NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
आज सुदूरपश्चिम भर्सेस विराटनगर र चितवन भर्सेस पोखरा शनिबार मंसिर २० , २०८२
फिफा विश्वकप २०२६ः कुन देश कुन समूहमा ? शनिबार मंसिर २० , २०८२
सर्वपक्षीय बैठकमा कसले के भने ? सुशीलाको कडा जवाफ शनिबार मंसिर २० , २०८२
कुलमानदेखि हर्क थर्कमान, कसरी बने तगारो ? भने एजेन्ट शुक्रबार मंसिर १९ , २०८२
आणविक बटनसहित ५ वर्ष शक्ति मुनिरको हातमा शुक्रबार मंसिर १९ , २०८२
Next
Prev

समाचार

जनकपुर झडपः प्रहरी र व्यवसायीबीच आरोपप्रत्यारोप

शनिबार कार्तिक १ , २०८२
Reading Time: 1 min read
A A
सुन चाँदी पसलमा छापा मार्दा दोहोरो झडप
Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X

१ कार्तिक , काठमाण्डौ ।

जनकपुरमा प्रहरी र व्यवसायीबीच भएको झडपमा घाइते हुनेहरुको संख्या ११ पुगेको छ । घाइते हुनेमा दशजना प्रहरी र एक व्यवसायी रहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।

उनी जनकपुर उद्योग वाणिज्य संघका अध्यक्ष सुरेन्द्र भण्डारी रहेका छन् । जनपुरधामको सोनारपट्टीमा रहेको सञ्जय ठाकुरको ज्वलर्समा गएराति प्रहरीले छापा मार्नेक्रममा झडप भएको हो ।

LS Auto

“भारतबाट अवैधरूपमा चाँदी ल्याएको सूचनाका आधारमा हामी छापा मार्न गएका थियौँ,” जिल्ला प्रहरी कार्यालय धनुषाका डीएसपी गणेशबहादुर बमले भने, “प्रहरीलाई व्यापारीले अवरोध गरेपछि झडपको अवस्था आएको हो ।”

‘सोनारपट्टिमा अवैध रुपमा चाँदीको कारोबार भइरहेको सूचना आएको थियो, सम्बन्धित निकायसँग समन्वय गरेर त्यहाँ जाँदा चाँदी बरामद गरेका थियौं, बिल बिजक ल्याउन सक्नुभएको थिएन,’ उनले भने, ‘सुनचाँदी व्यवसायी संघका अध्यक्षलाई समेत बोलाएर मुचुल्का गर्ने प्रक्रियामा नै थियौं, उच्छृंख भएर सुरेन्द्र भण्डारी भन्ने मान्छे आइपुग्नुभयो, आएर पुलिसलाई तानेर लछारपछार गरेर हंगामा गरेपछि दुईपक्षबीच झडप भयो।’

बिल नभएको करिब सात किलो चाँदी बरामद गरिएको उनले जानकारी दिए । झडपका क्रममा ६÷७ राउन्ड हवाई फायर र ३÷४ सेल अश्रुग्यास प्रहार गरिएको डीएसपी बमले बताए ।

“दुईजना प्रहरीको टाउकोमा चोट लागेको छ, अवस्था मध्यम रहेको छ,” डीएसपी बमले भने । उनले राजश्व अनुसन्धान विभागसँग समन्वय गरेर छापा मारेको प्रष्ट पारेका छन् । ‘पसलको नाम पनि थिएन, भर्खरै खोलेको भनिएको छ, के कसो हो बाँकी अनुसन्धान राजश्वले गर्छ,’ उनले भने ।

डिएसपी बमकै नेतृत्वमा प्रहरी टोलीले छापा हानेको थियो । धनुषाका एसपी नरहरी रेग्मीको सरुवा भएको छ, अर्को एसपी जिल्ला आइपुगेका छैनन् । यता नयाँ खुलेको व्यवसायमा छापामारी गरेर धनतेरशको पूर्वसन्ध्यामा प्रहरीले आतंक सिर्जना गरेको व्यवसायीहरुको भनाइ छ ।

कालीगढकै काम गर्दै आएका ठाकुरले नयाँ ज्वेलर्स खोलेका हुन् । धनतेरशको अवसर पारेर शनिबार ज्वेलर्सको उद्घाटन गर्ने तयारी भइरहेको थियो । उनीहरुले घटनामा दोषी प्रहरी अधिकृतहरुलाई कारबाही हुनुपर्ने माग राखेका छन् ।

जनकपुर उद्योग वाणिज्य संघका अध्यक्ष भण्डारीले चाडवाडको समयमा व्यवसायीलाई आतंकित पार्ने काम नगर्नुस भनेर आग्रह गर्दा प्रहरीले पछाडिबाट आफ्नो टाउकोमा लाठी प्रहार गरेको बताए ।

‘छापा हान्ने कुनै टोली थिएन, बल प्रयोग गरेर जर्बजस्ती सामान लैजान खोजियो, दिपावली छठको समयमा यसो नगर्नुस्, यदि गर्नुहुन्छ भने पनि संघका पदाधिकारी चाहियो, राजश्व अनुसन्धानका कर्मचारी हुनुपर्छ, भनेर आग्रह ग¥यौं,’ उनले भने, ‘ तर क्राइमका सइ मनोज यादवले पछाडिबाट लाठी चार्ज गर्नुभयो, हवाई फायर र अश्रुग्यास हानेर लुटेरा शैलीमा चाँदी लगेका छन्।’

आफ्नो खुट्टा र ढाडमा समेत चोट लागेको उनले बताए । बिल बिजक नभएको भन्ने प्रहरीको आरोप सही नभएको उनको भनाइ छ ।  ‘पसलमा किन बिल बिजक हुँदैन ? उनीहरु खाली बिल बिजक छैन भनेर फसाउने काम गर्छन्,’ उनले भने, ‘धन तेरशको दिन उद्घाटन हुँदै थियो, अघिल्लो दिन आएर त्यसो गर्ने हो ?’

सम्बन्धित निकायलाई खबर नै नगरी प्रहरीले गएर कसैको व्यवसायमा त्यतिकै छापा हान्नु गलत भएको उनको भनाइ छ ।

Tags: #अश्रुग्यास प्रहार#जनकपुर झडप

लोकप्रीय

एनपीएलमा आज दुई खेलः चितवन र काठमान्डु तथा विराटनगरविरुद्ध कर्णाली

आज सुदूरपश्चिम भर्सेस विराटनगर र चितवन भर्सेस पोखरा

शनिबार मंसिर २० , २०८२
फिफा विश्वकप २०२६ः कुन देश कुन समूहमा ?

फिफा विश्वकप २०२६ः कुन देश कुन समूहमा ?

शनिबार मंसिर २० , २०८२
सर्वपक्षीय बैठकमा कसले के भने ? सुशीलाको कडा जवाफ

सर्वपक्षीय बैठकमा कसले के भने ? सुशीलाको कडा जवाफ

शनिबार मंसिर २० , २०८२

विचार

एनपीएलमा आज दुई खेलः चितवन र काठमान्डु तथा विराटनगरविरुद्ध कर्णाली

आज सुदूरपश्चिम भर्सेस विराटनगर र चितवन भर्सेस पोखरा

शनिबार मंसिर २० , २०८२
फिफा विश्वकप २०२६ः कुन देश कुन समूहमा ?

फिफा विश्वकप २०२६ः कुन देश कुन समूहमा ?

शनिबार मंसिर २० , २०८२
सर्वपक्षीय बैठकमा कसले के भने ? सुशीलाको कडा जवाफ

सर्वपक्षीय बैठकमा कसले के भने ? सुशीलाको कडा जवाफ

शनिबार मंसिर २० , २०८२

थप समाचार

एनपीएलमा आज दुई खेलः चितवन र काठमान्डु तथा विराटनगरविरुद्ध कर्णाली
खेलकुद

आज सुदूरपश्चिम भर्सेस विराटनगर र चितवन भर्सेस पोखरा

शनिबार मंसिर २० , २०८२
फिफा विश्वकप २०२६ः कुन देश कुन समूहमा ?
खेलकुद

फिफा विश्वकप २०२६ः कुन देश कुन समूहमा ?

शनिबार मंसिर २० , २०८२
सर्वपक्षीय बैठकमा कसले के भने ? सुशीलाको कडा जवाफ
ताजा समाचार

सर्वपक्षीय बैठकमा कसले के भने ? सुशीलाको कडा जवाफ

शनिबार मंसिर २० , २०८२
कुलमानदेखि हर्क थर्कमान, कसरी बने तगारो ? भने एजेन्ट
ताजा समाचार

कुलमानदेखि हर्क थर्कमान, कसरी बने तगारो ? भने एजेन्ट

शुक्रबार मंसिर १९ , २०८२

भिडियो

Currently Playing

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

00:01:21

सरकारको असफलता: महँगी रोक्न नसक्दा उपभोक्तामाथि थप आघात || Nepal Times

00:13:15

काठमाडौं महानगरको राजस्व असमझदारी र गृहमन्त्री लेखकको विवादित निर्णयले सरकारमाथि दबाब।

00:10:28

सहकारी प्रकरणमा लामिछाने निर्दोषको दाबी र संसद् उपेक्षा गरेकोमा विपक्षीले सरकारलाई कठघरामा उभ्याए।

00:10:47

स्वर्णलक्ष्मी विवादले तातेको अदालत, सार्क ठप्प: लामिछानेमाथि दवाब र भारत-पाक तनाबको कूटनीतिक खेल

00:12:15
Currently Playing

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

00:13:34

किन सधैं अशान्त रहन्छ मध्यपूर्व? कारण र द्वन्द्वको चक्रव्यूह || Nepal Times

00:14:58

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

00:14:15

लाइक,कमेन्ट र सेयर गरे जेल,विधेयक हुबहु पास भए के हुन्छ ?|| Nepal Times

00:14:44

चरीदेखि घैंटे सम्म : डनहरूको इन्काउन्टर कथा|| Nepal Times

00:15:42
Currently Playing

World News:इमरान राष्ट्रिय सुरक्षाका लागि खत रा? ट्रम्पलाई शान्ति पुरस्कार|| Nepal Times

World News:इमरान राष्ट्रिय सुरक्षाका लागि खत रा? ट्रम्पलाई शान्ति पुरस्कार|| Nepal Times

00:15:39

World News: Ukraine प्रस्ताव यूएनमा पेस, नेपालले गरेन मतदान, Trumpलाई Putinसंग आशा || Nepal Times

00:19:05

World News: पुटिन भारत आउँदा म्याक्रोँ चीन पुगे, मोदीलाई ट्रम्पको ९५ करोड डलरको ह*ति*यार अफर

00:20:44

World NEWS:IRANबाट १० अफगानी मारिए,आकाशमा इन्धन भर्ने विमान किन्दै भारत|| Nepal Times

00:20:32

World News:युपी बस आग*ला*गीमा अधिकाँश नेपाली, पाकिस्तानमा धारा १४४ लागू || Nepal Times

00:17:46

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

दिल्ली जाँदै गरेको बसमा भीषण आगलागीः अधिकांश यात्रु नेपाली

दिल्ली जाँदै गरेको बसमा भीषण आगलागीः अधिकांश यात्रु नेपाली

मङ्लबार मंसिर १६ , २०८२
नेपाली कांग्रेसको सभापतिमा कसले बाजी मार्छन ?

नेपाली कांग्रेसको सभापतिमा कसले बाजी मार्छन ?

शुक्रबार मंसिर १९ , २०८२
काठमाडौँका तत्कालीन सिडियोसँग जाँचबुझ आयोगले लिइयो बयान

काठमाडौँका तत्कालीन सिडियोसँग जाँचबुझ आयोगले लिइयो बयान

बिहिबार मंसिर १८ , २०८२

हालका पोस्टहरू

एनपीएलमा आज दुई खेलः चितवन र काठमान्डु तथा विराटनगरविरुद्ध कर्णाली

आज सुदूरपश्चिम भर्सेस विराटनगर र चितवन भर्सेस पोखरा

शनिबार मंसिर २० , २०८२
फिफा विश्वकप २०२६ः कुन देश कुन समूहमा ?

फिफा विश्वकप २०२६ः कुन देश कुन समूहमा ?

शनिबार मंसिर २० , २०८२
सर्वपक्षीय बैठकमा कसले के भने ? सुशीलाको कडा जवाफ

सर्वपक्षीय बैठकमा कसले के भने ? सुशीलाको कडा जवाफ

शनिबार मंसिर २० , २०८२
सम्पादक
हरिहर नेपाल
प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
७२७-०७४-०७५
९८६२२१३०५७
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.