×

NEPAL TIMES UPDATES

Playing
सर्वाेच्च प्रकरणमा बार आन्दोलित,लालटिन बालेर विरोध गर्ने|| Nepal Times
May 18, 2026
Playing
एमाले अब विद्याले हाँक्ने ? ओलीले झुकेरै दिए सदस्यता || Nepal Times
May 18, 2026
Playing
एकैदिन ३ सय ७८ जनाले फिर्ता पाए सहकारीको वचत || Nepal Times
May 18, 2026
Playing
Watch Top50 News Of The Day || Jestha-04-2083 || Nepal Times
May 18, 2026
Playing
जेनजी आन्दोलनबारे मानवअधिकार आयोगको प्रतिवेदन किन गुपचुप ?|| Nepal Times
May 18, 2026
Playing
इरान हान्न उडे अमेरिकी जहाज, इजरेलमा अखडा|| Nepal Times
May 18, 2026
Playing
Trumpको ध*म्कीपछि इरानी सडकमा मानव सागरः यु*द्ध गर्न तयार || Nepal Times
May 18, 2026
Playing
भारतले बालेन सरकारलाई असहयोग गरेको हो ? चिनी प्रतिबन्ध के हो ? || Nepal Times
May 18, 2026
Playing
उत्तर कोरियाको नयाँ सैन्य रणनीतिः सीमालाई किल्लामा बदल्ने || Nepal Times
May 18, 2026
Playing
World News: Iranमा नयाँ हम*ला*को तयारी,दर्जनौं अमेरिकी विमानIsrael पुगे|| Nepal Times
May 18, 2026

जमैका पुग्दै छ वर्षकै शक्तिशाली आँधी ‘मेलिसा’

१२ कार्तिक २०८२

११ कार्तिक , काठमाण्डौ ।

बंगालको खाडीमा बनेको मोनथा चक्रवात भारतको आन्ध्र प्रदेशतर्फ बढिरहेको छ । यो चक्रवात मंगलबार मध्यराततिर आन्ध्र प्रदेशको काकिनाडा नजिकैबाट जमिनमा आइपुग्ने र त्यसपछि माछिलिपटनम र कलिंगपट्टनमबीचको तट पार गरेर उडिसाको दक्षिणी भागतर्फ बढ्ने अनुमान गरिएको छ ।

Advertisement
Advertisement

यस मौसमको यो पहिलो ठूलो चक्रवात हो । यो हाल बंगालको खाडीमा केन्द्रित छ र उत्तरपश्चिम दिशातर्फ सरिरहेको छ । स्थलगत हुनुअघि यो गम्भीर चक्रवाती आँधीमा परिणत हुने सम्भावना छ । यसको हावाको गति प्रतिघण्टा ९० देखि १०० किलोमिटर छ र झड्का ११० किलोमिटर प्रतिघण्टासम्म पुग्ने बताइएको छ ।

आन्ध्र प्रदेश सरकारले काकिनाडा, कोनसीमा, पश्चिम गोदावरी, एलुरु र पूर्व गोदावरी जिल्लालाई उच्च सतर्कतामा राखेको छ । मुख्यमन्त्री एन चन्द्रबाबु नायडुले कुनै पनि जनधनको क्षति हुन नदिन निर्देशन दिएका छन् ।

यस आँधीले आन्ध्र प्रदेशमा सबैभन्दा ठूलो असर पर्नेछ । त्यहाँका २३ जिल्लामा रेड अलर्ट जारी गरिएको छ । तर, दक्षिण उडिसाका तटीय जिल्लाहरूमा पनि भारी वर्षा र तीव्र हावा चल्ने अनुमान गरिएको छ ।

तमिलनाडुको उत्तर भाग, विशेषगरी चेन्नई, मा पनि भारी वर्षा पर्न सक्छ । यसैबीच, उडिसा सरकारले सोमबार जोखिमपूर्ण क्षेत्रका करिब ३ हजार मानिसहरूलाई सुरक्षित स्थानमा सारिसकेको छ ।

आँधीका कारण भुवनेश्वर र दक्षिणी जिल्लाहरूमा वर्षा भइरहेको छ । प्रशासनले गजपति, रायगडा, कोरापुट र मलकानगिरी जिल्लाहरूमा पहिरोको सम्भावना भन्दै कडा निगरानी गरिरहेको छ ।

नेपालमा पनि यो आँधीको असर पर्ने सम्भावना छ । यो प्रणालीले नेपालको पूर्वी क्षेत्रमा बढी प्रभाव पार्नेछ । यो प्रणालीले बुधवार वा बिहीवारदेखि शनिवारसम्म बढी प्रभाव देखाउने सम्भावना रहेको मौसमविद्हरू बताउँछन् ।

हाल नेपालमा पश्चिमी वायुका साथै अरब सागरमा बनेको न्यून चापीय प्रणालीको प्रभावले पनि बुधवारसम्म देशका विभिन्न भागमा हलुका वा मध्यम वर्षाका साथै हिमपात हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

अहिले मनाङ, मुस्ताङ लगायतका क्षेत्रमा भारी हिमपात भइरहेको छ । उता क्यारिबियन टापु जमैका यस वर्षको संसारकै सबभन्दा शक्तिशाली आँधी र सम्भवतः टापुको इतिहासकै सबभन्दा बलियो आँधीको चपेटामा परेको छ ।

अमेरिकी मौसमविद्हरूले यहाँ ‘विनाशकारी र जीवन खतरामा पार्ने’ अवस्थाको चेतावनी दिएका छन् । आँधीका कारण जमैकामा पहिले नै तीन जनाको ज्यान गइसकेको छ ।

यसबाहेक हाइटी र डोमिनिकन रिपब्लिकमा पनि चार जनाको मृत्यु भएको बताइएको छ । १७५ माइल प्रतिघण्टा सम्मको वेग भएको चक्रवात मेलिसा अधिकतम शक्ति पाँचौँ श्रेणीको आँधी हो ।

यो आँधी अझ तीव्र भइरहेको र मंगलबार बिहानै क्यारिबियन टापुमा जमिनमा ठोक्किने बताइएको छ । अमेरिकी राष्ट्रिय चक्रवात केन्द्र (एनएचसी)को पछिल्लो तथ्यांकअनुसार अधिकतम हावाको गति र कम केन्द्रीय दबाबका हिसाबले मेलिसा यस वर्षको संसारकै सबभन्दा बलियो आँधी हो ।

सीबीएसले जनाएअनुसार, यसको हालको शक्तिले सन् १८५१ मा अभिलेख राख्न थालेयता जमैकालाई प्रभावित पार्ने सबभन्दा शक्तिशाली आँधी बन्नेछ ।

Advertisement

विशेषज्ञहरूले मेलिसाको सुस्त गतिका कारण केही क्षेत्रहरूमा लामो समयसम्म अत्यधिक वर्षा हुन सक्ने र यसले भयंकर बाढी तथा पहिरोको जोखिम बढाउने चेतावनी दिएका छन् ।

Advertisement

भर्खरको समाचार

सम्बन्धित खबरहरु

Scroll to Top