×

NEPAL TIMES UPDATES

Playing
अब सरकारी तलब १५ दिनमै आउने || Nepal Times
Apr 20, 2026
Playing
सुधनले कानूनी दायरमा ल्याउन खोजे तर… आफै प्रश्नले घेरिए || Nepal Times
Apr 20, 2026
Playing
अमेरिकाको प्राथमिकतामा नेपाल, ट्रम्पले किन पठाए सहायक विदेश मन्त्री ?|| Nepal Times
Apr 20, 2026
Playing
सुधनले रविलाई भेटे,सुधनको विषयमा रास्वपामा छलफल होला ?|| Nepal Times
Apr 20, 2026
Playing
पाकि*स्तानमा अ*मेरिका–इरा*न वार्ता, सवारी प्रतिब*न्ध,सुर*क्षा क*डा|| Nepal Times
Apr 20, 2026
Playing
जेनजी आन्दो*लनपछि सुधनको ५० लाखको शेयर, दीपक भट्ट साझेदार || Nepal Times
Apr 20, 2026
Playing
क्याम्पसबाट विद्यार्थी संगठन निकाल्ने अभियान सुरु,आवश्यक परे प्रहरी राखिने || Nepal Times
Apr 19, 2026
Playing
नयाँ खेलाडीलाई मौका, दबाब होइन अवसरः स्टुअर्ट ल|| Nepal Times
Apr 19, 2026
Playing
मणिपुरमा कसरी भड्कियो हिं*सा ?असुरक्षित नेपाली भाषी || Nepal Times
Apr 19, 2026
Playing
Watch Top50 News Of The Day || Baisakh-06-2083 || Nepal Times
Apr 19, 2026

वार्ता असफल भए पाक–अफगानबीच खुला यु द्ध

१० कार्तिक २०८२

९ कार्तिक, काठमाण्डौ ।

सीमा क्षेत्रमा तनाव चर्किएपछि छोटो समयका लागि युद्धविराम गरेका पाकिस्तान–अफगानिस्तानबीच अब पूर्णस्तरको युद्ध छेडिने सम्भावना देखिएको छ । स्वयं पाकिस्तानी रक्षामन्त्री ख्वाजा आसिफले यस्तो सम्भावना बढेको आशय व्यक्त गरेका छन् ।

Advertisement
Advertisement

उनले छलफलबाट समस्या समाधान नभए अफगानिस्तानसँग खुला युद्ध छेडिने बताएका छन् । टर्कीको इस्तानबुलमा शनिबारदेखि दुई देशबीच दोस्रो चरणको वार्ता जारी छ ।

यो वार्ता सन् २०२१ मा तालिबानले काबुल कब्जा गरेपछिको सबैभन्दा खराब सीमावर्ती लडाइँपछि हिंसामा फर्कनबाट रोक्न पाकिस्तान र अफगानिस्तानले गरेको पछिल्लो प्रयास हो ।

सियालकोट सहरमा मिडियासँग ख्वाजा आसिफले कतार र टर्कीले धेरै इमानदारीका साथ अफगान तालिबानसँग छलफल चलाइरहेको बताएका छन् । “हामीसँग विकल्प छ, यदि कुनै सम्झौता नभए हामीसँग उनीहरूसँग खुला युद्ध छ,” उनले पाकिस्तानबाट टेलिभिजनमा प्रसारित टिप्पणीमा भने, “तर, मैले देखेँ कि उनीहरू शान्ति चाहन्छन् ।”

पाकिस्तानी रक्षामन्त्रीले कतारमा वार्ता भएपछि कुनै घटना नघटेको पनि बताए । उनले भने, “जुन सर्तहरूमा उनीहरू शान्ति चाहन्छन्, ती बिस्तारै स्पष्ट हुँदै जानेछन् ।” ख्वाजा आसिफले उनीहरूका सर्त आफूहरूका पक्षमा भए सम्झौता गरिने बताए ।

पाकिस्तान र अफगानिस्तानबीच सीमामा तनावपछि यसअघि कतारको दोहामा पहिलो चरणको वार्ता भएको थियो । पाकिस्तानी रक्षामन्त्रीले भने, “हामी ४० वर्षदेखि अफगानिस्तानका मानिसलाई शरण दिइरहेका छौँ र अहिले पनि ४० लाख वा त्योभन्दा केही कम अफगान यहाँ बसिरहेका छन् । ती मानिससँग हामी दोहामा कुरा गरिरहेका थियौँ, उनीहरू पूरै पाकिस्तानमा हुर्केका छन् ।”

टर्कीएको राजधानी इस्तान्बुलमा दुई देशबीच दोस्रो उच्च स्तरीय र राजनीतिक वार्ता करिब नौ घन्टा चलेको थियो । जसमा दुवै पक्षले सीमामा तनाव कम गर्नेमा सहमति जनाएका छन् ।

यद्यपि कुनै औपचारिक सम्झौता भएन, तर वार्ताले सम्बन्धमा आएको चिसोपना अस्थायीरुपमा भएपनि कम भएको ठानिएको छ । वार्तासंग जोडिएका अधिकारीहरुका अनुसार सबैभन्दा ठूलो विवाद सीमापार आतंकवादी गतिविधीहरु र तहरीक–ए–तालिबान पाकिस्तानका विषयमा थियो ।

पाकिस्तानले अफगानिस्तानसंग सीमापार हुने खालका हरेक गतिविधिमा निगरानीका लागि एक भेरीफिकेशन सम्यन्त्र बनाउन माग गर्यो, ताकि अफगानी भूमिबाट आतंकवादीलाई प्रवेश गर्नबाट रोक्न सकियोस ।

यसमा काबुलले भने कडा रुप देखाउँदै जोइंट बोर्डर पेट्रोललाई अस्वीकार गर्यो । तर गोप्य जानकारी साझा गर्नेमा भने आपसी सहमति खोज्न सकिने बतायो । वार्तामा अफगान शरणार्थीहरुको फिर्ती र सीमामा रोकिएका ट्रकहरुको विषय पनि महत्वपूर्ण थियो ।

पाकिस्तानले लगभग १,२०० ट्रकहरु रोकिएको र व्यापारिक हानीलाई उदृत गर्दै सीमित बोर्डर खुल्ला गर्ने र चरणबद्ध शरणार्थी फिर्तीको पनि योजना पेश गर्यो । तर अफगानिस्तानले चेतावनी दिएको छ कि यदी जबर्जस्ती शरणार्थी फिर्ता गरिए मानवीय संकट गहिरो हुने र अफगान अर्थव्यवस्थालाई पनि गंभीर झट्का लाग्नेछ।

यसबीच अब टर्कीए र कतारले एक संयुक्त व्यापार–सुरक्षा टास्क ग्रुप बनाउने पनि संकेत गरेका छन् , जसले विस्तारै विस्तारै व्यापार बहाली गर्ने र सुरक्षा ग्यारेन्टी पनि सुनिश्चित गर्नेछ ।

तर पाकिस्तानका रक्षा मंत्री ख्वाजा मुहम्मद आसिफले शनिवार युद्धको चेतावनी दिएपछि अब सहमति कसरी अगाडि बढ्न भन्नेमै प्रश्न उठेको छ । तालिबानी अधिकारीहरुले सार्वजनिक रूपले पाकिस्तानको कुनै पनि ‘आदेश’ लाई मान्न अस्वीकार गर्दै भनेका छन्, यो वार्ता ‘बराबरीको स्तरमा भएको हो ।

तालिबानी अधिकारीले पाकिस्तानका आरोपहरुलाई ‘राजनीतिक प्रेरित’ पनि भनेका छन् । उनीहरु भन्छन्, ‘अफगानिस्तानमा कुनै पनि पाकिस्तानी आतंकवादीलाई आधिकारिक शरण दिइएको छैन’ ।

यदी पाकिस्तानले कुनै पनि प्रकारको सीमा पार कारबाही गर्यो भने त्यसलाई ‘इस्लामी इमिरेट्समा हमला गरेको ठानिने पनि उसले चेतावनी दिएको छ ।

Advertisement

भर्खरको समाचार

शेयर खरिदबारे सुधनको प्रष्टीकरणः शेयर किन्नु कहिलेदेखि अपराध भयो ?

sudhangurung30320261029351000x0-1775222839

भारतको पश्चिम बंगालमा चुनावको मुखैमा ९० लाख मतदाता गायब

eyJrZXkiOiJzdGF0aWMvbWVkaWEvaW1hZ2VzL0dldHR5SW1hZ2VzLTQ2MzM1MzQ0OS5qcGcifQ== (1)

अब सरकारी तलब १५ दिनमै आउने

e37f8395-778b-4dd6-a0d9-2c9598bd05ca

अमेरिकाको प्राथमिकतामा नेपाल, ट्रम्पले किन पठाए सहायक विदेश मन्त्री ?

0a03b400-ca0e-429c-9985-e9aeed50e92d

इरानसँग इस्लामाबादमा दोस्रो वार्ता तय, इरानी जहाज कब्जा, भान्स नआउने

1410984_7736407_US-Iran-(1)_updates

गृहमन्त्री गुरुङलाई तत्काल बर्खास्त गरी पक्राउ गर्न माग

Sudhan Gurung Grihamantri_NPL (3)

भ्रष्टाचारको दाग नलागेको छविः के विद्या एमालेको’सेफ ल्यान्डिङ’ हुन् ?

848-Bidhya-Bhandati-and-Kp-oli888

भारतीय धर्मगुरुले जनकपुर आएर बालेनप्रति हिन्दुत्वको प्रश्न उठाए

672685743_957034846916533_6009994246569094219_n

प्रहरीले नै महिलाको घाँटी किन निमोठे ?

674565353_956866970266654_7400874376610559108_n

होर्मुज इरानकै नियन्त्रणमा,भारतीय जहाजमाथि गोली हानियो

Ships and tankers in the Strait of Hormuz off the coast of Musandam, Oman, April 18, 2026. REUTERS

सम्बन्धित खबरहरु

Scroll to Top