जेनजी आन्दोलनमा कलाकारले हिं सा भ ड्का एकै हुन त ?

९ कात्तिक ८२, आइतबार

९ कार्तिक, काठमाण्डौ ।

Advertisement

पुरानो सत्ता फ्याँक्ने गरी भदौ २३ र २४ गते भएको जेनटजी आन्दोलनका क्रममा नेपालमा भएका राजनीतिक परिवर्तनका धेरै आन्दोलन मध्ये सबै भन्दा ठुलो भौतिक क्षति हुन पुग्यो । २ दिनमा ७६ जनाको ज्यान गयो र अरबौँको भौतिक संरचना मात्र क्षति भएन ऐतिहासिक सिंहदरबार देखि सर्वोच्च अदालत सम्म जलेर खरानी भयो।

जेनजीको आन्दोलनमा देशी मात्र हैन विदेशी घुसपैठ सम्मका कुराहरु बाहिर आइ रहेका छन् । एउटा छिमेकीको घर जलाएको आरोपमा अर्को छिमेकी पक्राउ परी रहेको छ । सामाजिक सञ्जालमा आन्दोलनका क्रममा भएका हिंसाका भिडियोहरू एक पछि अर्को गर्दै बाहिर आइ रहेका छन् ।

Advertisement

पछिल्लो समय नेपाली कलाकारहरू समेत आन्दोलनलाई भड्काउन, आगजनी गर्ने जस्ता आपराधिक क्रियाकलापमा सहभागि भएका भिडियोहरू बाहिर आएका छन्।
भदौ २४ को साँझ नयाँ बानेश्वरको संसद् भवन वरिपरि भीड बाक्लिँदै जाँदा ढुंगामुढा सुरु भयो।

केही बेरमै संसद् भवनतर्फको भीडले नाराबाजी गर्दै पर्खाल नाघ्यो, र क्षणभरमै आगलागी फैलियो। देशको शक्ति–केन्द्र जलिरहेको दृश्य सामाजिक सञ्जालमा भाइरल बन्यो— “दिस इज हाउ संसद् भवन वाज टेकेन डाउन” भन्ने क्याप्सनसहित। यो भिडियो निर्देशक, कवि र पूर्व फुटबल खेलाडी अमन प्रताप अधिकारीको थियो।

Advertisement

भिडियोमा उनले अश्लील शब्द प्रयोग गर्दै नेताहरूलाई गाली दिएका छन्, र जलिरहेको संसद् भवनअगाडि “देखिस्, जल्यो तेरो देश” भन्दै खुसी मनाएको देखिन्छ। यो भिडियो अधिकारीको आफ्नै खाताभन्दा अरू ह्यान्डलबाट भाइरल बनेपछि उनी तीव्र आलोचनाको सिकार बनेका छन्।

भदौ २३ को दिन राज्य पक्षबाट भएको गोली प्रहारपछि आक्रोशित अधिकारीले “अबोध बालबालिकाको हत्यारा सरकार” भन्दै भिडियो बनाएका थिए । उनले आन्दोलनका क्रममा धेरै भिडियो आफैले बनाएर सामाजिक सञ्जालमा पोष्ट गरेका थिए ।

अमन प्रताप अधिकारी पूर्व शिक्षा सहायक मन्त्री तथा चर्चित कवि क्षेत्र प्रताप अधिकारी का छोरा हुन्। । अधिकारीलाई २०४६ सालको जनआन्दोलन छानबिन सम्बन्धी मल्लिक आयोगले दोषी ठहर गरेको थियो ।

तर, दरबारनिकट भएकाले नै जोगाइएको आरोप उनीमाथि लागेको थियो । त्यसैले नेपो बेबी ट्रेन्डकै जगमा सुरु भएको जेनजी आन्दोलनमा सहभागी क्षेत्र प्रताप आफैँ सबैभन्दा ठुलो ‘नेपो बेबी’ रहेको भन्दै अहिले सामाजिक सञ्जालमा आलोचना भइरहेको छ ।

जेनजी आन्दोलनको दोस्रो दिनको विध्वंसपछि कलाकार दीपकराज गिरी पनि विवादमा परेका छन् । काँग्रेस नेता विमलेन्द्र निधिको खरानी बनेको घर नजिकको उनको तस्बिर सार्वजनिक भएपछि सामाजिक सञ्जालमा उनीमाथि आरोप लागेको छ ।

गिरीले भने उक्त आरोप अस्वीकार गर्दै लेखे, “त्यो बाटो हुँदै म भेला हुने ठाउँमा जाँदै थिएँ, कसको घर थियो थाहा थिएन। फोटो खिचेर कथा बुनेका हुन्।” तर आन्दोलनप्रति आफ्नो नैतिक समर्थन रहेको उनले स्वीकारे।

त्यसै गरी, निश्चल बस्नेत को संसद् भवन अगाडिको भिडियो पनि भाइरल बन्यो। उनी जलिरहेको पृष्ठभूमिमा “जेनजीले गरेर देखाएको छ” भन्दै युवालाई जोस्याइरहेका देखिन्छन्। यसै कारण उनीमाथि प्रत्यक्ष संलग्नताको आरोप लागेको छ ।

बस्नेतले भने स्पष्टीकरण दिँदै भनेका छन्, “मैले ढुङ्गा हानेको प्रमाणित गर्नुस्, म सजाय भोग्न तयार छु। म रोक्दै थिएँ, हानेर होइन।” आन्दोलनपछिका वार्ता र छलफलमा पनि उनी सक्रिय रहँदै वैकल्पिक राजनीतिक शक्ति निर्माणमा लागेका छन्।

इन्फ्लुएन्सर इष्टु कार्की, करिश्मा केसी लगायतले पनि आन्दोलनमा सक्रियता देखाए। कार्कीले भदौ २३ मा “रगतको हिसाब निकालिन्छ” भन्दै लेखेकी थिइन्, तर अर्को दिन सरकारी संरचनामा आगजनी हुँदा “निराशा” व्यक्त गरिन्।

अन्तरिम सरकार बनेपछि भने उनले “इतिहास लेख्ने सबै हातहरूलाई बधाई” भन्दै सुशीला कार्कीलाई पहिलो महिला प्रधानमन्त्री बनेकोमा शुभकामना दिएकी थिइन् ।यसै बिच भदौ २३ र २४ गते हिंसा भड्काउनेहरूलाई प्रहरीले धमाधम पक्राउ गरी रहेको छ । अहिले सम्म देशभरबाट २३७ जना पक्राउ परेको प्रहरीले जनाएको छ ।

तीमध्ये धेरै काठमाडौँ उपत्यकाका हुन्। काभ्रे, चितवन, र सुदूरपश्चिममा पनि हतियार लुटपाट र अभद्र व्यवहारका मुद्दा चलाइएका छन्। भदौ २४ मा काठमाडौँका विभिन्न स्थानमा प्रहरीमाथि समेत आक्रमण भयो। महाराजगन्जका असई मिलन राय र जवान उत्तम थापा, असई होमबहादुर विक लगायतका प्रहरीको मृत्यु भयो। प्रहरीका अनुसार यी घटनामा संलग्न नौ जनामध्ये चार जना पुर्पक्षका लागि थुनामा छन्।

उनीहरू विरुद्ध ज्यान र आपराधिक उपद्रव को मुद्दा दायर भएको छ। त्यस्तै, जनसेवा प्रहरीको गाडीमा पेट्रोल बम प्रहार गर्ने र बैङ्क लुटपाटमा संलग्नहरू समेत पक्राउ परे। राष्ट्रिय वाणिज्य बैङ्कको शाखाबाट करिब ४ करोड रुपैयाँ र १७ किलो सुन लुटिएको छ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top