NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
नेपालमा कस्ता कस्ता पदमार्ग ? जारी भयो मापदण्ड ? शुक्रबार कार्तिक २१ , २०८२
राजनीतिक अध्यारोबाट कुलमानले देशलाई उज्यालो बनाउलान् ? शुक्रबार कार्तिक २१ , २०८२
कस्तो हुनेछ २४ घण्टाको मौसम ? शुक्रबार कार्तिक २१ , २०८२
बाबुरामदेखि कुलमान र जनार्दनसम्म रास्वपाको नेतृत्व बन्ने महत्वकांक्षा शुक्रबार कार्तिक २१ , २०८२
विराटनगरस्थित बाल सुधार गृहबाट बाल बिझ्याइँकर्ता फरार शुक्रबार कार्तिक २१ , २०८२
Next
Prev

समाचार

ट्रम्पले पुटिनसँग गरे साढ २ घण्टा टेलिफोन, ‘ठूलो प्रगति’, के कुरा भयो ?

शुक्रबार अशोज ३१ , २०८२
Reading Time: 1 min read
A A
ट्रम्प–पुटिन वार्ताः एजेण्डा युद्धविराम
Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X
LS Auto

३१ असोज , काठमाण्डौ ।

२ वर्ष लामो इजरेल र हमासबीचको युद्ध अन्त्यका लागि शान्ति सम्झौतामा हस्ताक्षर गराएका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अब ३ वर्ष लामो रुस युक्रेन युद्ध अन्त्य गर्न निर्णायक कदम चालेका छन् ।

ट्रम्पले बिहीबार रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग टेलिफोन वार्ता गरेका छन् । सो क्रममा ‘ठूलो प्रगति’ भएको बताएका छन् । उनले दुई नेताहरू हंगेरीमा आमने–सामने वार्ता गर्न सहमत भएका छन् ।

उनले अगस्टपछि पुटिनसँगको यो पहिलो फोनवार्ता ‘अति फलदायी’ रहेको बताएका छन् । वासिङ्टन तथा मस्कोका टोलीहरू अर्को हप्ता भेट्ने उल्लेख गरेको बीबीसीले जनाएको छ ।

ट्रम्पले बुडापेस्टमा हुने पुटिनसँगको आफ्नो भेटको मिति भने पुष्टि गरेनन् । साढे २ घन्टाभन्दा लामो फोनवार्तामा पुटिनले ट्रम्पलाई अमेरिकी मिसाइल युक्रेनलाई नबेच्न आग्रह गरेका छन् ।

ह्वाइट हाउसमै आयोजित पत्रकार सम्मेलनमा ट्रम्पले मिसाइलबारे पुटिनले गरेको कुराकानी सुनाएका थिए। ’अमेरिकी टमाहक मिसाइल युक्रेनलाई बेचोस् भन्ने पुटिन चाहन्छन् त? अवश्य चाहँदैनन्,’ ट्रम्पले पत्रकार सम्मेलनमा भने।

अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सका अनुसार युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले शुक्रबार टमाहक मिसाइलका लागि ट्रम्पसँग कुराकानी गर्दैछन्। शुक्रबार ह्वाइट हाउसमा ट्रम्प र जेलेन्स्कीबीच भेटवार्ता हुँदैछ।

भेटमा जेलेन्स्कीले मिसाइल खरिदबारे कुराकानी गर्न लागेको अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले जनाएको छ। क्रेमलिनले भने ‘अत्यन्तै स्पष्ट र विश्वासपूर्ण’ फोन वार्तापछि शिखर सम्मेलनको तयारी तत्काल सुरु हुने बताएको छ ।

यो वार्ता युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीको ह्वाइट हाउस भ्रमणको एक दिनअघि भएको थियो । हालैका दिनमा ट्रम्प युक्रेनलाई रुसको भित्री भागसम्म प्रहार गर्नसक्ने टमाहक मिसाइलहरू दिने तयारीमा थिए ।

अमेरिका आइपुग्दा जेलेन्स्कीले मस्कोले टमहक क्षेप्यास्त्रको बारेमा सुन्नेबित्तिकै संवाद पुनः सुरु गर्न हतार गरिरहेको बताए । वार्ता सकिएपछि आफ्नो सामाजिक संजालमा ट्रम्पले आफू र पुटिनले युक्रेनसँगको युद्ध समाप्त भएपछि रूस र संयुक्त राज्य अमेरिकाबीचको व्यापारबारे धेरै समय कुरा गरेको बताए ।

उनले अमेरिकी प्रतिनिधिमण्डलको नेतृत्व विदेशमन्त्री मार्को रुबियोले गर्ने गरी अर्को हप्ता दुवै देशका उच्चस्तरीय सल्लाहकारहरू एक गोप्य स्थानमा भेट्ने बताए । ट्रम्पले शुक्रबार पुटिनसँगको आफ्नो वार्ताका बारेमा जेलेन्स्कीलाई जानकारी दिने बताए ।

ट्रम्पले पत्रकारहरूलाई पुटिनलाई दुई हप्ताभित्र भेट्ने अपेक्षा गरेको बताए । पुटिनसँगको फोनवार्तापछि युक्रेनलाई मिसाइल दिने सम्भावनाबारेको प्रश्नमा ट्रम्पले अमेरिकाको टमाहक मिसाइलको भण्डारलाई घटाउन नसकिने बताए ।

उनले भने, “हामीलाई पनि तिनीहरूको आवश्यकता छ । त्यसैले हामी यसबारेमा के गर्न सक्छौँ, मलाई थाहा छैन ।” हंगेरीका प्रधानमन्त्री भिक्टर ओर्बानले सामाजिक संजाल एक्समा प्रस्तावित बुडापेस्ट बैठकलाई विश्वका शान्तिप्रेमी मानिसहरूका लागि ठूलो खबर भनेका छन् ।

यसअघि उनले भनेका थिए, “शान्तिका लागि धैर्यता, बल र नम्रता चाहिन्छ । युरोपले आफ्नो अडान परिवर्तन गर्नुपर्छ । अहंकार र अन्तहीन युद्धको आगो झोस्नुको सट्टा हामीलाई रूससँग वार्ता चाहिन्छ ।

केवल संवादले मात्र हाम्रो महाद्वीपमा शान्ति ल्याउन सक्छ ।” अगस्टमा अलास्कामा भएको शिखर सम्मेलनले शान्ति सम्झौताको मध्यस्थता गर्ने प्रयासमा निर्णायक सफलता हासिल गर्न नसकेपछि युक्रेन युद्धलाई लिएर ट्रम्प पुटिनप्रति कठोर भएका थिए ।

अमेरिकी पत्रिका न्यूयोर्क टाइम्सका अनुसार लामो दूरी, उच्च परिशुद्धता र सतहनजिकै उड्ने क्षमताका कारण टमाहक आज पनि अमेरिकाको सबैभन्दा भरोसायोग्य हतियारमध्येको एक मानिन्छ।

टमाहक क्रुज मिसाइल पहिलोपटक सन् १९९१ को पर्सियन गल्फ युद्धमा प्रयोग गरिएको थियो। त्यसयता इराक, सिरिया, अफगानिस्तानदेखि यमनसम्मका विभिन्न अमेरिकी सैन्य अभियानमा यसको प्रयोग हुँदै आएको छ।

तोमहक सन् १९७० दशकमै विकास सुरु भएको पुरानो तर अझै अत्याधुनिक प्रविधि भएको मिसाइल हो। यो मिसाइल करिब १,००० माइल (१६०० किलोमिटर) टाढासम्म प्रहार गर्न सक्छ।

यसको गति करिब ५५० माइल प्रतिघण्टा हुन्छ, जुन आवाजको गतिभन्दा करिब ७० प्रतिशत हो। यस्तो मिसाइल सतहबाट मात्र करिब ३० मिटरमाथि उड्ने भएकाले रडारले पत्ता लगाउन कठिन हुन्छ।

त्यसैले यो आक्रमणको समयमा अत्यन्त गुप्त र घातक ठहरिन्छ। युक्रेनबाट रूसको राजधानी मस्को र प्रमुख सहर सेन्ट पिटर्सबर्ग ५०० माइलभन्दा नजिक रहेकाले पनि तोमहकको प्रयोग गरेर युक्रेनले रूसमा आक्रमण गरी त्यहाँ ठूलो क्षति पु¥याउन सक्छ भनेर अमेरिकी टेलिभिजन नेटवर्क सिएनएनले लेखेको छ।

पुटिनसँग शान्ति वार्ताको पहल सुरु भइरहेको अवस्थामा नेटोले आफ्ना सदस्य राष्ट्रहरूको हवाई सीमामा रुसद्वारा भइरहेको घुसपैठ र ड्रोन हमलाहरूको बढ्दो घटनाका कारण रक्षा तयारीलाई मजबुत बनाएको छ ।

ब्रसेल्समा आयोजित रक्षा मन्त्रीहरूको बैठकमा यी घटनाहरूमाथि गम्भीर चिन्ता व्यक्त गरिएको छ । युरोपको सुरक्षालाई प्राथमिकता दिने उपायहरूबारे बैठकमा छलफल भएको छ ।

युरोपेली आयोगले ‘ड्रोन वाल’ योजनालाई विस्तार गर्ने प्रस्ताव गरेको छ, जसलाई अब ‘युरोपेली ड्रोन डिफेन्स इनिसिएटिभ’को रूपमा चिनिने बताइएको छ । यस पहलको उद्देश्य युरोपभर ड्रोन हमलाबाट सुरक्षा सुनिश्चित गर्न सेन्सर, जैमिङ सिस्टम र हतियारहरूको सञ्जाल स्थापना गर्नु रहेको बताइएको छ ।

यद्यपि, फ्रान्स र जर्मनीजस्ता देशहरूमा यस योजनालाई लिएर राजनीतिक र प्राविधिक चुनौतीहरू देखा परेका छन् । पोल्यान्डमा सेप्टेम्बर ९–१० मा भएको रुसी ड्रोन घुसपैठपछि नेटोले ‘अपरेसन इस्टर्न सेन्ट्री’ सुरु गरेको छ ।

यस अपरेसनअन्तर्गत एफ–१६, एफ–३५, राफेल र युरोफाइटरजस्ता लडाकु विमानहरूका साथै एसएएमपीटी मिसाइल प्रणाली तैनाथ गरिएको छ । यसको उद्देश्य नेटोको पूर्वी सीमामा हवाई सुरक्षालाई बलियो बनाउनु हो ।

नेटोका वायुसेनाहरू कुनै पनि हवाई घुसपैठको तुरुन्त प्रतिक्रिया दिन सकियोस् भनेर अब २४ घण्टा तत्परतामा रहेको बताइएको छ । यो नीति युरोपेली हवाई क्षेत्रको सुरक्षा सुनिश्चित गर्नका लागि महत्वपूर्ण मानिएको छ ।

पोल्यान्डका विदेशमन्त्री राडोस्लाव सिकोस्र्कीले युरोपलाई रुसका सम्भावित गहिरा हमलाहरूका लागि तयार रहन सल्लाह दिएका छन् । उनले ड्रोन वाल योजनाको समर्थनमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग लामो दूरीका टमाहक मिसाइलहरूको आपूर्तिको माग गरेका छन् ।

फ्रान्स र जर्मनीले पनि ड्रोन वाल योजनाका लागि युरोपेली आयोगको प्रस्तावलाई समर्थन गरेका छन् । तर, केही राजनीतिक र प्राविधिक अवरोधहरू अझै बाँकी छन् । अमेरिकाले नेटोका सदस्य राष्ट्रहरूलाई रक्षा सहायता प्रदान गरिरहेको छ ।

यद्यपि, स्पेनले आफ्नो रक्षा खर्चलाई ५ प्रतिशतसम्म बढाउन अस्वीकार गरेको छ । जसका कारण राष्ट्रपति ट्रम्पले व्यापार प्रतिबन्धको धम्की दिएका छन् । नेटो र युरोपेली संघ मिलेर युरोपको सुरक्षालाई मजबुत बनाउन निरन्तर प्रयासरत छन् ।

यद्यपि, विभिन्न देशहरूबीच राजनीतिक मतभेद र प्राविधिक चुनौतीहरू देखापरिरहेका छन् । तर, सामूहिक सुरक्षाका लागि प्रयासहरू जारी छन् ।

Tags: #ट्रम्पको ध्यान अब रुस–युक्रेन युद्धमा#रुस-युक्रेन युद्ध

लोकप्रीय

नेपालमा कस्ता कस्ता पदमार्ग ? जारी भयो मापदण्ड ?

नेपालमा कस्ता कस्ता पदमार्ग ? जारी भयो मापदण्ड ?

शुक्रबार कार्तिक २१ , २०८२
काम नगर्ने ठेक्दारलाई कुलमानले नछोड्ने

राजनीतिक अध्यारोबाट कुलमानले देशलाई उज्यालो बनाउलान् ?

शुक्रबार कार्तिक २१ , २०८२
देशभर छैन् कुनै पनि मौसम प्रणालीको प्र भाव

कस्तो हुनेछ २४ घण्टाको मौसम ?

शुक्रबार कार्तिक २१ , २०८२

विचार

नेपालमा कस्ता कस्ता पदमार्ग ? जारी भयो मापदण्ड ?

नेपालमा कस्ता कस्ता पदमार्ग ? जारी भयो मापदण्ड ?

शुक्रबार कार्तिक २१ , २०८२
काम नगर्ने ठेक्दारलाई कुलमानले नछोड्ने

राजनीतिक अध्यारोबाट कुलमानले देशलाई उज्यालो बनाउलान् ?

शुक्रबार कार्तिक २१ , २०८२
देशभर छैन् कुनै पनि मौसम प्रणालीको प्र भाव

कस्तो हुनेछ २४ घण्टाको मौसम ?

शुक्रबार कार्तिक २१ , २०८२

थप समाचार

नेपालमा कस्ता कस्ता पदमार्ग ? जारी भयो मापदण्ड ?
ताजा समाचार

नेपालमा कस्ता कस्ता पदमार्ग ? जारी भयो मापदण्ड ?

शुक्रबार कार्तिक २१ , २०८२
काम नगर्ने ठेक्दारलाई कुलमानले नछोड्ने
ताजा समाचार

राजनीतिक अध्यारोबाट कुलमानले देशलाई उज्यालो बनाउलान् ?

शुक्रबार कार्तिक २१ , २०८२
देशभर छैन् कुनै पनि मौसम प्रणालीको प्र भाव
समाचार

कस्तो हुनेछ २४ घण्टाको मौसम ?

शुक्रबार कार्तिक २१ , २०८२
बाबुरामदेखि कुलमान र जनार्दनसम्म रास्वपाको नेतृत्व बन्ने महत्वकांक्षा
ताजा समाचार

बाबुरामदेखि कुलमान र जनार्दनसम्म रास्वपाको नेतृत्व बन्ने महत्वकांक्षा

शुक्रबार कार्तिक २१ , २०८२

भिडियो

Currently Playing

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

00:01:21

सरकारको असफलता: महँगी रोक्न नसक्दा उपभोक्तामाथि थप आघात || Nepal Times

00:13:15

काठमाडौं महानगरको राजस्व असमझदारी र गृहमन्त्री लेखकको विवादित निर्णयले सरकारमाथि दबाब।

00:10:28

सहकारी प्रकरणमा लामिछाने निर्दोषको दाबी र संसद् उपेक्षा गरेकोमा विपक्षीले सरकारलाई कठघरामा उभ्याए।

00:10:47

स्वर्णलक्ष्मी विवादले तातेको अदालत, सार्क ठप्प: लामिछानेमाथि दवाब र भारत-पाक तनाबको कूटनीतिक खेल

00:12:15
Currently Playing

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

00:13:34

किन सधैं अशान्त रहन्छ मध्यपूर्व? कारण र द्वन्द्वको चक्रव्यूह || Nepal Times

00:14:58

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

00:14:15

लाइक,कमेन्ट र सेयर गरे जेल,विधेयक हुबहु पास भए के हुन्छ ?|| Nepal Times

00:14:44

चरीदेखि घैंटे सम्म : डनहरूको इन्काउन्टर कथा|| Nepal Times

00:15:42
Currently Playing

World News: मेक्सिकोभित्रै पसेर ट्रम्पले कारबाही गर्ने, राष्ट्रपतिमाथि नै यौन दु*व्र्य*वहार

World News: मेक्सिकोभित्रै पसेर ट्रम्पले कारबाही गर्ने, राष्ट्रपतिमाथि नै यौन दु*व्र्य*वहार

00:18:03

World News: न्युयोर्कमा ममदानीको जित, म्यान्मारका माफियालाई चीनमा मृ*त्युदण्ड || Nepal Times

00:20:11

World News: मेयरसंग ट्रम्पको टसल, भारतीय अदालतमा नेपालको जेनजी प्रदर्शनको चर्चा || Nepal Times

00:16:38

World News: अफगानिस्तान भूकम्पमा क्षति बढ्दै, तेहरानमा खानेपानी अभाव|| Nepal Times

00:13:42

World News: सुपरमार्केट वि*ष्फो*टमा २३ को मृ*त्यु, नाइजेरियामा सैन्य का*र*बाही गर्ने Trumpको चेतावनी

00:13:33

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

बालेनको जरिवाना पत्रःगणतन्त्रवादीहरु खुशी राजावादी फायर

बालेनको स्टाटसलाई अंग्रेजीमा होइन नेपालीमा बुझौं !

आइतवार कार्तिक १६ , २०८२
आईजीपी खापुङलाई २४घण्टे स्पष्टीकरण, किन किन कारवाही नगर्ने ?

‘बल प्रयोग गर्न नपाउने हो भने देशमा प्रहरी नराखे हुन्छ’ः आईजी

शुक्रबार कार्तिक २१ , २०८२
सुडान टुक्रिने कमाण्डरको चेतावनी, वेस्ट बैंकमा बुलडोजर

सुडानमा भयानक नरसंहारः अन्तरिक्षबाटै देखियो रगतको आहाल

मङ्लबार कार्तिक १८ , २०८२

हालका पोस्टहरू

नेपालमा कस्ता कस्ता पदमार्ग ? जारी भयो मापदण्ड ?

नेपालमा कस्ता कस्ता पदमार्ग ? जारी भयो मापदण्ड ?

शुक्रबार कार्तिक २१ , २०८२
काम नगर्ने ठेक्दारलाई कुलमानले नछोड्ने

राजनीतिक अध्यारोबाट कुलमानले देशलाई उज्यालो बनाउलान् ?

शुक्रबार कार्तिक २१ , २०८२
देशभर छैन् कुनै पनि मौसम प्रणालीको प्र भाव

कस्तो हुनेछ २४ घण्टाको मौसम ?

शुक्रबार कार्तिक २१ , २०८२
सम्पादक
हरिहर नेपाल
प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
७२७-०७४-०७५
9820710515
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.