NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
मधेसका मुख्यमन्त्री सोनलले आज विश्वासको मत लिँदै शनिबार कार्तिक २२ , २०८२
गण्डकी र कोशीमा हल्का वर्षा सहित हिमपातको सम्भावना शनिबार कार्तिक २२ , २०८२
ब्रेन स्ट्रोकपछि स्वास्थ्य बिग्रँदै गएका पूर्वमन्त्री अफताब आलमको निधन शनिबार कार्तिक २२ , २०८२
बिपी र सुवर्णले चलाएको काँग्रेस अब गगन र विश्वको पोल्टामा आउला ? शुक्रबार कार्तिक २१ , २०८२
रविमाथि कसरी प्रतिशोध साधियो ? ६ तथ्य सार्वजनिक शुक्रबार कार्तिक २१ , २०८२
Next
Prev

समाचार

‘राष्ट्रिय उज्यालो पार्टी’ दर्ता गर्न कसिए कुलमान

शुक्रबार अशोज ३१ , २०८२
Reading Time: 1 min read
A A
कुलमानका पदाधिकारी को–को ? हर्कको पार्टीमा पुण्य गौतमलाई स्वागत
Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X

३१ असोज , काठमाण्डौ ।

देश राजनीतिक अस्थिरताको नयाँ मोडमा पुगेको बेला ऊर्जा मन्त्री कुलमान घिसिङले वैकल्पिक शक्ति निर्माणको अभियानलाई तीव्र बनाएका छन् । ‘राष्ट्रिय उज्यालो पार्टी’ नाममा दल दर्ताको तयारी गरिरहेका उनले जेन–जी आन्दोलनको मर्म र नयाँ पुस्ताको अपेक्षा समेट्ने गरी नयाँ राजनीतिक यात्राको सुरुआत गर्न खोजेका हुन् ।

घिसिङले पछिल्ला दिनमा स्वतन्त्र र वैकल्पिक शक्ति निर्माणमा सक्रिय विभिन्न व्यक्ति तथा समूहसँग तीव्र संवाद थालेका छन् । काठमाडौँ महानगरका मेयर बालेन्द्र साह (बालेन), रास्वपाका नेताहरू, धनगढीका मेयर गोपी हमाल, समाजसेवी भगवान् कोइराला, चिकित्सक सन्दुक रुइत, कूटनीतिज्ञ कुलचन्द्र गौतम, व्यवसायी शेष घले लगायतसँग छलफल भइरहेको स्रोत बताउँछ ।

LS Auto

घिसिङ निकट स्रोतका अनुसार पार्टीको विधान, नियमावली, घोषणापत्र र दल दर्तासम्बन्धी सम्पूर्ण गृहकार्य पूरा भइसकेको छ । प्रस्तावित दलको नाम ‘राष्ट्रिय उज्यालो पार्टी’ राख्ने तयारी गरिएको छ ।

पार्टीमा १५१ सदस्यीय केन्द्रीय समिति र १५ पदाधिकारी रहनेछन् । विधानको प्रस्तावनामा जेन–जी आन्दोलनको भावना, सुशासन, सामाजिक न्याय र राष्ट्रको स्वाभिमानलाई केन्द्रमा राख्दै नयाँ पुस्ताको आशा र पुरानो पुस्ताको सङ्घर्षको गाथालाई निरन्तरता दिने लक्ष्य उल्लेख छ ।

घिसिङको सचिवालय स्रोतका अनुसार उनी “मन्त्रीबाट राजीनामा दिएर देशव्यापी अभियानमा जाने” तयारीमा छन् । घिसिङले जनमत पार्टी, नागरिक उन्मुक्ति पार्टी, र रास्वपा लगायत वैकल्पिक धारका दलहरूलाई एउटै मोर्चामा ल्याउने योजना अघि बढाएका छन् ।

तर ती दलहरू आफ्नै आन्तरिक विवादमा फसेकाले तत्काल सहमति जुट्न सकेको छैन । स्रोतका अनुसार, संविधान संशोधन र राजनीतिक सुधारका लागि दुई तिहाइ बहुमत आवश्यक भएकाले रणनीतिक रूपमा सबै पक्षलाई समेट्ने प्रयास भइरहेको छ ।

काठमाडौँ महानगरका मेयर बालेन साह पनिले पनि नयाँ दल गठन गर्न सक्ने अनुमान धेरैको थियो । तर उनले अहिले सम्म दल दर्ताका लागि कुनै पनि गतिविधि गरेको बाहिर देखिएको छैन ।

स्रोतका अनुसार बालेन, कुलमान र रवि लामिछानेबिच वैकल्पिक शक्ति निर्माणबारे छलफल भए पनि परिणाम बाहिर आउन सकेको छैन । रास्वपाका केही नेताहरूले कुलमानलाई पार्टी सभापति बनाउने, रवि लामिछानेलाई संरक्षकको भूमिकामा राख्ने र बालेनले समर्थन गर्ने प्रस्ताव अघि सारेका थिए ।

तर, यो योजनामा रास्वपाका अधिकांश नेताहरू सहमत देखिएका छैनन् । बालेनले सामाजिक सञ्जालमार्फत भनेका छन्, “देश चलाउन युवा पुस्ता आउनुपर्छ, म कार्यकर्ता बन्न तयार छु।”

उनले आफू दलको कुनै पदमा नजाने र नयाँ पुस्ताको नेतृत्वलाई सहयोग गर्ने सङ्केत दिएका छन् । जेनजी विद्रोह पछि नेपालमा नयाँ दल खोल्ने बाढी नै चलेको छ । सुशीला कार्की नेतृत्वको सरकारले फागुन २१ गते प्रतिनिधि सभाको निर्वाचन घोषणा गरे सँगै दल दर्ताको बाढी चलेको हो ।

बिहीबार मात्रै निर्वाचन आयोगमा वीरेन्द्रबहादुर बस्नेतले नयाँ दल दर्ता गरेका छन् । बस्नेत एक व्यवसायी हुन । बुद्ध एयरका मालिकसमेत रहेका व्यवसायी वीरेन्द्रबहादुर बस्नेत, समाज शास्त्री दिनेश प्रसाईँसहितका व्यक्तिहरू संलग्न रहेको ‘गतिशील लोकतान्त्रिक पार्टी’ दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दर्ता गराएका हुन् ।

पार्टीको अध्यक्षमा प्रसाईँ छन् । पार्टीको महासचिव पीयूषप्रसाद कायस्थ छन् भने व्यवसायी बस्नेत चाही सदस्यमा मात्र बसेका छन् । पार्टीको विधानमा पदाधिकारीहरू चुनाव नलड्ने व्यवस्था छ ।

बस्नेत चाहिँ सदस्य रहेकाले चुनाव लड्नका लागि बाधा हुने छैन । धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले असोज १२ गते नै निर्वाचन आयोगमा ‘श्रम संस्कृति पार्टी दर्ता गराएका थिए ।

पार्टीको अध्यक्षमा साम्पाङ आफैँ रहेका छन् । पार्टीको चुनाव चिन्ह ‘माटोको ढिस्को’ प्रस्ताव गरिएको छ । पार्टीको उपाध्यक्ष राजकुमार तामाङ लामा ९देवराज०, महासचिव आरेन राई, कोषाध्यक्ष समिता राई र प्रवक्ता अरुण गुरुङ रहेका छन् ।

यस ५ सदस्यीय पदाधिकारीका साथै २३ सदस्यीय केन्द्रीय समिति रहने गरी दलको संरचना प्रस्ताव गरिएको छ । देशको परम्परागत राजनीतिप्रति जनता र युवापुस्ता मोह भङ्ग हुँदै गएको बेला वैकल्पिक शक्ति निर्माणको लहर तीव्र बन्दै छ ।

कुलमान घिसिङको नेतृत्वमा बन्न लागेको ‘राष्ट्रिय उज्यालो पार्टी’ त्यस लहरको केन्द्र बन्ने वा नयाँ राजनीतिक प्रयोगका रूपमा सीमित हुने भन्ने कुरा हेर्न केही समय कुर्नै पर्ने हुन्छ ।

Tags: #‘राष्ट्रिय उज्यालो पार्टी’#कुलमान घिसिङ#वैकल्पिक शक्ति निर्माणको लहर

लोकप्रीय

मधेसका मुख्यमन्त्री सोनलले आज विश्वासको मत लिँदै

मधेसका मुख्यमन्त्री सोनलले आज विश्वासको मत लिँदै

शनिबार कार्तिक २२ , २०८२
देशभर छैन् कुनै पनि मौसम प्रणालीको प्र भाव

गण्डकी र कोशीमा हल्का वर्षा सहित हिमपातको सम्भावना

शनिबार कार्तिक २२ , २०८२
ब्रेन स्ट्रोकपछि स्वास्थ्य बिग्रँदै गएका पूर्वमन्त्री अफताब आलमको निधन

ब्रेन स्ट्रोकपछि स्वास्थ्य बिग्रँदै गएका पूर्वमन्त्री अफताब आलमको निधन

शनिबार कार्तिक २२ , २०८२

विचार

थप समाचार

मधेसका मुख्यमन्त्री सोनलले आज विश्वासको मत लिँदै
ताजा समाचार

बिपी र सुवर्णले चलाएको काँग्रेस अब गगन र विश्वको पोल्टामा आउला ?
ताजा समाचार

बिपी र सुवर्णले चलाएको काँग्रेस अब गगन र विश्वको पोल्टामा आउला ?

शुक्रबार कार्तिक २१ , २०८२

भिडियो

Currently Playing

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

00:01:21

सरकारको असफलता: महँगी रोक्न नसक्दा उपभोक्तामाथि थप आघात || Nepal Times

00:13:15

काठमाडौं महानगरको राजस्व असमझदारी र गृहमन्त्री लेखकको विवादित निर्णयले सरकारमाथि दबाब।

00:10:28

सहकारी प्रकरणमा लामिछाने निर्दोषको दाबी र संसद् उपेक्षा गरेकोमा विपक्षीले सरकारलाई कठघरामा उभ्याए।

00:10:47

स्वर्णलक्ष्मी विवादले तातेको अदालत, सार्क ठप्प: लामिछानेमाथि दवाब र भारत-पाक तनाबको कूटनीतिक खेल

00:12:15
Currently Playing

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

00:13:34

किन सधैं अशान्त रहन्छ मध्यपूर्व? कारण र द्वन्द्वको चक्रव्यूह || Nepal Times

00:14:58

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

00:14:15

लाइक,कमेन्ट र सेयर गरे जेल,विधेयक हुबहु पास भए के हुन्छ ?|| Nepal Times

00:14:44

चरीदेखि घैंटे सम्म : डनहरूको इन्काउन्टर कथा|| Nepal Times

00:15:42
Currently Playing

World News: सिरियाली राष्ट्रपति Trump भेट्न पुगे, मुनिर जीवनभर फिल्ड मार्सल || Nepal Times

World News: सिरियाली राष्ट्रपति Trump भेट्न पुगे, मुनिर जीवनभर फिल्ड मार्सल || Nepal Times

00:16:53

World News:चीनको फुजियान सेवामा, रुसमा हे लिकप्टर दुर्घ टना || Nepal Times

00:19:59

World News: अमेरिकी सरकार ३७ दिनदेखि बन्द,भियतनाममा आँधी,५ हजार वर्ष पूराना भाडा || Nepal Times

00:20:10

World News: मेक्सिकोभित्रै पसेर ट्रम्पले कारबाही गर्ने, राष्ट्रपतिमाथि नै यौन दु*व्र्य*वहार

00:18:03

World News: न्युयोर्कमा ममदानीको जित, म्यान्मारका माफियालाई चीनमा मृ*त्युदण्ड || Nepal Times

00:20:11

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

आईजीपी खापुङलाई २४घण्टे स्पष्टीकरण, किन किन कारवाही नगर्ने ?

‘बल प्रयोग गर्न नपाउने हो भने देशमा प्रहरी नराखे हुन्छ’ः आईजी

शुक्रबार कार्तिक २१ , २०८२
सुडान टुक्रिने कमाण्डरको चेतावनी, वेस्ट बैंकमा बुलडोजर

सुडानमा भयानक नरसंहारः अन्तरिक्षबाटै देखियो रगतको आहाल

मङ्लबार कार्तिक १८ , २०८२
ओली र लेखकको स्थानहद र पासपोर्ट रोक्का खुलेन

रवि फेरि चक्रब्युमा,फर्जी पत्र थमाएर जेलबाट कसले निकाल्यो ?

मङ्लबार कार्तिक १८ , २०८२

हालका पोस्टहरू

मधेसका मुख्यमन्त्री सोनलले आज विश्वासको मत लिँदै

मधेसका मुख्यमन्त्री सोनलले आज विश्वासको मत लिँदै

शनिबार कार्तिक २२ , २०८२
देशभर छैन् कुनै पनि मौसम प्रणालीको प्र भाव

गण्डकी र कोशीमा हल्का वर्षा सहित हिमपातको सम्भावना

शनिबार कार्तिक २२ , २०८२
ब्रेन स्ट्रोकपछि स्वास्थ्य बिग्रँदै गएका पूर्वमन्त्री अफताब आलमको निधन

ब्रेन स्ट्रोकपछि स्वास्थ्य बिग्रँदै गएका पूर्वमन्त्री अफताब आलमको निधन

शनिबार कार्तिक २२ , २०८२
सम्पादक
हरिहर नेपाल
प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
७२७-०७४-०७५
9820710515
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.