NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
मधेसका मुख्यमन्त्री सोनलले आज विश्वासको मत लिँदै शनिबार कार्तिक २२ , २०८२
गण्डकी र कोशीमा हल्का वर्षा सहित हिमपातको सम्भावना शनिबार कार्तिक २२ , २०८२
ब्रेन स्ट्रोकपछि स्वास्थ्य बिग्रँदै गएका पूर्वमन्त्री अफताब आलमको निधन शनिबार कार्तिक २२ , २०८२
बिपी र सुवर्णले चलाएको काँग्रेस अब गगन र विश्वको पोल्टामा आउला ? शुक्रबार कार्तिक २१ , २०८२
रविमाथि कसरी प्रतिशोध साधियो ? ६ तथ्य सार्वजनिक शुक्रबार कार्तिक २१ , २०८२
Next
Prev

समाचार

जेनजी आन्दोलनपछि एमालेमा ध्रुवीकरण तीव्र

शुक्रबार अशोज ३१ , २०८२
Reading Time: 1 min read
A A
ओलीको ’एकछत्र राज’ सकियो? विद्याले ल्याइन भूकम्प
Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X
LS Auto

३१ असोज , काठमाण्डौ ।

जेनजी आन्दोलनबाट प्रधानमन्त्री गुमाएका केपी शर्मा ओलीलाई एमालेको अध्यक्ष पद छोड्न पनि त्यतिकै दबाब छ । यसका अलावा उनलाई पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीको सदस्यता नवीकरण गर्न समेत अधिकांश सदस्यहरूले दबाब दिएका छन् ।

जेनजी आन्दोलनपछि पहिलो पल्ट बसेको बैठकबाट एमाले भित्रको ध्रुवीकरण तीव्र वनेको छ । ओली कुनै पक्षमा नेतृत्व छोड्न र भण्डारीको सदस्यता नवीकरण गर्न तयार देखिएका छैनन् भने अधिकांश सदस्यहरू दुई तिहाइको सरकारको प्रधानमन्त्री भएर पनि सेनाको सहयोगमा बालुवाटारबाट लखेटिनु पर्दा सिङ्गो पार्टीको शिर निहुरेको भन्दै तत्काल राजीनामा दिन दबाब दिई रहेका छन् । ट

एक थरीले महाधिवेशनबाटै निर्णय होस भन्दै ओलीलाई साथ दिन खोजी रहेका छन् भने अर्को थरी तत्काल नेतृत्व हस्तान्तरण गरेर पार्टी बचाउने पक्षमा उभिएका छन् ।
विगतमा ओली विरुद्ध उभिन नै डराउने धेरै सदस्यहरू जारी केन्द्रीय कमिटी बैठकमा अध्यक्ष ओलीलाई राजीनामा दिन एक पछि अर्को गर्दै खुलेर निस्कन थालेका छन्।

जेन–जी आन्दोलनपछि सत्ता च्युत भएका ओलीले पार्टीको नेतृत्व निरन्तरता दिन खोजे पनि अब नेतृत्व हस्तान्तरण र आत्म समीक्षाको आवाज बलियो रूपमा उठी रहेको छ।

ललितपुरको धोबीघाट स्थित रामबाग पार्टी प्यालेसमा जारी बैठकमा झण्डै एक दर्जनभन्दा बढी केन्द्रीय सदस्यहरूले ओलीको राजीनामा मागेका छन् । उनीहरूले जेन–जी आन्दोलनका कारण देश र पार्टीले बेहोरेको विनाशको जिम्मेवारी नेतृत्वले लिनुपर्ने बताएका छन् ।

केन्द्रीय सदस्य डा। सुरेन्द्र मानन्धरले प्रधानमन्त्री र पार्टी अध्यक्ष दुवै हैसियतमा ओली असफल भएको दाबी गर्दै भने, “दुई तिहाइको प्रधानमन्त्री सरकार छाडेर हेलिकोप्टर चढेर भाग्नुपरेको अवस्थामा सङ्ख्याको बलको अर्थ छैन। पार्टीको विश्वास र जनताको भरोसा हराइसकेको छ।”

मानन्धरले जेन–जी आन्दोलनको विध्वंसबारे नेतृत्व अन्धकारमै बसेको भन्दै अध्यक्षले तत्काल राजीनामा दिनुपर्छ भन्ने धारणा राखे। उनले पार्टीलाई नयाँ, विश्वासिलो र सहकार्यमा सक्षम नेतृत्वमा लैजानुपर्ने बताए।

त्यस्तै, सुरेन्द्र मानन्धर, रचना खड्का, रविन कोइराला, रामलाल साह, ममता गिरी, युवराज बास्कोटा, झपट रावल, प्रकाश शाह, कृष्ण थापालगायतका केन्द्रीय सदस्यहरूले ओलीलाई अभिभावकको भूमिकामा बस्न र मार्ग प्रशस्त गर्न सुझाव दिएका छन्।

बैठकमा पूर्व राष्ट्रपति विद्या भण्डारीको सदस्यता नवीकरण गर्नुपर्ने आवाज पनि बलियोसँग उठेको छ। तीन महिना अघि रोकिएको उनको सदस्यता खुला गर्नुपर्ने माग गर्दै केन्द्रीय सदस्यहरू खुलेर भण्डारीको पक्षमा उभिएका छन्।

बुधवारदेखि सुरु भएको यो बहस बिहीबार झन् तीव्र बनेको थियो । केन्द्रीय सदस्य रचना खड्का, गणेश पहाडी, नारायण सिलवाल, झपट रावल, ममता गिरी, प्रभा बराल, परशुराम अधिकारी, कृष्ण थापालगायतले भण्डारीलाई “सङ्कटका बेला पार्टीको सशक्त ऊर्जा”का रूपमा सक्रिय गराउनुपर्ने तर्क राखे । खड्काले भनिन,

फौजदारी अभियोगबाहेक कुनै पनि कारणले पार्टी सदस्यता रोक्नु राम्रो नजिर होइन। पूर्व उपाध्यक्ष विद्या भण्डारीको सदस्यता नवीकरण खुला गर्नुपर्छ।
चर्को विरोधका बिच ओलीले भने महाधिवेशनको प्रस्ताव अघि सारेका छन् ।

उनले मङ्सिर २७, २८ र २९ गते पोखरामा महाधिवेशन प्रस्ताव गरेका छन् । ओलीले जति दबाब आए पनि नेतृत्व नदिने अडान यस अघि नै राखी सकेका छन् । अध्यक्ष हटाउने कि निरन्तरता दिने कुरा महाधिवेशनले नै छिनोफानो गर्छ भन्दै ओलीले फेसबुकमा लेखे भनेर राजीनामा दिइँदैन सम्म भन्न भ्याइ सकेका छन् ।

तर, पार्टीभित्र ओलीकै समूहबाट चुनाव जितेका सदस्यहरूले समेत उनलाई “अब अभिभावक भएर बस्न” सुझाउन दिई रहेका छन् । जेन–जी आन्दोलनले एमालेलाई सबैभन्दा ठुलो क्षति भएको उनीहरूको भनाइ छ । भदौ २३ र २४ गतेको जेन–जी आन्दोलनले एमाले नेतृत्वको सरकारमाथि विनाशकारी प्रहार गर्‍यो।

पार्टीका अनुसार ६९ जिल्लामा कार्यालयहरू ध्वस्त भए, सातै प्रदेशका मुख्य कार्यालयहरू जलेर खरानी बने। करिब ३ अर्बभन्दा बढीको भौतिक क्षति भएको अनुमान छ।

राजधानीदेखि झापासम्म एमाले नेताका घर, सम्पत्ति, प्रतिष्ठानहरूमा आक्रमण भयो। पार्टीका कार्यकर्ताहरू भूमिगत हुन बाध्य भए। राज्य संयन्त्र निष्क्रिय हुँदा प्रधानमन्त्री ओलीले सेनाको सहायतामा भाग्नुपरेको अवस्था आएको थियो।

जेन–जी आन्दोलनले नेपालको राजनीतिक दलहरूमाथि गहिरो असन्तुष्टि प्रकट गर्‍यो। विशेष गरी युवा पुस्ताले भ्रष्टाचार, नातावाद, ढोंगीपन र असमान अवसरका विरुद्ध आवाज उठाएका थिए।

एमालेले युवालाई जिम्मेवारी दिए पनि व्यवहारमा उनीहरूलाई निर्णायक भूमिकामा ल्याउन नसकेको आलोचना बैठकमा पनि उठ्यो। देशभित्रका समस्या देशी–विदेशी प्रपञ्च भनेर टार्ने होइन, नेतृत्वदेखि रूपान्तरणको आवश्यकता हो भन्ने तर्क सबैको छ।

बैठकमा धेरै नेताहरूले पार्टीमा फैलिएको भ्रष्टाचार, गुटबन्दी र व्यक्ति–पूजालाई अन्त्य गर्नुपर्ने धारणा राखे थिए । नेतृत्व र पार्टी पुनर्गठनको खाँचोमा सबै एक मत देखिएका थिए । अब सामूहिक नेतृत्वमा विश्वास गर्नुपर्छ भन्ने धारणा राख्नेको सङ्ख्या धेरै थियो ।

पाँच पुस्ताको नेतृत्व एउटै पुस्ताले गर्नु न्यायसङ्गत छैन। अध्यक्ष अभिभावक भएर बस्नुभयो भने पार्टी र आन्दोलन दुवैलाई नयाँ जीवन दिनु पर्ने माग केन्द्रीय सदस्यहरूले गरेका थिए । जेन–जी आन्दोलनले एमालेको राजनीतिक र नैतिक आधार हल्लाएको छ।

यस आन्दोलनले पार्टीलाई आत्ममूल्यांकन र पुनर्जागरणको अवसर पनि दिएको छ। यदि ओलीले समयको सङ्केत बुझेर राजीनामा गरी अभिभावकको भूमिकामा गए भने एमाले अझ सशक्त रूपमा उभिन सक्छ।  तर, अहङ्कार र सत्ता लिप्सामा अडिग रहे भने एमालेभित्र विद्रोह स्थायी रूप लिन सक्ने सङ्केत देखिन थालेको छ।

Tags: #एमालेमा ध्रुवीकरण तीव्र#केन्द्रीय कमिटीमा विद्या भण्डारी#जेनजी आन्दोल

लोकप्रीय

मधेसका मुख्यमन्त्री सोनलले आज विश्वासको मत लिँदै

मधेसका मुख्यमन्त्री सोनलले आज विश्वासको मत लिँदै

शनिबार कार्तिक २२ , २०८२
देशभर छैन् कुनै पनि मौसम प्रणालीको प्र भाव

गण्डकी र कोशीमा हल्का वर्षा सहित हिमपातको सम्भावना

शनिबार कार्तिक २२ , २०८२
ब्रेन स्ट्रोकपछि स्वास्थ्य बिग्रँदै गएका पूर्वमन्त्री अफताब आलमको निधन

ब्रेन स्ट्रोकपछि स्वास्थ्य बिग्रँदै गएका पूर्वमन्त्री अफताब आलमको निधन

शनिबार कार्तिक २२ , २०८२

विचार

मधेसका मुख्यमन्त्री सोनलले आज विश्वासको मत लिँदै

मधेसका मुख्यमन्त्री सोनलले आज विश्वासको मत लिँदै

शनिबार कार्तिक २२ , २०८२
देशभर छैन् कुनै पनि मौसम प्रणालीको प्र भाव

गण्डकी र कोशीमा हल्का वर्षा सहित हिमपातको सम्भावना

शनिबार कार्तिक २२ , २०८२
ब्रेन स्ट्रोकपछि स्वास्थ्य बिग्रँदै गएका पूर्वमन्त्री अफताब आलमको निधन

ब्रेन स्ट्रोकपछि स्वास्थ्य बिग्रँदै गएका पूर्वमन्त्री अफताब आलमको निधन

शनिबार कार्तिक २२ , २०८२

थप समाचार

मधेसका मुख्यमन्त्री सोनलले आज विश्वासको मत लिँदै
ताजा समाचार

मधेसका मुख्यमन्त्री सोनलले आज विश्वासको मत लिँदै

शनिबार कार्तिक २२ , २०८२
देशभर छैन् कुनै पनि मौसम प्रणालीको प्र भाव
ताजा समाचार

गण्डकी र कोशीमा हल्का वर्षा सहित हिमपातको सम्भावना

शनिबार कार्तिक २२ , २०८२
ब्रेन स्ट्रोकपछि स्वास्थ्य बिग्रँदै गएका पूर्वमन्त्री अफताब आलमको निधन
ताजा समाचार

ब्रेन स्ट्रोकपछि स्वास्थ्य बिग्रँदै गएका पूर्वमन्त्री अफताब आलमको निधन

शनिबार कार्तिक २२ , २०८२
बिपी र सुवर्णले चलाएको काँग्रेस अब गगन र विश्वको पोल्टामा आउला ?
ताजा समाचार

बिपी र सुवर्णले चलाएको काँग्रेस अब गगन र विश्वको पोल्टामा आउला ?

शुक्रबार कार्तिक २१ , २०८२

भिडियो

Currently Playing

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

00:01:21

सरकारको असफलता: महँगी रोक्न नसक्दा उपभोक्तामाथि थप आघात || Nepal Times

00:13:15

काठमाडौं महानगरको राजस्व असमझदारी र गृहमन्त्री लेखकको विवादित निर्णयले सरकारमाथि दबाब।

00:10:28

सहकारी प्रकरणमा लामिछाने निर्दोषको दाबी र संसद् उपेक्षा गरेकोमा विपक्षीले सरकारलाई कठघरामा उभ्याए।

00:10:47

स्वर्णलक्ष्मी विवादले तातेको अदालत, सार्क ठप्प: लामिछानेमाथि दवाब र भारत-पाक तनाबको कूटनीतिक खेल

00:12:15
Currently Playing

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

00:13:34

किन सधैं अशान्त रहन्छ मध्यपूर्व? कारण र द्वन्द्वको चक्रव्यूह || Nepal Times

00:14:58

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

00:14:15

लाइक,कमेन्ट र सेयर गरे जेल,विधेयक हुबहु पास भए के हुन्छ ?|| Nepal Times

00:14:44

चरीदेखि घैंटे सम्म : डनहरूको इन्काउन्टर कथा|| Nepal Times

00:15:42
Currently Playing

World News:चीनको फुजियान सेवामा, रुसमा हे लिकप्टर दुर्घ टना || Nepal Times

World News:चीनको फुजियान सेवामा, रुसमा हे लिकप्टर दुर्घ टना || Nepal Times

00:19:59

World News: अमेरिकी सरकार ३७ दिनदेखि बन्द,भियतनाममा आँधी,५ हजार वर्ष पूराना भाडा || Nepal Times

00:20:10

World News: मेक्सिकोभित्रै पसेर ट्रम्पले कारबाही गर्ने, राष्ट्रपतिमाथि नै यौन दु*व्र्य*वहार

00:18:03

World News: न्युयोर्कमा ममदानीको जित, म्यान्मारका माफियालाई चीनमा मृ*त्युदण्ड || Nepal Times

00:20:11

World News: मेयरसंग ट्रम्पको टसल, भारतीय अदालतमा नेपालको जेनजी प्रदर्शनको चर्चा || Nepal Times

00:16:38

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

आईजीपी खापुङलाई २४घण्टे स्पष्टीकरण, किन किन कारवाही नगर्ने ?

‘बल प्रयोग गर्न नपाउने हो भने देशमा प्रहरी नराखे हुन्छ’ः आईजी

शुक्रबार कार्तिक २१ , २०८२
सुडान टुक्रिने कमाण्डरको चेतावनी, वेस्ट बैंकमा बुलडोजर

सुडानमा भयानक नरसंहारः अन्तरिक्षबाटै देखियो रगतको आहाल

मङ्लबार कार्तिक १८ , २०८२
ओली र लेखकको स्थानहद र पासपोर्ट रोक्का खुलेन

रवि फेरि चक्रब्युमा,फर्जी पत्र थमाएर जेलबाट कसले निकाल्यो ?

मङ्लबार कार्तिक १८ , २०८२

हालका पोस्टहरू

मधेसका मुख्यमन्त्री सोनलले आज विश्वासको मत लिँदै

मधेसका मुख्यमन्त्री सोनलले आज विश्वासको मत लिँदै

शनिबार कार्तिक २२ , २०८२
देशभर छैन् कुनै पनि मौसम प्रणालीको प्र भाव

गण्डकी र कोशीमा हल्का वर्षा सहित हिमपातको सम्भावना

शनिबार कार्तिक २२ , २०८२
ब्रेन स्ट्रोकपछि स्वास्थ्य बिग्रँदै गएका पूर्वमन्त्री अफताब आलमको निधन

ब्रेन स्ट्रोकपछि स्वास्थ्य बिग्रँदै गएका पूर्वमन्त्री अफताब आलमको निधन

शनिबार कार्तिक २२ , २०८२
सम्पादक
हरिहर नेपाल
प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
७२७-०७४-०७५
9820710515
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.