NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
मधेसका मुख्यमन्त्री सोनलले आज विश्वासको मत लिँदै शनिबार कार्तिक २२ , २०८२
गण्डकी र कोशीमा हल्का वर्षा सहित हिमपातको सम्भावना शनिबार कार्तिक २२ , २०८२
ब्रेन स्ट्रोकपछि स्वास्थ्य बिग्रँदै गएका पूर्वमन्त्री अफताब आलमको निधन शनिबार कार्तिक २२ , २०८२
बिपी र सुवर्णले चलाएको काँग्रेस अब गगन र विश्वको पोल्टामा आउला ? शुक्रबार कार्तिक २१ , २०८२
रविमाथि कसरी प्रतिशोध साधियो ? ६ तथ्य सार्वजनिक शुक्रबार कार्तिक २१ , २०८२
Next
Prev

समाचार

ओलीको राजीनामा माग्दै उषाकिरणले झाँको झारिन,गैरेले पनि मागे राजीनामा

शुक्रबार अशोज ३१ , २०८२
Reading Time: 1 min read
A A
पतनको बाटोमा ओली,प्रधानमन्त्री र गृहमन्त्रीलाई दिए धम्की, नेताले दिएनन् साथ
Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X
LS Auto

३१ असोज , काठमाण्डौ ।
ओलीको राजीनामा माग्दै उषाकिरणले झाँको झारिन,गैरेले पनि मागे राजीनामा

जेनजी आन्दोलनमा दमन गरेको भन्दै नेतृत्व छाड्नु पर्ने चौतर्फी दबाबलार्इं विभिन्न बहाना र तर्क प्रस्तुत गर्दै पन्छाउँदै आएका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीमाथि नेताहरूले नेतृत्व हस्तान्तरणका लागि राजीनामा दिने एजेन्डालाई जोडजोडले उठाएका छन्।

शुक्रबार विहानसम्म केन्द्रीय कमिटी बैठकमा धारणा राख्नेमध्ये कयौँ नेताहरूले अध्यक्ष केपी शर्मा ओलीले नेतृत्व हस्तान्तरण गरेर पुस्तान्तरण गर्नुपर्ने धारणा राखेका हुन्।

बुधबारदेखि जारी नेकपा एमालेको केन्द्रीय कमिटी बैठकमा एकपछि अर्का नेताले अध्यक्ष केपी शर्मा ओलीको राजीनामा मागेपछि फेसबुकबाट नभई केन्द्रीय कमिटिबाट राजीनामा माग हुनु पर्ने र त्यसरी राजीनामा माग भए आफू पदमा नबस्ने अभिब्यक्ति दिएका ओली आफ्नै अगाडि राजीनामा मागिएपछि कालोनिलो बन्नु पर्ने अवस्था निम्तिएको छ।

बैठकको अन्तिम तथा तेस्रो दिन आज एमाले केन्द्रीय सदस्य ठाकुर गैरेले पनि ओलीले अब अध्यक्ष पद छाड्नुपर्ने बताएका हुन्। अध्यक्ष ओलीले प्रस्तुत गरेको विशेष राजनीतिक प्रतिवेदनमा धारणा राख्दै उनले भने, ‘प्रस्तुत प्रस्ताव पूर्ण गरौँ, सबै कुरा ध्वस्त भएको छ। कम्युनिस्ट आन्दोलन कति बलियो हुन्छ, परिस्थितिको ठोस विश्लेषण गरेर निष्कर्ष निकालौँ। हामीले संविधान संशोधनको कुरा गरिरहेका थियौँ, हामीसँग ठोस निर्णय थिएन। वाम एकता गरेर निर्माण गरेको सरकार पनि ढल्यो र वाम–लोकतान्त्रिक सरकार पनि ढल्यो, यस्तो समयमा पार्टी रूपान्तरणको मुद्दालाई नेतृत्वको विरोधको रूपमा बुझ्नहुन्न।  म यो बैठकलाई नेतृत्व हस्तान्तरण गरेर जाऔँ भन्ने अनुरोध गर्दछु।’

यस्तै केन्द्रीय सदस्य उषाकिरण तिम्सेनाले पार्टी अध्यक्ष केपी शर्मा ओलीको राजीनामा माग गरेकी छन्। केन्द्रीय कमिटी बैठकमा धारणा राख्दै उनले यही संरचना लिएर चुनाव वा आन्दोलनमा जानै नसकिने प्रष्ट पारेकी हुन्।

‘हरेक समयमा देशको एउटा कार्यभार हुन्छ। आजको नेपाली राजनीतिको मुख्य कार्यभार दलहरूको पुनर्गठन हो। त्यसका लागि एमालेको पुनर्गठन महत्त्वपूर्ण छ। कांग्रेसमा त्यो सुरु भइसक्यो। अब अध्यक्षले राजीनामा गरेर मुलुकको राजनीतिक गतिरोधको ढोका खोल्नुपर्छ। यही संरचना लिएर चुनाव वा आन्दोलनमा जानै सकिँदैन। यहाँले बिदा लिएर अभिभावक बन्ने बित्तिकै देशभर सकारात्मक सन्देश जानेछ कमरेड ओली,’ उनले बैठकमा भनिन्।

केन्द्रीय सदस्य तिम्सेनाले विध्वंश, विनाश र वियोगान्तपछि केन्द्रीय कमिटी बैठक बसिरहेको तर बैठकमा नेतृत्व पंक्तिका प्रमुख व्यक्तिहरू सफल छन् भनिरहँदा असफल भएको हो? भन्दै प्रश्न गरिन्। उनले भदौ २३ गतेको जेनजी विद्रोहमा मारिएका २४ जनाको जिम्मा कसले लिने भन्दै पनि प्रश्न गरिन्।

‘बैठकमा नेतृत्वका प्रमुख व्यक्तिहरू सफल छन् भनिरहेका छौं। उसो भए अहिले असफल भएको चाहिँ को हो? अस्ति भर्खर ससाना नानीहरूको कत्लेआम भयो। खर्बाैंको सार्वजनिक र निजी सम्पत्तिमा आगजनी भयो। ती सबैको नैतिक जिम्मा कसले लिने हो?

गोली हान्ने प्रहरीको हवलदारले लिने हो कि प्रहरी प्रमुखलाई भागीदार बनाउने हो? वा यसको नैतिक जिम्मेवार तत्कालको प्राधिकारको हुन्छ कमरेड?,’ उनले प्रश्न गरिन्।
बैठकमा भदौ २३ र २४ गतेको विद्रोह षड्यन्त्र भनिरहँदा एमालेविरूद्ध लाग्ने शक्तिहरू किटान हुनुपर्ने पनि धारणा राखिन्।

‘यतिखेर हामी कुन षड्यन्त्रको कुरा गरिरहेका छौं? कुनकुन वैदेशिक निकायहरू हुन् एमाले विरुद्ध लागेका? के हामी तिनलाई किटान गर्न सक्छौं? के कुनै दूतावासका अधिकारीहरू बोलाएर कुरा गर्न सक्छौं?,’ उनको प्रश्न थियो।

अध्यक्ष ओलीले ११ वर्षदेखि पार्टी आन्दोलनको नेतृत्व गरिहेको भन्दै ११ वर्षका भएका अभ्यासहरूले पार्टी, वाम आन्दोलन र सिंगो कम्युनिस्ट आन्दोलन कहाँ पु¥यायो भन्दै प्रश्न गरेकी थिइन्। ‘कमरेड ओली यो पार्टीको अध्यक्ष हुनु भएको ११ वर्ष भयो ।

यो ११ वर्षमा भएका अभ्यासहरूले हामीलाई, वाम आन्दोलन र सिंगो कम्युनिस्ट आन्दोलनलाई कता पु¥यायो? नेकपा गठन एउटा महत्त्वपूर्ण कडी थियो तर त्यसलाई हामीले कस्ताकस्ता अभ्यास र कस्ता ध्वंशकारी अभ्यास ग¥यौं? एक पल्ट सम्झिऊँ, नागरिकहरूमा निराशा त्यहीँबाट सुरु भएको हो। मास फ्रस्टेन छ र थियो। स्विकारौं,’ उनले भनिन्।

त्यस्तै उनले पार्टीको चुनाव चिह्न सूर्य लिएर कस्ता मानिसहरू उठे भनेर त्यसको समीक्षा हुनुपर्ने पनि धारणा राखिन्। २०७९ को निर्वाचनपछाडि सक्किने की सच्चिने भन्ने बहस चर्चामा रहेको भन्दै उनले अहिले भदौ २३ र २४ पछाडि देश सक्किनेको सीमा कहाँसम्म हो भन्ने प्रश्न खडा भएको पनि उनले बताइन्।

जेनजी आन्दोलनको एउटा जबरजस्त माग पार्टीका टेस्टेड नेतृत्व र पुस्ताले बिदा लेउ भन्ने भएको बताउँदै त्यसलाई अनदेखा गर्न नमिल्ने बताइन्। ‘देशमा बरबादी छ, काम चलाऊ सरकार छ। संविधान संकटमा छ।

छिटोभन्दा छिटो संविधानलाई बाटोमा ल्याउनु छ। त्यसैले अब संसद्को पुनःस्थापना होइन, निर्वाचनमा जानुपर्छ। यो समाजका अधिकांश स्टेकहोल्डरहरूले संसद् पुनःस्थापना हुन पर्छ भनेर भनेको छैन

अतः हामी चुनावमा केन्द्रित हुन आवश्यक छ। तत्कालै नयाँ नयाँ नेतृत्वमा हामी चुनावमा गयौं भने एमाले खरानी टकटक्याएर बौरनेछ,’ उनले भनिन्। केन्द्रीय सदस्य तिम्सेनाले मीनबहादुरबाट दान वापत लिएको जग्गा फिर्ता गर्न आग्रह गरिन्।

उनले यसअघि पनि उक्त जग्गा लिन नहुने भनेकी थिइन्। त्यसवापत् ६ महिना पार्टीको जिम्मेवारीबाट निलम्बन भएकी थिइन्। ‘अन्यथा नलिनु होला, मीनबहादुर गुरूङको सम्पत्तिमाथि हमला भयो, क्षती भयो, त्यसैले सहयोग फिर्ता गर्ने निर्णय गरौं,’ उनले भनिन्।

उनले भदौ २४को घटना राष्ट्र र पार्टीको जीवनमा एउटा महादुःस्वप्न रहेको बताइन्। यसअघि नै केन्द्रीय सदस्य डा सुरेन्द्र मानन्धरले ओलीलाई देश र पार्टीको नेतृत्व गर्न असक्षम भएको भन्दै राजीनामा दिन सुझाव दिइसकेका छन् ।

नेताहरूका अनुसार रविन कोइराला, गणेश पाण्डे, केशव पाण्डे, ठम्मर विष्ट, कृष्ण केसी, रचना खड्का, केदार न्यौपाने, कृष्णभक्त पोखरेल, गणेश पहाडी, नरेन्द्र श्रेष्ठ, नवीना लामा, युवराज बास्कोटा, रमेश पौडेल, रामलाल साह, ममता गिरी, टंक कार्की, प्रकाश शाह, माधव अर्याल, तुलसा दाहाल, दीपा शर्मा, मनोजजंग थापा र मञ्जु गुरुङ लगायत २३ भन्दा बढी नेताले नै बिहीबारसम्म पार्टी पुनर्संरचना गर्दै नेतृत्वको हेरफेर गर्नुपर्ने धारणा राखेका छन् ।

बिहीबारको बैठकमा १४६ जनाले बोलेका थिए। ओलीको राजीनामा माग गर्ने संख्या निकै बढेको नेताहरूको भनाइ छ। सचिवालय बैठकमा पनि बहुमत पदाधिकारीले ओलीको राजीनामा मागेका थिए। यही कुरा बुझेर अध्यक्ष ओली र महासचिव शंकर पोखरेलले वर्णानुक्रमअनुसार ‘ह’बाट धारणा राख्न दिइएको थियो।

सचिवालयका नेताहरूले पहिले बोलेको भए ओलीको विरोध गर्ने केन्द्रीय सदस्यहरूको संख्या अझै धेरै हुने आंकलनमा यसो गरिएको एमाले नेताहरुले ने आशंका गरेका छन् । बैठकमा बोलेका कुरा बाहिर मिडियामा सार्वजनिक भएको भन्दै ओलीले असन्तुष्टि जनाएका थिए।

उनले केन्द्रीय सदस्य समाचारदाता भएको आरोप लगाए। ३४२ सदस्यीय केन्द्रीय कमिटीमा अब डेढसय जनाले बोल्न बाँकी छ। बुधबारदेखि सुरु भएको बैठकमा अध्यक्ष ओलीले ६ पृष्ठमा रहेको १५ बुँदे विशेष राजनीतिक प्रतिवेदन पेस गरेका थिए।

सोही प्रतिवेदनमाथि नेताहरूले बोलेका हुन्। प्रचार एवं प्रकाशन विभाग प्रमुख राजेन्द्र गौतमले भने अध्यक्ष ओलीको पदत्याग गर्नुपर्छ भन्नेमा थोरै नेता मात्र रहेको बताएका छन् । धेरैले भने महाधिवेशनमा पार्टी एकताबद्ध भएर जानुपर्ने धारणा राखेको उनी बताउँछन्।

बैठकमा विद्यादेवी भण्डारीको पक्षमा बोल्नेको संख्या समेत बढेकोछ । बिहीबार पनि भण्डारीको सदस्यता नवीकरण खुला गरेर काममै सक्रिय गराउनुपर्ने भन्ने पक्षमा २५ जना बढी नेताले धारणा राखेका छन्।

रचना खड्का, रामलाल साह, रामप्रीत पासवान, झपट रावल, जमिन्द्रमान घले, माधव अर्याल, नरदेवी पुन, तुलसा दाहाल, युवराज बाँस्कोटा, दीपा शर्मा, प्रभा बराल, नवीना लामा, मञ्जुदेवी गुरुङ, राम अवतार, प्रकाश शाह, ममता गिरी, केदार न्यौपाने, रविन कोइराला, युवराज बास्कोटा लगायत नेताहरू भण्डारीको पक्षमा उभिएका छन्।

Tags: #ओलीको राजीना

लोकप्रीय

मधेसका मुख्यमन्त्री सोनलले आज विश्वासको मत लिँदै

मधेसका मुख्यमन्त्री सोनलले आज विश्वासको मत लिँदै

शनिबार कार्तिक २२ , २०८२
देशभर छैन् कुनै पनि मौसम प्रणालीको प्र भाव

गण्डकी र कोशीमा हल्का वर्षा सहित हिमपातको सम्भावना

शनिबार कार्तिक २२ , २०८२
ब्रेन स्ट्रोकपछि स्वास्थ्य बिग्रँदै गएका पूर्वमन्त्री अफताब आलमको निधन

ब्रेन स्ट्रोकपछि स्वास्थ्य बिग्रँदै गएका पूर्वमन्त्री अफताब आलमको निधन

शनिबार कार्तिक २२ , २०८२

विचार

मधेसका मुख्यमन्त्री सोनलले आज विश्वासको मत लिँदै

मधेसका मुख्यमन्त्री सोनलले आज विश्वासको मत लिँदै

शनिबार कार्तिक २२ , २०८२
देशभर छैन् कुनै पनि मौसम प्रणालीको प्र भाव

गण्डकी र कोशीमा हल्का वर्षा सहित हिमपातको सम्भावना

शनिबार कार्तिक २२ , २०८२
ब्रेन स्ट्रोकपछि स्वास्थ्य बिग्रँदै गएका पूर्वमन्त्री अफताब आलमको निधन

ब्रेन स्ट्रोकपछि स्वास्थ्य बिग्रँदै गएका पूर्वमन्त्री अफताब आलमको निधन

शनिबार कार्तिक २२ , २०८२

थप समाचार

मधेसका मुख्यमन्त्री सोनलले आज विश्वासको मत लिँदै
ताजा समाचार

मधेसका मुख्यमन्त्री सोनलले आज विश्वासको मत लिँदै

शनिबार कार्तिक २२ , २०८२
देशभर छैन् कुनै पनि मौसम प्रणालीको प्र भाव
ताजा समाचार

गण्डकी र कोशीमा हल्का वर्षा सहित हिमपातको सम्भावना

शनिबार कार्तिक २२ , २०८२
ब्रेन स्ट्रोकपछि स्वास्थ्य बिग्रँदै गएका पूर्वमन्त्री अफताब आलमको निधन
ताजा समाचार

ब्रेन स्ट्रोकपछि स्वास्थ्य बिग्रँदै गएका पूर्वमन्त्री अफताब आलमको निधन

शनिबार कार्तिक २२ , २०८२
बिपी र सुवर्णले चलाएको काँग्रेस अब गगन र विश्वको पोल्टामा आउला ?
ताजा समाचार

बिपी र सुवर्णले चलाएको काँग्रेस अब गगन र विश्वको पोल्टामा आउला ?

शुक्रबार कार्तिक २१ , २०८२

भिडियो

Currently Playing

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

00:01:21

सरकारको असफलता: महँगी रोक्न नसक्दा उपभोक्तामाथि थप आघात || Nepal Times

00:13:15

काठमाडौं महानगरको राजस्व असमझदारी र गृहमन्त्री लेखकको विवादित निर्णयले सरकारमाथि दबाब।

00:10:28

सहकारी प्रकरणमा लामिछाने निर्दोषको दाबी र संसद् उपेक्षा गरेकोमा विपक्षीले सरकारलाई कठघरामा उभ्याए।

00:10:47

स्वर्णलक्ष्मी विवादले तातेको अदालत, सार्क ठप्प: लामिछानेमाथि दवाब र भारत-पाक तनाबको कूटनीतिक खेल

00:12:15
Currently Playing

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

00:13:34

किन सधैं अशान्त रहन्छ मध्यपूर्व? कारण र द्वन्द्वको चक्रव्यूह || Nepal Times

00:14:58

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

00:14:15

लाइक,कमेन्ट र सेयर गरे जेल,विधेयक हुबहु पास भए के हुन्छ ?|| Nepal Times

00:14:44

चरीदेखि घैंटे सम्म : डनहरूको इन्काउन्टर कथा|| Nepal Times

00:15:42
Currently Playing

World News: सिरियाली राष्ट्रपति Trump भेट्न पुगे, मुनिर जीवनभर फिल्ड मार्सल || Nepal Times

World News: सिरियाली राष्ट्रपति Trump भेट्न पुगे, मुनिर जीवनभर फिल्ड मार्सल || Nepal Times

00:16:53

World News:चीनको फुजियान सेवामा, रुसमा हे लिकप्टर दुर्घ टना || Nepal Times

00:19:59

World News: अमेरिकी सरकार ३७ दिनदेखि बन्द,भियतनाममा आँधी,५ हजार वर्ष पूराना भाडा || Nepal Times

00:20:10

World News: मेक्सिकोभित्रै पसेर ट्रम्पले कारबाही गर्ने, राष्ट्रपतिमाथि नै यौन दु*व्र्य*वहार

00:18:03

World News: न्युयोर्कमा ममदानीको जित, म्यान्मारका माफियालाई चीनमा मृ*त्युदण्ड || Nepal Times

00:20:11

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

आईजीपी खापुङलाई २४घण्टे स्पष्टीकरण, किन किन कारवाही नगर्ने ?

‘बल प्रयोग गर्न नपाउने हो भने देशमा प्रहरी नराखे हुन्छ’ः आईजी

शुक्रबार कार्तिक २१ , २०८२
सुडान टुक्रिने कमाण्डरको चेतावनी, वेस्ट बैंकमा बुलडोजर

सुडानमा भयानक नरसंहारः अन्तरिक्षबाटै देखियो रगतको आहाल

मङ्लबार कार्तिक १८ , २०८२
ओली र लेखकको स्थानहद र पासपोर्ट रोक्का खुलेन

रवि फेरि चक्रब्युमा,फर्जी पत्र थमाएर जेलबाट कसले निकाल्यो ?

मङ्लबार कार्तिक १८ , २०८२

हालका पोस्टहरू

मधेसका मुख्यमन्त्री सोनलले आज विश्वासको मत लिँदै

मधेसका मुख्यमन्त्री सोनलले आज विश्वासको मत लिँदै

शनिबार कार्तिक २२ , २०८२
देशभर छैन् कुनै पनि मौसम प्रणालीको प्र भाव

गण्डकी र कोशीमा हल्का वर्षा सहित हिमपातको सम्भावना

शनिबार कार्तिक २२ , २०८२
ब्रेन स्ट्रोकपछि स्वास्थ्य बिग्रँदै गएका पूर्वमन्त्री अफताब आलमको निधन

ब्रेन स्ट्रोकपछि स्वास्थ्य बिग्रँदै गएका पूर्वमन्त्री अफताब आलमको निधन

शनिबार कार्तिक २२ , २०८२
सम्पादक
हरिहर नेपाल
प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
७२७-०७४-०७५
9820710515
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.