ओमानबाट २० नेपालीलाई दे श नि का ला

१ कात्तिक ८२, शनिबार

१ कार्तिक , काठमाण्डौ ।

Advertisement

ओमानको उच्च अदालतले साइबर ठगीमा संलग्न ठहर गर्दै २० जना नेपालीलाई एकै पटक देश निकाला गर्ने फैसला गरेको छ। तीमध्ये एक जना महिला पनि छन्। मस्कटस्थित नेपाली दूतावासका अनुसार, सो समूहका ११ जना नेपालीलाई बिहीबार नै स्वदेश पठाइसकिएको छ भने बाँकी सात जनालाई सोमबार पठाउने तयारी भइरहेको छ।

बाँकी दुई जनाको उडान भने अझै तय हुन बाँकी रहेको दूतावासले जनाएको छ। दूतावासका अनुसार, ती नेपालीहरू नेपालबाट दुबई भिजिट भिसामा गएका थिए। त्यहाँबाट उनीहरूलाई चाइनीज कम्पनीमार्फत ओमान पु¥याइएको थियो।

Advertisement

गत फेब्रुअरीको अन्त्यतिर ओमान पुगेका उनीहरूलाई कम्पनीले “अनलाइन लगानी” र “डिजिटल ग्राहक सेवा”का नाममा विभिन्न अनलाइन प्लेटफर्म, नक्कली बैंक वेबसाइट र च्याट एप प्रयोग गरी आर्थिक ठगी गर्न लगाएको खुलेको छ।

ओमान प्रहरीका अनुसार, ती नेपालीहरू ओमान पुगे लगत्तै कम्पनीले उनीहरूको पासपोर्ट र व्यक्तिगत कागजात कब्जामा राखी नक्कली वेबसाइट र सामाजिक सञ्जालमार्फत पैसा उठाउने तालिम दिएको थियो।

Advertisement

सुराकीका आधारमा रोयल ओमान प्रहरीले अन्तर्राष्ट्रिय निकायहरूसँग सहकार्य गर्दै गत मार्च १० मा सोहार शहरबाट २० जना नेपालीसहित कुल २५७ जनालाई पक्राउ गरेको थियो। उच्च अदालतको फैसलाअनुसार, तीमध्ये दुई जनालाई ६ महिना कैद र ६ सय ओमानी रियाल जरिवाना तोकिएको छ।

बाँकी १८ जनालाई पनि ६ महिना कैद र ३ सय ओमानी रियाल जरिवानाको सजाय सुनाइएको छ। एनआरएनए ओमानका नेपाली सोसल क्लबका अध्यक्ष सुरेश खड्काका अनुसार, परिवारजनले सम्पर्क नहुँदा सहयोग मागेपछि खोजतलास सुरु गरिएको थियो।

“हामीले खोज्दै जाँदा उनीहरू सोहारको जेलमा रहेको पत्ता लाग्यो,” उनले भने। उनका अनुसार एनआरएनए केन्द्रीय सदस्य देवन खड्काले सुरुदेखि नै दूतावास र कैदमा रहेका नेपालीबीच समन्वय गर्न प्रमुख भूमिका खेलेका थिए।

राजधानी मस्कटदेखि करिब ३०० किलोमिटर टाढा रहेको सोहार जेलमा रहेका ती नेपालीहरूसँग नियमित सम्पर्क राख्न र आवश्यक सामग्री पु¥याउन पनि उनले सहयोग गरेका थिए।

दूतावास र एनआरएनए ओमानका अनुसार, यही सक्रिय समन्वयका कारण २० जना नेपालीको स्वदेश फिर्ती सहज र द्रुत बनेको हो। दूतावासका अनुसार, यो हालसम्मकै ठूलो संख्यामा एकै पटक ओमानबाट नेपालीहरूलाई डिपोर्ट गरिएको घटना हो।

ओमानका लागि नेपाली राजदूत डोरनाथ अर्यालका अनुसार, पछिल्ला महिनामा ओमानमा नेपाली कामदारको संख्या तीव्र गतिमा बढ्दै गएको छ। ठूला निर्माण परियोजनाहरू चलिरहेकाले नेपाली जनशक्ति प्रति माग बढेको छ,” राजदूत अर्यालले बताए।

उनका अनुसार, बंगलादेश र पाकिस्तानका नागरिकलाई ओमानले भिसा रोक लगाएका कारण पनि नेपाली कामदारको माग झन् बढेको हो। दूतावासका अनुमान अनुसार, हाल ओमानमा झन्डै २५ हजार नेपाली कार्यरत छन्।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top