×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

सुन चाँदी पसलमा छापा मार्दा दोहोरो झडप

२ कार्तिक २०८२

१ कार्तिक , काठमाण्डौ ।

तिहारको पूर्व सन्ध्यामा जनकपुरधामको सोनारपट्टी क्षेत्र शुक्रवार राति तनावग्रस्त बनेको छ। नयाँ खुलेको ज्वेलर्स पसलमा प्रहरीले छापा मार्न पुगेपछि व्यवसायी र प्रहरीले झडप भएको थियो ।

Advertisement

स्थिति नियन्त्रण बाहिर जाँदा प्रहरीले हवाई फायर र अश्रुग्याँस समेत प्रयोग गरेको छ। झडपका क्रममा जनकपुरधाम उद्योग वाणिज्य सङ्घका अध्यक्ष सुरेन्द्र भण्डारी घाइते भएका छन्। त्यस्तै, एक जना प्रहरी पनि घाइते भएको जिल्ला प्रहरी कार्यालय धनुषाका डिएसपी गणेशबहादुर बमले बताएका छन् ।

प्रहरीले राति करिब ८ बजे विशेष सूचनाको आधारमा सिभिल ड्रेसमा गएको प्रहरी टोलीले सोनारपट्टीस्थित सञ्जय ठाकुरले सञ्चालन गरेको ज्वेलर्स पसलमा छापा मारेको थियो। त्यही क्रममा त्यहाँ दुई पक्ष बिच झडप भएको हो ।

स्थिति नियन्त्रणमा लिन सात राउन्ड हवाई फायर र दुई सेल अश्रुग्याँस प्रयोग गर्नु परेको प्रहरीले जनाएको छ । प्रहरीले सो पसलबाट बिल–विजक नभएको करिब ७ किलो चाँदी बरामद गरेको दाबी गरेको छ।

प्रहरी टोली डिएसपी बमकै कमान्डमा गएको थियो। प्रहरीका अनुसार बरामद चाँदीको मुचुल्का गर्न सुनचाँदी व्यवसायी सङ्घका प्रतिनिधिहरूलाई बोलाइएको थियो। त्यही क्रममा उद्योग वाणिज्य सङ्घका अध्यक्ष सुरेन्द्र भण्डारी पनि त्यहाँ पुगे र बरामद चाँदी लैजान नदिने अडान राखे।

त्यसपछि स्थिति तनावग्रस्त बनेको थियो । उद्योग वाणिज्य सङ्घ जनकपुरका महासचिव फुलदेव पण्डितले धनतेरसको मुखमा प्रहरीले आतङ्क सिर्जना गरेको आरोप लगाएका छन् ।

सादा पोसाकका प्रहरीहरू पायल बनाउने बहानामा पसलमा पसेका थिए र सबै चाँदी दिन भनेपछि अवस्था यस्तो भएको पण्डितले बताए । सुरुमा पाँच जना प्रहरी सिभिलमा आए, पछि २५ जना थप प्रहरी आएर चाँदी लैजान खोजे।

विरोध गर्दा प्रहरीले लाठीचार्ज, हवाई फायर र अश्रुग्याँस हानेको पण्डितले बताए। राजस्व छलीको सूचनाका आधारमा छापा मारेको प्रहरीको दाबी छ । उता उद्योग वाणिज्य सङ्घका महासचिव पण्डितले धनतेरसको पूर्व सन्ध्यामा प्रहरीले अनावश्यक तनाव सिर्जना गरेको भन्दै दोषी प्रहरीमाथि कारबाहीको माग गरेका छन्।

यदि कारबाही भएन भने सङ्घले कडा आन्दोलनका कार्यक्रम घोषणा गर्नेछ, उनले चेतावनी दिएका छन् ।

Advertisement

भर्खरको समाचार

इरानी जनताको अभूतपूर्व एकता, जसले ट्रम्पलाई झुकायो,रातभर जाग्राम

US-Iran-1

देउवा दम्पतीविरूद्ध पक्राउ पुर्जी जारी, हङकङत्रबाट कसरी पक्राउ पर्छन?

deuba-aarju

‘संविधान संशोधन कार्यदल’को पहिलो बैठक आजः को को सहभागी हुँदैछन् ?

Screenshot 2026-04-08 140934

इजरेलमा रहेका नेपालीलाई ‘अत्यन्त जरुरी’ सूचना

Screenshot 2026-04-08 130237

आज सातै प्रदेशमा हावाहुरी र असिनासहित वर्षा  

mausam-2075-12-18-768x388

विश्वयुद्ध टर्याे, पाकिस्तानले गरायो युद्धविराम, इरानमा विजयोत्सव

US-Iran-1

ताइवानको हवाई क्षेत्र ४० दिनलाई बन्द, टापु निल्ने चीनको तयारी

taiwan-flag

अब डाटा सकिँदा नेपाल टेलिकमले स्वतः पैसा नकाट्ने

Nepal-Telecom

हर्कले दार्चुला पुगेर देखाए भारतले लिपुलेक पुग्न बनाएको सडक

harka-sampang-samsad (1)

इरानलाई एकै रातमा ध्वस्त बनाइदिन सक्ने,युद्धविराम अस्वीकार

Trump-Meets-With-Airline-Industry-CEOs-At-The-White-House-GettyImages-634384672-e1531160098739-1024x503

सम्बन्धित खबरहरु

Scroll to Top