौरभले एउटा टेलिभिजन अन्तर्वार्तामा काठमाडौँ महानगरका मेयर बालेनलाई ‘लुसिफर’ सँग तुलना गरेका थिए ।

जनतामाझ खुलेर नआउने, सार्वजनिक रूपमा हरहमेशा लगाउने कालो चस्मा र कालै रंगको पोसाकमा देखिने शैली र बानीलाई औंल्याउँदै सौरभले स्पष्ट नाम नकिटीकन बालेनलाई लुसिफरसँग दाँजेका थिए ।

अन्तर्वार्ताका क्रममा उनले बालेनलाई ‘कालो ऊर्जा’ को स्रोत भन्दै एक ठाउँमा ‘लुसिफर ब्युझिँन लागेको हो ?’ भनेका थिए । जनतामाझ खुलेर नआउने, सार्वजनिक रूपमा हरहमेशा लगाउने कालो चस्मा र कालै रंगको पोसाकमा देखिने शैली र बानीलाई औंल्याउँदै सौरभले स्पष्ट नाम नकिटीकन बालेनलाई लुसिफरसँग दाँजे ।

उनको यो अन्तर्वार्ता प्रसारण भएपछि सामाजिक सञ्जालमा बालेन नै लुसिफर हुन् भन्ने खालका पोस्टको बाढी नै आयो । सिंहदरबारमा ‘त्यस्सै’ आगो नलागेको सौरभको भनाइ थियो ।

उनले यसो भनिरहँदा कुनै बेला ‘सिंहदरबार जलाइदिन्छु’ भन्ने बालेनको अभिव्यक्तिसँग धेरैले जोडेका थिए, संयोगवश जेनजी आन्दोलनका क्रममा सिंहदरबार पनि जल्यो । आन्दोलनमा बालेनबाट धेरैले आशा गरेका थिए ।

त्यसपछि उत्पन्न राजनीतिक संकटमा बालेनले नेतृत्व लिन्छन् कि भन्ने धेरैले आशा गरेका थिए । तर बालेन अघि सरेनन् अनि रुष्ट जनतालाई सौरभको सो उपमा सायद चित्त बुझ्यो । धेरैले बालेनलाई ‘रहस्यमयी’ भनेर बुझिरहेकै समयमा सौरभको उक्त उपमाले ‘आगोमा घ्यु’को काम गरेको छ ।

पश्चिमी सभ्यतामा लुसिफर भनेको सैतान दानव हुन् । सौरभले बालेनसँग तुलना गरेको लुसिफर को हुन् रु उनी कसरी देवबाट दानव बने रु ल्याटिन भाषामा लुसिफरको अर्थ ‘उज्यालो ल्याउने’ वा ‘बिहानीको तारा’ भन्ने हुन्छ ।

क्रिश्चियन धर्मग्रन्थमा लुसिफरलाई पतित स्वर्गदूत र दानव भनेर चित्रण गरिएको छ । कुनै समय लुसिफर सुन्दर, शक्तिशाली स्वर्गदूत थिए । स्वर्गमा पनि उनको स्थान उच्च थियो । सौन्दर्य, शक्ति र बुद्धिमा उनी श्रेष्ठ थिए ।

तर आफ्ना यिनै कुरामा घमण्ड गरेर लुसिफरले आफूलाई ईश्वरको बराबरीमा राख्न खोजे । उनको यही चाहना स्वर्गमा विद्रोहको कारण बन्यो ।लुसिफरको विद्रोहले स्वर्गमा द्वन्द्व निम्त्यायो ।

परम्परागत कथनअनुसार उनले स्वर्गका अन्य देवदूतलाई पनि आफ्नो साथमा ल्याएर र ठुलो विद्रोहको नेतृत्व गरे । ईश्वरले यो विद्रोहलाई पाप माने र लुसिफरलाई स्वर्गबाट खसालिदिए ।

उनी ‘फलन एन्जल’ अर्थात् पतित स्वर्गदूत बने । स्वर्गबाट खसालिएपछि लुसिफर नर्कमा पुगे । यहाँ उनले सैतानको रूप लिए । सैतानको स्वरूपमा लुसिफरले मान्छेलाई पथभ्रष्ट गर्ने, पाप कार्यतिर आकर्षित गर्ने, एडम र इभलाई वर्जित फल खान प्रेरित गर्ने सर्पलाई पनि लुसिफरको एक रूप मानिन्छ ।

लुसिफरको कथा केवल धार्मिक दृष्टिकोणबाट मात्र होइन, सांस्कृतिक र मनोवैज्ञानिक दृष्टिकोणबाट पनि महत्त्वपूर्ण छ । धेरै संस्कृतिमा यो कथालाई अहंकार र पतनको प्रतीक मानिन्छ । लुसिफरको विद्रोहलाई आत्मचिन्तनको प्रारम्भिक बिन्दु मानिन्छ ।

जहाँ एक प्राणीले आफ्नो अस्तित्वको सीमालाई पार गर्न खोज्छ र परिणमस्वरूप पतन हुन्छ । लुसिरफरको कथाले शक्ति, सौन्दर्य, र बुद्धिलाई नियन्त्रणमा राख्न सकिएन भने यो आफ्नै लागि कसरी खतरा बन्न सक्छ भन्ने पाठ पनि पढाउँछ ।

नेपालको राजनीति अहिले पनि एक अनिश्चित र नाटकीय मोडमा उभिएको छ, जहाँ परम्परागत शक्तिका स्तम्भहरू एक अप्रत्याशित आँधीले ढलेका छन्। यो आँधीको नाम हो, जेनजी आन्दोलन।

तर, यो आँधीको केन्द्रमा देखिने अनुहारहरूभन्दा पनि शक्तिशाली एक यस्तो अदृश्य शक्ति छ, जसले सम्पूर्ण खेललाई आफ्नो नियन्त्रणमा राखेको छ। काठमाडौं महानगरका मेयर बालेन्द्र शाह बालेन, जो सार्वजनिक रूपमा कतै देखिएनन्, तर पर्दा पछाडि बसेर उनी यस आन्दोलनका ‘किङ मेकर’, ‘गडफादर’ र चेसका एक कुशल राजाको भूमिकामा देखा परेका छन्।

केही महिना अघिसम्म जेनजी अर्थात् नयाँ पुस्ता राजनीतिको मूलधारबाट टाढा, आफ्नै डिजिटल संसारमा रमाइरहेको थियो। तर, जब नेताहरुको रजगज र लोकतान्त्रिक व्यवस्थामा बसेर राजर्शी ठाँटमा ब्रम्हलुट मच्चाउनेहरु प्रतिको उनीहरूको असन्तुष्टि र आक्रोशले सीमा नाघ्यो, त्यो एकाएक सडकमा विस्फोट भयो।

यो विस्फोट कुनै नेता वा दलको आह्वानमा भएको थिएन; यो स्वतःस्फूर्त थियो। तर, यही स्वतःस्फूर्त आन्दोलनलाई आकार, दिशा र रणनीति दिने काम पर्दा पछाडिबाट बालेन शाहले गरिरहेका थिए।

आन्दोलनमा अन्य राजनीतिक स्वार्थ समूहहरूले प्रवेश गर्ने खतरा सुरुदेखि नै थियो। राजावादी अभियन्ता दुर्गा प्रसाईंले आन्दोलनमा समर्थन जनाउँदै आफू पनि सहभागी हुने घोषणा गरेपछि आन्दोलनको उद्देश्य नै मोडिइने हो कि भन्ने संशय पैदा भयो।

यही मोडमा भदौ २२ गते बिहान सवा १० बजे बालेनको फेसबुक स्टाटस आयो, जसले खेलको नियम नै परिवर्तन गरिदियो। उनले लेखे, ‘भोलीको ¥याली स्पष्ट स्वतस्फूर्तरूपमा जेनजीहरुकोे हो, उहाँहरू भनेको २८ वर्ष मुनि हुनुहुन्छ… भोलि यो स्वतःस्फूर्त ¥यालीमा कुनै पार्टी, नेता, कार्यकर्ता, सांसद, बहुला, अभियन्ताहरू आफ्नो स्वार्थ पूरा गर्न बाठो नबन्नु होला। म उमेर हदबन्दीको कारण जान मिल्दैन, तर उहाँहरूको कुरा बुझ्नु जरुरी छ, मेरो भरपुर समर्थन छ।’

यो एक सामान्य स्टाटस थिएन; यो आन्दोलनको लक्ष्मण रेखा थियो। बालेनले स्पष्ट रूपमा यो आन्दोलनलाई कुनै पनि स्थापित शक्तिले ‘हाइज्याक’ गर्न नपाउने सन्देश दिए। उनको यही स्टाटसपछि दुर्गा प्रसाईं पछि हटे, जसलाई उनले पछि एक भिडियोमार्फत बालेनले नै आफूलाई सहभागी नहुन भनेको स्वीकार गरे।

यसले बालेनको अदृश्य प्रभाव र आन्दोलनमाथिको उनको पकडलाई पुष्टि ग¥यो। भदौ २३ गते, जब हजारौं जेनजी युवाहरू सडकमा उत्रिए, तत्कालीन केपी शर्मा ओली नेतृत्वको सरकारले उनीहरूको आवाज सुन्नुको सट्टा बर्बरतापूर्वक दमनको बाटो रोज्यो।

काठमाडौंको बानेश्वरमा १७ र इटहरीमा २ गरी कुल १९ जना युवाहरूको ज्यान गयो। राज्यको यो क्रूरताले देशलाई स्तब्ध बनायो। यही स्तब्धतालाई आक्रोशमा बदल्ने काम बालेनको अर्को मध्यरातको स्टाटसले ग¥यो।

प्रधानमन्त्री ओलीलाई लक्षित गर्दै उनले लेखे, ‘तिम्रा भरौटेहरूको पो बा भयौ त। साँच्चै नै कहिले बा हुन पाएको भए पो छोरा छोरीको मृत्युको पीडा बुझ्थ्यौ… तिमी नेता त के मान्छे पनि बन्न सकेनउ, आतङ्कबादी हौं।’

यो एक मेयरको आक्रोश मात्र थिएन, यो राज्यद्वारा आफ्ना नागरिक मारिँदा एक अभिभावकले महसुस गरेको पीडाको चित्कार थियो। यसले देशभरि आगोमा घिउ थप्ने काम ग¥यो। भदौ २४ गते बिहानसम्ममा देशका प्रमुख सहरहरू आन्दोलनकारीले भरिएका थिए ।

क्रमश सिंहदरबार र संसद् भवन घेरियो, नेताहरूका घरमा आक्रमण हुन थाल्यो। देश गृहयुद्धको संघारमा पुगेको आभास हुन थाल्यो। यही दबाब थेग्न नसकेर मध्यान्नसम्ममा प्रधानमन्त्री केपी शर्मा ओलीले पदबाट राजीनामा दिए र सेनाको हेलिकप्टरमा भाग्न बाध्य भए। यो एक पुस्ताको जित र पुरानो सत्ताको अपमानजनक हार थियो।

ओलीको बहिर्गमनपछि देशमा शक्ति शून्यताको अवस्था आयो। स्वाभाविक रूपमा, आन्दोलनका नायक मानिएका बालेन शाहलाई अन्तरिम सरकारको प्रधानमन्त्री बन्न चौतर्फी दबाब आयो।

तर, बालेनले यहाँ पनि आफूलाई पर्दा अगाडि ल्याएनन्। उनले क्षणिक र कामचलाउ प्रधानमन्त्री बन्नुको सट्टा आफ्नै घरमा बसेर दीर्घकालीन राजनीतिको जग बसाल्ने बाटो रोजे ।

भदौ २४ गते दिउँसो उनले फेरि फेसबुकबाटै आन्दोलनकारीलाई संयमित हुन र देशको सम्पत्ति रक्षा गर्न अपिल गरे। उनले आन्दोलनको पहिलो माग पूरा भएको भन्दै अब सेना प्रमुखसँग वार्ता गर्न तयार रहन निर्देशन दिए।

तर, त्यसका लागि एउटा सर्त अघि सारे, ‘वार्ता गर्नु अघि संसद् विघटन भएको हुनु पर्छ।’ यो उनको राजनीतिक चातुर्यको अर्को उदाहरण थियो, जसले पुरानो राजनीतिक संरचनालाई पूर्ण रूपमा भत्काएर नयाँको लागि ठाउँ बनाउने उद्देश्य राखेको थियो।

जब अन्तरिम प्रधानमन्त्रीका लागि उनको नाम चर्चामा आयो, उनले भदौ २५ गते राति अर्को स्टाटसमार्फत सबैलाई चकित पारे। उनले आफू प्रधानमन्त्रीको दौडमा नरहेको स्पष्ट पार्दै पूर्व प्रधानन्यायाधीश सुशीला कार्कीको नाम अघि सारे।

उनले लेखे, ‘यो अन्तरिम सरकारको नेतृत्व गर्नका लागि तपाईँहरूबाट आएको प्रस्ताव पूर्व प्रधानन्यायाधीश श्रीमान् सुशीला कार्कीप्रति पूर्ण समर्थन छ।’ उनले हतारमा नेतृत्वमा आउन खोज्नेहरूलाई स्थायी र निर्वाचित नेतृत्वका लागि चुनाव पर्खिन आग्रह गरे।

यो कदमले उनलाई एक सत्ताकांक्षी नेताभन्दा माथि एक स्टेट्सम्यानको रूपमा स्थापित ग¥यो। उनको प्रस्तावमा लालमोहर लाग्यो । सुशीला कार्कीले अन्तरिम सरकारको नेतृत्व सम्हालिन् राष्ट्रपतिले संसद् विघटन गरे ।

यति मात्र होइन, उनले महानगरमा आफ्नै कानुनी सल्लाहकार रहेका ओमप्रकाश अर्याललाई देशको कानुन तथा गृहमन्त्री बनाएर सत्ताको महत्त्वपूर्ण साँचो आफूसँगै राखे।यही राजनीतिक उथलपुथलका बीच धरानका मेयर हर्क साम्पाङको महत्त्वाकांक्षा पनि सतहमा आयो।

उनी प्रधानमन्त्री बन्ने दौडमा सेनाको हेडक्वार्टरसम्म पुगे, तर बालेनको समर्थन नपाएपछि उनी बालेनविरुद्ध खनिन थाले। हर्कले बालेनलाई ‘भगौडा’, ‘विदेशी एजेन्ट’ र ‘गेमर’ जस्ता आरोप लगाए।

उनले एक पत्रकार सम्मेलनमा आफू देश बनाउन जाँदा कसैले नपत्याएको भन्दै धुरुधुरु रोए। हर्कको बुझाइमा, लिडरले अगाडि उभिएर नेतृत्व गर्नुपर्छ, लुकेर खेल्ने ‘गेमर’ होइन। तर, बालेनले हर्कको आक्रोशलाई ठट्यौली पारामा जवाफ फर्काउँदै आफूले माया गरिरहने बताए।

अन्तरिम सरकार गठन भइसकेको र आगामी फागुन २१ गतेका लागि निर्वाचन घोषणा भइसकेको अवस्थामा अब सबैको नजर बालेन शाहको अर्को कदममाथि छ। उनी ६ महिने कामचलाउ प्रधानमन्त्री बन्न चाहेनन्, यसको अर्थ उनी पूर्ण कार्यकारी अधिकारसहित सिंहदरबार प्रवेश गर्न चाहन्छन्।

यसका लागि राजनीतिक दल अनिवार्य छ । जहाँबाटै उनी संसदमा पुगेर आफूले चाहे अनुशारको संविधान संशोधन गर्नुपर्नेछ । जेनजी आन्दोलनपछि नागरिक सरकार बनेपछि संविधान संशोधन गर्ने र प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्री वा राष्ट्रपतिको व्यवस्था गर्ने अवसर संसद विघटनपछि गुमेको टिप्पणी हुँदै आएको छ।

यस बारेमा अडानमा रहेका बालेनको संसद विघटनको सर्तको रहस्य भने अझै खुलिसकेको छैन् । बालेनले नयाँ पार्टी खोल्ने हल्लाले राजनीतिक बजार तातेको छ । २०७९ मा ६ महिनाअघि मात्र स्थापना भएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले २१ सिट र ११ लाखभन्दा बढी समानुपातिक मत ल्याएको उदाहरणले नयाँ शक्तिका लागि नेपालको राजनीति कति उर्वर छ भन्ने देखाउँछ।

बालेनको लोकप्रियता र जेनजी आन्दोलनले सिर्जना गरेको ऊर्जालाई संगठित गर्न सके उनले यो आँकडालाई सजिलै पार गर्न सक्ने विश्लेषण हुन थालेको छ। तरपनि अहिलेसम्म बालेन मौन छन् ।

अझै उनी सिंहदरबार जल्दा दमकल किन ढिलो पठाएको भन्ने प्रश्न कै केन्द्रमा छन् । जेनजी आन्दोलनपछि आज पहिलो पटक बसेको कार्यपालिका बैठकको मुख्य बहस नै दमकल महानगरबाट निस्किएपनि आगो निभाउन समयमा नपुगेकोमा भएको थियो ।

Advertisement

भर्खरको समाचार

शेयर खरिदबारे सुधनको प्रष्टीकरणः शेयर किन्नु कहिलेदेखि अपराध भयो ?

sudhangurung30320261029351000x0-1775222839

भारतको पश्चिम बंगालमा चुनावको मुखैमा ९० लाख मतदाता गायब

eyJrZXkiOiJzdGF0aWMvbWVkaWEvaW1hZ2VzL0dldHR5SW1hZ2VzLTQ2MzM1MzQ0OS5qcGcifQ== (1)

अब सरकारी तलब १५ दिनमै आउने

e37f8395-778b-4dd6-a0d9-2c9598bd05ca

अमेरिकाको प्राथमिकतामा नेपाल, ट्रम्पले किन पठाए सहायक विदेश मन्त्री ?

0a03b400-ca0e-429c-9985-e9aeed50e92d

इरानसँग इस्लामाबादमा दोस्रो वार्ता तय, इरानी जहाज कब्जा, भान्स नआउने

1410984_7736407_US-Iran-(1)_updates

गृहमन्त्री गुरुङलाई तत्काल बर्खास्त गरी पक्राउ गर्न माग

Sudhan Gurung Grihamantri_NPL (3)

भ्रष्टाचारको दाग नलागेको छविः के विद्या एमालेको’सेफ ल्यान्डिङ’ हुन् ?

848-Bidhya-Bhandati-and-Kp-oli888

भारतीय धर्मगुरुले जनकपुर आएर बालेनप्रति हिन्दुत्वको प्रश्न उठाए

672685743_957034846916533_6009994246569094219_n

प्रहरीले नै महिलाको घाँटी किन निमोठे ?

674565353_956866970266654_7400874376610559108_n

होर्मुज इरानकै नियन्त्रणमा,भारतीय जहाजमाथि गोली हानियो

Ships and tankers in the Strait of Hormuz off the coast of Musandam, Oman, April 18, 2026. REUTERS

सम्बन्धित खबरहरु

Scroll to Top