×

NEPAL TIMES UPDATES

Playing
अब सरकारी तलब १५ दिनमै आउने || Nepal Times
Apr 20, 2026
Playing
सुधनले कानूनी दायरमा ल्याउन खोजे तर… आफै प्रश्नले घेरिए || Nepal Times
Apr 20, 2026
Playing
अमेरिकाको प्राथमिकतामा नेपाल, ट्रम्पले किन पठाए सहायक विदेश मन्त्री ?|| Nepal Times
Apr 20, 2026
Playing
सुधनले रविलाई भेटे,सुधनको विषयमा रास्वपामा छलफल होला ?|| Nepal Times
Apr 20, 2026
Playing
पाकि*स्तानमा अ*मेरिका–इरा*न वार्ता, सवारी प्रतिब*न्ध,सुर*क्षा क*डा|| Nepal Times
Apr 20, 2026
Playing
जेनजी आन्दो*लनपछि सुधनको ५० लाखको शेयर, दीपक भट्ट साझेदार || Nepal Times
Apr 20, 2026
Playing
क्याम्पसबाट विद्यार्थी संगठन निकाल्ने अभियान सुरु,आवश्यक परे प्रहरी राखिने || Nepal Times
Apr 19, 2026
Playing
नयाँ खेलाडीलाई मौका, दबाब होइन अवसरः स्टुअर्ट ल|| Nepal Times
Apr 19, 2026
Playing
मणिपुरमा कसरी भड्कियो हिं*सा ?असुरक्षित नेपाली भाषी || Nepal Times
Apr 19, 2026
Playing
Watch Top50 News Of The Day || Baisakh-06-2083 || Nepal Times
Apr 19, 2026

५ पटकका पिएम देउवा उपचार गर्न सिंगापुरमा,नेपालमा किन बनाएनन् अस्पताल

१२ कार्तिक २०८२

११ कार्तिक , काठमाण्डौ ।

जेनजी आन्दोलनका क्रममा घरमा नै भदौ २४ गते प्रदर्शनकारीको कुटपिटबाट घाइते भएका कांग्रेस सभापति शेरबहादुर देउवा शुक्रबार राति ठमठम हिँडेरै काठमाडौँस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल प्रवेश गरे ।

Advertisement
Advertisement

सिंगापुरमा थप उपचारका लागि भन्दै पत्नी आरजु राणाको साथमा देउवा सिंगापुर गएका हुन् । यसअघि देउवाको लामो समय छाउनीस्थित सैनिक अस्पतालमा उपचार भएको थियो ।

भदौ २४ गते जेनजी प्रदर्शनकारीले धारिलो हतियार प्रयोग गर्दा सभापति देउवाको टाउकोको पछाडिको भागमा चोट लागेको थियो । त्यतिबेला चोट लागेको ठाउँमा १२ टाँका लगाइएको कांग्रेस नेता मीन विश्वकर्माले बताएका छन् ।

त्यसबेला नेपाली सेनाले उद्धार गरी लगिएका उनीहरू एक महिनाको उपचारपछि पहिलोपटक असोज २८ गते कांग्रेस केन्द्रीय समितिको बैठकमा सार्वजनिक भएका थिए। त्यस दिन सभापतिको कार्यकारी भूमिका त्याग गरेको घोषणा गर्दै देउवाले उपसभापति पूर्णबहादुर खड्कालाई कार्यवाहक सभापतिको जिम्मेवारी दिए।

त्यतिबेलै देउवाले आफ्नो उपचार गर्नुपर्नेलगायतका कारण देखाउँदै खड्कालाई कार्यवाहक दिएको कांग्रेसका नेताहरू बताउँछन् । उनले आफूलाई रिंगटा लाग्ने भन्दै लामो समय उभिन नसक्ने समेत बताएका थिए ।

देउवा सिंगापुरमा कति समय रहनेछन् भन्ने केही खुलाइएको छैन । तर, यता विमानस्थलमा हिँडेरै गएका देउवा उता सिंगापुर पुग्दा भने ह्विलचियरमा देखिए । चांगी अन्तर्राष्ट्रिय विमानस्थलबाट बाहिरिने क्रममा देउवामात्रै नभएर पत्नी आरजु समेत ह्विलचियरको सहारामा बाहिरिएका हुन् ।

उनीहरु ह्विलचियरबाट बाहिरिएको तस्बिर सुवास कार्कीले आफ्नो फेसबुकमा राखेका छन् । उनले आफ्नो फेसबुकमा लेखेका छन्, ‘ह्विलचियरमा देउवा दम्पती । एट चांगी एयरपोर्ट, सिंगापुर ।’

सिंगापुर एयरलाइन्सको विमानमार्फत देउवा काठमाडौंबाट त्यसतर्फ प्रस्थान गरेका थिए । अहिले देउवाको हिलचियरसहितको तस्बिर सामाजिक सञ्जालमा भाइरल भएको छ । यसैबिच कांग्रेसले देउवा उपचारका लागि सिंगापुर गएको भनेर औपचारिक रूपमा जानकारी गराएको छ ।

कांग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेलले विज्ञप्ति जारी गर्दै देउवा चिकित्सकको सल्लाह अनुसार आफ्नो थप स्वास्थ्योपचारका लागि धर्मपत्नी एवं पार्टीका केन्द्रीय सदस्य डा आरजु राणासहित गएराति सिंगापुर एयरलाइन्सको उडानद्वारा त्यसतर्फ गएको जानकारी गराएका हुन् ।

कांग्रेसले देउवाको पूर्ण स्वास्थ्यलाभको कामना समेत गरेको छ । राज्यको खर्चबाट उपचारका लागि नेताहरुलाई विदेश पठाइन नहुने वहस लामो समयदेखि उठिरहेको छ । पूर्व स्वास्थ्य मन्त्री गगन थापा कार्यकालमा भिआइपीको नाममा अनावश्यक रूपमा विदेशमा उपचार गर्न नपाइने नियम बनाइएका थिए।

तर सार्वजनिक पदमा रहदा वा नरहदा उपचारका लागि विदेश जाने देउवा मात्रै नेपालका नेता होइनन् । पहिलो राष्ट्रपति रामवरण यादव, पहिलो महिला राष्ट्रपति विद्या देवी भण्डारी, पूर्वप्रधानमन्त्रीहरु केपी शर्मा ओली, झलनाथ खनाल, पत्नीका लागि पुष्पकमल दाहाल प्रचण्ड लगायतका शीर्ष नेताहरु पटक पटक उपचारका लागि विदेश गएका छन् ।

सबैभन्दा विडम्बनाको विषय चाँही ५ पटक सम्म प्रधानमन्त्री भएका शेरबहादुर देउवा हुन् वा ४ पटक प्रधानमन्त्री भएका केपी शर्मा ओली गम्भिर विरामी पर्दा उपचारका लागि विदेश जाने गर्दछन ।

गम्भिर विरामी भएपछि जहाँ उत्कृष्ट उपचार संभव छ त्यहा जानै पर्दछ । तर उनीहरु पटक पटक प्रधानमन्त्री हुँदा त्यस्तो उपचार संभव हुने अस्पताल नेपालमा किन बनेनन् भन्ने मुख्य प्रश्न हो ।

पटक पटक देशको प्रधानमन्त्री बन्दा समेत देशमा उपचार गर्न संभव हुने सुविधा सम्पन्न अस्पताल बनाउन नसक्नु चाँही तिनै नेताको सबैभन्दा लाचारी र लज्जास्पद घटना हो ।

अहिले देउवा स्वदेशमै उपचारसंभव नभएर वा स्वदेशमै उपचार संभव भएरपनि विश्वास नगरी जसरी सिंगापुर पुगेका छन्। त्यो देशपनि विश्वभरमै मिनि अमेरिका बनाउने काम नेताले नै, त्यो पनि अत्यन्त छोटो समयमा गरेका हुन् ।

ली क्वान यूले १९५९ देखि १९९० सम्म ३१ वर्षमा सिंगापुरको विकास गरे र अवकाश लिए तर देउवाले ४४ वर्ष निर्वाचित नेताको रूपमा बिताएर अझै पनि उनको उपचारको लागि देशभित्र योग्य अस्पतालहरू नभएजस्तै गरी उपचारका लागि सिंगापुर पुगेका छन् ।

शेरबहादुर देउवा पाँच पटक नेपालका प्रधानमन्त्री भए । जेनजी आन्दोलनमा सत्ता नबढारिएको भए उनकै पालो थियो छ्रैठौंपटक फेरि प्रधानमन्त्री बन्ने । आरजु देउवा पछिल्लो समयकी शक्तिशाली परराष्ट्रमन्त्री ।

२०७२ को संविधान जारी भएपछि देश देउवा, प्रचण्ड र ओलीकै वरिपरि घुम्यो एक दशकसम्म । तर यिनीहरूले आफ्नो उपचार गर्न सक्ने गतिलो अस्पत्ताल बनाएनन् । १५३८ वर्ग किलोमिटरको डडेल्धुरा जिल्लाका ४४ वर्षदेखिका अनवरत जनप्रतिनिधिले अहिले ७३६ वर्ग किलोमिटरको फुच्चे देश सिंगापुर उपचार गर्न जानु परेको भन्दै सामाजिक संजालमा देउवा लगायत देशको सत्ता सम्हालेका नेताहरुको कार्यक्षमतामाथि प्रश्न उठाइएको छ ।

ली क्वान यू सिंगापुरका प्रथम प्रधानमन्त्री र आधुनिक सिंगापुरका संस्थापक पिता हुन्। उनले ३१ वर्ष सम्म प्रधानमन्त्रीको रूपमा सिंगापुरको नेतृत्व गरे। उनको दृढ इच्छाशक्ति, असाधारण दूरदर्शिता र कठोर अनुशासनका कारण सिंगापुर एउटा सानो, स्रोतहीन टापुबाट विश्वकै सबैभन्दा विकसित र समृद्ध राष्ट्रहरूमध्ये एक बन्न सफल भयो।

आज सिंगापुरलाई मिनी अमेरिकाको उपमा दिनुको पछाडि ली क्वान यूका सफल नीति र नेतृत्वको महत्वपूर्ण भूमिका छ। सन् १९६५ मा मलेशियाबाट छुट्टिएपछि सिंगापुरसँग कुनै प्राकृतिक स्रोत थिएन, न त पर्याप्त कृषि योग्य भूमि। जातीय विविधता, बेरोजगारी र न्यून आयले यो नवगठित राष्ट्रलाई समस्याग्रस्त बनाएको थियो।

ली क्वान यूले यी चुनौतीहरूलाई अवसरमा बदल्ने संकल्प गरे। उनले सिंगापुरलाई पहिलो विश्वको ओएसिस मरुभूमिको बीचमा रहेको हरियाली, पानी र जीवन भएको उर्वर ठाउँ बनाउने सपना देखे, जहाँ उच्च जीवनस्तर, आर्थिक समृद्धि र सामाजिक सद्भाव कायम होस्।

उनको नेतृत्वमा एउटा शक्तिशाली, सक्षम र भ्रष्टाचारमुक्त प्रशासनको जग बसालियो। ली क्वान यूले खुला अर्थतन्त्रको नीति अपनाए। उनले विदेशी बहुराष्ट्रिय कम्पनीहरूलाई सिंगापुरमा लगानी गर्न आकर्षित गर्नका लागि कर छुट, दक्ष श्रमशक्ति र उत्कृष्ट पूर्वाधारको ग्यारेन्टी दिए।

उनको सरकारले वित्तीय सेवा, इलेक्ट्रोनिक्स, पेट्रोकेमिकल र बायोटेक्नोलोजी जस्ता उच्च मूल्यका उद्योगहरूलाई प्रवद्र्धन ग¥यो। रणनीतिक रूपमा अवस्थित आज देउवा उत्रिएकै च्याङ्गी अन्तर्राष्ट्रिय विमानस्थल र विश्वस्तरीय बन्दरगाहको विकासले सिंगापुरलाई अन्तर्राष्ट्रिय व्यापार र लजिस्टिक्सको केन्द्र बनायो।

यसले रोजगारी सिर्जना गर्नुका साथै अर्थतन्त्रलाई तीव्र गतिमा अगाडि बढायो। ली क्वान यूले शिक्षालाई राष्ट्रिय विकासको आधारस्तम्भको रूपमा हेरे। उनले विश्वस्तरीय शिक्षा प्रणालीको विकासमा ठूलो लगानी गरे, जसले दक्ष र अनुशासित श्रमशक्ति उत्पादन ग¥यो।

अंग्रेजीलाई शिक्षा र कामकाजको भाषाको रूपमा अपनाइयो, जसले सिंगापुरलाई विश्वव्यापी अर्थतन्त्रसँग जोड्न मद्दत पु¥यायो। प्राविधिक र व्यावसायिक शिक्षामा जोड दिएर उनले सिंगापुरका युवाहरूलाई भविष्यको उद्योगका लागि तयार पारे।

ली क्वान यू भ्रष्टाचारप्रति शून्य सहनशीलताको नीति अपनाउने नेता थिए। उनले भ्रष्टाचार अनुसन्धान ब्यूरोलाई बलियो बनाए र सरकारी अधिकारीहरूमाथि कडा निगरानी राखे। सार्वजनिक अधिकारीहरूको तलब निजी क्षेत्रका प्रतिस्पर्धीहरूसँग मिल्दोजुल्दो बनाइयो ताकि उनीहरू प्रलोभनमा नपरून्।

योग्यतामा आधारित प्रणाली मेरिटोक्रेसीलाई प्राथमिकता दिइयो, जसले गर्दा सबै पदहरूमा सबैभन्दा योग्य व्यक्तिहरू मात्र नियुक्त भए, नातावाद वा जातीयताका आधारमा होइन।

यसले सरकारी सेवालाई अत्यन्तै कुशल र इमानदार बनायो। सानो राष्ट्र भए पनि ली क्वान यूले सिंगापुरको सुरक्षा र सार्वभौमिकता सुनिश्चित गर्नका लागि एक चतुर विदेश नीति अपनाए।

उनले ठूला शक्तिहरूसँग सन्तुलित सम्बन्ध कायम राखे र क्षेत्रीय संगठनमा सक्रिय भूमिका खेले। उनले सिंगापुरको रक्षा क्षमतालाई सुदृढ गर्नमा पनि जोड दिए। ली क्वान यूको नेतृत्वमा सिंगापुरले एउटा अविश्वसनीय रूपान्तरणको अनुभव ग¥यो।

उनको दूरदृष्टि, दृढता र व्यावहारिक नीतिका कारण सिंगापुर आज एक समृद्ध, स्थिर र अन्तर्राष्ट्रिय रूपमा सम्मानित राष्ट्र बनेको छ। उनलाई साँच्चै नै आधुनिक सिंगापुरको शिल्पकार मानिन्छ ।

तिनै शिल्पकारले समृद्ध बनाएको सिंगापुरमा नेपालमा ५ पटक प्रधानमन्त्री भएका शेरबहादुर देउवा उपचारका लागि पुगेका छन् ।

Advertisement

भर्खरको समाचार

शेयर खरिदबारे सुधनको प्रष्टीकरणः शेयर किन्नु कहिलेदेखि अपराध भयो ?

sudhangurung30320261029351000x0-1775222839

भारतको पश्चिम बंगालमा चुनावको मुखैमा ९० लाख मतदाता गायब

eyJrZXkiOiJzdGF0aWMvbWVkaWEvaW1hZ2VzL0dldHR5SW1hZ2VzLTQ2MzM1MzQ0OS5qcGcifQ== (1)

अब सरकारी तलब १५ दिनमै आउने

e37f8395-778b-4dd6-a0d9-2c9598bd05ca

अमेरिकाको प्राथमिकतामा नेपाल, ट्रम्पले किन पठाए सहायक विदेश मन्त्री ?

0a03b400-ca0e-429c-9985-e9aeed50e92d

इरानसँग इस्लामाबादमा दोस्रो वार्ता तय, इरानी जहाज कब्जा, भान्स नआउने

1410984_7736407_US-Iran-(1)_updates

गृहमन्त्री गुरुङलाई तत्काल बर्खास्त गरी पक्राउ गर्न माग

Sudhan Gurung Grihamantri_NPL (3)

भ्रष्टाचारको दाग नलागेको छविः के विद्या एमालेको’सेफ ल्यान्डिङ’ हुन् ?

848-Bidhya-Bhandati-and-Kp-oli888

भारतीय धर्मगुरुले जनकपुर आएर बालेनप्रति हिन्दुत्वको प्रश्न उठाए

672685743_957034846916533_6009994246569094219_n

प्रहरीले नै महिलाको घाँटी किन निमोठे ?

674565353_956866970266654_7400874376610559108_n

होर्मुज इरानकै नियन्त्रणमा,भारतीय जहाजमाथि गोली हानियो

Ships and tankers in the Strait of Hormuz off the coast of Musandam, Oman, April 18, 2026. REUTERS

सम्बन्धित खबरहरु

Scroll to Top