×

NEPAL TIMES UPDATES

Playing
रास्वपाको जितको खाता खुल्यो, रञ्जुले भत्काइन् कांग्रेसको किल्ला || Nepal Times
Mar 06, 2026
Playing
प्रचण्ड र उदयशम्शेरले छम्किदैंछन् काँग्रेस र नेकपालाई पानी, एमालेको के छ ? || Nepal Times
Mar 06, 2026
Playing
रास्वपाको ३० स्थानमा अग्रता, प्रतिस्पर्धी कांग्रेस ४, एमाले ३ || Nepal Times
Mar 06, 2026
Playing
रास्वपा ३२, कांग्रेस ४, एमाले ३ र नेकपा १ सिटमा अघि || Nepal Times
Mar 06, 2026
Playing
मतगणना अपडेटःदेशभर रास्वपाको अग्रता,कांग्रेस र एमाले पछाडि || Nepal Times
Mar 06, 2026
Playing
झापा ५ मा बालेनले केपी ओलीलाई सुरुवातमै पछि पारे
Mar 06, 2026
Playing
नेपालको चुनावमा विदेशी मिडियाका अधिक चासो, कसले के लेखे ? || Nepal Times
Mar 05, 2026
Playing
आमा सुशीला तिमीले “जे भन्यौ, त्यो पूरा गर्‍यौ” !|| Nepal Times
Mar 05, 2026
Playing
US-Israel-Iran यु द्धः आजका १० हेडलाइन || Nepal Times
Mar 05, 2026
Playing
Watch Top50 News Of The Day || Falgun-21-2082 || Nepal Times
Mar 05, 2026

दुर्गा प्रसाँइको आन्दोलनसँग सरकार सशङ्कित

१० कार्तिक २०८२

९ कार्तिक, काठमाण्डौ ।

विवादित मेडिकल व्यवसायी दुर्गा प्रसाईँ जेनजी सरकारका लागि पनि टाउको दुखाइ बनेका छन् । प्रसाईँले देशै ठप्प पार्ने गरी कात्तिक १५ पछि आन्दोलन गर्ने भन्दै सामाजिक सञ्जाल तताइ रहेका छन् । प्रसाईँको आन्दोलन हिंसात्मक हुने सक्ने तर्फ सुरक्षा निकाय सशङ्कित छ ।

शनिवार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको उच्चस्तरीय बैठकमा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान विभागका प्रमुखहरूले सरकारलाई ब्रिफिङ गरेका थिए। बैठकमा प्रधानमन्त्री सुशीला कार्की, गृहमन्त्री ओमप्रकाश अर्याल, गृह सचिव रामेश्वर दंगाल र चारै निकायका प्रमुखहरू सहभागी थिए।

करिब दुई घण्टा लामो छलफलमा सुरक्षा प्रमुखहरूले प्रसाईँ समूहका हालसम्मका गतिविधि, सम्भावित जोखिम र गत १५ चैतमा तीनकुनेमा भएको हिंसात्मक प्रदर्शनको पुनरावृत्ति हुनसक्ने जोखिमबारे गहन छलफल भएको थियो ।

आफूलाई राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति र नागरिक बचाउ महाअभियानका संयोजक बताउने प्रसाईँकै अगुवाइमा चैत १५ गते तीनकुनेमा प्रदर्शन बनेको थियो । उक्त प्रदर्शन हिंसात्मक बन्न पुग्दा ठुलो क्षति ब्यहोर्न परेको थियो ।

अब हुने भनिएको आन्दोलनमा प्रसाईँ समूहले भाडामा मान्छे जम्मा पारेर ठुलो भिड खडा गर्न सक्ने र परिस्थिति नियन्त्रणबाहिर जान पनि सक्ने सम्भावनाका बारेमा छलफल भएको थियो ।

सुरक्षा निकायहरूले प्रसाईँ समूहको गतिविधि राज्य व्यवस्थाकै विरुद्ध उन्मुख रहेको र यस्ता आन्दोलनमा घुसपैठ हुनसक्ने सम्भावना तर्फ सचेत रहनु पर्ने सुरक्षा प्रमुखहरूको भनाइ थियो ।

बैठकमा प्रधानमन्त्री सुशीला कार्कीले सकेसम्म संवादबाटै समस्या समाधान गर्न निर्देशन दिएकी थिइन् । उनले गृहमन्त्री र गृह सचिवलाई प्रसाईँसहितका समूहसँग प्रत्यक्ष छलफल गरी संवादमार्फत अघि बढ्ने कार्य योजना बनाउन आग्रह गरिन् ।

प्रधानमन्त्रीको निर्देशनपछि गृहमन्त्री अर्यालले पनि हिंसात्मक आन्दोलन नगर्न र वार्ताको बाटो अपनाउन सबै पक्षलाई सार्वजनिक अपिल गरेका छन्। देश अहिले विषम परिस्थितिमा रहेको र यस्ता बेलामा अराजक आन्दोलनले थप क्षति हुँदा झनै सङ्कट बढ्न सक्ने तर्फ प्रसाईँलाई सुरुमा सचेत गराउने तयारी सरकारको रहेको स्रोतको भनाइ छ ।

सुरक्षा निकायका उच्च स्रोतका अनुसार, आन्दोलनका नाममा हिंसात्मक गतिविधि दोहोरिन नदिन विशेष रणनीति तयार गरिएको छ। चारै सुरक्षा निकाय तयारी अवस्थामा छन्, र आवश्यक परे कडा बल प्रयोग गर्न पनि आदेश तयारी अवस्थामा रहेको बताइन्छ।

त्यसका लागि विशेष निगरानी टोली, सोसल मिडिया ट्र्याकिङ, र भौतिक सुराकी नेटवर्क सक्रिय गरिएको छ। प्रसाईँको अभिव्यक्ति, गतिविधि र विभिन्न सञ्चारकर्मीहरूसँगको बैठकमाथि पनि निगरानी बढाइएको स्रोतले जनाएको छ।

सुरक्षा निकायहरूले पठाओ, इनड्राइभ लगायतका राइडरहरूलाई आन्दोलनमा प्रयोग गर्न सक्ने जोखिमबारे पनि प्रधानमन्त्रीलाई जानकारी गराएका छन्। यस्ता नेटवर्कमार्फत समूह परिचालन र अराजकता फैलाउने प्रयास हुन सक्ने अनुमान गरिएको छ।

त्यस्तै, केही स्वार्थ समूहले निर्वाचन प्रक्रिया भाड्नपनि प्रसाईँ समूहको आन्दोलनमा घुसपैठ गर्ने सम्भावनाबारे पनि छलफल भएको थियो । बैठक लगत्तै शनिवार साँझ गृह मन्त्रालयले विज्ञप्ति जारी गर्दै सबै पक्षलाई शान्त र संयमित रहन आग्रह गरेको छ।

विज्ञप्तिमा भनिएको छ निर्वाचनको वातावरण बिगार्ने कुनै गतिविधि नगर्नुहोस्। जायज माग र सरोकार वार्ताबाट सम्बोधन गर्न सरकार तयार छ। मन्त्रालयले सामाजिक सञ्जालमा प्रसारित भइरहेको धर्ना, जुलुस र प्रदर्शनका आह्वान प्रति ध्यानाकर्षण जनाउँदै स्वार्थ समूहले आन्दोलनमा घुसपैठ गरी अराजकता निम्त्याउन खोज्न सक्छ, भन्दै आयोजकहरूलाई सचेत गराएको छ।

जनताको शान्तिपूर्ण जीवन, सार्वजनिक सेवा र निर्वाचनमा भाग लिने अधिकार कुण्ठित हुन नदिन सबैले सहयोग पुर्यािउन आग्रह गरिएको छ । सुरक्षा निकायले प्रसाईँका गतिविधिमाथि थप निगरानी बढाएको छ ।

विशेष गरी उनका गतिविधि, अभिव्यक्तिमाथि सुरक्षा निकायले निगरानी बढाएको हो । ‘प्रसाईँले सञ्जालमार्फत विभिन्न व्यक्तिमाथि लगाएका आरोप, विभिन्न सञ्चारकर्मी भेला पारेर दिइरहेका अभिव्यक्ति लगायतमा सूक्ष्म निगरानी राखिएको छ ।

भर्खरको समाचार

प्रचण्ड बहुमतको बाटोमा रास्वपा, विश्वप्रकाशले स्वीकारे, कसले के भने ?

adcc99e8-45af-49b9-9154-fa42976a3483

रास्वपाको जितको खाता खुल्यो, रञ्जुले भत्काइन् कांग्रेसको किल्ला

Screenshot 2026-03-06 114343

प्रचण्ड र उदयशम्शेरले छम्किदैंछन् काँग्रेस र नेकपालाई पानी, एमालेको के छ ?

Screenshot 2026-03-06 110033

बालेनले ओलीलाई पछि पारे, रवि र सोविता पनि अघि , कुलमान पछि

Screenshot 2026-03-06 091716

रास्वपाको ३२ स्थानमा अग्रता, प्रतिस्पर्धी कांग्रेस ४, एमाले ३

MixCollage-06-Mar-2026-09-00-AM-865

रास्वपा ३२, कांग्रेस ४, एमाले ३ र नेकपा १ सिटमा अघि

Vote counting kathmandu 1-Nepal photo library-9

के दोलखामा मतपत्र लुटिएको हो ? कांग्रेसमाथि आरोप

10caf7ff-beed-4f31-ae64-f76da54f97a7

फाइनल प्रवेशका लागि भारत र इङ्ल्याण्ड खेल्दै

f98bc703-9037-4ebe-8a64-0a00ad80f8f8

राष्ट्रपति र उपराष्ट्रपतिले गरेनन् मतदानः पूर्वराष्ट्रपतिहरु के भन्छन् ?

Screenshot 2026-03-05 155551

बालेनको हेलि रोकिएपछि ओलीपनि झापा नजाने

Screenshot 2026-03-05 131333

सम्बन्धित खबरहरु

Scroll to Top