×

NEPAL TIMES UPDATES

Playing
ट्रम्प–पुटिन–नेतन्याहु विश्वकै सबैभन्दा ’ठूला पीडक’ || Nepal Times
Apr 21, 2026
Playing
रविलाई आएकै दिन भेटेका कपुरले बालेनलाई जाने बेलामा भेट्लान् ? || Nepal Times
Apr 21, 2026
Playing
दुई मुद्दामा सरकारको बोली एक, वास्तविकता अनेक || Nepal Times
Apr 21, 2026
Playing
Watch Top50 News Of The Day || Baisakh-07-2083 || Nepal Times
Apr 21, 2026
Playing
के हो रास्वपाको अमेरिकी कनेक्सन ? || Nepal Times
Apr 21, 2026
Playing
६१ केन्द्रीय सदस्य देउवा पक्षलाई दिने भएपछि फुटबाट जोगियो कांग्रेस || Nepal Times
Apr 21, 2026
Playing
रविको अभियोग संशोधनविरूद्धको रिटको पेसी वैशाख १० गते || Nepal Times
Apr 21, 2026
Playing
इरान युद्धमा चीनको एन्ट्रीः अमेरिकाले जफत गरेको जहाजले खोल्यो रहस्य || Nepal Times
Apr 21, 2026
Playing
World News: Cubaसंग Americaको वार्ता, Iranसंग के होला ? Japanले छाड्यो शान्तिको बाटो || Nepal Times
Apr 21, 2026
Playing
रवि र बालेनले सुधनलाई के गर्लान् ? || Nepal Times
Apr 21, 2026

बालेनको मौनता लुकेको राज

५ कार्तिक २०८२

४ कार्तिक , काठमाण्डौ ।

भदौ २३ र २४ को जेन–जी आन्दोलनले नेपाली राजनीतिक शक्ति सन्तुलनलाई हल्लाइदियो। सडकमाथिबाट उठेको असङ्गठित विद्रोहले परम्परागत शक्ति एमाले, काँग्रेस र माओवादी जस्ता दलहरू पर्दाबाट हटे ।

Advertisement
Advertisement

प्रधानमन्त्री भागे प्रतिनिधि विगठन भयो । सडकबाट जेनजी सरकार बन्यो । सरकारले फागुन २१ गते निर्वाचनको मिति तोक्यो । यति बेला नयाँ पात्रहरू नयाँ नयाँ दल लिएर फागुन २१ गतेको तयारीमा जुटी रहेका छन् ।

आन्दोलनको घोषणा लगतै वैकल्पिक नेतृत्वका रूपमा चर्चामा आएका पात्रहरू मध्ये एक हुन् काठमाडौँका मेयर बालेन साह। तर अहिले उनको भूमिकाप्रति प्रश्न तीव्र बनेको छ अब बालेन के गर्छन् ?

नयाँ बन्ने प्रधानमन्त्रीकारलागि जेनजी आन्दोलनको पहिलो रोजाइमा थिए बालेन साह । तर उनले त्यसलाई स्वीकार गरेनन् । धरानका मेयर हर्क साम्पाङ दल बल सहित प्रधानमन्त्रीको दाबी गर्दै काठमाण्डौं पुगी रहँदा काठमाण्डौंका मेयर बालेन साह चाही प्रधानमन्त्री खानु पर्छ भनेर आफ्नो मोबाइल नै स्विच अफ गरेर बसेका थिए ।

आन्दोलन मात्र हैन सम्झौता पनि पर्दा पछि बाट तिनै बालेनले गरी रहेका थिए । आन्दोलन सफल भयो । बालेनलाई प्रधानमन्त्री बन्न अफर पनि आयो त्यही बेलाबाट उनी सम्पर्क विहीन बने ।

धेरैले बालेन आउने चुनावमा प्रधानमन्त्रीका लागि उम्मेदवार बन्नका लागि अहिले पदमा नआएका हुन भन्ने अनुमान गरे । तर उनले आफ्ना प्रिय पात्र ओमप्रकाश अर्याललाई भने गृह मन्त्री बनाए ।

फागुन २१ गते प्रतिनिधि सभाको निर्वाचन भयो भने प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीको व्यवस्था हुने सम्भावना अहिलेकै अवस्थामा छैन । त्यसैले बालेनले अब कुन बाटो तय गर्छन् रु उनी कुनै दलमा गएर आबद्ध हुन्छन् ?

जेनजीहरुलाई समेटेर नयाँ दल दर्ता गर्छन् रु कि अहिले जे गरी रहेका छन् । त्यसैलाई निरन्तरता दिन्छन् रु भन्ने जिज्ञासा धेरैमा छ । के बालेन र रवि एउटै धारामा उभिन सक्लान् कि फरक बाटो तय गर्लान् ?  यस्ता अन् उत्तरित प्रश्नहरुपनि धेरै छन् ।

राजनीतिक वृत्तमा अहिले रवि लामिछाने नेतृत्वको रास्वपा र स्वतन्त्र धारा प्रतिनिधित्व गर्ने बालेन साहबिच सहकार्य सम्भव छ कि छैन भन्ने बहस चलिरहेको छ। दुवै जनाले पुराना दलहरू विरुद्ध नयाँ राजनीति खोज्ने भनाइ दिए पनि दृष्टिकोण, चरित्र र कार्यशैलीमा तीव्र भिन्नता देखिन्छ।

रवि लामिछाने ‘राजनीतिक प्रतिशोध’को आरोपमा कारागारमा रहेका छन्, तर उनको पार्टी रास्वपा जनस्तरमा सङ्गठित रूपमा सक्रिय छ। बालेन भने राजधानीको महानगरको प्रमुखका रूपमा रहस्यमय र एक्लो शासनशालीमै देखिन्छन्।

उनी न पार्टीमा छन्, न स्पष्ट विचारधारामा। खाली विकास र सुशासनको नारा उनको प्राथमिकतामा छ । रवि सडक, सुकुम्वासी र विपन्न वर्गको पक्षमा खुलेर बोल्ने नेताका रूपमा प्रस्तुत छन्, तर बालेनलाई ‘एलिट वर्गको नायक’ भनेर आलोचना बढ्दै छ।

उनले सडकबाट जीविकोपार्जन गर्ने हजारौँ सुकुम्वासीहरूलाई विस्थापित गरे, तर त्यस वर्गका समस्या समाधान गर्न नसकेको आरोप छ । बालेनले काठमाडौँ महानगरको नेतृत्व सम्हालेको तीन वर्ष बित्दा पनि कामको नतिजा उत्साहजनक छैन।

बजेट खर्च दर देशकै न्यून स्थानीय तहहरूमा गणना हुन्छ, सुकुम्वासी र विपन्न वर्गप्रति असहिष्णुता देखिएको आरोप उनलाई छ । र अपारदर्शी निर्णय प्रक्रिया र संवादहीन शासन शैली उनका मुख्य कमजोरी हो भन्नेहरू धेरै छन् ।

स्रोत र साधनले सशक्त महानगरको प्रमुख भएर पनि उनले “समावेशी, पारदर्शी र उत्तरदायी नेतृत्व” देखाउन सकेका छैनन्। भन्ने आरोप पनि छ । तर पनि बालेन पुरा दलका भ्रष्ट आचरणका नेताको केटीमा पर्दैनन् अहिले पनि बालेन यो देशको प्रधानमन्त्री भएको हेर्न चाहने नेपालीहरूको सङ्ख्या धेरै छ ।

तर त्यसका लागि बालेनले कस्तो कदम चाल्छन् भन्ने प्रस्ट बाहिर आउन सकेको छैन । हिजो काठमाण्डौं मेयर जित्नका लागि त पाँच वर्ष मेहनत गरेको बालेन साहले नै भन्दै आएका छन् । यो देशको निर्वाचित प्रधानमन्त्री बन्न त्यति सजिलो चाही पक्कै छैन ।

हुन त हिजो सजिलै पाएको प्रधानमन्त्री पनि वालेनले त्यागेका हुन भन्ने कुरामा कुनै शङ्का छैन । जेन–जी आन्दोलनपछि वैकल्पिक शक्तिको दायरा बिस्तार भएको छ। रास्वपा बाहेक हर्क साम्पाङ, गोपाल हमाल, कुलमान घिसिङजस्ता पात्रहरू पनि अब नयाँ राजनीतिका सम्भावित केन्द्र बन्न थालेका छन्।

यस्तो अवस्थामा बालेनले के गर्छन् भन्ने कैतहलता सबैमा छ । बालेनका लागि रास्वपा नै सबै भन्दा उपयुक्त स्थान हो भन्नेहरूको पनि कम छैन । तर बालेनमा रास्वपा होइन अब रास्वपाका नै सयौँ नयाँ बालेनहरू जनतामाझैँ जन्माउने अभियानमा लाग्नुपर्छ भन्ने आवाज पार्टी भित्रनै बलियो बन्दै गएको छ ।

त्यसो भए अब के गर्छन् बालेन रु फेरी यही प्रश्न उठ्छ तीन वर्षको शासनपछि बालेन दुई विकल्पमाझ छन् राजधानीको दायरा पार गर्दै राष्ट्रिय राजनीतिमा प्रवेश गर्ने, वा महानगरको विकास, पारदर्शिता र जनउत्तरदायित्वमा केन्द्रित भएर पुनः विश्वास पुनः स्थापना गर्ने। तर त्यसका लागि उनले केही कदम अनिवार्य चाल्नुपर्ने देखिन्छ।

अनि मात्र उनको राजनीति यात्रा अघि बढ्न सक्छ । जनतासँग प्रत्यक्ष संवाद र जवाफदेहीतालाई बढाउनुको विकल्पमा बालेन सँग छैन । सामाजिक रूपमा विभाजित समूहसँग मेलमिलाप गर्दै अघि बढ्न सके मात्र लक्ष्य प्राप्ति गर्न सकिन्छ भन्ने कुरालाई बुझ्न सक्नु पर्छ ।

आफूलाई ‘एलिट नायक’ होइन, ‘जनताको प्रतिनिधि’का रूपमा स्थापित गर्न सडकमा जनताले भेट् सक्ने बालेन हुनु पर्छ जस्तो अहिलेका शिक्षामन्त्री महावीर पुनकै शैलीमा । कालो गाडी भित्र कालै सिसा लगाएर सदैभरि जनताको प्यारो हुन कठिन हुन सक्छ ।

यदि उनले अझै मौनता र गोपनीयतामै शासन गरे भने, जेन–जी आन्दोलनले खोलेको नयाँ राजनीतिमा बालेनको अध्याय स्वतः बन्द हुन सक्ने सम्भावनालाई कसैले रोक्न सक्दैन । जेन–जी आन्दोलनले पुराना दललाई अस्वीकार गर्दै नयाँ नेतृत्व खोज्ने जनभावनाको लहर ल्याएको छ।

तर यो लहरमा बालेन साहले आफ्नो भूमिका स्पष्ट पार्न सकेनन् भने, आगामी चरणमा उनी मुख्य धारा होइन, फुटनोट पात्र बन्न सक्छन्।देशले अहिले विचार, साहस र पारदर्शिताको नयाँ मानक खोजिरहेको छ — तेस्रो पुस्ता तयार छ, तर बालेन त्यस यात्रामा अग्रसर हुने कि इतिहासको छेउमा बस्ने भन्ने निर्णय अब उनको हातमा छ।

Advertisement

भर्खरको समाचार

इरानयुद्धको विरोध गर्ने ६२ पूर्व अमेरिकी सैनिक परिवारसहित पक्राउ

islamabadtalks-1775911434-1775912162

सुशासनको जगमा बनेको सरकारमाथि नै सुशासनको प्रश्न?

666707698_875077882223921_4422618132601218086_n

‘राज्यले जनतालाई न्याँक्ने र घोक्रयाइमुन्ट्याइ गर्ने होइन’,गृहमन्त्रीको राजीनामा उत्तम

harka-sampang-samsad (1)

३९ विशेषतासहितको नयाँ स्मार्ट लाइसेन्स

Security Printing Press_Driving Licence Printing_ (4).jpg

सुधनले प्रधानमन्त्रीलाई बुझाए स्पष्टीकरण, अब बालेनले के गर्छन ?

37c9de5f-6d1d-42a3-b396-1e69a51fc022

नेपाललाई सिरिज बराबरीमा गर्ने अवसर

677655303_1428216612668048_5155580506335546568_n

युद्धविराम अन्त्य हुँदै, इरान धम्कीसँग कहिल्यै नझुक्ने

trump

गृहमन्त्री सुधनको अठोटः भ्रष्टविरुद्धको कारबाही रोकिदैन, डग्मगाइदैन

b50ca935-e218-4b61-b637-facd118a9d76

शेयर खरिदबारे सुधनको प्रष्टीकरणः शेयर किन्नु कहिलेदेखि अपराध भयो ?

sudhangurung30320261029351000x0-1775222839

भारतको पश्चिम बंगालमा चुनावको मुखैमा ९० लाख मतदाता गायब

eyJrZXkiOiJzdGF0aWMvbWVkaWEvaW1hZ2VzL0dldHR5SW1hZ2VzLTQ2MzM1MzQ0OS5qcGcifQ== (1)

सम्बन्धित खबरहरु

Scroll to Top