×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

मुक्तिनाथ क्षेत्रमा व्यापक हिमपात

१२ कार्तिक २०८२

११ कार्तिक , काठमाण्डौ ।

आज बिहानदेखि अप्रत्याशित रूपमा मुक्तिनाथ क्षेत्रमा हिउँ पर्न थालेको छ । जसका कारण त्यहाँ पुगेका तीर्थयात्री र पर्यटकहरू प्रभावित भएका छन् । हिजो साँझ मुक्तिनाथ पुगेर रात बसेका तिर्थालुहरुका अनुसार गए राती सम्म त्यहाँ मौसम सामान्य थियो ।

Advertisement
Advertisement

तर बिहान सबेरैबाट हिउँ पात सुरु भएको छ । बाटोभरि हिउँ जमेकाले हिँडडुल गर्न निकै कठिन भएको छ। मन्दिर परिसरभन्दा तलका क्षेत्रमा करिब तीनदेखि चार इन्चसम्म हिउँ जमी सकेको छ ।

होटलहरु अगाडिको हिउँको पुरौ जमेको छ । सडकमा गाडी चल्न सक्ने अवस्था छैन । जिल्ला प्रशासन कार्यालय, मुस्ताङले हिमपात भइरहेकाले सर्वसाधारण र तीर्थयात्रीलाई तत्काल पदयात्रामा ननिस्कन आग्रह गरेको छ ।

प्रमुख जिल्ला अधिकारी विष्णुप्रसाद भुसालका अनुसार उच्च हिमाली क्षेत्रमा हिउँको मात्रा बढ्दै गएको छ, जसले यात्रा जोखिमपूर्ण बनाउन सक्छ । उनले भने, “मुस्ताङ–डोल्पा, थोरङ्ला पास, सरिबुङ पास र धौलागिरि पदमार्ग जस्ता क्षेत्रमा भारी हिमपात भइरहेको छ ।

यात्रुहरूले मौसम अनुकूल नहुँदासम्म यात्रा नगर्नुहोस् भन्ने हाम्रो आग्रह हो।” जल तथा मौसम विज्ञान विभागले पनि मुस्ताङ, मनाङ र आसपासका क्षेत्रमा बुधवारसम्म हिमपात र वर्षा हुने पूर्वानुमान गरेको छ ।

तिहार र छठ पर्वका कारण पछिल्ला दिनमा मुस्ताङमा पर्यटक र पदयात्रीको भीड बढेको थियो । तर हिउँ परेपछि धेरैले आफ्नो यात्रा स्थगित गरेका छन् । होटल व्यवसायीहरूका अनुसार मुक्तिनाथ पुगेर फर्किने धेरै यात्री बाटैमा रोकिएका छन् ।

गण्डकी प्रदेशका अन्य उच्च पहाडी क्षेत्रहरूमा समेत हिमपात र वर्षाको कारण जनजीवन प्रभावित भएको छ । मौसम पूर्वानुमान महाशाखाले कृषक, पर्वतारोही र पर्यटकहरूलाई विशेष सावधानी अपनाउन सुझाएको छ ।

मौसमविद्हरूका अनुसार हिउँ र वर्षाका कारण सडक अवरुद्ध, ट्रेकिङ मार्ग जोखिमपूर्ण र हावाहुरीको सम्भावना पनि रहेको छ । “हिमपात र वर्षाका कारण कृषि, पर्यटन र दैनिक जीवनमा असर पर्ने भएकाले यात्रुहरूले अनिवार्य रूपमा स्थानीय प्रशासन र मौसम विभागको सल्लाह लिएर मात्र यात्रा योजना बनाउनुपर्छ,” महाशाखाले विज्ञप्तिमार्फत जनाएको छ ।

Advertisement

४ हजार मिटर उचाइमा अवस्थित मुक्तिनाथ मन्दिर हिन्दु र बौद्ध दुवैका लागि पवित्र तीर्थस्थल हो । यहाँ हरेक वर्ष हजारौँ भक्तजन दर्शनका लागि पुग्ने गर्छन् । तर हिउँले ढाकिएको मुक्तिनाथ आज शान्त, सेतो र स्वर्गीय देखिएको भक्तजनहरूले बताएका छन् ।

Advertisement

भर्खरको समाचार

जहाजमा धुवाँ त निभ्यो तर विमानस्थल प्रशासन किन मौन रह्यो

688956062_975343438419007_564329473711904265_n

एनसेलदेखि ५२ संवैधानिक नियुक्तिसम्म जोडिएका छन्, डा. मनोज शर्मा

manoj_sharma-750x375@2x

आज थर्कियो संसद्,लिपुलेकमा भारतले नाका खोल्दा सरकार कहाँ लुक्यो ?

0a282586-2f03-4924-a629-bd67ca872b11

देउवा दम्पती बेपत्ता १ समातेर नेपाल ल्याउन इन्टरपोललाई अर्को पत्र

deuba-aarju

इरानले पठायो जवाफ ट्रम्पलाई मन परेन, जवाफमा के छ त्यस्तो ?

2025-12-18T022330Z_1231483362_RC2QIIA731CX_RTRMADP_3_USA-TRUMP-1766045018

सुशीला बालेनसँग होइन पत्रकारसँग आक्रोशित,बालेन पत्नी नै राष्ट्रिय माता

sushila-karki-chief-justice-nepal-supreme-court-government-head-of-state-1021323-16x9_0

इरान युद्धले भारत पनि संकटमा, मोदीले भने सुन नकिन्नु, तेलको कुवा छैन्

modi

आजदेखि सरकारी कार्यालयमा सरसफाइ अभियान

696717662_975418858411465_20685342312549259_n

आज नीति तथा कार्यक्रम र ८ अध्यादेश संसदमा पेश हुँदै

677108931_958688953417789_3450960544499223528_n

काठमाडौँ ओर्लिएको टर्किस एयरलाइन्समा आगो, २८८ यात्रु सुरक्षित

688956062_975343438419007_564329473711904265_n

सम्बन्धित खबरहरु

Scroll to Top